मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

याेङ्ग कम्युनिष्ट लिग नेपाल


काठमाडौं । याेङ्ग कम्युनिष्ट लिग नेपाल (वाईसीएल) काे तेस्राे पुर्ण बैठक काठमाडौंमा सुरु भएकाे छ । संगठनका अध्यक्ष सुबाेधराज सेर्पालीकाे अध्यक्षतामा गाेल्डेन लाईट पार्टी प्यालेस मित्रपार्ककाे सभा हलमा दिउसाे १ बजेबाट बैठक सुरु भएकाे छ ।

नेकपा (माओवादी केन्द्र) काे मेरुदण्डको रुपमा स्थापित क्रान्तिकारी युवाहरुकाे संगठन वाईसीएलकाे तेस्रो पुर्ण बैठककाे उद्घाटन पार्टी उपाध्यक्ष कृष्ण बहादुर महराले गर्नुभएकाे थियाे । बिहान ११ बजे बाट सुरु हुने भनिएकाे बैठक दिउँसो १ बजेबाट सुरु भएकाे थियाे ।

बागमती प्रदेश ईन्चार्ज तथा केन्द्रीय सचिव ललित श्रेष्ठ  'अभियान' का अनुसार बैठकले वडा देखि केन्द्र सम्म संगठनलाई ब्यबस्थित गर्न भेला/सम्मेलनकाे मिति तय गर्ने, जनताकाे वास्तविक समस्या समाधानका लागि संगठनले सरकार र जनता बिच पुलकाे भुमिका निर्वाह गर्ने, जनमुखी सरकार बनाउन नेतृत्वलाई आबश्यकता अनुसार सल्लाहा-सुझाव र ध्यानाकर्षण गराउने जस्ता महत्त्वपूर्ण निर्णयहरु गर्ने छ । 

संगठनका फ्याक्शन ईन्चार्ज तथा पार्टी पाेलिटब्यूरो सदस्य रामप्रसाद सापकाेट 'दिपशिखा' काे विशेष उपस्थितिमा बसेकाे बैठक दुई दिन सम्म चल्ने र बैठक काे दाेस्राे दिन सम्माननिय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष  पुष्पकमल दाहाल 'प्रचण्ड'ले सम्बाेधन गरि युवाहरुलाई जनताकाे सेवक र समाजवाद निर्माणकाे पहरेदार बन्न दिशा निर्देश गर्ने कार्यक्रम रहेकाे सचिव श्रेष्ठले बताएका छन् ।

पुरा हेर्नुहोस्

काठमाडौँ  नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) नेपालले आज राजधानीमा दोस्रो राष्ट्रिय भेलाले पारित गरेका १५ बुँदे समसामयिक प्रस्तावहरु सार्वजनिक गर्दै “सबै युवा वाइसिएलमा संगठित गरौ” भन्ने मूल नारा सहित तीन महिने संगठन बिस्तार अभियान तय गरेको छ । उक्त अभियान अहिले भाइरल भएको छ । वाईसिएल नेपालका अध्यक्ष सुबोधराज सेर्पालीले जनताको भरोसा योग्य संगठन बनाउन युवाहरु केन्द्रित भएर आर्थिक, सामाजिक, संस्कृतिक तथा राजनीतिक बैचारिक दृस्टी मार्फत समाज र राज्य निर्माण गर्न युवा लाम्बद्दा हुनुपर्ने बताए ।

वाईसिएल नेपालले अब महंगी, भ्रस्टाचार, दलालिकरण र चरम श्रम शोषणको बिरुद्द धावा बोल्ने प्रण गर्ने बताएको छ । श्रम र उत्पादनमा वाईसिएल भन्ने नारा सहित युवाहरुलाई उद्यमशिल बनाउन एक पालिका १०० जना युवा जोडिने कार्यक्रम सहित राष्ट्रिय श्रम सहकारी गठन गरि उत्पादन, ब्यबस्थापन र बजारीकरण गर्ने योजना रहेको वाइसिएलले बताएको छ ।

साथै नेपालको भू-भाग समेटिएको नक्सा भारतीय दुतावास लगायतमा नराखिएको, चिन र भारत सिमा क्षेत्रमा अतिक्रमण बढेको भन्दै सिमा अध्ययन कार्यदल बनाई त्यसको अध्ययन गर्ने र देशको भूमि रक्षाको निम्ति शंघर्षका कार्यक्रम संचालन गर्ने प्रतिबद्दता व्यक्त गरिएको छ ।

विभेद पूर्ण असमान सन्धि सन् १९५० , बिप्पा, SPP, MCC लगायतका सम्झौता राष्ट्र हित बिरुद्द भएको नभएको अध्ययन गरी देशको हित बिरुद्द भए तेस्को बिरुद्द खारेजीको माग गरि संघर्षका कार्यक्रम ल्याउने वाईसीएलले जनाएको छ ।

बिस्तृत शान्ति सम्झौताको मर्म अनुरुप सत्यनिरुपण तथा मेलमिलापको कार्य सिघ्र अगाडी बढाउन समेत माग गरेको छ ।

कार्यक्रममा अध्यक्ष सेर्पालीले आफ्नो नेतृत्वमा सहिद परिवारसंग भेटघाट तथा सम्मान कार्यक्रम र कार्यकर्ता संरक्षण अक्षय कोष निर्माण गरिने कुरा समेत जानकारी दिए । साथै विदेश पलायन रोक्न युवा मैत्री कार्यक्रमहरु संचालन गर्ने योजनाहरु निर्माण गर्न सक्रिय रहने प्रतिबद्दता व्यक्त गरेका थिए ।

पुरा हेर्नुहोस्

काठमाडौं । भाद्र ३ गते देखि काठमाडौं स्थित राष्ट्रिय सभागृहमा जारी दाेश्राे राष्ट्रिय भेलाले २९९ जनाकाे केन्द्रीय समिति बनाउने निर्णय गरेकाे छ ।

भेलाकाे दाेश्राे दिन जारी बन्दसत्रमा विधान प्रतिवेदन माथिकाे छलफल बाट एकमतले विधान पास गरेसंगै वाईसीएल नेपालकाे केन्द्रीय समिति २९९ जनाकाे बन्ने निश्चित भएकाे हाे । वाईसीएल केन्द्रले जनाएकाे छ ।

वाईसीएल नेपालकाे अब बन्ने समितिमा  ३३% महिला, २५ वर्ष मुनिका युवा १५% जना  समेत समावेश गर्ने छ ।

पुरा हेर्नुहोस्

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन योङ्ग कम्युनिस्ष्ट लिग (वाइसीएल) नेपालले भदौ ३ र ४ गते गर्ने तय भएको दाेस्राे राष्ट्रिय भेलाको सबै तयारी पुराभएको  छ ।

शुक्रबार काठमाडौंको राष्ट्रियसभा गृहमा हुने राष्ट्रिय भेलाबाट नयाँ नेतृत्व चयन गर्ने र नयाँ नीति बनाउदै   सम्पूर्ण शक्ति चुनावमा केन्द्रीत गरिने वाईसीएल केन्द्रकाे याेजना रहेकाे वाईसीएलले जनाएकाे छ  ।

भेलाको उद्घाटन सत्रलाई नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्प कमल दाहाल ‘प्रचण्ड’ ले विशेष सम्बाेधन सहित समुद्घाटन गर्ने वाइसिएल नेपालले जनाएकाे छ ।

भेलाले अध्यक्षसहित ३५ सदस्यीय पदाधिकारी चयन गर्ने जनाएकाे छ । अध्यक्षमा सर्वसम्मत जस्तै भएकाले उपाध्यक्षसहित महासचिव समेत सहमतिबाटै टुंगो लगाइने वाईसीएलले जनाएकाे छ । यदि सहमति नभए चुनावी प्रतिस्पर्धाबाट चयन गर्ने तयारी छ । वर्तमान संयोजक सुमन देवकोटाको उमेर हद ४० पुरा भएकाले नयाँ नेतृत्वको रुपमा सह-संयाेजक श्रीपाली आउने सम्भावना रहेकाे स्राेतले बताएकाे छ ।

राष्ट्रिय सभागृह काठमाडौंमा हुने राष्ट्रिय भेलामा देशभरबाट ६०० प्रतिनिधि सहभागी हुने छ । माओवादी केन्द्रको सहायक संगठन वाइसिएलको राष्ट्रिय भेलालाई देश विदेशबाट महत्वको साथ हेरिएको छ ।

पुरा हेर्नुहोस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) काे सहायक संगठन वाईसिएल नेपालले आफ्ना कार्यकर्तालाई उद्यमशीलता र विकासमा जोड्ने उद्देश्य सहित वित्तिय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।

