×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

युवा सन्देश

राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ५० अर्ब खिच्दै

राष्ट्र बैंकले वित्तीय प्रणालीबाट ५० अर्ब खिच्दै

कार्तिक ३०, २०८२

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक भएको ५० अर्ब तरलता खिच्ने भएको छ । अधिक तरलता खिच्नका लागि केन्द्रीय बैंकले आइतबार निक्षेप संकलन उपकरण जारी गरेको हो । ८४ दिने अवधिका लागि यो तरलता खिच्न लागेको हो । पछिल्लो समयमा केन्द्रीय बैंकले छोटो अवधिभन्दा पनि दीर्घकालीन निक्षेप उपकरणको प्रयाग बढाउँदै आएको छ । गत बुधबार मात्रै केन्द्रीय बैंकले प्रणालीबाट १७५ दिनका लागि २१ अर्ब ४५ करोड रुपैयाँ खिचेको थियो ।

सबै पढ्नुहोस