मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

नेकपा (एमाले)


ललितपुर । ललितपुर महालक्ष्मी -१ मा नेकपा एमालेका अध्यक्ष छिरिङ लामा विजय भएका छन् ।

महालक्ष्मी नगरपालिका वडा नम्बर १ मा लामा सहित नेकपा (माओवादी केन्द्र) का अभिषेक खत्री, नेपाली काँग्रेसका मधुसूदन केसी, नेकपा एकीकृत समाजवादीका प्रकाश दाहाल, राप्रपा नेपालका देश बहादुर राई सहित पाँच जना वडा अध्यक्षकाे प्रत्यासी उम्मेदवारहरु मैदानमा उत्रिएका थिए ।

सिन्धुपाल्चोक जिल्लाकाे ठाेकर्पामा जन्मीएका लामा २०५४ सालकाे स्थानीय निर्वाचनमा ठाेकर्पा गाविस उपाध्यक्षमा निर्वाचित भएका थिए । उनी  विगत २० वर्ष देखि स्थायी रुपमा ईमाडाेल नयाँ वस्तिमा बस्दै आएका छन् । अध्यक्षमा निर्वाचित लामाले स्थानीय स्तरमा ढल, बाटाे लगाएतका विकास निर्माणमा प्रत्यक्ष जनतासंग जाेडिएर निरन्तर विकास निर्माण लगाएत सामाजिक काममा सकृर रहदै आएका छन् ।उनी ७८९ मत प्राप्त गर्दै विजय भएका हुन । वडा अध्यक्षमा उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका मधुसूदन खत्रीले ४६२ मत प्राप्त गरेका थिए । माओवादी केन्द्रका अभिषेक खत्रीले ४३९ मत प्राप्त गर्दै तेस्रो स्थानमा सिमित भए । यसैगर राप्रपा नेपालका उम्मेदवार देश बहादुर राईले ११५ मत ल्याई चाैथाे भए । भने नेकपा एकीकृत समाजवादीका अध्यक्षका उम्मेदवार प्रकाश दाहालले १०७ मत ल्याई अन्तिम स्थानमा रहे ।

वडा अध्यक्षमा निर्वाचिच लामालाई जित भए संगै अन्य प्रत्यासी उम्मेदवारहरुले अबिर, खादा- माला लगाई बधाई दिएका थिए ।  नव निर्वाचित वडा अध्यक्ष लामाले मतदातालाई अाफ्नाे अमुल्य मत दिई विजयी गराई दिनुभएकाेमा हार्दिक धन्यवाद सहित जनताकाे ईच्छा र चाहाना अनुसार मात्र काम गर्ने र तत्काल पिउने पानिकाे समस्या समाधानमा लागि पर्ने र एक घर एक धार वितरण गरि सधैका लागि पानिकाे समस्या समाधगर्ने प्रतिबद्धता ब्यक्त गरे ।

पुरा हेर्नुहोस्

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई जग्गाधनीको पूर्जा दिएको खुलासा भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा मिति २०७७ माघ २२ गते एमसीए नेपालको नाममा जग्गा दिएको भेटिएको छ ।

प्रधनमन्त्री केपी शर्मा ओलीको निर्देशनमा तत्कालिन भूमि सुधारमन्त्री पदमा अर्यालले संसद विघटन गरेको बेला एमसीसीलाई काठमाडौं महानगरपालिका २९ मा जग्गा दिएकी थिइन् । 

एमसीसीलाई संसदमा दर्ता पनि ओलीकै पालामा भएको थियो । तत्कालिन अर्थमन्त्री युवराज खतिवडाले संसदमा दर्ता गरेका थिए । तर, तत्कालिन सभामुख कृष्णबहादुर महराले अगाडि नबढाएका कारण प्रक्रियामा जान सकेको थिएन ।