शनिवार राजधानीको के एल टावर स्थित हलमा तालिम सञ्चालन हुने संगठनका केन्द्रीय संयाेजकले बताएका छन् । युवा संगठन बेरोजगारहरुको सङ्गठन जस्तो हुन नहुने भन्दै विभिन्न तवरले जागीर पेसा भन्दा बाहिर रहेका युवाहरुलाई निःशुल्क स्वरोजगार बनाउन तालिम सञ्चालन गरिएको संयाेजक देवकोटाले जानकारी दिएकाछन् ।

कार्यक्रममा एक भुगोलबाट कम्तिमा २० जनालाई अनिवार्य उपस्थितिको लागि सुचित गरीएको छ । सामन्तवादी सोचहरु त्यागेर उद्यमशिलता र स्वरोजगारको तालीम सञ्चालन गरी नवयुवाहरूको भाग्य र भविष्य, मेहनत र पसिनामा रहेकाे उद्घोष गर्न वाईसिएल देशकै एकमात्र सङ्गठन भएको संयोजक देवकोटा दावी छ । झण्डा र डण्डा बोकेर दगुर्ने संगठन वाईसिएल नभएको संयोजक देवकोटा बताए । साथै वाईसिएल नेपालले दोश्रो राष्ट्रिय भेलाको मुल नारा पनि

“आत्मनिर्भताका लागी नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गरौं !
सुदृढ संगठन विस्तारका लागी दोस्रो राष्ट्रिय भेला सफल पारौं !!”
भन्ने तय गरेको छ । शनिवार राजधनीमा आयोजना हुने बित्तिय साक्षरताकार्यक्रमले नयाँ अभियान छेड्ने वाईसिएलको उद्घोष छ । युवा उद्यम बिना राजनीति र विकास सम्भव नभएको भनाई रहेको छ ।  समाजवाद उन्मुख युवा तयार पार्न लागिएको संयोजक देवकोटाले उद्घाेष गरे ।

नवयुवाहरुलाई विभिन्न सिपमुलक तालिम दिएर संगठित गर्ने , युवाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन याेजना केन्द्रित गर्ने, समाजवादकाे आधार तयार गर्न राजनीतिक, बैचारिक, सांगठानिक र साँस्कृतिक रुपान्तरणमा भेलाको एजेण्डा तथा छलफल केन्द्रित हुने वाईसीएलस्रोतले जानकारी गराएको छ ।

 

पुरा हेर्नुहोस्

उदयपुर । वाईसीएल नेपाल एक नम्बर प्रदेश समितिको कार्यालयको विस्तारित बैठक सम्पन्न भएकाे छ । नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय सदस्य तथा वाईसीएल नेपालका संयोजक सुमन देवकोटाको प्रमुख आतिथ्यतामा प्रदेश समितिकाे बैठक सम्पन्न भएकाे हाे ।

वाईसीएल नेपाल एक नम्बर प्रदेश संयोजक डम्बर पुलामी "कर्म" को अध्यक्षतामा उदयपुर जिल्लाकाे गाईघाटमा सम्पन्न बैठकले प्रदेश भित्रका सबै जिल्लाहरूमा संगठनकाे सदस्यता वितरण गर्ने, दोस्रो राष्ट्रिय भेलाका लागि प्रतिनिधि छनौट गर्ने, विभागीय जिम्मेवारी हेरफेर गर्ने र आगामी भाद्र ३ र ४ गते काठमाण्डौँमा सम्पन्न हुने "दोस्रो राष्ट्रिय भेला" भव्य बनाउन आबश्यक पूर्व तयारी सम्पन्न गर्न मातहतका जिल्ला समितिहरुलाई बैठक /भेला आयाेजना गर्न निर्देशन दिएकाे छ ।

प्रदेश कार्यालयकाे विस्तारित वैठकमा संगठनका सह-संयाेजक सुबाेध श्रीपाली, केन्द्रीय नेता मिङ्मा डन्डु शेर्पा लगाएतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे । 

पुरा हेर्नुहोस्

काठमाडौं । वाईसीएल नेपाल विशेष प्रदेश समितिकाे तेस्राे पुर्ण बैठक सम्पन्न भएकाे छ ।  माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाईसीएल नेपालका केन्द्रीय संयाेजक सुमन देवकोटाकाे प्रमुख आतिथ्यतामा उक्त प्रदेशकाे तेस्राे पुर्ण बैठक सम्पन्न भएकाे हाे ।

वाईसीएलका स्थायी समिति सदस्य तथा विशेष प्रदेशकाे संयाेजक ललित श्रेष्ठ अभियानकाे अध्यक्षता तथा संचालनमा सम्पन्न बैठकले भदौ ३ र ४ गते काठमाडौंमा आयाेजना हुने केन्द्रीय भेलालाई भब्यरुपमा सम्पन्न गर्न पुर्व तयारीमा लाग्न मातहतका नेता कार्यकर्तालाई निर्देशन समेत दिएकाे छ ।

विशेष प्रदेशकाे तेस्रो पुर्ण बैठकमा संगठनका केन्द्रीय सह-संयाेजक सुबाेध श्रीपाली, संगठन विभाग प्रमुख ज्ञानेन्द्र बहादुर गुरुङ 'कसम', विशेष प्रदेश ईन्चार्ज सुबित दुङ्गाना लगाएतका नेताहरुकाे उपस्थिति रहेकाे थियाे ।

पुरा हेर्नुहोस्

ललितपुर । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन वाइसीएल नेपालको ललितपुर जिल्ला समन्वय समितिले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । ललितपुर  सिडिओ घनश्याम उपाध्याय मार्फत प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष पत्र पठाउदै गभर्नर अधिकारीलाई अविलम्ब पदमुक्त गर्न माग गरिएको छ ।

वाइसीएल नेपाल ललितपुर जिल्ला सचिव राेशन कार्की, संयोजक सुनिल देशार र इन्चार्ज धनकुमार मैनाली (अभिलाष) द्वारा हस्ताक्षर गरिएको पत्रमा  गभर्नर अधिकारीले नेकपा एमालेको अर्थ समितिमा रहेर पार्टीको इशारामा देशलाई टाट पल्टाउन खोजेको आरोप लगाइएको छ ।

प्रेषित पत्रमा राष्ट्र बैंकको प्रमुख पदमा बसी पार्टीको अर्थ विभागमा रहेर राष्ट्रको भन्दा पनि पार्टीको काममा बढी सक्रिय र दलको प्रभावमा परी दल विशेषको संंगठनात्मक जिम्मेवारी पदमा बसेर मुलुकको अर्थतन्त्र तहसनहस पर्ने प्रयास गर्नु र नेपाल श्रीलंका जस्तो हुँदैछ भनेर जनमानसमा त्रासको वातावरण सिर्जना गर्नु गभर्नरको पदीय मूल्य मान्यताविरुद्ध भएको ठहर गरिएको छ ।

साथै पत्रमा नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ को व्यवस्था प्रतिकूल हुने गरी भएको अधिकारीको नियुक्तिको समेत बदर गर्न माग गरिएको छ ।

अधिकारीको विवादास्पद अभिव्यक्तिकै कारण शेयरबजारमा पनि प्रतिूकल असर परिरहेको, देशमा महँगी बढेको, उद्योग धन्दा धराशायी भएकाे अवस्थामा पनि हतियार खरिद गर्ने नेपाल सरकारकाे निर्णय अबिलम्ब फिर्ता गर्न लिगले जाेडदार माग गरेकाे छ । संविधान माथिकाे हमलाकुनै पनि हालतमा स्वीकार नभएकाेले तत्काल संवैधानिक परिषद् सम्बन्धि विधेयक फिर्ताकाे माग गरेकाे छ ।

महिला हिंसा बन्द गर्न समयनुकुल ऐन कानुन परिमार्जन गरि सबै खाले हिंसा तुरुन्त नियन्त्रण गर्न, किसानलाई समयमै मल उपलब्ध गराउन, विद्यार्थीलाई पाठ्य पुस्तक अविलम्ब उपलब्ध गराउन र विपद व्यबस्थापन तथा आकस्मिक उद्दार साथै युवाहरूकाे क्षमता अभिवृद्धिका लागि अनिवार्य १८ वर्ष देखि ४० वर्ष सम्मका युवाहरुलाई तालिमकाे व्यबस्था गर्न समेत ज्ञापनपत्र मार्फत ध्यानाकर्षण गराएकाे वाईसीएल नेपालका युवा नेता धनकुमार मैनालीले बताएका छन् ।

