मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

समाचार हटलाइन

अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा वागमती पहिलो

मकवानपुर । प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा १ सय ४० पदकसहित वाग्मती प्रदेश पहिलो भएको छ । विभागीय टोली सहभागी नभएको यस प्रतियोगिताको समापन आइतबार भएको हो । वागमती पहिलो स्थानमा रहँदा सुदूरपश्चिम दोस्रो, कोशी तेस्रो, गण्डकी चौथो, लुम्बिनी पाँचौं, कर्णाली छैटौं र मधेश प्रदेश सातौं स्थानमा रहे । 

वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा चैत २५ बाट सञ्चालन भएको प्रतियोगितामा पुरुष फुटबलबाहेकको सबै खेल छिमेकी जिल्ला चितवनको भरतपुरमा सञ्चालन भएको थियो ।

हेटौंडा–६ स्थित गौरीटारमा भएको पुरुष फुटबलको फाइनलमा आइतबार कोशी प्रदेशले स्वर्ण पदक जित्न सफल भयो । कोशीले वागमतीलाई १–० गोलअन्तरले पराजित गर्‍यो । कोशीका लागि एक मात्र निर्णायक गोल निखिल तामाङले खेलको दोस्रो हाफमा फ्रिकिकमार्फत गरे ।

प्रतियोगितामा ६१ स्वर्णसहित ४२ रजत र ३६ कांस्य गरी १ सय ३९ पदक जित्दै प्रथम स्थान हाासिल गरेको वागमतीलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ट्रफी प्रदान गरेका थिए । उनले प्रतियोगितालाई आगामी संस्करणबाट थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउँदै लैजाने प्रतिबद्धतासमेत जनाए । वागमतीले महिला भलिबलसहित बक्सिङ र करातेमा ९/९, तेक्वान्दो र एथलेटिक्समा ७/७, पौडीमा २७ र ब्याडमिन्टनमा एउटा स्वर्ण पदक जितेको हो ।

सुदूरपश्चिम २१ स्वर्ण, २१ रजत र २९ कांस्य गरी कुल ७१ पदकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको कोशी प्रदेशले १६ स्वर्ण २३ रजत र ३६ कांस्य गरी ७५ पदक जितेको छ । गण्डकी प्रदेशले ११ स्वर्ण, १८ रजत र २० कांस्य गरी जम्मा ४९ पदक जितेको छ । लुम्बिनीले ११ स्वर्ण, १६ रजत र २८ कांस्य गरी ५५ पदक जित्यो भने कर्णाली प्रदेशले ११ स्वर्ण, १० रजत र २४ कांस्य गरी ४५ पदक जितेको हो । अंक तालिकाको पुछारमा रहेको मधेश प्रदेशले कुल ३ स्वर्ण, ३ रजत र १५ कांस्य गरी २१ पदक जितेको छ ।

प्रतियोगितामा विभिन्न खेलको लागि ७ वटा प्रदेशका १ हजार ७ सय ८५ जना खेलाडी, प्रशिक्षक, प्राविधिक टिम, निर्णायक र खेलाडी गरी २ हजार ७ सय ३० जनाले सहभागिता जनाएका थिए ।

पुरा हेर्नुहोस्

अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार देखि सुरुहुने

काठमाडौं । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ ।

प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।

प्रतियोगिताको उद्घाटन चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुनेछ । पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुनेछ । पुरुष फुटबल हेटौँडास्थित गौरीटार रंगशालामा हुनेछ ।

प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ। टिम च्याम्पियनलाई चाँदीको रनिङ शिल्ड प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १२ करोड खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको समापन बैशाख १ गते गौरीटार रंगशालामा हुनेछ ।

पुरा हेर्नुहोस्

सुष्मा र दीपक सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवमा बुधबार सुष्मा र दीपकसहित १८ जना बुधबार सम्मानित भएका छन् ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । ५ खेलाडी (१ पारासहित), समान १–१ प्रायोजक, स्थानिय तह र राष्ट्रिय खेल संघ, २ खेल पत्रकार तथा ८ कर्मचारी (२ करारसहित) लाई सम्मान गरिएको‌ छ।

सिनियरको पुरुषमा एथलेटिक्सका दीपक र बक्सिङकी सुष्माले ट्रफीसहित समान १ लाख रुपैयाँ प्राप्त गरे ।
गत वर्ष नवौं राष्ट्रिय खेलकुदको १० हजार किलोमिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका दीपक नेपालमै भएको १६ औं एसियाली क्रसकन्ट्री एथलेटिक्सका दोहोरो स्वर्ण विजेता हुन् ।

दीपकले दोश्रो राइट टु प्रोटिन हाफ म्याराथन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण तथा कान्तिपुर हाफ म्याराथनमा रजत जितेका थिए

सुष्माले थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली महिला बक्सिङ च्याम्पियनसिपमा रजत जित्दै इतिहास रचेकी थिइन् । नेपाली बक्सिङ खेलाडीले कुनैपनि एसियाली स्तरको बक्सिङमा रजत जितेको अहिलेसम्मकै पहिलो हो । सुष्माले नवौं राष्ट्रिय खेलकुदको ४८ केजीमा पनि स्वर्ण जितेकी थिइन् ।

जुनियरको पुरुषमा क्रिकेटका अर्जुन कुमाल र महिलामा पौडीकी डुवाना लामाले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारे । दुवैलाई जनही ५० हजार रुपैयाँ र ट्रफी प्रदान गरियो ।

नेपाललाई आईसीसी यु–१९ विश्वकपमा छनोट गराउन भूमिका खेल्ने एक मुख्य खेलाडी अर्जुन यु–१९ मा दुई शतक प्रहार गर्ने खेलाडी हुन् । डुवानाले नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण र १ रजत जितेकी थिइन् ।

पारा एथलिट खेलाडीको अवार्ड पौडीका भीमबहादुर कुमालले जिते । गत वर्ष भएको सुरेन्द्र स्मृति पारा पौडी प्रतियोगिताको ५० मिटर फ्रि स्टायलमा भीमले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए ।

खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत नवलपरासीको मध्यविन्दु नगरपालिकालाई उत्कृष्ट स्थानिय तह तथा नेपाल भलिबल संघलाई उत्कृष्ट राष्ट्रिय खेल संघका रुपमा पुरस्कृत गरियो । मध्यविन्दुका मेयर भिमलाल अधिकारी तथा भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अवार्ड ग्रहण गरे ।

कर्मचारीको प्रशासनिकतर्फ नायब वरिष्ठ प्रशासकिय अधिकृत भोजानन्द राईले सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, नायब वरिष्ठ प्रशासकिय अधिकृत सुनिलकुमार दाहालले उत्कृष्ट परिषद् सेवा पुरस्कार र नायब वरिष्ठ प्रशासकिय अधिकृत शारदा दाहालले परिषद् सेवा पुरस्कार प्राप्त गरे । प्रशिक्षणतर्फ नायब वरिष्ठ कुस्ती प्रशिक्षक मुम्ताज अली इद्रिसी सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, क्रिकेट प्रशिक्षक मन्जुर आलम खान उत्कृष्ट परिषद् सेवा पुरस्कार र भलिबल प्रशिक्षक उमादेवी गुरुङ परिषद् सेवा पुरस्कारबाट पुरस्कृत भए । सर्वोत्कृष्ट, उत्कृष्ट र परिषद् सेवा पुरस्कारबाट पुरस्कृत हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित पुरस्कारसहित ट्रफी पाए ।

कर्मचारीतर्फ नै इन्जिनियर सविन महर्जन तथा सहायक बक्सिङ प्रशिक्षक राज श्रेष्ठले करार सेवा पुरस्कार प्राप्त गरे । दुवैलाई जनही १० हजार नगदसहित ट्रफी प्रदान गरियो । खेल पत्रकार सम्मानबाट नेपाल टेलिभिजनका दुर्गानाथ सुवेदी (देवेन्द्र) र कान्तिपुर टेलिभिजनकी सविना कार्की सम्मानित भए । दुवैले ट्रफीसहित जनही २० हजार रुपैयाँ पाए ।

उनीहरुलाई राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय योगजना आयोगका सदस्य डा. उमाशंकर प्रसाद, राखेपका उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यक्रमबीच पुरस्कृत गरे । कार्यक्रममा वरिष्ठ हांस्य कलाकार, लोकप्रिय गायक राजेशपायल राईलगायतले प्रस्तुती दिएका थिए ।

पुरा हेर्नुहोस्

ई स्पोर्ट्सकाे अध्यक्षमा धमला निर्विरोध निर्वाचित

काठमाडौँ । ई स्पोर्ट्स संघ नेपाल (ईसान) को पहिलो साधारणसभाले राष्ट्रिय खेलकुद परिषद् का सदस्य समेत रहनु भएको अञ्जन धमलाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ।

संघमा हिमविक्रम केसी वरिष्ठ उपाध्यक्ष, कल्दीप राई र पुरन खड्का उपाध्यक्ष, पवन कार्की महासचिव तथा आशिष दाहाल र बालकुमार केसी सचिव चयन भए । त्यसै गरि घनश्याम ढुंगेल, सञ्जीव भट्टराई, सिजन भट्टराई, पुकार केसी, डा. घनश्याम पाण्डे, प्रज्ज्वल कडरिया, विपुल भट्टराई, मौसमी लामा र विजय खड्का सदस्यमा चयन भए।

राखेपका उपाध्यक्ष शिव कोइरालाले नवनिर्वाचित पदाधिकारीलाई बधाइ दिदै सफल कार्यकालका लागि शुभकामना दिए। साधारण सभाको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए। संघ को पहिलो साधारण सभाको उद्घाटन गर्नु हुँदै सदस्य सचीव घिसिङ ले नेपालमा इस्पोर्ट को महत्व र आवश्यकता बारे चर्चा गर्नु भयो । आफ्नो कार्यकाल मा करिब २०० संघ हरुलाइ खेलकुद बिकास ऎन २०७७ र नियामावली २०७९ अनुसार मर्ज तथा खारेज गरि ६१ वटा मा सिमित गरेको र इस्पोर्ट को प्रचुर सम्भावना देखेर नै नयाँ दर्ता गरिएको बताउनु भयो ।

को हुन धमला ?