पुरा हेर्नुहोस्

ताजा समाचार


test test

काठमाडौं । करातेकी एरिका गुरूङले‌ पल्सर स्पोर्ट्स अवार्ड २०८० मा वर्ष उत्कृष्ट महिला खेलाडीको अवार्ड जितेकी छिन् ।

एरिकाले चीनको हाङचाउमा गत वर्ष भएको १९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत पदक दिलाएकी थिइन्। उनले ६८ केजी तौल समुहमा नेपालको लागि रजत पदक हात पारेकी हुन्।

एसियाली खेलकुदमा नेपालको लागि व्यक्तिगततर्फ रजत जित्ने उनी दोस्रो खेलाडी हुन्। यसअघि तेक्वान्दोकी सविता राजभण्डारीले रजत जितेकी थिइन्।‌

उनको यो रजत नेपाली करातेको अहिलेसम्म कै ठुलो पदक पनि हो। यस्तै वर्ष २०८० मा उनले इन्डोनेसियाको जकार्तामा भएको विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण पदक आफ्नो नाममा लेखाएकी थिइन्। 

यही सफलतामा उनले मनोनयनमा परेका कबड्डीकी मेनुको राजवंशी, क्रिकेटकी रुबिना क्षेत्री, फुटबलकी सावित्रा भण्डारी र एथलेटिक्सकी सन्तोषी श्रेष्ठलाई पछि पारिन्।

एरिकाले यो अवार्ड जित्नु आफ्नो लागि ठुलो प्रतिष्ठाको विषय रहेको बताइन। उनले राष्ट्रिय खेलकुद परिषद, कराते महासंघ, नेपाल ओलम्पिक कमिटी, नेपाल प्रहरी र प्रशिक्षकलाई धन्यवाद दिइन्। उनले यो अवार्ड उत्कृष्ट खेलाडी बन्ने सपना देखिरहेकाहरूलाई समर्पण गरिन्।



पुरा हेर्नुहोस्

भलिबल खेलाडी कविताले जितिन् पिपल्स च्वाइस अवार्ड

काठमाडौं । देशकाे राष्ट्रिय खेल भलिबल खेलका लाेकप्रीय उदयमान खेलाडी कविता भट्टले शुक्रबार पल्सर स्पाेर्ट्स अवार्ड २०८० अन्तर्गत वर्ष पिपल्स च्वाइस अवार्ड जितेकी छिन् । 

उनले ५६ प्रतिशत मत सहित अवार्ड जितेकी हुन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल खेलाडी कविता नेपाल काभा महिला नेसन्स लिग २०२४‌‌ मा नेपाल दोस्रो हुँदा र काभा महिला भलिबल च्यालेन्ज कप २०२३ मा तेस्रो हुँदा टोलीको सदस्य थिइन् ।

घरेलु प्रतियोगितामा उनको प्रदर्शन अब्बल रहेको थियो । उनले पल्सर मोटरसाइकल प्राप्त गरिन् । मतका आधारमा १९ प्रतिशत मतसहित कबड्डीकी मानमती बिष्ट दोस्रो, १६ प्रतिशत सहित फुटबलकी प्रिती राई तेस्रो तथा क्रिकेटका गुल्सन झा र रग्बीका श्रीराम चौथो भए ।

खेल‌ पत्रकार , राष्ट्रिय प्रशिक्षक र दर्शकको भोटको आधारमा यो विधाको विजेता चयन भएको हो । ईसेवाको मतभार ५० प्रतिशत रहेको थियो ।

त्यसैगरी, सामाजिक सञ्जाल (फेसबुक लाइक) को मतभार २५ प्रतिशत, राष्ट्रिय प्रशिक्षकको मतभार १२ दशमलब ५ प्रतिशत र खेलपत्रकारको मतभार १२ दशमलब ५ प्रतिशत रहेको थियो ।



पुरा हेर्नुहोस्

पल्सर स्पाेर्ट्स अवाड २०८० मा पलेशालाई‌ पारा एथलिट अवार्ड

काठमाडौं पल्सर स्पाेर्ट्स अवाड २०८० मा शुक्रबार पारा तेक्वान्दोकी पलेशा गाेवर्धनले पारा एथलपट अवार्ड प्राप्त गरेकी छिन् ।