पुरा हेर्नुहोस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसिएल)ले विभिन्न माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ । विभिन्न सातबुँदे माग राख्दै वाइसिएलले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको हो ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गरी छानबिनको दायरामा ल्याउन तथा नेपाल प्रहरीका लागि हतियार खरिदका लागि निकासा भएको बजेट खारेज गर्न वाइसिएलले माग गरेको छ। सरकारी अधिकारीहरू नै अर्थतन्त्रबारे नकारात्मक अभिव्यक्ति दिएर परिस्थिति भड्काउने षड्यन्त्रमा लागेका र सरकारका कतिपय निर्णयले त्यस्ता अभिव्यक्तिको मलजल गरिरहेको उसको आरोप छ ।

‘राज्यका उच्च निकायमा कार्यरत अधिकारीहरू नै ‘नेपाल श्रीलंका बन्न सक्न’ भन्ने खालका अत्यन्त नकारात्मक अभिव्यक्ति दिँदै देशमा निराशाको सञ्चार गरी परिस्थिति भड्काउने षड्यन्त्रमा छन् भने सरकारका तर्फबाट गरिएका कतिपय निर्णयले त्यस्ता अभिव्यक्तिको मलजल गरिरहेको छ। सरकारका यस्ता गतिविधि र निर्णय देशको हितको पक्षमा नभएकाले यसले दूरगामी रूपमा नकारात्मक प्रवृत्तिको बिजारोपण गर्छ,’ ध्यानाकर्षणपत्रमा उल्लेख छ ।

विश्वले नै आर्थिक संकटको सामना गरिरहेको र नेपालमा विदेशी डलरको सञ्चिति घटिरहेको समयमा हतियार खरिद गर्नु उपयुक्त नहुने भन्दै ध्यानाकर्षणपत्रमा भनिएको छ, ‘अर्थतन्त्रको जटिल परिस्थितिको सामना गरिरहेको परिस्थितिमा हतियार खरिदका निम्ति थप बजेटको व्यवस्था गर्नु राष्ट्रिय आवश्यकता र नागरक चाहना दुवै हुन सक्दैन।’

केपी ओली सरकारले संवैधानिक परिषद्लाई बुहमत/अल्पमतको थलोका रूपमा संकुचित गरी यससम्बन्धी व्यवस्थालाई अपव्याख्या गरेकाे तथा वर्तमान सरकारले समेत ओली सरकारकै पदचाप पछ्याएको भन्दै वाइसिएलले परिषद्सम्बन्धी विधेयक रोक्न माग गरेकाे छ। आफ्ना माग सम्बोधन नभए आन्दोलनमार्फत पूरा गर्न बाध्य हुने वाइसिएलको चेतावनी छ ।

पुरा हेर्नुहोस्

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को सहायक संगठन याेङ्ग कम्युनिष्ट लीग नेपाल  (वाईसीयल) ले स्थानीय तह निर्वाचनमा माओवादीको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेको छ ।  

संगठनकाे केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा वाईसीयल इन्चार्ज दीपशिखाले नवनिर्वाचित जनप्रतिनिधिहरुलाई  चुनाव जित्नु सफलता हाेईन सफलता त ५ वर्षे कार्यकाल समाप्त भएर बाहिरीदै गर्दा मापन हुनेछ तसर्थ तपाईंहरुकाे दिन सुरु भएकाे छ । जनताको सेवामा लाग्न र सानो सानो कामले जनताको मन जित्न आग्रह गरे ।

साथै, जनप्रतिनिधिहरुको अग्नि परीक्षा सुरु भएको र यो परीक्षाको नतिजा आगामी चुनावमा देखिने भएकोले नतिजामा राम्रो अंकले पास हुने गरि काम गर्न आग्रह गरे।

देशभरबाट वाईसीयलका विभिन्न पदमा रही काम गरेका र हाल स्थानीय तह निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुलाई सम्मान गरेको हो ।

कार्यक्रममा वाईसीयल संयोजक सुमन देवकोटाले स्थानीय तहमा युवाहरुको प्रतिनिधित्व बढाउनु पर्नेमा जोड दिए ।

 

पुरा हेर्नुहोस्

काभ्रे बनेपा नेकपा माओवादी केन्द्रकाे सहायक संगठन वाईसीएल नेपाल र विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)ले मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)कोे विरोध गर्दै मशाल जुलुस निकालेका छन् ।

बुधबार वाईसीएल नेपाल काभ्रे जिल्ला समन्वय समिति र अनेरास्ववियू (क्रान्तिकारी) का नेता-कर्याकर्ताले  बनेपा स्थित चाँदनीचोकबाट मशाल जुलुस निकालेर चारदोबाटोमा पुगि समापन गरेका थिए ।

सो क्रममा प्रहरीलाई छल्दै चारदोबाटो पुगेका उनीहरुलाई प्रहरीले हस्तक्षेप गरेर मशाल निभाएको थियो । प्रर्दशनका क्रममा उनीहरुले राष्ट्रघाती एमसीसी खरेज गर ! राष्ट्रघाती दलालहरु होसियार ! अमेरिकी साम्राज्यवाद मुर्दावाद ! माओवादी केन्द्र जिन्दावाद ! वाईसीएल नेपाल जिन्दावाद ! अखिल क्रान्तिकारी जिन्दावाद ! जस्ता नाराहरु लगाएका थिए । उनीहरुले एमसीसीलाई कुनै पनि हालतमा पास हुन नदिन सदन, सरकार र सडकबाट संघर्ष थालेको र आवाज उठाएको बताए ।

वाईसीएल नेपालका केन्द्रिय सदस्य तथा काभ्रे जिल्लाका इन्चार्ज अविलाश लामा, संयाेजक प्रदिप याेन्जन,अनेरास्ववियू (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा काभ्रेका इन्चार्ज दुधराज लामा, अध्यक्ष विजय लामाले कोणसभालाई सम्बोधन गर्ने क्रममा एमसीसी मुलुकको हित विपरीत रहेकाले यसलाई पारित गर्न नहुने बताएका छन् ।

मशाल जुलुसमा निस्किएका माओवादी निकट युवा विद्यार्थीले एमसीसी फिर्ता नभएसम्म आन्दोलन जारी रहने बताएका छन् । त्यस्तै उनीहरूले प्रधानमन्त्री शेर बहादुर देउवाविरुद्ध समेत नारा बाजीसमेत गरेका थिए ।

पुरा हेर्नुहोस्

ललितपुर । एमसीसीको विरोधमा प्रदर्शनमा उत्रिएका नेकपा माओवादी केन्द्रको सहायक संगठन  वाईसीएल नेपाल ललितपुर जिल्ला समन्वय समितिका संयाेजक शुनिल देशार घाइते भएका छन् । बानेश्वर स्थित संसद भवन अगाडि प्रहरीसँगको झडपका क्रममा प्रहरीको लाठी प्रहारबाट संयाेजक देशार घाइते भएका हुन् ।

यस्तै वाईसीएल नेपाल ललितपुर जिल्लाका नेताहरु दिपेन्द्र श्रेष्ठ, राजाराम बस्नेत, समीर थापा, कृष्ण मुरारी घिमिरे लगायत एक दर्जनभन्दा बढी अरु नेता तथा कार्यकर्ता समेत घाइते भएका छन् ।

उनीहरुको एभरेस्ट अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ ।

प्रतिनिधिसभाको आइतबार दिउँसो १ बजेपछिको बैठकमा सरकारका तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले एमसीसी संसद्‍मा टेबल गरेका छन् । लगत्तै आक्रोशित बनेका आन्दोलनकारीले बानेश्वर क्षेत्रमा आन्दोलन थप चर्काएका छन् ।

पुरा हेर्नुहोस्

ललितपुर । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) काे बिरुद्धकाे विरोध प्रदर्शनको क्रममा वाईसीएल नेपालका संयाेजक सुमन देवकाेटाकाे टाउकाेका गम्भीर चाेट लागेकाे छ ।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) संसदमा टेबल गर्ने र पास गर्ने सडेत्रकाे विरुद्ध नेकपा माओवादी केन्द्रकाे सहायक संगठन वाईसीएल नेपाल र भातृ संगठन अखिल क्रान्तिकारीको संयुक्त आयाेजनामा भएकाे बिराेध प्रदर्शनकाे क्रममा प्रहरीसंगकाे झडपमा नेता देवकोटाको टाउकोमा गहिरो चोट लागेकाे हाे । संयाेजक देवकाेटासंगै एक दर्जन भन्दा बढी नेता-कार्यकर्ताहरु झडपकाे क्रममा घाईते भएकाे वाईसीएलका नेता संगठन विभाग प्रमुख ज्ञानेन्द्र बहादुर गुरुङ कशमले बताउनुभएकाे छ ।