बि. स. २०३७ मा गोरखामा जन्मनु भएको धमला हाल राष्ट्रिय खेलकुद परिषद को बोर्ड सदस्य हुन । नेपालमा आइटिएफ तेक्वान्दो को लामो समय सफल नेतृत्व गरि सक्नु भएको धमला तेक्वान्दो को ६ डान तथा आइटिएफ तेक्वान्दो को दक्षिण एसिया को उपाध्यक्ष पनि हुन । लामो समय खेल जिबनमा बिताएका धमला सङ्ग नेपाली खेलकुदको थुप्रै अनुभव छ । हालै चिनमा सप्पन्न एसियायी खेलकुदमा नेपालको तर्फबाट डेपुटी सेफ द मिसन को जिम्मेवारी बहन गरिसकेका धमला नेपाल खेलकुद महासङ्घ का महासचिव पनि हुन ।

पुरा हेर्नुहोस्

६ घरेलु तरिका, जसले पेट सफा र हल्का बनाउँछ

डा. पुनेश्वर केशरीआयुर्वेदिक चिकित्सक

भनाई नै छ, पेट खराब त दिमाग खराब । पेट गडबड भयो भने त्यसको असर सर्वत्र शरीरमा पर्छ ।

बिबिसीमा प्रकासित एक रिपोर्टमा उल्लेख छ, पेटमा यत्रतत्र हुने नसाको सोझो सम्बन्ध मस्तिष्कसँग हुन्छ । यी दुबैबीच संकेत आदनप्रदान हुन्छ । यदि पेटमा कुनै खराबी भयो भने त्यो मस्तिकलाई थाहा हुन्छ ।’

त्यसो त पेट राम्रो हुनु र नहुनुले सम्पूर्ण शरीरलाई प्रभाव पार्छ । किनभने शरीरलाई जरुरी कुनैपनि पोषक तत्व पेटकै माध्यम हुँदै सबैतिर पुग्ने हो । हाम्रो शरीरलाई जे जति पोषक तत्व जरुरी हुन्छ, त्यसमध्ये अधिकांश खानेकुराबाट प्राप्त हुने हो ।

यसरी खाएको खानेकुरालाई पाचन क्रियामा सहभागी गराई त्यसबाट पोषक तत्व लिने काम पेटले गर्छ । त्यसो त पेटको काम अन्न पचाउने मात्र होइन, रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने पनि हो ।

बिबिसीको रिपोर्टमा भनिएको छ, ‘पेट शरीरको एक अत्यान्त महत्वपूर्ण प्रतिरक्षा तन्त्र पनि हो ।’

तर, हामी पेटलाई डस्बिन बनाइरहेका हुन्छौं । मनलाग्दी खान्छौं । खानुपर्ने, नखानुपर्ने सबै खान्छौं । यही कारण हामीमध्ये धेरैजसो पेटका रोगी छौं । पेटको रोगी हुनु भनेको सम्पूर्ण शरीर नै कमजोर र शिथिल हुनु हो ।

यस्तोमा प्रश्न उठ्छ, कसरी पेटलाई सफा, बलियो, हल्का बनाउने ?

यसका लागि केही घरेलु एवं प्राकृतिक विधि छन् ।

बिहान उठ्नसाथ मनतातो पानी

दिनको सुरुवात नै पेटको सफाइबाट गरौं । बिहान जब उठ्नुहुन्छ, मनतातो पानी पिउनुहोस् । एक वा दुई गिलास मनतातो पानी पिउनु पेटका लागि अत्यान्त लाभदायक छ ।

जिरा पानी

बिहान उठ्नसाथ खाली पेटमा जिरापानी पिउनु पनि पेटका लागि राम्रो हुन्छ । एक गिलास पानीमा एक चम्चा जति जीराको दाना मिसाएर उमाल्नु पर्छ । मनतातो भएपछि पिउन सकिन्छ । जिरामा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल हुन्छ, जुन पाचन तन्त्रलाई स्वस्थ राख्न सहयोग गर्छ ।

ज्वानो पानी

ज्वानो निकै उपयोगी घरेलु औषधि हो । यसमा थाइमोल नामक रसायनिक तत्व पर्याप्त पाइन्छ, जसले पाचन रस निकाल्न सहयोग गर्छ । पेटमा पुगेको खानालाई पचाउने काममा यसले सहयोग गर्छ । यसैले पेट हल्का राख्न ज्वानो पानी पिउन सकिन्छ ।

कागती र मह

कागतीमा पाइने साइट्रिक एसिडले पेट सफा गर्छ । यसले कब्जियत हुन दिदैन । कागतीमा भिटामिन सि र फ्लेभोनोइड्स हुन्छ, जसले पेटमा भरिएको ग्यास निकालछ ।

कागतीमा मह मिसाएर खाँदा अरु लाभदायक हुन्छ । यसले आन्द्राको ब्याक्टेरियालाई सन्तुलन राख्न सहयोग गर्छ ।

तुलसीको पात

तुलसीलाई आयुर्वेदमा महाऔषधि भनिन्छ । यो निकै उपयोगी वनस्पति हो । पेटलाई सफा राख्न र रोग प्रतिरोधी क्षमता बढाउन पनि तुलसीको पात उपयोगी हुन्छ । तुलसीको पातलाई तातो पानीमा मिसाएर सेवन गर्दा त्यसले पेटलाई हल्का बनाउँछ ।

फाइबर

पेट स्वस्थ राख्नका लागि सबैभन्दा जरुरी छ, फाइबरको सेवन । फाइबरयुक्त खानेकुराले पेटलाई हल्का र सफा राख्न सहयोग गर्छ । हरियो सागपात, रेसादार खानेकुरा, ताजा फलफूल फाइबरको राम्रो स्रोत हुन् ।

केही सर्त

खानेकुरा राम्ररी चपाएर खाने गरौं

हुन त यो कुरा धेरैका लागि सामान्य लाग्छ । तर, खानेकुरा चपाउनु पाचन र पोषणको हिसाबले अत्यान्तै महत्वपूर्ण छ । के भनिन्छ भने, कुनैपनि ठोस पदार्थलाई मुखमै हामीले तरल जस्तो बनाएर खानुपर्छ । यसो गर्दा खानेकुरामा भएको पोषक तत्व शरीरले राम्ररी ग्रहण गर्न सक्छ ।

खानाको तालिका मिलाऔं

निश्चित समयमा खाना खाने बानी बसालौं । समय तालिका अनुसार खाना खाने बानीले पाचनमा धेरै ठूलो सहयोग पुग्छ ।

खाना खानसाथ सुत्ने नगरौं

खासगरी रातको समयमा अबेर खाना खाने र सुत्ने बानी धेरैको हुन्छ । पेटलाई खराब बनाउने कारण यो पनि हो । खाना खाएको कम्तीमा दुई घण्टापछि मात्र सुतौं ।

राती हल्का खानेकुरा मात्र खाने गरौं

राती हामी भरपेट खाइदिन्छौं । यसले गर्दा पाचनमा समस्या हुन्छ । रातको खाना सकेसम्म हल्का र थोरै खाने गर्नु उचित हुन्छ ।

तनाव व्यवस्थापन गरौं

पेटलाई स्वस्थ राख्नमा तपाईंको मानसिक अवस्थाले पनि ठूलो भूमिका खेल्छ । जब तपार्इं तनावग्रस्त हुनुहुन्छ, पेट पनि खराब हुन्छ । त्यसैले तनाव व्यवस्थापन गरौं, पेटलाई हल्का राख्नका लागि ।

पेटलाई हल्का र सफा राख्नका लागि खानपानको सही व्यवस्थापनले मात्र पुग्दैन । शारीरिक रुपमा सक्रिय हुनुपर्छ । साथसाथै केही यस्ता योग एवं व्यायाम छन्, जसले पेटलाई वास्तवमै फाइदा गर्छ ।

