मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

ने.का.


ललितपुर । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक ६ मिनेटमात्र बस्यो । बैठकमा सभापति शेरबहादुर देउवाले पदाधिकारीसहित केन्द्रीय सदस्यहरु राखेर ३७ सदस्यीय कार्यसम्पादन समिति अनुमोदन गरेका छन् ।

कार्यसम्पादन समितिमा देउवाले पार्टीका सबै पक्षलाई समेटेका छन् । उनले बैठकमा कार्यसम्पादन समितिमा रहेकाहरुको नाम प्रस्ताव गरी अनुमोदन गराए हुन । जसमा पदाधिकारीबाहेक २४ केन्द्रीय सदस्य छन् । कार्यसम्पादनमा कुल ३७ जना रहेका छन् ।

काँग्रेस कार्यसम्पादन समिति
१.शेरबहादुर देउवा, सभापति
२.पूर्णबहादुर खड्का, उपसभापति
३.धनराज गुरुङ, उपसभापति
४.गगन थापा, महामन्त्री
५.विश्वप्रकाश शर्मा, महामन्त्री
६.फरमुल्लाह मन्सुर, सहमहामन्त्री
७.उमाकान्त चौधरी, सहमहामन्त्री
८.महालक्ष्मी उपाध्याय डिना, सहमहामन्त्री
९.भीष्मराज आङदम्बे, सहमहामन्त्री
१०.महेन्द्र यादव, सहमहामन्त्री
११.किशोर सिंह राठौर, सहमहामन्त्री
१२.बद्री पाण्डे, सहमहामन्त्री
१३.जीवन परियार, सहमहामन्त्री

केन्द्रीय सदस्यहरुबाट
१४.रामचन्द्र पौडेल
१५.गोपालमान श्रेष्ठ
१६.प्रकाशमान सिंह
१७.विमलेन्द्र निधि
१८.विजयकुमार गच्छेदार
१९.कृष्णप्रसाद सिटौला
२०.डा. सशांक कोइराला
२१.चित्रलेखा यादव
२२.डा. रामशरण महत
२३.अर्जुननरसिंह केसी
२४.डा. प्रकाशशरण महत
२५.डा. शेखर कोइराला
२६.सुनिलबहादुर थापा
२७.बलबहादुर केसी
२८.बालकृष्ण खाँड
२९.ज्ञानेन्द्रबहादुर कार्की
३०.उमा रेग्मी
३१.रमेश रिजाल
३२.डा. नारायण खड्का
३३.जिपछिरिङ लामा
३४.सुजाता कोइराला
३५.एनपी साउद
३६.जीवनबहादुर शाही
३७.आनन्दप्रसाद ढुंगाना

पुरा हेर्नुहोस्

ललितपुर । नेपाली काङ्ग्रेसकाे १४ अाैँ महालक्ष्मी नगर अधिवेशनबाट नगर सभापतिमा दिवाकर सिलवाल विजयी भएका छन् । साेमबार विहान ११ बजेबाट सिद्धिपुर पार्टी प्यालेसमा भएकाे नगर अधिबेशनमा नेता सिलवाल विजयी भएका हुन् । 

सभापतिका प्रत्यसी उमेदवार शुशिल खड्कालाई ८०-८२ ले पछि पार्दै महालक्ष्मी नगर सभापतिमा विजयी भएका सिलवाल यस अघि पनि महालक्ष्मी नगर सभापति भएर काम गरिसकेका अनुभबी नेता हुन् । यसैगरी उपसभापति र सचिवमा पनि सिलवाल प्यानलकै उम्मेदवारहरु विजयी भएका छन् । उपसभापतिमा सुमन केसी ९४ र विवेक कुमार कार्की ८४ मत सहित बिजयी भएका छन् । सचिवमा भने नन्द केसी ९२ र बिष्णु कुमार चन्द ८२ मत सहित बिजयी भएका हुन् । सहसचिवमा सिलवाल समूहबाट सञ्चिता परियार ७८ मत र खड्का समूहबाट अवशेष श्रेष्ठ ७७ मत सहित बहुमतले बिजयी भएका छन् ।

नगर पदाधिकारीमा १४ जनाको उमेद्वारी मनोनयन दर्ता भएको थियो जसबाट दिवाकर समुहको ६ जना र सुशील खड्का समुहको १ जना सहसचिव गरी ७ जना उमेदवार बिजयी भएका छन् । चुनावमा १६९ जनाको मत खसेको थियो ।