संयुक्तरुपमा आयाेजित विराेध सभा ११ बजे सुरु भएर २ बजे काेण सभामा परिणत भै समापन भएकाे थियाे । संसदमा आज MCC टेबल नहुने भएकाले आजकाे विराेध प्रदर्शन समाप्त भएकाे र पुन सरकारकाे निर्णय हेरेर कुनै पनि हालतमा MCC पास हुन नदिन देशै भरी जस्ताेसुकै कडा कार्यक्रम आयाेजना गर्न पछि नहट्ने युवा नेता दिपशिखाले बताउनुभएकाे छ । 

विराेध प्रदर्शनमा माओवादी केन्द्रका नेताहरु कृष्ण के.सी.,रामप्रसाद सापकाेटा (दिपशिखा), वाईसीएल संयाेजक सुमन देवकोटा, सह-संयाेजक सुबाेध श्रीपाली, अखिल क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंह लगाएत हजारौं युवा विद्यार्थी नेता-कार्यकर्ताहरुकाे उपस्थिति रहेकाे थियाे । घाईते नेता देवकोटाकाे हेल्पिङ हस्पिटलमा उपचार भैरहेकाे छ ।

विराेध प्रदर्शनमा लगाईएका नाराहरु
१.GO back MCC !
२.राष्ट्रघातिहरु हाेसियार !
३.अमेरिकी साम्राज्यवाद मुर्दावाद !
४.विदेशी हस्तक्षेप बन्द गर !
५.विदेशी दलाल  हाेसियार !
६.MCC चाहिदैन देश बेच्न पाईदैन !

 

पुरा हेर्नुहोस्

ललितपुर । नेकपा (माओवादी केन्द्र)को सहायक संगठन योङ्ग कम्युनिष्ट लिग नेपाल YCL ललितपुर जिल्ला समन्वय समितको सचिवमा राेशन खड्का चयन भएका छन् । खड्का YCL नेपाल बागमती प्रदेश समिति सदस्य समेत हुन् ।

सर्वसम्मत रुपमा उनलाई जिल्ला कार्यसमितिको सचिवमा चयन गरिएको बागमती प्रदेश इन्चार्ज प्रकाशचन्द्र पाण्डे’प्रलोक’ले पुष्टि गरे । YCLले जिल्लामा संयाेज र सचिव बाहेक पदाधिकारी भने टुंगो लगाएको छैन । ललितपुर जिल्ला संयाेजकमा भने शुनिल देशार ले नै जिम्मेवारी पाएका छन् । देशार यस अघि पनि जिल्ला संयाेजककाे भुमिका मै थिए ।

ललितपुर जिल्लाबाट केन्द्रीय विभागहरुमा साँस्कृतिक विभाग सदस्यमा सानुराजा घिमिरे (राज), महिला विभाग सदस्यमा विमला आचार्य (प्रतिज्ञा) र न्याय तथा कानुन विभाग सदस्यमा सावित्री के.सी.चयन भएकाछन् ।

YCL नेपाल ललितपुरबाट संजय लामा, कुमार थापा, विजय स्याङ्तान, रामलाल थिङ, दिपक अधिकारी, समीर थापा, राजाराम बस्नेत, दिपेन्द्र शाही, शैलेश जाेशी (शनिस), गंगालाल श्रेष्ठ, उमंग के.सी. मंगलवार बागमती प्रदेश सदस्यमा मनोनित भएकाे समेत जानकारी गराइएको छ । यसैगरी प्रदेशकाे अनुशासन आयाेग सदस्यमा राजु घले, लेखा आयाेग सदस्यमा राकेश बज्राचार्य, निर्वाचन आयाेग सदस्यमा अमुल्य राना चयन भएका छन् । 

बागमती प्रदेश बिभागीय समितिको प्रमुखमा महिला विभाग प्रमुख डाेल्मा माया गाेले (ललित), खेलकुद विभाग प्रमुख गंगालाल श्रेष्ठ, साँस्कृतिक विभाग प्रमुख आईते तामाङ चयन भएकाछन् ।  भने प्रदेशका अन्य विभागहरुमा यस अघि नै चयन भएका नामावली अनुसार रहेकाे बताईएकाेछ । जुन यस प्रकार रहेकाे छ ।

१.संगठन विभाग प्रदेश सदस्य - पुण्य शाक्य
२.आर्थिक विभाग प्रदेश सदस्य - दिपेन्द्र देशार
३.प्रशिक्षण विभाग प्रदेश सदस्य- नवराज दाहाल 
४.प्रकाशन विभाग प्रदेश सदस्य  - गाेपी कार्की
५.कृषि तथा उत्पादन विभाग प्रदेश सदस्य-राहुल शाक्य्
६.घाईते याेद्धा सहिद परिपार विभाग प्रदेश सदस्य- मदन स्याङ्तान
७.पुर्व जनमुक्ति सेना विभाग प्रदेश सदस्य- राेशन कुमार कार्की 
८.खेलकुद विभाग प्रदेश सदस्य - चन्द्र घलान
९.न्याय तथा कानुन विभाग प्रदेश सदस्य -दिपेश के.सी.
१०.शिक्षा स्वास्थ्य तथा विज्ञान प्रविधि विभाग प्रदेश   सदस्य - पमिर तिमल्सिना, जिल्ला प्रमुख- रुपेश के.सी.
११.उद्योग/पर्यटन विभाग प्रदेश सदस्य - संरचना सिङ्तान
१२.याेजना तथा अनुसन्धान विभाग प्रदेश सदस्य - मनिस स्वाँर
१३.साँस्कृतिक विभाग प्रदेश सदस्य - प्रकाश थाेकर 
१४.स्वयमसेवक विभाग प्रदेश सदस्य- सुरेन्द्र स्याङ्तान
जिल्ला प्रमुख - सराेज महर्जन (पान)
१५.महिला बिभाग प्रदेश सदस्य-

YCL नेलाल ललितपुर जिल्लाको इन्चार्जमा भने यस अघि नै YCL नेपाल केन्द्रीय समितिले चयन गरेका धनकुमार मैनाली (अभिलाष) रहेका छन् । ईन्चार्ज मैनालीलाई प्रदेशको बैठकले अनुशासन आयाेगकाे प्रदेश प्रमुखकाे जिम्मेवारी समेत दिइएको छ । 

पुरा हेर्नुहोस्

ललितपुर । नेकपा माओवादी केन्द्रकाे सहायक संगठन याेङ कम्युनिष्ट लिग नेपाल, बागमती प्रदेश संयाेजकमा राजन गाैतम चयन भएका छन् । वाईसीएल नेपालले मंगलबार जारी गरेकाे सर्कुलर अनुसार संयाेजकमा  गाैतम चयन भएका हुन ।

संयाेजकमा चयनभएका नेता गाैतम तत्कालीन माओवादी पार्टीले संचालन गरेकाे १० वर्षे जनयुद्ध ताका स्थापना गरेकाे जनमुक्ति सेना नेपालका कम्पनी कमान्डर हुन् । तीन दर्जन भन्दा बढि साना तथा ठुला लडाई लडेका नेता गाैतम बम र गाेलि लागेर कयाैँ पटक घाईते समेत भएका थिए । उनका शरिरमा अझै पनि बमका छर्राहरु झिक्न बाँकि नै छ ।

वाईसीएल नेपालकाे स्थापना कालदेखि नै संगठनमा सक्रिय रहेका नेता गाैतम भुमिगत कालमा कमरेड राजनकाे नामले परिचित थिए । नुवाकाेट निवासी गाैतम पुन: दाेस्राे पटक वाईसीएल नेपाल बागमती प्रदेश संयाेजकमा चयन भएका हुन् । 

पुरा हेर्नुहोस्

ललितपुर । नेकपा माओवादी केन्द्रकाे सहायक संगठन याेङ कम्युनिष्ट लिग नेपाल, विशेष प्रदेश ईन्चार्जमा ज्ञान बहादुर  ढुङ्गाना 'सुवित' र संयाेजकमा ललित श्रेष्ठ 'अभियान' चयन भएका छन् । वाईसीएल नेपालले मंगलबार जारी गरेकाे सर्कुलर अनुसार ईन्चार्जमा ज्ञनन बहादुर ढुङ्गाना 'सुवित' र संयाेजकमा ललित श्रेष्ठ 'अभियान' चयन भएका हुन ।