१. बज्रासन

२. नौकासन

३. मण्डुकासन

४. पवनमुक्तासन

५. हलासन

पुरा हेर्नुहोस्

गायक विष्णु डुम्रे र गायिका अस्मिताको स्वरमा“फरर डोरी” सार्वजनिक

काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागी भएपनी यस गीतले नेपाली संगीतको सागरमा केही भएपनी योग्दान दिने उहाँले बताउनुभयो ।

गीतको भिडियोमा लोमस शर्मा र  अस्मिता रनपालको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको भिडियोलाई कुमार केशीद्वारा निर्देशित भिडियोलाई अजय रेग्मीको छायांकन तथा अमृत चापागाईँको सम्पादन रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/XBoLFDtqxEY?si=fCu5zXLmHFGY31yT" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" allowfullscreen></iframe>

पुरा हेर्नुहोस्

पारा तेक्वान्दो खेलाडी पलेशा पारा ओलम्पिकमा छनोट

काठमाडौं । नेपालकी पारा तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धन फ्रान्समा हुने पेरिस पारा ओलम्पिक–२०२४ का लागि छनोट भएकी छिन् । 

चीनको ताइयाङमा भएको एसियन छनोटको फाइनल खेलमा पलेशाले स्वर्ण पदक जित्दै पारा ओलम्पिकका लागि छनोट भएकी हुन् । उनले के–४४ क्याटागोरीको महिला ५७ केजीमा इरानकी लेल्ला मिर्जाईलाई पराजित गरिन् । 

त्यसैगरी, उनले सेमिफाइनल खेलमा उज्वेकिस्तानकी खेलाडी करिमा मेलिकुजिएभालाई १८–२ ले पराजित गर्दै फाइनमा पुगेकी हुन् । 

छनोट खेल जितेर ओलम्पिकमा सहभागिता जनाउने उनी नेपालकी पहिलो पारा खेलाडी बन्न सफल भइन् । पलेशा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कास्य पदक विजेतासमेत हुन् ।

पुरा हेर्नुहोस्

ओलम्पिक क्वालीफाइङ बक्सिङमा चन्द्रको विजयी सुरुवात

ओलम्पिक क्वालीफाइङ बक्सिङमा नेपाली खेलाडी चन्द्र बहादुर थापाले विजयी सुरुवात गरेका छन् ।

आगामी अगस्तमा फ्रान्सको पेरिसमा हुन गईरहेको ३३औं ग्रीस्मकालीन ओलम्पिकका ईटलीको बुस्टो आरिस्जीयो, मिलान शहरमा भईरहेको ओलम्पिक क्वालीफाईङ बक्सिङमा उनले बिजयी सुरुवात गरेका हुन् ।

यहि मार्च ३ देखि ११ तारिख सम्म ओलम्पिक क्वालीफाईङ बक्सिङ प्रतियोगितामा चन्द्रले पुरुष ५१ किलो तौल समुहमा ताजकिस्तानका शाफिएभ मेहरोनलाई ३ः२ को स्पिलिट डिसिजनको आधारमा पराजित गर्दै विजयी सुरुवात गरे ।

थापाको अर्को भिडन्त भियतनाम र क्यानडाविचका विजयी खेलाडीसंग हुनेछ । भने अर्का नेपाली खेलाडी अन्जनी तेलीको भिडन्त महिला ५४ किलो तौल समुहमा भोली मार्च ४ तारिखमा पोल्याण्डका खेलाडी द्राविक सान्द्रासंग बेलुकीको शत्रमा प्रतियोगिता हुनेछ ।

पुरा हेर्नुहोस्

गौतमबुद्ध क्रिकेट रंगशाला निर्माणका लागि सवा अर्बको टेण्डर आह्वान

चितवन । चितवनको भरतपुरमा बजेट अभावले निर्माण अलपत्र बनेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको थप पूर्वाधार निर्माणका लागि टेण्डर आह्वान भएको छ ।

महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले ३० दिनको म्याद राखेर एक अर्ब १० करोडको ठेक्का आह्वान गरिएको जानकारी दिए ।

उनले रंगशालालाई महानगरले उच्च प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै यसलाई तोकिएको मितिभन्दा अगाडि नै पूरा गर्ने अर्यालले बताए ।

महानरपालिकाका वरिष्ठ इन्जिनियर सन्तोष आचार्यले थप १० हजार क्षमताको प्याराफिटसहित मैदानलगायतका भौतिक पूर्वाधार निर्माणका लागि ३० महिनाभित्र काम गरिसक्ने गरी टेण्डर निकालिएको बताए ।

सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाण्डेशनले ५ हजार बस्ने प्याराफिट तयार गरिसकेको छ । वरिष्ठ इन्जिनियर आचार्यका अनुसार मैदानसहित ५ वटा पिच, मैदानमा ड्रेनऐजसहित पछिल्लो प्रविधि अपनाएर मैदान निर्माण, २ वटा ३ /३ तलाको टावर बनाइने छ ।

एउटामा भीआईपी र खेलाडी रहनेछन् भने अर्कोमा मिडिया, अम्पायर र कर्पोरेट बक्सहरु हुनेछन् ।

यस्तैं, गेट, कम्पाउण्डवाल लगायतका थप पूर्वाधार पनि यही भित्र बन्ने आचार्यले जानकारी दिए ।

३० महिना ठेक्काको म्याद तोकिए पनि सोभन्दा अगाडि नै रंगशालाको काम सक्ने गरी महानगरले सहजीकरण गर्ने वरिष्ठ इन्जिनियर आचार्यले बताए ।

यसअघि रंगशाला सम्बन्धी नै कामकाज गरेको ५८ करोडभन्दा बढी टर्न ओभर गरेको अनुभवी ठेकेदार कम्पनी हुनुपर्ने मापदण्डमा राखिएको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले रंगशालाको निर्माण महानगरको गौरवको परियोजना भएको बताइन् । उनले ठेक्का आह्वानसँगै रंगशाला निर्माण सम्पन्न गर्ने आफ्नो संकल्प अब पूरा हुने बताइन् ।

‘रंगशाला निर्माणको काम विभिन्न कारणले रोकिंदा म निकै दुःखी थिए । यसलाई जसरी पनि बनाउनुपर्छ भनेर लागे । महानगरपालिकाले मात्रै गरेर केही हुने अवस्था थिएन, सबै पक्षलाई मिलाउनुपर्ने झन्झट नै थियो,’ उनले भनिन्, ‘धेरै ठूला बाधाहरु फुकाएर रंगशाला बन्ने कुरा सुनिश्चित भएको छ, सारा क्रिकेटप्रेमीहरु, भरतपुरवासीहरु खुसी हुनुपर्ने दिन हो, मेरो संकल्प थियो, त्यो पूरा हुँदैछ ।’

यसअघि गत माघ २३ गते बसेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले रंगशाला निर्माणका लागि आवश्यक ७५ करोड रुपैयाँको ७० प्रतिशत अर्थात ५२ करोड ५० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । बाँकी रकम भरतपुर महानगरपालिकाले खर्च गर्ने छ ।

संघीय सरकारसँग पनि रंगशाला निर्माणका लागि रकम माग गरिएको महानगरपालिकाले जनाएको छ ।

संघीय मन्त्रिपरिषद्को गत कात्तिक २३ गते बसेको बैठकले गौतम बुद्ध क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवको परियोजनाभित्र समेटेर बाँकी काम तीनै तहका सरकारहरु मिलेर पूरा गर्ने निर्णय गरेको थियो । सो निर्णयमा रंगशालाको निर्माणको मुख्य पहलकदमी र समन्वय भने महानगरपालिकाले गर्ने उल्लेख छ ।

महानगरले संघीय सरकारसँग पनि रंगशालाको बाँकी कामका लागि रकम माग गरेको महानगरका उपनिर्देशक अर्यालले जानकारी दिए ।

उनका अनुसार रंगशालाका सम्पूर्ण डकुमेन्ट र प्रक्रिया पूरा गरिएको छ । रंगशालाको पहिलो फेजको काम लागि टेण्डरमा आह्वान गरिएको बताउँदै उपनिर्देशक अर्यालले यो निर्माणको प्रकृयामा रहँदा दोस्रो फेजको कामका लागि पूर्वतयारी गर्ने जानकारी दिए ।

धुर्मस सुन्तली फाण्डेशनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो ।

फाउण्डशेनले बनाएको विस्तृत परियोजना प्रतिवेदनलाई (डीपीआर) रिभाइज गरिएको महानगरका उपनिर्देशक अर्यालले जानकारी दिए ।

रिभाइज गरिएको डीपीआरमा केही पूर्वाधारहरु थप्नुपर्ने र केही हटाउनुपर्ने देखिएको अर्यालले जानकारी दिए ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० विगाहा १९ कठ्ठा जग्गामा धुर्मस सुन्तली फाउण्डेशनले निर्माण थालेको रंगशालाको काम ३९ प्रतिशत काम सकिएपछि बजेट अभाव भएको बन्दै निर्माण रोकिएको थियो ।

कुल ३० हजार दर्शक क्षमताको रंगशालाको प्याराफिटमा ३ हजार दर्शक बस्न मिल्ने प्याराफिट बनिसकेको छ । प्याराफिटका लागि २८६ पिलर उभ्याइएको छ ।