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत ललितपुर जिल्लाका स्थानीय तहहरुको अधिवेशन सोमबार सम्पन्न भएकाे छ । अधिवेशन बाट गोदावरी नगरपालिका, बाग्मती गाउँपालिका र महाङ्काल गाउँपालिकामा सर्वसम्मत कमिटि चयन भएकाे थियाे । भने ललितपुर महानगरपालिका, महालक्ष्मी नगरपालिका र कोञ्ज्योसोम गाउँपालिकामा मतदान प्रक्रियामार्फत नेतृत्व चुनिएका हुन् ।

पुरा हेर्नुहोस्

बुटवल । लुम्बिनी प्रदेशमा राष्ट्रिय सभा सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेससहितको गठबन्धनका उम्‍मेदवार दृगनारायण पाण्डे विजयी भएका छन् ।
पाण्डेले सत्तारुढ नेकपा एमालेका उम्‍मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरे । कांग्रेसका उम्मेदवार  पाण्‍डेले १६० मत पाए भने एमालेका खड्काले १२३ मत पाए । विजयी भएको घोषणा भने हुन बाँकी छ । पाण्डेलाई नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र पक्ष, राष्ट्रिय जनमोर्चाको समर्थन थियो ।

कुल ३ सय मतदाता रहेकोमा २ सय ९७ मत खसेको थियो ।  बाँकेको नेपालगञ्ज उपमहानगरका मेयर धवलशंसेर राणा, बांकेकै नरैनापुर गाउँपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाह र गुल्मीको गुल्मीदरवार गाउँपालिकाका अध्यक्ष अशोक थापाले मतदान गरेनन् ।

पुरा हेर्नुहोस्

ललितपुर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका सङ्घीय सांसदलाई दशैँ भत्ता फिर्ता गर्न निर्देशन दिनुभएको छ ।

काँग्रेस सङ्घीय संसदीय दलका नेतासमेत रहनुभएका सभापति देउवाले सांसदहरुको दशैँ खर्च सरकारले कोभिड–१९ सङ्क्रमणको उपचार र व्यवस्थापनमा खर्च गरोस् भनेर फिर्ता गर्नका लागि आज बिहान निर्देशन दिनुभएको हो ।

काँग्रेस संसदीय दलको बैठकले पछि अनुमोदन गर्ने गरी सभापति देउवाले दिनुभएको निर्देशनबमोजिम आजै सबैलाई पत्राचार गरेेेेकाे छ । पार्टीका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति मार्फत जानकारी दिनुभएकाे छ । प्रमुख सचेतक खाँणले कोरोना सङ्क्रमण महामारीमा नागरिकको जीवनरक्षा गर्ने पहलो दायित्व र कर्तव्य सरकारको भएको बताउनुभयो । उहाँले यस्तो सङ्कटका अवस्थामा कोरोना सङ्क्रमितलाई अस्पताल नआउनुस् भन्ने र परीक्षण तथा उपचार पनि निःशुल्क नगर्ने भन्ने सरकारको निर्णय गैरजिम्मेवार र अनुत्तरदायी भएको बताउँदै उक्त निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गर्नुभयो । काेराेना भाइरस राेकथाम,नियन्त्रण तथा उपचार काेषमा जम्मा हुने गरी ब्यबस्था मिलाईदिन संंसद सचिवालयलाई अाग्रह गरेका छन ।

 

पुरा हेर्नुहोस्

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ मा सांसदहरूलाई घिसारेर निकाल भनेर भन्ने कानुनमन्त्रीकाे अभिव्यक्ति गलत भनेर किन नबाेल्ने भन्दै नेकपालाई प्रश्न गरेका छन् । उनले केहिबेरअघि ट्विट गर्दै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठलाई यस्ताे प्रश्न गरेका हुन् ।

उनले श्रेष्ठलाई ट्विटमा मेन्सन गर्दै लेखेका छन् , 'अरुले गरे बेठिक आफ्नाले गरे ठिक ?'
कता हुनुन्छ नेकपा प्रवक्ता ?
'कुर्सी तोडफोड गलत' कांग्रेस प्रवक्ता बोल्ने, 'मन्त्रीको उत्तेजक आदेश गलत' नेकपा प्रवक्ता किन नबोल्ने ? संसदमा सभामुखको रुलिङ चल्ने हो कि मन्त्रीको जंगी आदेश प्रवक्ताज्यु ?'