विशेष प्रदेश ईन्चार्जकाे जिम्मेवारी पाएका दाेलखा जिल्ला स्थायी घर भएका नेता ढुङ्गाना याेङ्ग कम्युनिष्ट लिग नेपालकाे निवर्तमान केन्द्रीय सचिव हुन् । भने संयाेजकमा चयनभएका श्रेष्ठ  तत्कालीन माओवादी पार्टीले संचालन गरेकाे १० वर्षे जनयुद्ध ताका स्थापना गरेकाे जनमुक्ति सेना नेपालका कम्पनी कमान्डर हुन् । तीन दर्जन भन्दा बढि साना तथा ठुला लडाई लडेका श्रेष्ठ बम र गाेलि लागेर कयाैँ पटक घाईते समेत भएका थिए । उनका शरिरमा अझै पनि बमका छर्राहरु झिक्न बाँकि नै छ । उनी भुमिगत कालमा कमरेड अभियानकाे नामले परिचित थिए । सिन्धुपाल्चोक निवासी  श्रेष्ठ वाईसीएल नेपालका निवर्तमान विशेष प्रदेश संयाेजक हुन् ।

पुरा हेर्नुहोस्

ललितपुर । नेकपा माओवादी केन्द्रकाे सहायक संगठन याेङ कम्युनिष्ट लिग नेपालकाे संगठन विभाग प्रमुखमा जि.बि.गुरुङ चयन भएका छन् । वाईसीएल नेपालले मंगलबार जारी गरेकाे सर्कुलर अनुसार नेता गुरुङ संगठन विभाग प्रमुखमा चयन भएका हुन ।

संगठन विभाग प्रमुखकाे जिम्मेवारी पाएका नेता गुरुङ तत्कालीन माओवादी पार्टीले संचालन गरेकाे १० वर्षे ससस्त्र विद्राेह (जनयुद्ध ) ताका स्थापना गरेकाे जनमुक्ति सेना नेपालकाे व्रिगेड सह-कमाण्डर हुन । उनी जनमुक्ति सेनामा रहेर ४ दर्जन भन्दा बढि साना तथा ठुला लडाईहरु लडेका साहसि कमाण्डर हुन । उनीभुमिगत कालमा कमरेड कसमकाे नामले परिचित थिए । नेता गुरुङ वाईसीएल नेपालका निवर्तमान केन्द्रीय सचिव तथा बागमती प्रदेश ईन्चार्ज समेत थिए ।

त्यसैगरी वाईसीएल नेपालले अन्य १६ विभागकाे जिम्मेवारी पनि चयन गरेकाे छ । जुनयस प्रकार रहेकाे छ ।

१.अन्तराष्ट्रिय विभाग - रेसम महरा "राहुल"- प्रमुख
२. प्रशिक्षण विभाग - गणेश शाही"प्रकाण्ड सिंह"- प्रमुख
३.महिला विभाग      - मञ्जु बम - प्रमुख
४.कृषि तथा उत्पादन  - मिङ्मा डण्डु शेर्पा - प्रमुख
५.उद्योग पर्यटन          - उमेश घोरासैनि - प्रमुख
६.सांस्कृतिक विभाग     - नविन खड्का - प्रमुख
७.नीति तथा अनुसन्धान - नवराज ढुंगाना"विश्वास"- प्रमुख
८. प्रकाशन प्रचार प्रसार - पुष्प ओली"महेन्द्र"- प्रमुख
९.घाइते योद्धा सहिद परिवार - गोगन बहादुर मल्ल- प्रमुख
१०.पूर्व पि एल विभाग    - ठाकुर सौराग - प्रमुख
११.आइटी विभाग            - शिव पौडेल - प्रमुख
१२.श्रम तथा रोजगार        - नवराज एर - प्रमुख
१३.शिक्षा स्वास्थ्य तथा विज्ञान प्रविधि- दीपक डोटेल - प्रमुख
१४.खेलकुद विभाग - भरत पराजुली "राजेश" - प्रमुख
१५.श्वयेम सेवक विभाग - अकिल शाही - प्रमुख
१६.आर्थिक विभाग   - अरुण कुमार क्षेत्री - सचिव

पुरा हेर्नुहोस्

ललितपुर । नेकपा माओवादी केन्द्रकाे सहायक संगठन याेङ कम्युनिष्ट लिग नेपाल बागमती प्रदेश ईन्चार्जमा प्रकाश चन्द्र पाण्डे चयन भएका छन् । वाईसियल नेपालले मंगलबार जारी गरेकाे सर्कुलर अनुसार नेता पाण्डे बागमती प्रदेश ईन्चार्ज भएका हुन ।

नेता पाण्डे एकात्मक सामन्ती राज्य व्यबस्थाकाे अन्त सहित जातिय, क्षेत्रीय, लिङ्गिय,भाषिक र साँस्कृतिकरुपमा राज्यद्वारा उत्पिडनमा परेका जनताकाे मुक्ति सहित संघिय लाेकतान्त्रीक गणतन्त्र नेपाल स्थापनाकाे लागि तत्कालीन माओवादी पार्टीले संचालन गरेकाे १० वर्षे जनयुद्धमा सरकारी जागिर  छाडेर युद्धमा हाेमिएका थिए ।

बागमती प्रदेश ईन्चार्जमा चयन भएका नेता पाण्डे जनयुद्ध ताका कमरेड प्रलाेककाे टेक नामले चिरपरिचित थिए । उनी जनमुक्ति सेना नेपालकाे सदस्य हुदै वटालीयन कमाण्डर सम्म भए र चार दर्जन भन्दा बढि छापामार र माेर्चाबन्दी लडाईहरु लडेका साहसिक कमान्डर हुन् । उनकाे शरिरमा अझै पनि बम र गाेलीका छर्राहरु निकाल्न बाँकी छ ।

जनताकाे ठुलाे त्याग र बलिदानीबाट प्राप्त उपलब्धिलाई नै उल्याउने केपी ओलीकाे प्रतिगमनकारी र अलाेकतान्त्रीक कदमकाे विरुद्ध माओवादी केन्द्रले आवहान गरेकाे देश व्यापी आन्दाेलन उत्कर्षमा पुग्दै गर्दा पुर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष प्रचण्डकाे सुरक्षा कटाैती गर्ने निर्णय गर्दै केपी ओली सरकारले सुरक्षार्थ प्रहरी फिर्ता बाेलाएर सुरक्षा चुनाैति थपिएकाे अवस्थामा पार्टी अध्यक्ष र हेडक्वाटरकाे सुरक्षा प्रमुखकाे जिम्मेवारी नेता पाण्डेले समालेका थिए ।

वाईसीएल नेपालकाे केन्द्रीय सचिवकाे जिम्मेवारी समालिसकेका नेता पाण्डे युवा माझ लाेकप्रिय रहेकाे वाईसीएल नेपालका केन्द्रीय सदस्यले बताए 

पुरा हेर्नुहोस्

हेटाैँडा । नेकपा माओवादी केन्द्रकाे सहायक संगठन याेङ कम्युनिष्ट लिग नेपाल मकवानपुर जिल्ला हेटाैँडा उप-महानगर पालिकाकाे प्रथम सम्मेलन भब्यरुपमा सम्पन्न भएकाे छ । सम्मेलनले वीर बहादुर गाेले 'सानू' काे अध्यक्षतामा ४५ सदस्यीय उपमहानगर कमिटी गठन गरेकाे छ ।

हेटौंडामा आयोजित वाइसीएल नेपाल हेटौंडा उपमहानगर कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उज्यालो नेपालका अभियानता, पार्टी संगठन विभाग प्रमुख तथा नेपाल सरकारका अर्थ मन्त्री माननीय जनार्दन शर्मा प्रभाकरले  पार्टी सदस्यता नविकरण गर्दै ३१ लाख पार्टी सदस्यता बनाउदै पार्टीसंगठन निर्माणमा अघिबढ्न युवाहरुलाई निर्देशन दिए । 

नेता शर्माले माओवादी आन्दोलनले देशमा ल्याएकाे उपलब्धिलाई संस्थागत गर्दै अध्यक्ष प्रचण्डकाे नेतृत्वमा समाजवादी क्रान्ति पूरा गर्न युवाहरु तयारी रहन समेत निर्देशन दिए ।

नेता शर्माले सरकारले छिट्टै  नै बन्द रहेकाे उद्योगधन्दा कलकारखान सुचारु गराउने र युवाहरुलाई राेजगार दिई देशलाई आत्मनिर्भर बनाउने समेत बताए ।