थप निर्माणमा स्रोत जुटाउन नसकेपछि धुर्मस सुन्तली फाउण्डेशनले २०७८ पुस २ गते महानगरपालिकालाई स्वामित्व लिन अनुरोध गर्दै पत्र लेखेको थियो ।

पुरा हेर्नुहोस्

गाेर्खाली रग्बी क्लब राष्ट्रिय फिफ्टिन्स रग्बी लिग च्याम्पियन

काठमाडौं । राष्ट्रिय फिफ्टिन्स रग्वी लिग च्याम्पियनसिपको उपाधि गोर्खाली रग्वी क्लबले शनिबार जितेको छ । दशरथ रंगशालामा त्रिभुवन आर्मी क्लबलाई ६६–७ को स्कोरमा हराउँदै गोर्खालीले उपाधि उचालेको हो ।

अपराजित रहँदै च्याम्पियन बनेको गोर्खालीले पहिलो खेलमा पुलिस क्लबलाई ५४–३ को स्कोरमा र दोस्रो खेलमा एपीएफलाई ४९–२० को स्कोरमा पराजित गरेको थियो । गोर्खाली रग्वी ९ अंक सहित च्याम्पियन बनेको हो । गोर्खाली रग्वीले रनिङ ट्रफी सहित १ लाख रुपैयाँ नगद पुरस्कार जितेको छ ।

प्रतियोगितामा सशस्त्र प्रहरी बलको एपीएफ क्लब दोस्रो बन्यो । लिग चरणको आफ्नो अन्तिम खेलमा नेपाल पुलिस क्लबलाई ७७–६ को स्कोरमा हराउँदै एपीएफ उपविजेता बनेको हो । एपीएफले ७ अंक जोड्यो । एपीएफले ट्रफी, मेडल सहित ५० हजार रुपैयाँ नगद प्राप्त गर्यो । च्याम्पियनसिपमा तेस्रो भएको आर्मीले ५ अंक जोड्यो । नेपाल प्रहरी ३ अंकसाथ ४ टिम सहभागी लिगमा अन्तिममा रह्यो ।

प्रतियोगितामा एपीएफका प्रमेश चौधरी उत्कृष्ट खेलाडी घोषित भए । उनले ५ हजार नगद पुरस्कार हात पारे ।

पुरा हेर्नुहोस्

अन्तर प्रदेश र गणेशमान राष्ट्रिय बक्सिङका लागि बागमती प्रदेश छनाेट भाेलीबाट सुरु हुने

ललितपुर । बागमती प्रदेश बक्सिङ संघको तेश्रो पूर्ण कार्यसमितिको बैठक सम्पन्न भएकाे छ ।

प्रदेश बक्सिङ संघका अध्यक्ष धन कुमार मैनालीको अध्यक्षतामा संघकाे बैठक सम्पन्न भएकाे हाे ।  बैठकले बागमती प्रदेश बक्सिङ संघको विधान- २०८० सर्वसम्मत पास गरेकाे छ ।  ललितपुर महालक्ष्मी ५ स्थित टिकाथली फुडल्याण्डमा सम्पन्न तेस्रो कार्य समिति बैठकले मिति २०८० चैत्र २ गते देखि सन्चालन हुने अन्तर प्रदेश राष्ट्रिय प्रतियोगिता  र राष्ट्रिय वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगिता २०८० को लागि बागमती प्रदेश स्तरीय खेलाडी छनौट प्रतियोगिता २०८० फागुन १० देखि १२ सम्म सातदोबाटो बक्सिङ प्रशिक्षण हलमा गर्ने निर्णय भएको सचिव रामकृष्ण प्रजापतिले जानकारी दिएकाछन् ।

बैठकले छनौट प्रतियोगितकाे समन्वयको लागि प्रदेश संघका अध्यक्ष धनकुमार मैनालीको संयोजकत्वमा उपाध्यक्षहरु रामचन्द्र थापामगर र सुमन कुमार केसी सदस्य रहने गरी प्रविधिक समिति गठन गर्ने, प्राविधिक तर्फ समन्वयका लागि उपाध्यक्ष रामचन्द्र थापामगर, अतिथि सत्कार, हल व्यवस्थापन, सरसफाई, खाजा व्यवस्थापन गर्न उपाध्यक्ष सुमनकुमार केसीको संयोजकत्वमा सुरज ग्वाछा र कबुना श्रेष्ठ सदस्य रहने तीन सदस्यी समिति र प्रचारप्रसार र कार्यक्रम संचालन गर्ने जिम्मेवारी संघका सचिव रामकृष्ण प्रजापतिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय गरेकाे छ ।

पुरा हेर्नुहोस्

गायक गणेश थापाको ‘आखाँमा झुम्न थाल्यो’मा रंगिए कमल र स्नेहा

काठमाण्डौं । प्रेम र रोमान्स समेटिएको गीत "आखाँ झुम्न थाल्यो"सार्वजनिक गरिएको छ ।

बरिष्ठ गायक गणेश थापाको स्वर रहेको यो गीतमा सुदन लुईटेलको शब्द, सुवर्ण कुमारको संगीत छ । २५ बर्षको अमेरिका बसाई पछि नेपाल फर्किएका गायक थापाले नेपाली मौलिक भाकामा गीत प्रस्तुत गर्न पाउनु आफैमा माटो र मातृत्व प्रतिको लगाव भएको बताए ।

सार्वजनिक गीतको भिडियोमा कमल सिंह र स्नेहा जोशीको अभिनय छ । सन्तोष तामाङ्गको छायाँकन, विजय राज भुर्तेलको सम्पादन तथा  निर्देशन गीतमा रहेको छ ।

सार्वजनिक भिडियोमा कमल र स्नेहा रोमान्टिक बनेका छन् । यो गीत माया गर्ने जोडीहरुले मन पराउने विश्वास गरिएको छ ।

गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/8KEq_KByP84?si=FE-YNRQOX_GouUny" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" allowfullscreen></iframe>

पुरा हेर्नुहोस्

२ पूर्वसचिवसहित १३१ दोषी ठहर, ३ पूर्वमन्त्री र १ पूर्वसचिवलाई सफाइ

काठमाडौँ । ललिता निवास परिसरको करिब २ सय ८४ रोपनी जग्गा कानुनसम्मत मुआब्जा दिएर २०२१ सालमा अधिग्रहण भएकामा त्यसको करिब ३० वर्षपछि योजनाबद्ध रूपमा व्यक्तिका नाममा फर्काइएको थियो । २०५० देखि हिनामिना गरिएको जग्गा ३० वर्षपछि फेरि सरकारका नाममा ल्याउने गरी विशेष अदालतले फैसला गरेकाेछ ।

ललिता निवास जग्गा प्रकरणमा १३१ जना दोषी ठहर हुनेगरी विशेष अदालतले गरेको फैसलाको मुख्य सन्देश के हो ?

९३ वर्षअघि विसं १९८७ मा तत्कालीन राजा त्रिभुवनसँग मागेर प्रधानमन्त्री भीमशमशेरले हालको बालुवाटार क्षेत्रको २ सय ९९ रोपनी जग्गा आफ्नो नाममा पाएका थिए । ‘देवाली’, ‘सानु’, ‘तलेजु’ र ‘इन्द्रजात्रा’ गुठीका नाममा रहेको र केही किसानले जोतभोग गर्दै आएको यो जग्गा भीमशमशेरले पाएपछि उनले पर्खाल लगाएर घेरेका थिए । पर्खालमा लेखाइएको थियो– ललितादेवी । ललितादेवी राणाहरूकी कुलदेवीका नाममा पुजिन्थिन् । कुलका नाममा आएको जग्गा भीमशमशेरबाट छोरा हिरण्यशमशेर र उनका पनि छोरा सुवर्णशमशेरका नाममा सरेको थियो । २०१६ पुस १ मा ‘बिर्ता उन्मूलन ऐन’ जारी भएसँगै जग्गा प्राप्ति ऐनअनुसार तत्कालीन भोगाधिकारी सुवर्णशमशेरको परिवारबाट १४ रोपनी ११ आना जफत गरिएको थियो भने दुई सय ८४ रोपनी जग्गा अधिग्रहण गरेको थियो । अधिग्रहण गर्दा सरकारले सुवर्ण परिवारलाई १६ लाख रुपैयाँभन्दा बढी मुआब्जा दिएको थियो । सरकारले प्राप्त गरेको जग्गा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका नाममा राखिएको थियो ।

पञ्यायतकालमा राजकाज मुद्दा लगाएर जफत गरिएका जग्गा फिर्ता गर्न भनेर ०४७ मा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई अपव्याख्या गरेर मुआब्जा तिरेर अधिग्रहण गरिएका हदबन्दीभन्दा माथिका जग्गा पनि फिर्ता गर्ने योजना सफल पारिएको थियो ।