पुरा हेर्नुहोस्

भदौ ३०, ललितपुर ।
नेपाली काँग्रेसका नेता तथा पुर्व उपसभापति प्रकाशमान सिंहले सहमतिमा नै आफू सभापतिको लागि उम्मेद्वार हुने कुरा बताएका छन् ।

नेता सिंहले सबैसँग कुरा गर्दैछु, सबै मिलेर र मिलाएर सहमतिमा नै आफू सभापतिको लागि उम्मेदवार हुने कुरा बताएका हुन । नेपाली काँगेस जतिको नेपाल र नेपालीको लागि योगदान गरेको पार्टी अरु कुनै नभएको, सिद्धान्त, सोच र अन्य कुरा सबै ठीक छ तर पार्टीलाई हाल सँस्थागत रुपमा विकास गर्न नसकेको मात्र कमजोरी भएको बताएका छन्  । हाम्रो पार्टीले गाउँ देखि केन्द्रसम्म अधिवेशन, पार्टीका निकाय, पार्टीसँग संबद्ध पेशागत र अन्य सँस्थाहरुलाई बैठक, भेला जास्ता कुरा नियमित गर्नुपर्छ  । उनिहरुलाई सकृय बनाउनुपर्छ  । पार्टीको महाधिवेशनपछि गर्नुपर्ने मनोनयन र बिभागहरुको गठन पनि ६ महिना बिधानले भने पनि ३ महिनामा नै सक्नुपर्छ । पार्टीका आठै तह र आम नेपाली जनताको कुरा सुनेर सबै निकाय चलायमान गर्नुपर्छ अनि मात्र हामीले सहि मानेमा काम गरेको देखिनेछ र नागरिकहरुले हामीलाई म्याण्डेट दिनेछन, नेता सिंहले भने ।

आफू १४ औं महाधिवेशनमा सभापतिको लागि आकांक्षी हो कि भन्ने प्रश्नमा नेता सिंहले भने, म गणेशमानको छोरा भएर एकै पटक आएको होइन मेरो आफ्नै राजनीतक इतिहास छ । नेपाल बिधार्थी संघ देखि, पार्टीको जिल्ला हुँदै केन्द्र सम्म निर्वाचित हुँदै आएको अनुभव छ  । पार्टीमा सहमहामन्त्री, उपसभापति भएको समेत अनुभव छ । रामचन्द्रजी संसदीय दलको नेता हुँदा आफू उपनेता भएको मात्र होइन संसदीय निर्वाचनमा पनि पटक-पटक जितेको छु । संसदीय दलमा नेताको लागि पनि शेरबहादुर देउबासँग प्रतिस्पर्धा गरेको नै हो । सरकारमा गएर पटक-पटक मन्त्री र उपप्रधानमन्त्री सम्म भएको अनुभव भैसक्यो  ।

अब बाँकी भनेको सबैसँग सल्लाह गरेर, टिम मिलेर सभापतिका लागि जाने नै हो । पार्टीलाइनमा आफू त्यसका लागि योग्य भएको तर यो एकल कुरा होइन, टीमवर्क हो । त्यसैले सबै मिलेर जाने हो । सबैसँग सल्लाह गर्दैछु, सबै शुभचिन्तक र साथीभाइहरुको सल्लाह लिएर निर्णय गर्नेछौं, नेता सिंहले परिपक्व रुपमा बताए ।

नेपाली काँग्रेसले पार्टीका स्थानीय देखि केन्द्र सम्म सबै तहलाई दुरुस्त र क्रियाशील बनाएर तयारी अवस्थामा राख्नुपर्छ । यसबाट परेको बेला चुनावमा जान होस् या कुनै पनि काम गर्न नै किन नहोस पार्टी शक्तिशाली र आम नागरिकमा पुगेको हुन्छ । हामीले संबिधान निर्माण होस् या अरु काम होस् अरु पाटीको भन्दा तुलनात्मक रुपमा धेरै योगदान गरेका छौ । तर अहिले आएर आम नागरिकमाझ नपुग्दा निर्वाचनमा हामीले पराजय भोग्नुपर्यो । यो केवल हाम्रो पार्टीलाई संस्थागत बिकास नगरेका कारण नै भएको हो । अब पार्टीको सबै तहलाई सकृय बनाउनुको विकल्प छैन यो नै मेरो प्रमुख एजेण्डा हो, नेता सिंहको जवाफ थियो  ।