हेटौंडामा आयोजित वाइसीएल हेटौंडा उपमहानगर कमिटीको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै वाइसीएल नेपालका इन्चार्ज रामप्रसाद सापकोटा ‘दीपशिखा’ले माओवादीले नेतृत्वमा असम्भव मानिएको राज्य व्यवस्था परिवर्तन गरेको इतिहास ताजा रहेको बताउदै नेकपा माओवादी केन्द्रले देश परिवर्तनमा महत्त्वपूर्ण भूमिका खेलेको बताएका छन् ।

अन्य पार्टी राज्य सत्ता हत्याउने प्रयासमा लागिरहेको आरोप लगाउँदै उनले माओवादीको नेतृत्व आज पनि देश र जनताप्रति समर्पित भएर जनताको हक अधिकारको पक्षमा लडिरहेको बताए । उनले एमाले लगायतका अन्य पार्टीका नेताहरु चुनाव जित्नकै लागि कार्यकर्तालाई गुण्डा र डन शैलीमा प्रयोग गर्ने गरेको भन्दै माओवादीले भने जनार्दनजस्ता नेताहरुको नेतृत्वमा जनताको पक्षमा कुलमानजस्ता पात्र जन्माउन केन्द्रित रहेको बताए ।

नेकपा माओवादी केन्द्रको युवा संगठन ‘वाइसीएल’ नेपालका संयोजक सुमन देवकोटाले जनताको दुःख पसिनाबाट निर्माण भएको पार्टी कसैको सानो प्रयासबाट समाप्त नहुने बताएका छन् ।

‘बालकोटमा बसेरा म्याउ गर्दैमा माओवादी समाप्त हुँदैन । माओवादी जनताको बलिदानबाट जन्मेको पार्टी हो, इतिहास ताजा नै छ । त्यसैले धोका गरेर माओवादीलाई समाप्त पर्ने सपना नदेखे हुन्छ,’ उनले भने ।

माओवादी केही हैन भन्नेहरुको अब धेरै दिन नरहेको र माओवादीलाई नजिस्काउन पनि उनले चेतावनी दिए । माओवादी एउटा शक्ति हो भन्दै संयोजक देवकोटाले माओवादी र प्रचण्डले संघर्ष गरेर ल्याएको संविधान, संघीयता, गणतन्त्र र जनमत मास्न खोज्दा प्रतिगमनकारी केपी ओलीको हालत हेरेरमात्र माओवादीको शक्ति अनुमान गर्नुपर्ने उनले बताए ।

‘हिजो कसैलाई बोल्ने छुट थिएन, माओवादीको संघर्ष र लडाईबाट सबै नेपालीमा आज स्वतन्त्र रुपमा बोल्ने अधिकार प्राप्त भएको छ,’ उनले भने ।

नेपाल सरकारका अर्थ मन्त्री माननीय जनार्दन शर्मा 'प्रभाकर'काे प्रमुख आतिथ्यता तथा YCL नेपालका फ्याक्सन ईन्चार्ज राम प्रसाद सापकाेटा 'दिपशिखा', संयाेजक सुमन देवकाेटा 'अब्दुल', केन्द्रीय सचिव तथा मकवानपुर जिल्लाका प्रभावशाली युवा नेता प्रकाश चन्द्र पाण्डे 'प्रलाेक', विशेष उपस्थिति तथा बागमती प्रदेश सामाजिक विकास मन्त्री माननीय कुमारी माेक्तान, जिल्ला नेता सर्केस घलान 'मधु', YCL नेपाल बागमती प्रदेश संयाेजक राजन गाैतम, नेता तथा राष्ट्रिय कलाकार चेतन सापकाेटा, मकवानपुर जिल्ला ईन्चार्ज सुमन पाख्रिन 'साैगात' जिल्ला ईन्चार्जहरु राजकुमार श्रेष्ठ 'उत्साह', धनकुमार मैनाली 'अभिलाष', दिनेश थपलीया 'आक्राेस', YCL नेपाल केन्द्रीय सदस्य अनिता स्याङ्बाे, जिल्ला संयाेजक राजकुमार माेक्तान 'राज' लगाएत सैयाैँ युवा नेता कार्यकर्ताहरुकाे उपस्थितिमा सम्पन्न प्रथम सम्मेलनले हेटाैँडा उपमहानगर पालिका कमिटीकाे उपाध्यक्षहरुमा रमेश सिङ्तान, निलम्बर सापकाेटा सचिव सुरज घलान, सह सचिवहरु ओम पुडासैनी, सावित्री गाैतम, विदुर सिटौला र काेषाध्यक्षमा राजकुमार घिमिरे सहित ४५ सदस्यीय कमिटी  सर्वसम्मत चयन भएकाे हाे ।

पुरा हेर्नुहोस्

ललितपुर  । नेकपा (ऐमाले) निकट युवा संघका फ्याक्शन ईन्चार्ज महेश बस्नेतकाे अभिव्यक्ति विरुद्ध भुक्ने कुकुरले नटाेक्ने भन्दै वाईसीएलका नेता अभिलाषले अाक्राेष व्यक्त गरेका छन् ।

नेपाली हिन्दुधर्मालम्वीहरुले सदियाैँ वर्षदेखी मनाउदै अाएकाे वडा दशैँ, शुभ दिपावली, नेपाल सम्वत ११४२, छठ पर्व, ईद, लाेत्सार लगाएकाे पर्वहरुकाे पुर्व सन्ध्यामा अायाेजित शुभकामना अादन प्रदान कार्यक्रममा नेता अभिलाषले केही समय अघि देखि नेकपा एमालेका नेता गाेकुल बास्काेटा र युवा संघका नेता बस्नेतकाे अभिब्यक्तिकाे खण्डन गर्दै कडा प्रतिवाद गरेका हुन ।

वाईसीएलका नेता अभिलाषले नेता बस्नेत र नेता बास्काेटालाई धेरै बकबक र फुर्ती नलगाए हुन्छ जनता सचेत भैसके तिमिहरुका सबै कर्तुत जनताले थाहा पाईसके अझै कति भ्रम छर्छाै छर । तिमिहरु नाटक गर्दैछाैँ रे  सुन पानीले नुहायाैँ र चाेखियाैँ भनेर । सुनपानी छर्कदैमा भ्रष्टचारीहरु, अपहरणकारीहरु उम्कन कहाँ पाउछ र ? तिम्रा अत्याचारले पापकाे घैलाे भरिएकै कारण अाज तिम्रा सरदार बालकाेटकाे बालकुनीमा थन्कीएका छन । अझै बकबक गयाैँ भने के हालत हुन्छ त्याे तिमिहरुले कल्पना गरेकाे भन्दा भयानक हुनेछ तसर्थ  बाेल्दा विवेक पुर्याउ भनेका छन् ।

वाईसीएलका नेता अभिलाषले तिमिहरुले प्रचण्ड र गठबन्धन सरकारकाे विराेध गरेकाे सुहाउदैन । याे गठवन्धन सरकार प्रतिगमनकारी कदमकाे विरुद्ध , जनता र राष्ट्रियताकाे पक्षमा काम गर्न बनेकाे सरकार हाे । नत तिमिहरुकाे पालामा झै उपचारकाे नाममा करडाैँ राज्यकाेष दाेहन हुनेछ । नत गाेकुलेले गरे जसरी ७० कराेड भ्रष्टाचार नै हुनेछ । नत यति, अाेम्नी लगाएत अनगिन्ती काण्डहरु र अनियमितता नै हुनेछ । नत बस्नेतले गरे जसरी सांसद अपहरण नै हुनेछ । नत MCC पास गर्न केपीले जसरी हचुवामा खुट्टा उचाल्दै ब्रुकुसी मारेर उफ्रनेछन् । नत दुई-दुई चाेटी  संसदकाे हत्यानै गर्नेछन्  तिमिहरुले हेक्का राख याे सरकारमा माअाेवादी  पनि छ । जसले जनतामा अन्याय र अत्याचार हुन कदापि दिनेछैन र राष्ट्रकाे राष्ट्रियतामा खलल हुने काम कदापि गर्दैन र अरुलाई पनि गर्न दिदैन भन्दै कडा चेतावनी दिएका हुन ।  

चियापान तथा शुभकामना अादनप्रदान कार्यकमा नेता अभिलाषले नेपालीमा उखान छ नि भुक्ने कुकुरले टाेक्दैन । हाे त्यही हाे महेश बस्नेत । गाेलघर र पागलखानामा जाने भनेकै भुक्ने कुकुरहरु हाे । लाचार र निचहरु अाफ्नाे  लाजकाे बचाउ गर्न राम्रा मान्छेलाई अाराेप लाउछन् । हाे त्यी लाचार र निच हाे महेशे भन्दै बरु सुध्र र पश्चताप गर्दै जनताकाे शरणमा पर त्यसमै तिमिहरुकाे भलाई हुनेछ समेत भनेका छन् ।