सरकारी अधिकारी र भूमाफियाको मिलेमतोमा हिनामिना गरिएको ललिता निवास परिसरको यो जग्गा अब भने सरकारका नाममा फिर्ता हुने भएको छ । यो प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा बिहीबार फैसला दिँदै विशेष अदालतले नेपाल सरकारका २ पूर्वसचिव र तत्कालीन भोगाधिकारी राणा परिवारका ५ सदस्यसहित १३१ जनालाई दोषी ठहर गरेको छ । सरकारका नाममा भएको जग्गा सुनियोजित रूपमा हडपिएकामा ती सबै प्रक्रिया खारेज गर्दै अदालतले दोषीलाई बिगो, कैद र जरिवाना तथा हिनामिना भएको जग्गा जफत गरेर सरकारकै नाममा ल्याउने गरी फैसला सुनाएको हो ।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पूर्वभूमिसुधार सचिव छविराज पन्त र पूर्वभौतिक योजना सचिव दीपबहादुर बस्न्यात तथा ललिता निवासका तत्कालीन भोगाधिकारीहरू सुनीति राणा, शैलजा राणा, हेमनशमशेर, हाटकशमशेर र रुक्मशमशेरसहितलाई दोषी ठहर गर्दै बिगोबमोजिम जरिवाना र कैद सजाय हुने गरी फैसला सुनाएको हो । विशेष अदालतका प्रवक्ता एवं उपरजिस्ट्रार धनबहादुर कार्कीले विभिन्न निर्णय प्रक्रियामा सामेल २ पूर्वसचिवसहित तत्कालीन भोगाधिकारी, नक्कली मोही, जग्गा हिनामिनामा संलग्न कर्मचारी र मतियारका रूपमा काम गर्नेसहितलाई दोषी ठहर र हिनामिना भएको १ सय ३६ रोपनी जग्गा पनि जफत हुने फैसला भएको बताए ।

जग्गा किनबेचमा संलग्न भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ तथा भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई जग्गा हिनामिना प्रकरणको मुख्य मतियारका रूपमा अदालतले दोषी ठहर गरेको छ । जग्गा हिनामिनासम्बन्धी मन्त्रालयबाट फाइल सदर गरेर मन्त्रिपरिषद्मा पेस गर्ने ३ जना तत्कालीन मन्त्री र १ सचिवसहित केही हाइप्रोफाइलले भने कसुरबाट सफाइ पाएका छन् । पूर्वउपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधारमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ तथा पूर्वभूमिसुधार सचिव दिनेशहरि अधिकारीलाई विशेषले कसुरबाट सफाइ दिएको हो ।

विसं २०४९ देखि २०६९ को अवधिमा गुठी संस्थान, मालपोत, नापी, भूमिसुधार विभाग र मन्त्रालयबाट गैरकानुनी निर्णय गराएर ललिता निवास परिसरको १ सय ३६ रोपनीभन्दा बढी जग्गा हिनामिना गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा १ सय १० जनाविरुद्ध बिगो, कैद र जरिवाना तथा ६५ जनाविरुद्ध जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पछिल्लो पटक लगातार २२ दिनसम्म मुद्दालाई नियमित सुनुवाइमा राखेर अदालतले बिहीबार किनारा लगाएको प्रवक्ता कार्कीले बताए ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले विशेषको फैसलाले राजनीतिक व्यक्तिलाई सफाइ दिए पनि यो फैसला समग्रमा साहसिक र ऐतिहासिक नै रहेको टिप्पणी गरे । ‘सरकारी जग्गा पद र शक्ति तथा प्रलोभनमा खाने/मास्ने काम जुनसुकै बेला भए पनि त्यस्तो अपराधमा संलग्नले एक दिन कानुनको कठघरामा आउनैपर्छ भन्ने सन्देश यसले दिएको छ,’ कार्कीले भने । हाल अख्तियार प्रमुख रहेका प्रेमकुमार राई गृह सचिव भएका बेला पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले दिएको प्रतिवेदनका अनुसन्धानका लागि सरकारले अख्तियार र प्रहरीमा पठाएको थियो । त्यसका लागि अधिवक्ता युवराज कोइरालाले थुप्रै तथ्य र प्रमाण सरकारलाई दिनुका साथै जग्गा हिनामिनामाथि अनुसन्धानका लागि डेढ दशकदेखि सक्रियता देखाएका थिए ।

२०४६ पछि बनेको मन्त्रिपरिषद्ले पञ्चायतकालमा जफत जग्गा छानबिन गरी फिर्ता गर्ने निर्णय गरेको थियो । तर, यही निर्णयको गलत व्याख्या गरेर मुआब्जा दिएर अधिग्रहण गरिएका जग्गा पनि फिर्ता गराउने प्रपञ्च रचिएको थियो । सुवर्णशमशेरको परिवारबाट २ सय ८४ रोपनी १४ आना ३ पैसा जग्गा तत्कालीन सरकारले उचित मुआब्जा दिएर कानुनसम्मत अधिग्रहण गरेको ठहर पनि विशेष अदालतले गरेको छ ।

२०२१ मंसिर १५ मा ललिता निवासको जग्गा अधिग्रहण गर्ने निर्णय भएको र १७ मा यो विषय राजपत्रमा प्रकाशित भएकाले यसलाई अन्यथा भन्न नमिल्ने अदालतको टिप्पणी छ । ‘सुवर्णशमशेर र उनका छोरा कञ्चनशमशेरका नाममा रहेको १४ रोपनी ११ आना जग्गा मात्रै जफत भएको हो, २ सय ८४ रोपनी जग्गा कानुनसम्मत अधिग्रहण भएको ठहर्छ’ अदालतले भनेको छ । सरकारी निर्णयको अपव्याख्या गरेर अधिग्रहण भएको जग्गालाई पनि जफतकै सूचीमा राखेर हडपिएको फैसलामा उल्लेख छ ।

२०६६/६७ मा प्रधानमन्त्री कार्यालय विस्तारका नाममा नक्कली मोही र जग्गा धनीलाई ललिता निवासको जग्गा सट्टाभर्नाबापत दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगेर अनुमोदन गराइएको थियो । मन्त्रीहरू गच्छदार, श्रेष्ठ, जोशीले लगेको प्रस्तावका आधारमा ललिता निवासको करिब ५ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा कायम गरेर नक्कली मोहीमा जाने गरी निर्णय भएका थिए ।

तलबाट आएका प्रस्तावलाई मन्त्रिपरिषद्सम्म पुर्‍याउने काम गरेको भन्दै सचिव अधिकारीलाई सफाइ दिइएको छ । मन्त्रिपरिषद्को निर्णय नीतिगत भएको र नीतिगत निर्णयमा अख्तियारको क्षेत्राधिकार नरहने भन्ने अभियोगपत्रमै उल्लेख भएका लगायत कारण देखाएर गच्छदार, श्रेष्ठ र जोशीलाई सफाइ दिइएको हो । २०४९ र २०६२ मा जग्गा राणा परिवारका नाममा लैजान भएको निर्णयमा डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखद्वय कलाधर देउजा र टीकाराम घिमिरेसहित १८ लाई अदालतले दोषी ठहर गरेको छ । सरकारी जग्गामा गलत दावीसहित राणा परिवारका ५ जना सदस्यहरू सुनीति राणा, शैलजा राणा, हेमनशमशेर, हाटकशमशेर र रुक्मशमशेर राणा तथा मालपोत र भूमिसुधारका कर्मचारीहरू कलाधर देउजासहित ५ कर्मचारी तथा भूमाफिया रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई दोषी ठहर गर्दै जनही ७५ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय सुनाइएको छ । मालपोतबाट छुट दर्ताका नाममा थप १२ आना ०६२ मा राणा परिवारका नाममा गएको थियो । यसमा प्रमुख मालपोत अधिकृत टीकाराम घिमिरेसहित ५ कर्मचारी र सुनीतिलाई ६ महिना कैद र जनही ७ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

नक्कली जग्गाधनी र नक्कली मोहीलाई सट्टाभर्ना दिने गरी गैरकानुनी रूपमा मन्त्रालय र मालपोतबाट भएका निर्णय प्रक्रियामा सामेल तत्कालीन सचिवद्वय बस्न्यात र पन्तसहित १२ जना दोषी ठहर भएका छन् । दुई सचिवसहित १२ कर्मचारी र व्यापारी मीनबहादुर गुरुङलाई जनही ८० लाख ४८ हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद, जग्गा जफतको फैसला सुनाइएको छ । सट्टाभर्नामा नक्कली मोही दाबी गर्ने श्रीकृष्ण महर्जनसहित १२ जनालाई पनि दोषी ठहर गरी २ वर्ष कैद र बिगोबमोजिम जरिवानाको फैसला भएको छ ।

५७ जनालाई नक्कली मोही बनी जग्गामा हकदाबी गरेकाले कसुरदार ठहर गरिएको छ । उनीहरूलाई जनही २ वर्ष कैद र जरिवानाको फैसला भएको छ । घूसबापत जग्गा बकस लिएका १५ जनालाई पनि २ वर्ष कैद र जरिवानाको फैसला भएको छ ।