पुरा हेर्नुहोस्

भदाै २८,ललितपुर । 
नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका, घुम्थाङ - ७ का नागफुजे, भिरखर्क र नेवार टोलमा पहिरो जाँदा ७ को मृत्यु र २४ जना बेपत्ता तथा बाग्लुङमा एक जनाको मत्यु भएको घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै उनले सम्पूर्ण पीडितको संवेदनशीलताप्रति पार्टी र आफ्नो व्यक्तिगततर्फबाट सहानुभूति प्रकट गरेका छन् ।

उनले आज विज्ञप्तिमार्फत प्राकृतिक विपत्तिको यस घडीमा बेपत्ताको तीव्रताका साथ खोजी गर्न, घाइतेलाई उपचारको प्रबन्ध गर्न तथा पीडितका परिवारलाई अति आवश्यक सामग्री खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, औषधि र अस्थायी बसोबासको तत्काल व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन् ।
पूर्वप्रधानमन्त्री देउवाले सिन्धुपाल्चोकमा पछिल्लो समय पटकपटक पहिराले क्षति गरेको तथ्य अवगत गर्दै भूगर्भविद्ले औँल्याएका जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानान्तरणकाे लागि  प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै सरकार समक्ष माग गरेका छन् ।
उद्धार र राहतको मानवीय कर्तव्यमा थप सक्रियताका लागि पार्टीका सम्पूर्ण नेताकार्यकर्तामा अपिल गर्दै उनले पहिराेमा जीवन गुमाउनेहरुको आत्माको चिरशान्तिको कामनाका साथ शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेका छन् ।

पुरा हेर्नुहोस्

ताजा समाचार


विभाग प्रमुखमा जनार्दन, केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संगठन विभाग प्रमुखमा जनार्दन शर्मा 'प्रभाकर' र अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुन 'अनन्त' ले  निरन्तरता पाएका छन् ।

वरियतामा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्ष‍मा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल छन् । महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव छन् ।

माओवादी केन्द्रले यही माघ १२ गतेदेखि २१ गतेसम्म बसेको स्थायी समितिको बैठकले पुरानै कार्यविभाजन कायम गरेको हो ।

४ कार्तिक २०७८ देखि अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनले र संगठन विभाग प्रमुखको जिम्मेवा।री जनार्दन शर्माले सम्हाल्दै आएका छन् ।



पुरा हेर्नुहोस्

५० किलाे ताैल समुहमा एचटुओकी अस्मिता दुवाल छनाैट

काठमाडौं  । भारतको राजधानी नयाँ दिल्लीमा यहि मार्च १३ देखि २७ तारिखसम्म सन्चालन हुन गैरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ मा सहभागी हुन आयाेजित छनाैट प्रतियोगितामा ५० किलाे ताैल समुहमा एचटुओकी अस्मिता दुवाल छनाैट  भएकी छिन् ।

आज सम्पन्न भएकाे फ्लाई लाईट वैट ५० किलो तौल समुहकाे फाइनल खेलमा एचटुओका अस्मिता दुवालले नेपाल प्रहरीका दिवाना शेर्मालाई ३:२ अंक (स्पिलट डिसिजन) को आधारमा पराजित गर्दै छनाैट भएकी हुन् । दुवाल र शेर्माले क्रमश: सेमिफाइनल खेलहरुमा आरडीएक्सका रमिशा श्रेष्ठलाई ४ः१ को स्पिलट डिसिजनमा र आर्मीका आरती बम्जनलाई ४ः१ अंक (स्पिलट डिसिजन) को आधारमा पराजित गर्दै फाईनल प्रवेश गरेका थिईन् ।

महिला ५२ केजी ताैल समुहको फाईन लखेलमा अन्जनी तेलीले टिएसीका वर्षा श्रेष्ठ लाई ५:० आधारकाे आधारमा र ५४ किलाे ताैल समुहमा मिनु गुरुङले एपीएफका शर्मिला तामाङलाई ५:० अंककाे आधारमा जित हासिल गर्दै छनाैट भएका छन् ।