पुरा हेर्नुहोस्

ताजा समाचार


विभाग प्रमुखमा जनार्दन, केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संगठन विभाग प्रमुखमा जनार्दन शर्मा 'प्रभाकर' र अर्थ तथा केन्द्रीय कार्यालय प्रमुखमा वर्षमान पुन 'अनन्त' ले  निरन्तरता पाएका छन् ।

वरियतामा भने पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछि वरिष्ठ उपाध्यक्ष‍मा नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरुमा कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, पम्फा भुसाल छन् । महासचिव देवप्रसाद गुरुङपछि उपमहासचिव गिरिराजमणि पोखरेल, वर्षमान पुन, हरिबोल गजुरेल, जनार्दन शर्मा, शक्तिबहादुर बस्नेत र मातृका प्रसाद यादव छन् ।

माओवादी केन्द्रले यही माघ १२ गतेदेखि २१ गतेसम्म बसेको स्थायी समितिको बैठकले पुरानै कार्यविभाजन कायम गरेको हो ।

४ कार्तिक २०७८ देखि अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनले र संगठन विभाग प्रमुखको जिम्मेवा।री जनार्दन शर्माले सम्हाल्दै आएका छन् ।



पुरा हेर्नुहोस्

५० किलाे ताैल समुहमा एचटुओकी अस्मिता दुवाल छनाैट

काठमाडौं  । भारतको राजधानी नयाँ दिल्लीमा यहि मार्च १३ देखि २७ तारिखसम्म सन्चालन हुन गैरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ मा सहभागी हुन आयाेजित छनाैट प्रतियोगितामा ५० किलाे ताैल समुहमा एचटुओकी अस्मिता दुवाल छनाैट  भएकी छिन् ।

आज सम्पन्न भएकाे फ्लाई लाईट वैट ५० किलो तौल समुहकाे फाइनल खेलमा एचटुओका अस्मिता दुवालले नेपाल प्रहरीका दिवाना शेर्मालाई ३:२ अंक (स्पिलट डिसिजन) को आधारमा पराजित गर्दै छनाैट भएकी हुन् । दुवाल र शेर्माले क्रमश: सेमिफाइनल खेलहरुमा आरडीएक्सका रमिशा श्रेष्ठलाई ४ः१ को स्पिलट डिसिजनमा र आर्मीका आरती बम्जनलाई ४ः१ अंक (स्पिलट डिसिजन) को आधारमा पराजित गर्दै फाईनल प्रवेश गरेका थिईन् ।

महिला ५२ केजी ताैल समुहको फाईन लखेलमा अन्जनी तेलीले टिएसीका वर्षा श्रेष्ठ लाई ५:० आधारकाे आधारमा र ५४ किलाे ताैल समुहमा मिनु गुरुङले एपीएफका शर्मिला तामाङलाई ५:० अंककाे आधारमा जित हासिल गर्दै छनाैट भएका छन् ।

महिला फेदर वैट ५७ किलो तौल समुहकाे फाईनल खेलमा आर्मीका चन्द्र कला थापाले झापाका सुस्मिता राईलाई ५:० अंककाे आधारमा पराजित गर्दै छनाैट भएकी छन् । भने ६० किलो तौल समुहकाे फाईनल खेलमा एपीएफका संगिता सुनारले आर्मीका निरु गुरुङ्गलाई ४ः१ अंककाे आधारमा पराजित गर्दै छनाैट भएकी छिन् । त्यसैगरी  मिडिल वैट ७५ किलाे तौल समुहकाे फाईनल खेलमा एपीएफका सरस्वती रानामगरले झापाका त्रिसा जवेगुलाई ५ः० अंकको आधारमा पराजित गर्दै छनाैट भएकि थिईन् ।

नेपाल बक्सिङ संघद्वारा आयाेजित राष्ट्रब्यापी खुल्ला छनाैट प्रतियोगितामा महिला ४८ किलाे ताैल समुहमा भर्खरै थाईल्याण्डकाे राजधानी बैंकक सहरमा एएसबिसी द्वारा आयाेजित   यू-२२ एशियन च्याम्पियनसिपमा रजत पदक विजेता सुस्मा तामाङ संघकाे निर्णय अनुसार यस अघि नै छनाैट भएकी छिन् । भने  ५० किलाे मा अस्मिता दुवाल, ५२ किलाेमा अन्जनी तेली, ५४ किलाेमा १३ औँ सागका संवरण पदक विजेता मिनु गुरुङ, ५७ किलाे ताैल समुहमा चन्द्रकला थापा, ६० किलाे ताैल समुहमा संगिता सुनार र ७५ किलाे ताैल समुहमा सरस्वती रानामगर गरि जम्मा ७ जना खेलाडीहरु छनाैट भएकाे संघका प्रवक्ता श्यामकाजि अवालेले जानकारी दिएका छन् । उनका अनुसार छनाैट भएका खेलाडीहरु मध्यबाट उत्कृष्ट खेलाडीहरुलाई मात्र भारतको राजधानी नयाँ दिल्लीमा यहि मार्च १३ देखि २७ तारिखसम्म सन्चालन हुन गैरहेको ईबा वल्ड उमन्स् बक्सिङ च्याम्पियनसिप २०२३ मा सहभागीता गराईने छ  ।

 



पुरा हेर्नुहोस्

नेपाल र मलेसियाबीचको श्रम समझदारी अक्टोबरमा पुनरावलोकन गरिने

काठमाडौं, २६ माघ । मलेसियासँग सन् २०१८ मा गरिएको श्रम समझदारी पत्र (एमओयू) पुनरावलोकन गरिने भएको छ । त्यसका लागि अक्टोबरमा मलेसियन प्रतिनिधि नेपाल आउनेछन् । सम्भवतः मलेसियाका श्रम मन्त्री नै नेपाल आउन सक्नेछन् । त्यसका लागि मलेसियास्थित नेपाली राजदूतावासले गृहकार्य गरिरहेको छ । यसअघि २ फेब्रुअरी २०२३ मा मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्माली नेपाल भ्रमणमा आएका थिए । भ्रमणको क्रममा श्रम समझदारी पत्र परिमार्जन गर्ने विषयमा श्रम मन्त्री र प्रधानमन्त्रीसँग समेत छलफल भएको थियो । छलफलको क्रममा दुवै देशका अधिकारीहरू श्रम समझदारी पत्रलाई श्रमिकमैत्री बनाएर अघि बढ्न सहमत भएका थिए ।

नेपाल र मलेसियाबीच कामदार आपूर्ति थालेको १७ वर्षपछि २०७५ कात्तिक ११ गते (२८ अक्टोबर २०१८) मा श्रम समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । एमओयू भएको ५ वर्षपछि पुनरावलोकन गर्न लागिएको हो । उक्त एमओयू अनुसार मलेसियामा रोजगारीमा जाने कामदारमाथि हुँदै आएको आर्थिक शोषण पूर्ण रूपमा अन्त्य हुने अपेक्षा गरिएको थियो । त्यस्तै म्यानपावर कम्पनी, एजेन्ट र विभिन्न संस्थामार्फत मलेसिया जाने कामदार ठगिदैं आएका थिए ।

एमओयू भएपछि रोजगारीका लागि मलेसिया जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने समझदारी बनेको थियो । मलेसियामा ‘फ्री भिसा फ्री टिकट’ मै नेपाली युवालाई मलेसिया पठाउने भन्ने थियो । कामदार आपूर्ति गर्ने म्यानपावरले रोजगारदारदाताबाट आधा महिनाको तलब सेवा शुल्कको रूपमा लिन पाउने भन्ने थियो । तर, समझदारीभन्दा बाहिर गएर लाखौं रुपैयाँ तिरेर नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भइरहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न देशसँग भएका श्रम सम्झौताहरू नवीकरण गर्दै लैजाने रणनीति लिएको छ । सोही आधारमा सरकार अघि बढिरहेको श्रम मन्त्रालयले जनाएको छ ।