टिकिन्छा गुठीमा लगेर नक्कली मोही कायम गर्ने तत्कालीन गुठी प्रशासक बलिरामप्रसाद साह तेलीसहित १७ जनाविरुद्ध १ वर्ष कैद र जनही ४१ लाख ६७ हजार ५ सय २९ जरिवानाको फैसला भएको छ । गुठीमा जग्गा लगेर भूमाफियाका नाममा कायम गराएको अभियोगमा तेलीसहित हरिबोल आचार्य, रामेश्वर बिडारी, सेवन्तराज चापागाईं, हेमराज सुवेदी, तेजराज पाण्डे, तुल्सी पोखरेल, हरिप्रसाद जोशी, दिलीपकुमार भट्ट, नवराज पौडेल, जयप्रसाद रेग्मी, शैलेन्द्र पौडेल, फणीन्द्रप्रसाद दाहाल, मणिकुमार राना, बद्रीबहादुर कार्की, लक्ष्मीनारायण उप्रेती र दिनेशप्रसाद शर्मा दोषी ठहर भएका हुन् । त्यसैगरी प्रधानमन्त्री निवास विस्तारका नाममा भएका निर्णयमा पनि कर्मचारीहरू दोषी ठहर भएका छन् । यसमा मालपोत कार्यालयबाट निर्णय गर्दा नै जग्गा सट्टाभर्नास्वरूप जग्गा धनी र मोहीको नाम नामसारी दाखिला खारेज प्रक्रिया सम्पन्न गरेर मन्त्रालयमा पेस गरिएको र मन्त्रालयबाट यसमा थप नाम हेरफेर गर्ने काम सचिवले गरेको भन्दै निर्णय प्रक्रियामा कर्मचारीका कारण जग्गा व्यक्तिका नाममा पुगेको फैसलामा उल्लेख छ ।

पुरा हेर्नुहोस्

माओवादीको केन्द्रीय समिति अब प्रत्यक्ष निर्वाचनबाट

केन्द्रीय कमिटी १९९ सदस्यीय हुने
३ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने भएको छ । तीन दिनसम्म काठमाडौंमा भएको विधान अधिवेशनले पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणाली अंगिकार गर्ने गरी विधान संशोधन पारित गरेको हो ।

अधिवेशन प्रतिनिधिका सुझाव सुनिसकेपछि बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा भएको छलफलले तत्कालका लागि प्रत्यक्ष निर्वाचनबाट केन्द्रीय कमिटी चयन गर्ने निर्णयमा पुगेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हलमा जानकारी गराए ।

‘अब प्रत्यक्ष निर्वाचनबाट कमिटी र नेतृत्व चयनको बाटोमा जानुपर्छ । हिजो युद्धको जस्तो सबैको मूल्यांकन गरेर जाने सम्भावना छैन’, प्रचण्डले हलमा भने, ‘महाधिवेशनबाट कमिटी प्रत्यक्ष निर्वाचन प्रणालीमा जानेमा आम रूपमा विमति नहुने ठाउँमा पुगेका छौं ।’

उनले यो निर्णय पार्टी जीवनको महत्वपूर्ण मानक भएको भन्दै यसले पार्टीमा विद्यमान समस्या हल गर्ने बताए ।

‘हामीले केन्द्रीयता भन्दा पनि सबै तहको जनवादबाट कमिटी निर्वाचित गर्ने महत्वपूर्ण निर्णय गरेका छौं । त्यो कमिटीले प्रत्यक्ष निर्वाचनबाट पदाधिकारी चयन गर्छ । यसले अहिलेको समस्या हल हुन्छ’, अधिवेशन हलमा प्रतिनिधिको जवाफ दिने क्रममा प्रचण्डले भने, ‘यसमा थप छलफल गर्न सकिन्छ । यो नै अन्तिम भन्ने होइन । हतारमा भन्दा अझै वैचारिक हिसाबले पनि सोच्नुपर्छ । यसले मूलभूत समस्या समाधान गर्छ भन्ने ठाउँमा हामी पुगेका छौं ।’

माओवादीले केन्द्रीय समिति निर्वाचनबाट चयन गरे पनि पदाधिकारी भने केन्द्रीय समिति भित्रबाट चयन गर्नेछ । अध्यक्ष प्रचण्डले पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाटै चयन गर्नुपर्छ भन्ने बेला भइ नसकेको बताए ।

यसअघि उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको विधान मस्यौदा कार्यदलले प्रस्ताव गरेको विधानमा निर्वाचन प्रणालीबारे स्पष्ट उल्लेख थिएन ।

कार्यदलका सदस्य समेत रहेका पार्टी उपमहासचिव जनार्दन शर्माले ९ बुँदे पूरक प्रस्ताव राख्दै प्रत्यक्ष निर्वाचनबाट सबै तहको नेतृत्व चयन गर्नुपर्ने प्रस्ताव राखेका थिए । अधिवेशन हलमा अध्यक्ष प्रचण्डले पनि शर्माको उक्त प्रस्तावलाई प्रवेश गराएका थिए ।

समूहगत छलफलका क्रममा अधिकांश प्रतिनिधिले कमिटीसँगै नेतृत्व पनि प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिनुपर्ने सुझाव राखेका थिए । समूहगत छलफलबाट आएका सझुावपछि बसेको पदाधिकारी बैठकले प्रत्यक्ष निर्वाचन प्रणाली स्वीकार गर्ने, तर पदाधिकारीलाई निर्वाचित कमिटीको चुनावबाट छान्ने निर्णय गरेको हो ।

अधिवेशनको बीचमा बसेको पदाधिकारी बैठकमा उपमहासचिव शर्मा र हरिबोल गजुरेलले मात्रै धारणा राखेका थिए ।

‘शर्माले आफ्नो पूरक प्रस्ताव अनुरुप सबै तहको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चुनिनुपर्ने मत दोहोर्‍याउनुभयो । गजुरेलजीले त्यसमा फरक मत राख्दै निर्वाचित र मूल्यांकनसहितको मिश्रित प्रणालीबाट जानुपर्ने धारणा राख्नुभयो’, बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘यी विषयमा थप छलफल गर्दै जाने, तर अहिले सिंगो हलले नै एकै प्रकारको धारणा राखेकाले प्रत्यक्ष निर्वाचन प्रणालीबाट केन्द्रीय समिति र त्यसले पदाधिकारी छनौट गरौं भन्ने निष्कर्षमा पुगिएको हो ।’

पदाधिकारी बैठकमा सहमति भएर आए पनि अध्यक्ष प्रण्चडले उक्त निर्णय सुनाउँदै गर्दा हलबाट ‘पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाटै आउनुपर्ने’ भन्दै विरोध भएको थियो । प्रचण्डले आफूलाई ‘सबै निर्णय राख्न दिन’ अनुरोध गरेपछि हल शान्त भएको थियो ।

प्रचण्डले पदाधिकारी बैठकले सुझावहरू समेटेर गरेको निर्णय राखिसकेपछि केन्द्रीय सदस्य सरल सहयात्री र दलजित श्रीपाइलीले विरोध गरेका थिए ।

‘यो भनेवापत मैले जे भोग्नु परे पनि परोस् । अहिले भनेजस्तै विधान पारित हुने हो भने जनवादको उपहास गर्न खोजिएको हो’, बाग्मती प्रदेशका अध्यक्ष सहयात्रीले भनेका थिए, ‘सिंगो हलले पदाधिकारीसहित सबै प्रत्यक्ष निर्वाचित हुनुपर्ने व्यवस्था गर्नुपर्ने माग राखेको छ । पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट आउनुपर्ने व्यवस्था यही हलबाट पारित गरेर जानुपर्छ ।’

उनले हरेकपटक अर्को अधिवेशनले पारित गर्छ भन्दाभन्दै २५ वर्ष बितिसकेको भन्दै पदाधिकारीले पुरानै मोडल लागू गर्न खोजेको भए खुलेर भन्नुपर्ने, तर अल्झाउन नमिल्ने धारणा राखेका थिए ।

श्रीपाइलीले पनि त्यसमा थप्दै विधानमा दलितलाई विशेषाधिकार दिने विषय पनि उल्लेख गर्नुपर्ने धारणा राखे । हलबाट महाधिवेशन प्रतिनिधिको प्रत्यक्ष निर्वाचनबाट पदाधिकारी चयन गर्नुपर्ने आवाज उठेपछि प्रचण्डले आक्रोशित शैलीमा जवाफ दिएका थिए ।

‘यो (विधान) आजै लागू हुने होइन, विशेष महाधिवेशनबाट हुने हो भनिसकेँ । अहिलेका लागि प्रत्यक्ष निर्वाचित केन्द्रीय कमिटी भन्नु नै ठूलो कदम हो । मैले नै प्रत्यक्ष निर्वाचन पद्दतिबाटै पार्टीलाई गति दिन सकिन्छ भनेको हो’, प्रचण्डले जवाफ दिने क्रममा भने, ‘म अध्यक्ष र प्रधानमन्त्रीको हैसियतमा छु । आफू बिदा हुनुभन्दा अगाडि कसरी साथीहरूलाई जिम्मा दिने भन्ने मैले पनि सोचेको हुँला नि त ! अहिले नै पदाधिकारी प्रत्यक्ष निर्वाचनबाट भनेर जाने हो भने ढोका खुलेपछि महाधिवेशनसम्म पार्टीभित्र के हुन्छ भनेर सोच्नुभएको छ ?’