महिला फेदर वैट ५७ किलो तौल समुहकाे फाईनल खेलमा आर्मीका चन्द्र कला थापाले झापाका सुस्मिता राईलाई ५:० अंककाे आधारमा पराजित गर्दै छनाैट भएकी छन् । भने ६० किलो तौल समुहकाे फाईनल खेलमा एपीएफका संगिता सुनारले आर्मीका निरु गुरुङ्गलाई ४ः१ अंककाे आधारमा पराजित गर्दै छनाैट भएकी छिन् । त्यसैगरी  मिडिल वैट ७५ किलाे तौल समुहकाे फाईनल खेलमा एपीएफका सरस्वती रानामगरले झापाका त्रिसा जवेगुलाई ५ः० अंकको आधारमा पराजित गर्दै छनाैट भएकि थिईन् ।

नेपाल बक्सिङ संघद्वारा आयाेजित राष्ट्रब्यापी खुल्ला छनाैट प्रतियोगितामा महिला ४८ किलाे ताैल समुहमा भर्खरै थाईल्याण्डकाे राजधानी बैंकक सहरमा एएसबिसी द्वारा आयाेजित   यू-२२ एशियन च्याम्पियनसिपमा रजत पदक विजेता सुस्मा तामाङ संघकाे निर्णय अनुसार यस अघि नै छनाैट भएकी छिन् । भने  ५० किलाे मा अस्मिता दुवाल, ५२ किलाेमा अन्जनी तेली, ५४ किलाेमा १३ औँ सागका संवरण पदक विजेता मिनु गुरुङ, ५७ किलाे ताैल समुहमा चन्द्रकला थापा, ६० किलाे ताैल समुहमा संगिता सुनार र ७५ किलाे ताैल समुहमा सरस्वती रानामगर गरि जम्मा ७ जना खेलाडीहरु छनाैट भएकाे संघका प्रवक्ता श्यामकाजि अवालेले जानकारी दिएका छन् । उनका अनुसार छनाैट भएका खेलाडीहरु मध्यबाट उत्कृष्ट खेलाडीहरुलाई मात्र भारतको राजधानी नयाँ दिल्लीमा यहि मार्च १३ देखि २७ तारिखसम्म सन्चालन हुन गैरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ मा सहभागीता गराईने छ  ।

 



पुरा हेर्नुहोस्

नेपाल र मलेसियाबीचको श्रम समझदारी अक्टोबरमा पुनरावलोकन गरिने

काठमाडौं, २६ माघ । मलेसियासँग सन् २०१८ मा गरिएको श्रम समझदारी पत्र (एमओयू) पुनरावलोकन गरिने भएको छ । त्यसका लागि अक्टोबरमा मलेसियन प्रतिनिधि नेपाल आउनेछन् । सम्भवतः मलेसियाका श्रम मन्त्री नै नेपाल आउन सक्नेछन् । त्यसका लागि मलेसियास्थित नेपाली राजदूतावासले गृहकार्य गरिरहेको छ । यसअघि २ फेब्रुअरी २०२३ मा मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्माली नेपाल भ्रमणमा आएका थिए । भ्रमणको क्रममा श्रम समझदारी पत्र परिमार्जन गर्ने विषयमा श्रम मन्त्री र प्रधानमन्त्रीसँग समेत छलफल भएको थियो । छलफलको क्रममा दुवै देशका अधिकारीहरू श्रम समझदारी पत्रलाई श्रमिकमैत्री बनाएर अघि बढ्न सहमत भएका थिए ।

नेपाल र मलेसियाबीच कामदार आपूर्ति थालेको १७ वर्षपछि २०७५ कात्तिक ११ गते (२८ अक्टोबर २०१८) मा श्रम समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । एमओयू भएको ५ वर्षपछि पुनरावलोकन गर्न लागिएको हो । उक्त एमओयू अनुसार मलेसियामा रोजगारीमा जाने कामदारमाथि हुँदै आएको आर्थिक शोषण पूर्ण रूपमा अन्त्य हुने अपेक्षा गरिएको थियो । त्यस्तै म्यानपावर कम्पनी, एजेन्ट र विभिन्न संस्थामार्फत मलेसिया जाने कामदार ठगिदैं आएका थिए ।

एमओयू भएपछि रोजगारीका लागि मलेसिया जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने समझदारी बनेको थियो । मलेसियामा ‘फ्री भिसा फ्री टिकट’ मै नेपाली युवालाई मलेसिया पठाउने भन्ने थियो । कामदार आपूर्ति गर्ने म्यानपावरले रोजगारदारदाताबाट आधा महिनाको तलब सेवा शुल्कको रूपमा लिन पाउने भन्ने थियो । तर, समझदारीभन्दा बाहिर गएर लाखौं रुपैयाँ तिरेर नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भइरहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न देशसँग भएका श्रम सम्झौताहरू नवीकरण गर्दै लैजाने रणनीति लिएको छ । सोही आधारमा सरकार अघि बढिरहेको श्रम मन्त्रालयले जनाएको छ ।