पुरा हेर्नुहोस्


नेपाल र मलेसियाबीचको श्रम समझदारी अक्टोबरमा पुनरावलोकन गरिने

काठमाडौं, २६ माघ । मलेसियासँग सन् २०१८ मा गरिएको श्रम समझदारी पत्र (एमओयू) पुनरावलोकन गरिने भएको छ । त्यसका लागि अक्टोबरमा मलेसियन प्रतिनिधि नेपाल आउनेछन् । सम्भवतः मलेसियाका श्रम मन्त्री नै नेपाल आउन सक्नेछन् । त्यसका लागि मलेसियास्थित नेपाली राजदूतावासले गृहकार्य गरिरहेको छ । यसअघि २ फेब्रुअरी २०२३ मा मलेसियाका गृहमन्त्री दतुक सेरी सैफुद्दिन नासुसन इस्माली नेपाल भ्रमणमा आएका थिए । भ्रमणको क्रममा श्रम समझदारी पत्र परिमार्जन गर्ने विषयमा श्रम मन्त्री र प्रधानमन्त्रीसँग समेत छलफल भएको थियो । छलफलको क्रममा दुवै देशका अधिकारीहरू श्रम समझदारी पत्रलाई श्रमिकमैत्री बनाएर अघि बढ्न सहमत भएका थिए ।

नेपाल र मलेसियाबीच कामदार आपूर्ति थालेको १७ वर्षपछि २०७५ कात्तिक ११ गते (२८ अक्टोबर २०१८) मा श्रम समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको थियो । एमओयू भएको ५ वर्षपछि पुनरावलोकन गर्न लागिएको हो । उक्त एमओयू अनुसार मलेसियामा रोजगारीमा जाने कामदारमाथि हुँदै आएको आर्थिक शोषण पूर्ण रूपमा अन्त्य हुने अपेक्षा गरिएको थियो । त्यस्तै म्यानपावर कम्पनी, एजेन्ट र विभिन्न संस्थामार्फत मलेसिया जाने कामदार ठगिदैं आएका थिए ।

एमओयू भएपछि रोजगारीका लागि मलेसिया जाने कामदारको सम्पूर्ण खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने समझदारी बनेको थियो । मलेसियामा ‘फ्री भिसा फ्री टिकट’ मै नेपाली युवालाई मलेसिया पठाउने भन्ने थियो । कामदार आपूर्ति गर्ने म्यानपावरले रोजगारदारदाताबाट आधा महिनाको तलब सेवा शुल्कको रूपमा लिन पाउने भन्ने थियो । तर, समझदारीभन्दा बाहिर गएर लाखौं रुपैयाँ तिरेर नेपालीहरू वैदेशिक रोजगारीमा जान बाध्य भइरहेका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले विभिन्न देशसँग भएका श्रम सम्झौताहरू नवीकरण गर्दै लैजाने रणनीति लिएको छ । सोही आधारमा सरकार अघि बढिरहेको श्रम मन्त्रालयले जनाएको छ ।

पुरा हेर्नुहोस्


टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघ्यो

काठमाडौं, २६ माघ । टर्की र सिरियामा भूकम्पबाट मृत्यु हुनेको संख्या १५ हजार नाघेको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार गत सोमबारको भूकम्पमा परी करिब १३ हजार जनाको टर्कीमा र करिब दुई हजार जनाको सिरियामा मृत्यु भएको छ ।

लाखौं व्यक्तिहरु घरबारविहीन भएका छन् । उद्धार र राहत वितरणको काम जारी भए पनि ढिलासुस्ती भएको भन्दै टर्कीको विपक्षी पार्टीले सरकारको आलोचना गरेको छ । तर राष्ट्रपति रेचेप तैयप एर्दोआनले यो समय आलोचना नभइ एकताको भएको भन्दै सरकारले हरसम्भव प्रयास गरिरहेको बताएका छन् ।

उनले भूकम्पबाट बढी प्रभावित क्षेत्रहरुको स्थलगत भ्रमणसमेत गरेका छन् । उनले यो स्तरको विपदको सामना गर्न पूर्वतयारीले पनि नपुग्ने भनेर टिप्पणी गरेका छन् । उनले केही समय काम गराइमा समस्या आए पनि अहिले स्थिति नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

भूकम्पले थुप्रै भौतिक संरचना ध्वस्त भएको र सडक सन्जालमा पनि क्षति पुगेकाले राहत तथा उद्धारमा कठिनाइ भइरहेको छ । यसबाट सिरिया अझै बढी प्रभावित भएको छ । सबैभन्दा बढी इदलिब प्रान्त प्रभावित भएको छ ।

टर्की र सिरियाबीचको सिमाना खुलाएर सिरियासम्म राहत पुर्याउन प्रयास भइरहेको टर्कीका विदेशमन्त्रीले बताएका छन् । युरोपेली संघले सिरिया सरकारको अनुरोधमा ३५ लाख युरो बराबरको राहत पठाउने घोषणा गरेको छ । सिरियाका राष्ट्रपति बसर अल असदलाई युरोपेली संघले नस्वीकारे पनि विपदको बेला सहयोग भने पठाइएको छ । आफूले गरेको सहयोग सरकार र विद्रोही नियन्त्रित सबै क्षेत्रहरुमा पुग्नुपर्ने युरोपेली संघले भनेको बीबीसीले जनाएको छ ।

नेपाल सरकारले पनि टर्कीमा चिकित्सकसहित राहत पठाउने गृहकार्य गरिरहेको छ ।

पुरा हेर्नुहोस्


कुनै एकदिन कुनै पुस्ताले सानुकान्छा श्रेष्ठको योगदानको इतिहास खोजी गर्नेछ ।

समाजसेवी क.सानुकान्छा श्रेष्ठ 

✍️ अनुराग अरुण 

२०५२ सालमा लुभुमा खानेपानीको साह्रै समस्या थियो । बिहान टोल टोलमा रहेको सार्वजनिक धारामा एक दुई घण्टा पानी आउँथ्यो । टोलभरिका महिलाहरु गाग्री लाइनमा लश्करै राखेर आफ्नो पालो अनुसार पानी थाप्थे । कुनैबेला पानीको लागि टोल टोलमा महिलाहरु आपसमै झगडा गरिरहेको दृश्य यदाकदा देखिन पाईन्थ्यो । कुनै टोलमा टोकन अनुसार पालैपाला पानी थाप्थे । कुनै बेला चार पाँच दिन धाराबाट पानी आउँथेन । तब मान्छेहरु साइकल, गाडी र मोटरसाइकलमा पानी राख्ने ग्यालेन लिएर लामाटार ढुगिंनसम्म पानी लिन जान्थे ।

त्यतिबेला लुभुबासीहरु नुहाउन र लुगा धुन इनारको पानी र गोदावरी खोलाको पानी प्रयोग गर्थे । चैत्र बैसाखको गर्मीमा इनारमा पानी पनि उतिसारो हुन्थिएन । नुहाउन र लुगा धुने झन समस्या थियो । एक एक थोपा पानीको अति नै अमुल्य महत्व थियो ।

तर आज अधिकांश लुभुबासीहरुको घर घरमा खानेपानीको धारा जडान भएको छ । बिहान बेलुका धारामा पानी आइरहन्छ । अब पहिले जस्तो नुहाउन, लुगाधुन र पिउन पानीको कुनै समस्था छैन । पहिले जस्तो टोल टोलमा खानेपानीको लागि झगडा गरिरहनुपर्ने अब अवस्था छैन । 

जब म पानी पिउँछु । पिउने पानीको गिलासमा क.सानुकान्छा श्रेष्ठको पसिनाले लतपतिएको अनुहार झल्झल देख्छु । यिनैको भगिरथ त्याग, तपश्या र अथक प्रयासले आज लुभुभरिमा खानेपानीको सर्व सुलभता भएको छ । अहिले लुभु खानेपानीको सञ्चालक समितिमा सबै पार्टीका मान्छेहरु सञ्चालक हुनुहुन्छ । उहाँहरु सबैलाई यो कुरा विदितै छ, लुभुमा खानेपानीको लागि सानुकान्छा श्रेष्ठले के कति गरे ? सधैं दिन रात आफै खटेका छन् । यति मात्र होइन, खानेपानीलाई आफ्नो करौडौं मुल्यपर्ने जग्गा समेत दिएका छन् ।

दु:ख लाग्छ, हामी कुनै अमुक दलका कार्यकर्ता वा मतदाता त भयौं । तर हामीमा राजनीतिको उच्च सभ्य संस्कार भएन । चेतना आएन । मलाई लाग्छ, आज नभए भोलि कुनै न कुनै एकदिन कुनै पुस्ताले क.सानुकान्छा श्रेष्ठको यो योगदानको इतिहास खोजी गर्नेछ, र त्यसको निष्पक्ष मुल्याकंन अवस्य गर्नेछ ।

पुरा हेर्नुहोस्