प्रचण्डले आफूले विधान अधिवेशन पनि गर्दैन भन्ने हल्ला चलेकोबारे जानकार रहेको भन्दै खण्डन समेत गरे । पदाधिकारी पनि प्रत्यक्ष निर्वाचनबाट आउने व्यवस्था गर्नुपर्ने विषयमा आवाज चर्किएपछि प्रचण्डले ‘कोही पनि नडराएको, तर पार्टीकै हितमा विस्तारै ढोका खोल्नका लागि यो निर्णय गरेको’ भनेर झोक्किएका थिए ।

‘पदाधिकारी प्रत्यक्ष हुँदा कोही डराउनेवाला छैन, म त झन् छँदै छैन’, प्रचण्डले हलमा भनेका थिए, ‘म तपाईंहरूको अगाडि उभिएर भन्न सक्छु । गएको ३५ वर्षको इतिहास, जनयुद्धको १० वर्षको तयारी, योजना र नेतृत्व, शान्ति र संविधान, गणतन्त्र, अहिले फेरि अभियान, सरकारको नेतृत्व, सुशासन यी सबै अगाडि छन् ।’

बोल्दाबोल्दै शान्त भएका प्रचण्डले अगाडि भने, ‘त्यसैले गर्दा म छोड्छु भन्दा पनि तपाईंहरूले दिनुहुन्न भन्ने मलाई डर छ । तपाईंहरूले आलोचना गर्दागर्दै पनि मलाई छोड्न दिइराख्नुभएको छैन ।’

अन्तिममा उनले प्रतिनिधिले हलमा बुझाएका सम्पूर्ण सुझाव सुरक्षित राखेको र कसले के सुझाव दिएको रहेछ भनेर हेर्ने बताए ।

कमिटीका आकार घटाउने

माओवादीले हाल कायम रहेको मस्यौदा कार्यदलले प्रस्ताव गरेको भन्दा फरक अंकको केन्द्रीय समितिको संख्या पारित गरेको छ । कार्यदलले मस्यौदामा केन्द्रीय कमिटीको आकार १५१ सदस्यीय बनाउनुपर्ने प्रस्ताव गरेको थियो ।

अधिवेशन हलमा पनि अधिकांशले कमिटीका आकार घटाएर चुस्त बनाउनुपर्ने सुझाव राखेका थिए । सोही अनुसार माओवादीले १९९ जनाको केन्द्रीय कमिटी बनाउने व्यवस्था विधानमा गरेको छ ।

‘धेरै सानो बनाउने कुरा भएन, ठूलो त बनाउनै हुँदैन भनेर हामीले १९९ जनाको केन्द्रीय समिति बनाउन उचित हुन्छ भन्ने ठाउँमा पुगेका छौं’, प्रचण्डले हलमा भने, ‘त्यसो हुँदा १६५ वटा निर्वाचन क्षेत्रलाई पनि कभर गर्न सकिन्छ र अरू पनि हेर्न सकिन्छ भन्ने सोचिएको छ ।’

यस्तै माओवादीले केन्द्रीय समितिको एक तिहाइ संख्याको पोलिटब्यूरो र ११ जनाको कार्यालय समिति बनाउने भएको छ । पदाधिकारी र स्थायी समितिको काम सोही कार्यालयले नै गर्ने भएको छ ।

यस्तै अहिले भएको २२ जनाको पदाधिकारीलाई नै केन्द्रीय कार्यालय मान्ने निर्णय अधिवेशन हलमा प्रचण्डले सुनाए । यस्तै माओवादीले अब माथिल्लो कमिटीको अधिवेशन गरेर तल्लो कमिटीमा अधिवेशन गर्ने भएको छ । यसअघि तल्ला तहका कमिटीका अधिवेशन पहिले र माथिल्ला कमिटीका अधिवेशन पछाडि गर्दै आएको माओवादीले केन्द्रीय कमिटीको आकार घटाएसँगै यस्तो निर्णय गरेको हो ।

‘विगतमा तलबाट अधिवेशन गर्दै आउँदा अप्ठेरो पर्दै आएको हो । तल भएका नेता माथि आउनको निम्ति थिग्रिदै जाने र असाध्यै ठूलो दबाब केन्द्रीय समिति र नेतृत्वलाई पर्ने गरेको थियो’, प्रचण्डले हलमा भने, ‘अब हामीले पहिले महाधिवेशन प्रतिनिधि चुनेपछि केन्द्रीय महाधिवेशनबाट केन्द्रीय समिति चुन्छौं । त्यसपछि हजारौं कार्यकर्ता प्रदेश, जिल्ला, पालिका र वडातिर फर्किने उपक्रम सुरु हुन्छ भन्ने लागेको छ ।’

नाम र चुनाव चिह्न परिवर्तन नगर्ने

अधिवेशनमा प्रतिनिधिबाट नाम र चुनाव चिह्न समेत परिवर्तन गर्नुपर्ने आवाज उठे पनि माओवादीले यसलाई तत्कालका लागि रोकेको छ ।

मस्यौदा विधानमा नाम र चुनाव चिह्नका बारेमा कुनै प्रस्ताव गरिएको थिएन । मस्यौदामा फरक मत राखेका उपमहासचिव शर्माले भने नाम पनि परिवर्तन गरेर नेकपा (समाजवादी) राख्नु पर्ने प्रस्ताव गरेका थिए ।

जवाफ दिने क्रममा अध्यक्ष प्रचण्डले विभिन्न समयमा नाम परिवर्तन गरेको उदाहरण दिएर यसमा संकुचित नभएको, तर जतिबेला पनि परिवर्तन गर्न नहुने निर्णय भएको बताएका थिए ।

‘विगतमा कयौं नाम परिवर्तन गरेरै आएका हौं । चुनाव चिह्न पनि फेर्नै नसकिने होइन । तर फेर्न मिल्ने विषय हुन् भन्दैमा जति बेला मन लाग्यो त्यतिबेला, जसरी मन लाग्यो त्यसरी फेर्नु पनि उचित हुँदैन’, जवाफमा प्रचण्डले भने, ‘खास सन्दर्भ, मोड र परिस्थितिमा निर्णय लिनु बढी उचित हुन्छ ।’

उनले केन्द्रीय कार्यालयको बैठकले अरू कम्युनिष्टसँग एकताबारे छलफल गरिरहेको र यस विषयमा टुंगो लागेपछि यस विषयमा सोच्न सकिने बताए । ‘नेकपा चाहिँ छोड्न सकिँदैन, तर नामकै कारण पार्टी एकता रोक्ने भन्ने हुँदैन’, उनले भने ।

उनले नामसँग पार्टीको पहिचान र इतिहास जोडिएको भन्दै अधिवेशन हलबाटै नाम फेर्न नसकिने बताएका थिए ।

उनले चुनाव चिह्नबाट पनि पहिले जस्तो अप्ठेरो स्थिति नबनेको भन्दै यसलाई आवश्यकता अनुसार परिवर्तन गर्न सकिने बताए ।

‘चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडा भन्दा गीत बनाउने साथीलाई पनि गाह्रो, नारा लाउने बेला पनि गाह्रो’, उनले भने, ‘यसले हामीलाई धेरै ठूलो क्षति भयो । एकपटक त हाम्रै चुनाव चिह्नका कारण अर्को पार्टीले ७ सिट जित्यो । अहिले जनताले पनि बुझे, पहिलो जस्तो खतरा छैन ।’

तस्वीरहरु : रासस

पुरा हेर्नुहोस्

बक्सिङ प्रशिक्षकमा सापकाेटा र गुरुङ छनाेट

काठमाडौं । प्रदेश खेलकुद परिषद बागमती प्रदेशले चालु आर्थिक वर्ष २०८० र ८१ को वार्षिक वजेट अनुसार स्वयंसेवक प्रशिक्षकमा बक्सिङ खेलमा सुवर्ण सापकाेटा र अजित गुरुङले नाम निकाल्न सफल भएका छन् ।

आवेदकहरु मध्यबाट प्रदेश छनोट समितिले अन्तरवार्ताका लागि बोलाएको थियो । अन्तरवार्तबाट छनोटमा ललितपुरका सुवर्ण सापकाेटा र मकवानपुरका अजित गुरुङले नाम निकालेका हुन् । नाम निकाल्न सफल सापकाेटा र गुरुङ दुबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चर्चित पुर्व बक्सिङ खेलाडी हुन ।

लामो समय देखि सरकारी तवरबाट खेलकुद प्रशिक्षकहरु सरकारले नियुक्त गर्न सकेको थिएन । तथापी बागमती प्रदेशले खेलकुद विकासका लागि पहिलो चरणमा २७ जना स्वयंसेवक प्रशिक्षक छनोट गरेका छ । बक्सिङ खेलकाे स्वयमसेवक प्रशिक्षकमा वैकल्पिक तर्फ निशा लाेला भक्तपुरकाे नाम रहेकाे छ ।