पुरा हेर्नुहोस्


नेपाल र मलेसियाबीचको श्रम समझदारी अक्टोबरमा पुनरावलोकन गरिने

काठमाडौं, २६ माघ । मलेसियासँग सन् २०१८ मा गरिएको श्रम समझदारी पत्र (एमओयू) पुनरावलोकन गरिने भएको छ । त्यसका लागि अक्टोबरमा मलेसियन प्रतिनिधि नेपाल आउनेछन् । सम्भवतः मलेसियाका श्रम मन्त्री नै नेपाल आउन सक्नेछन् । त्यसका लागि मलेसियास्थित नेपाली राजदूतावासले गृहकार्य गरिरहेको छ । यसअघि २ फेब्रुअरी २०२३ मा मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्माली नेपाल भ्रमणमा आएका थिए । भ्रमणको क्रममा श्रम समझदारी पत्र परिमार्जन गर्ने विषयमा श्रम मन्त्री र प्रधानमन्त्रीसँग समेत छलफल भएको थियो । छलफलको क्रममा दुवै देशका अधिकारीहरू श्रम समझदारी पत्रलाई श्रमिकमैत्री बनाएर अघि बढ्न सहमत भएका थिए ।

नेपाल र मलेसियाबीच कामदार आपूर्ति थालेको १७ वर्षपछि २०७५ कात्तिक ११ गते (२८ अक्टोबर २०१८) मा श्रम समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । एमओयू भएको ५ वर्षपछि पुनरावलोकन गर्न लागिएको हो । उक्त एमओयू अनुसार मलेसियामा रोजगारीमा जाने कामदारमाथि हुँदै आएको आर्थिक शोषण पूर्ण रूपमा अन्त्य हुने अपेक्षा गरिएको थियो । त्यस्तै म्यानपावर कम्पनी, एजेन्ट र विभिन्न संस्थामार्फत मलेसिया जाने कामदार ठगिदैं आएका थिए ।

एमओयू भएपछि रोजगारीका लागि मलेसिया जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने समझदारी बनेको थियो । मलेसियामा ‘फ्री भिसा फ्री टिकट’ मै नेपाली युवालाई मलेसिया पठाउने भन्ने थियो । कामदार आपूर्ति गर्ने म्यानपावरले रोजगारदारदाताबाट आधा महिनाको तलब सेवा शुल्कको रूपमा लिन पाउने भन्ने थियो । तर, समझदारीभन्दा बाहिर गएर लाखौं रुपैयाँ तिरेर नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भइरहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न देशसँग भएका श्रम सम्झौताहरू नवीकरण गर्दै लैजाने रणनीति लिएको छ । सोही आधारमा सरकार अघि बढिरहेको श्रम मन्त्रालयले जनाएको छ ।

पुरा हेर्नुहोस्


टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

काठमाडौं, २६ माघ । टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गत सोमबारको भूकम्पमा परी करिब १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको छ ।

लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् । उद्धार र राहत वितरणको काम जारी भए पनि ढिलासुस्ती भएको भन्दै टर्कीको विपक्षी पार्टीले सरकारको आलोचना गरेको छ । तर राष्ट्रपति रेचेप तैयप एर्दोआनले यो समय आलोचना नभइ एकताको भएको भन्दै सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

उनले भूकम्पबाट बढी प्रभावित क्षेत्रहरुको स्थलगत भ्रमणसमेत गरेका छन् । उनले यो स्तरको विपदको सामना गर्न पूर्वतयारीले पनि नपुग्ने भनेर टिप्पणी गरेका छन् । उनले केही समय काम गराइमा समस्या आए पनि अहिले स्थिति नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

भूकम्पले थुप्रै भौतिक संरचना ध्वस्त भएको र सडक सन्जालमा पनि क्षति पुगेकाले राहत तथा उद्धारमा कठिनाइ भइरहेको छ । यसबाट सिरिया अझै बढी प्रभावित भएको छ । सबैभन्दा बढी इदलिब प्रान्त प्रभावित भएको छ ।

टर्की र सिरियाबीचको सिमाना खुलाएर सिरियासम्म राहत पुर्याउन प्रयास भइरहेको टर्कीका विदेशमन्त्रीले बताएका छन् । युरोपेली संघले सिरिया सरकारको अनुरोधमा ३५ लाख युरो बराबरको राहत पठाउने घोषणा गरेको छ । सिरियाका राष्ट्रपति बसर अल असदलाई युरोपेली संघले नस्वीकारे पनि विपदको बेला सहयोग भने पठाइएको छ । आफूले गरेको सहयोग सरकार र विद्रोही नियन्त्रित सबै क्षेत्रहरुमा पुग्नुपर्ने युरोपेली संघले भनेको बीबीसीले जनाएको छ ।

नेपाल सरकारले पनि टर्कीमा चिकित्सकसहित राहत पठाउने गृहकार्य गरिरहेको छ ।

पुरा हेर्नुहोस्


कुनै एकदिन कुनै पुस्ताले सानुकान्छा श्रेष्ठको योगदानको इतिहास खोजी गर्नेछ ।

समाजसेवी क.सानुकान्छा श्रेष्ठ 

✍️ अनुराग अरुण 

२०५२ सालमा लुभुमा खानेपानीको साह्रै समस्या थियो । बिहान टोल टोलमा रहेको सार्वजनिक धारामा एक दुई घण्टा पानी आउँथ्यो । टोलभरिका महिलाहरु गाग्री लाइनमा लश्करै राखेर आफ्नो पालो अनुसार पानी थाप्थे । कुनैबेला पानीको लागि टोल टोलमा महिलाहरु आपसमै झगडा गरिरहेको दृश्य यदाकदा देखिन पाईन्थ्यो । कुनै टोलमा टोकन अनुसार पालैपाला पानी थाप्थे । कुनै बेला चार पाँच दिन धाराबाट पानी आउँथेन । तब मान्छेहरु साइकल, गाडी र मोटरसाइकलमा पानी राख्ने ग्यालेन लिएर लामाटार ढुगिंनसम्म पानी लिन जान्थे ।

त्यतिबेला लुभुबासीहरु नुहाउन र लुगा धुन इनारको पानी र गोदावरी खोलाको पानी प्रयोग गर्थे । चैत्र बैसाखको गर्मीमा इनारमा पानी पनि उतिसारो हुन्थिएन । नुहाउन र लुगा धुने झन समस्या थियो । एक एक थोपा पानीको अति नै अमुल्य महत्व थियो ।

तर आज अधिकांश लुभुबासीहरुको घर घरमा खानेपानीको धारा जडान भएको छ । बिहान बेलुका धारामा पानी आइरहन्छ । अब पहिले जस्तो नुहाउन, लुगाधुन र पिउन पानीको कुनै समस्था छैन । पहिले जस्तो टोल टोलमा खानेपानीको लागि झगडा गरिरहनुपर्ने अब अवस्था छैन । 

जब म पानी पिउँछु । पिउने पानीको गिलासमा क.सानुकान्छा श्रेष्ठको पसिनाले लतपतिएको अनुहार झल्झल देख्छु । यिनैको भगिरथ त्याग, तपश्या र अथक प्रयासले आज लुभुभरिमा खानेपानीको सर्व सुलभता भएको छ । अहिले लुभु खानेपानीको सञ्चालक समितिमा सबै पार्टीका मान्छेहरु सञ्चालक हुनुहुन्छ । उहाँहरु सबैलाई यो कुरा विदितै छ, लुभुमा खानेपानीको लागि सानुकान्छा श्रेष्ठले के कति गरे ? सधैं दिन रात आफै खटेका छन् । यति मात्र होइन, खानेपानीलाई आफ्नो करौडौं मुल्यपर्ने जग्गा समेत दिएका छन् ।

दु:ख लाग्छ, हामी कुनै अमुक दलका कार्यकर्ता वा मतदाता त भयौं । तर हामीमा राजनीतिको उच्च सभ्य संस्कार भएन । चेतना आएन । मलाई लाग्छ, आज नभए भोलि कुनै न कुनै एकदिन कुनै पुस्ताले क.सानुकान्छा श्रेष्ठको यो योगदानको इतिहास खोजी गर्नेछ, र त्यसको निष्पक्ष मुल्याकंन अवस्य गर्नेछ ।

पुरा हेर्नुहोस्