पुरा हेर्नुहोस्

मलेसियामा जारी अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा चार नेपाली मुक्केबाज सेमिफाइनल प्रबेश

मलेसियामा जारी अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा चार नेपाली मुक्केबाज सेमिफाइनल प्रबेश 

मलेसियाकाे पेनाङ शहरमा डिसेम्बर ११ देखि डिसेम्बर १५ सम्म सन्चालन भईरहेकाे ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपाली मुक्केबाजहरुकाे बिजयी यात्रा सुरु भएकाेछ । डिसेम्बर १२ तारिखमा सम्पन्न खेलहरु, ५१ केजी ताैल समुहमा सिङ्गापुरे प्रतिद्वन्द्वी  ड्यानी चाउ यिजीलाई ५:० अंककाे आधारमा पराजित गर्दै नेपाली मुक्केबाज प्रबल उप्रेती सेमिफाइनल प्रबेश गरेकाछन् ।

५४ केजी ताैल समुहमा इन्डाेनेशियन प्रतिद्वन्दी मुहम्मद दानिश बिन अब्दुल अजिजलाई आर.एस.सी. काे आधारमा नेपाली मुक्कबाज सिंहवीर लिम्बूले जित हासिल गर्दै सेमिफाइनल प्रबेश गरेकाछन् ।

५७ केजी ताैल समुहमा ईन्डाेनेशियन प्रतिद्वन्द्वी फकिह अन्दरा नाशुटेशनलाई ५:० अंककाे आधारमा नेपाली मुक्केबाज छिरिङ वाङदी शेर्पाले जित हासिल गर्दै सेमिफाइनल प्रवेश गरेकाछन् ।

६३ केजी ताैल समुहमा भेतनामी प्रतिद्वन्दी मुहम्मद फरीजाद बिन मुहम्मद तामिसिसंग नेपाली मुक्केबाज रिजन गुरुङ  ५:१ अंककाे आधारमा पराजित भए ।

६० केजी ताैल समुहमा नेपाली मुक्केबाज शुलभ माली बाई हुँदै सेमिफाइनल प्रबेश भएकाछन् । शुलभ माली र सिंह वीर लिम्बू दुई नेपाली मुक्केबाजले आज सेमिफाइनल खेल खेल्नेछन् ।

आईबा वान स्टार काेच सन्दिप श्रेष्ठ  र ब्यबस्थापक स्मृति विस्वास सहित ७ सदस्यीय टाेलीलाई डिसेम्बर ५ मा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले महासचिव मान बहादुर भण्डारी सहितकाे टाेलिले बिदाई गरेएका थिए । मलेसियाको पेनाङमा डिसेम्बर ११-१५ सम्म सन्चालन हुने ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा विभिन्न १० राष्ट्रका २० वर्ष उमेरमुनिका १०० जना पुरुष मुक्केबाजहरुको सहभागितामा १३ वटा तौल समूहमा उक्त प्रतियोगिता सञ्चालन हुनेछ र हालसम्म नेपालले चार काँस्य पदक पक्का गरिसकेको छ ।

पुरा हेर्नुहोस्

मलेसियामा जारी अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा चार नेपाली मुक्केबाज सेमिफाइनल प्रबेश

मलेसियाकाे पेनाङ शहरमा डिसेम्बर ११ देखि डिसेम्बर १५ सम्म सन्चालन भईरहेकाे ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा नेपाली मुक्केबाजहरुकाे बिजयी यात्रा सुरु भएकाेछ । डिसेम्बर १२ तारिखमा सम्पन्न खेलहरु, ५१ केजी ताैल समुहमा सिङ्गापुरका मुक्केबाज ड्यानी चाउ यिजीलाई अंककाे आधारमा पराजित गर्दै नेपाली मुक्केबाज प्रबल उप्रेती सेमिफाइनल प्रबेश गरेकाछन् ।

५४ केजी ताैल समुहमा इन्डाेनेशियाका मुक्केबाज मुहम्मद दानिश बिन अब्दुल अजिजलाई आरएसी डिसिजनकाे आधारमा नेपाली मुक्कबाज सिंहवीर लिम्बूले जित हासिल गर्दै सेमिफाइनल प्रबेश गरेकाछन् ।
५७ केजी ताैल समुहमा ईन्डाेनेशियाका मुक्केबाज फकिह अन्दरा नाशुटेशनलाई अंककाे आधारमा नेपाली मुक्केबाज छिरिङ वाङदी शेर्पाले जित हासिल गर्दै सेमिफाइनल प्रवेश गरेकाछन् ।

६३ केजी ताैल समुहमा इन्डाेनेशियाका मुक्केबाज मुहम्मद फरीजाद बिन मुहम्मद तामिसिसंग नेपाली मुक्केबाज रिजन गुरुङ अंककाे आधारमा पराजित भए ।
६० केजी ताैल समुहमा नेपाली मुक्केबाज शुलभ माली बाई हुँदै सेमिफाइनल प्रबेश भएकाछन् । शुलभ माली र सिंह वीर लिम्बू दुई नेपाली मुक्केबाजले आज सेमिफाइनल खेल खेल्नेछन् ।

प्रशिक्षक आईबा वान स्टार काेच सन्दिप श्रेष्ठ  र ब्यबस्थापक स्मृति विस्वास सहित ७ सदस्यीय टाेलीलाई डिसेम्बर ५ मा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, नेपाल बक्सिङ महासंघका अध्यक्ष राम अवाले महासचिव मान बहादुर भण्डारी सहितकाे टाेलिले बिदाई गरेएका थिए । मलेसियाको पेनाङमा डिसेम्बर ११-१५ सम्म सन्चालन हुने ३४ औं अन्तर्राष्ट्रिय बक्सिङ प्रतियोगितामा ७ देशका १२ टिम सहभागी रहेकाछन् ।

पुरा हेर्नुहोस्

रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।

पुरा हेर्नुहोस्

गौतम बुद्ध क्रिकेट रंगशालामा बागमती सरकार र भरतपुर महानगरले लगानी गर्ने

चितवनमा निर्माणाधीन अवस्थाको गौतम बुद्ध क्रिकेट रंगशालाको बाँकी काम बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाको संयुक्त लगानीमा निर्माण हुने भएको छ। मंगलबार बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय हेटौँडामा बसेको बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाबीचको बैठकले उक्त रंगशाला निर्माणका लागि संयुक्त लगानी गर्ने सहमति भएको हो। सहमतिअनुसार गौतम बुद्व क्रिकेट रंगशाला निर्माणका लागि ७० प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत भरतपुर महानगरपालिकाले व्यहोर्ने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ। बैठकले यसअघि भएका आर्थिक क्रियाकलाप र ऋणसम्बन्धी सम्पूर्ण जिम्मेवारी महानगरपालिका र संघीय सरकारले व्यवस्थापन गर्ने निर्णय गरेको छ। 

मुख्यमन्त्री शालिकराम जम्कट्टेलका स्वकीय सचिव उपेन्द्र जम्कट्टेलका अनुसार बैठकले तत्काल ठेक्का आह्वान गरी रंगशाला निर्माणको काम अघि बढाइने निर्णय गरेको छ। उनका अनुसार भरतपुर महानगरपालिकाले तयार पारेको पहिलो चरणको लागत अनुमानको प्रस्वावअनुसार काम सुरु गरिने भएको छ।  महानगरपालिकाले पहिलो चरणमा १० हजार दर्शक अट्ने प्यारापिटसहित क्रिकेट पिच र मैदान निर्माणको काम गर्ने निर्णय भएको उनले जानकारी दिए।

उक्त कामका लागि महानगरपालिकाले तयार पारेको लागत अनुमान प्रस्तावअनुसार ७५ करोड रुपैयाँ लगानी लाग्ने र उक्त लागत रकमको ७० प्रतिशत बागमती प्रदेश सरकार र ३० प्रतिशत रकम महानगरपालिकाले व्यहोर्ने सहमति भएको हो।

पुरा हेर्नुहोस्

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान

महासचिव कार्की २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान काठमाडौं । नेपाल विद्यालय खेलकुद महासंघका महासचिव राजकुमार कार्की जर्मनीको डुसेलडोर्फमा हुने २८ औं टफिसा विश्व कंग्रेसमा सहभागी हुन जर्मनी प्रस्थान गरेकाछन् । राष्ट्रिय खेलकुद परिषदमा आयाेतित एक औपचारीक कार्यक्रम विच परिषदका उपाध्यक्ष शिव काेईराला (ज्वाला) ले महासचिव कार्कीलाई विदाई गर्नुभएकाे थियाे ।

२८ औं टफिसा विश्व कंग्रेसमा सहभागी भए पश्चात् स्पेनको मेड्रिडमा हुने मुभ कंग्रेस र इन्टरनेसनल स्पोर्ट एन्ड कल्चर एशाेसिएसन (इस्का) को साधारण सभामा समेत सहभागी हुने कार्यक्रम रहेकाे महासचिव कार्कीकाे सचिवालयले जनाएकाे छ ।

पुरा हेर्नुहोस्

ताजा समाचार