पलेशा गाेवर्धन पछिल्लो समय नेपाललाई पेरिस पारालिम्पिक्समा नेपाललाई ऐतिहासिक कास्य दिलाएर चर्चामा रहेकी छिन् । तर यो अवार्ड उनले १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक कास्य पदक जितेको कारण प्राप्त गरेकी हुन् ।

२०८० मा उनले जितेको सो कास्य पदक एसियन पारा गेम्समा जितेको पहिलो पदक पनि हो । साथै उनी पेरिस पारालिम्पिक्समा पनि छनोट भएकी थिइन् ।

यीनै सफलताका लागि उनले यो अवार्ड सहित १ लाख रुपैयाँ प्राप्त गरिन् । अवार्ड जितेपछि पलेशाले सबैलाई धन्यावाद दिइन् । उनले विशेषगरी प्रशिक्षक कविराज नेगी र परिवारलाई धन्यवाद दिइन् ।

अवार्डमा यसअघि भारत्तोलनका हेमन्यपालले वर्ष युवा खेलाडी, कुशल श्रेष्ठले वर्ष प्रशिक्षक र कुमार राईले स्पेशल अवार्ड प्राप्त गरिसकेका छ्न् ।



पुरा हेर्नुहोस्


गाईजात्रा बिशेष घिन्ताङ घिसी कार्यक्रम आयाेजना गर्दै वाईसीएल नेपाल भक्तपुर नगर समिति

काठमाडौं । याेङ्ग कम्युनिस्ट लिग नेपाल, भक्तपुर जिल्ला भक्तपुर नगर समितिले गाईजात्रा बिशेश घिन्ताङ घिसी कार्यक्रम आयोजना गरि सम्पन्न गरेकाे छ  । 

गाइजात्राकाे अबसरमा वाईसीएल नगर समितिद्वारा आयाेजित घिन्ताङ घिसी कार्यक्रममा विभिन्न ब्याङ्यात्मक चित्र सहित साँस्कृतिक झाँकीद्वारा नगर परिक्रमा गरिएकाे थियाे । उक्त कार्यक्रममा प्रतिनिधि सभा सदस्य माधव सापकोटा 'सुवाेध', युवा नेता भीष्म प्रजापति, वाईसीएल नेपालका भक्तपुर जिल्ला संयाेजक सरराज उप्रेती लगाएत माओवादी केन्द्रकानेता कार्यकर्ता र स्थानीयबासीकाे उपस्थिति रहेकाे थियाे ।

पुरा हेर्नुहोस्


गरिबीबाट उठ्दै ओलम्पिक स्वर्ण जितेका नदिमलाई १५ करोड बढी पुरस्कार घोषण

काठमाडौं । गरिबीमा हुर्किँदा एक छाक मासु खाना वर्ष (इद उत्र फित्र) कुर्नुपर्ने, केही अघिसम्म पनि नयाँ ज्याभलिन खरिद गर्न चन्दा उठाउनुपर्ने परिस्थितिबाट गुज्रिएका आर्शद नदिमको पेरिस ओलम्पिक २०२४ च्याम्पियन भएपछि भाग्य फेरिने भएको छ।

पाकिस्तानलाई ३२ वर्षपछि ओलम्पिक पदक दिलाएका उनलाई करोडौं पुरस्कार घोषणाको होड नै चलेको छ। अहिलेसम्म १५ करोड रुपियाँ बढी पुरस्कार घोषणा भइसकेको छ। ज्याभलिन थ्रोमा ओलम्पिक कीर्तिमानसहित बिहीबार स्वर्णपदक जितेपछि २७ वर्षीय नदिमले वर्ल्ड एथलेटिक्सबाट ५० हजार अमेरिकी डलर (नेपाली रुपियाँ ६७,१६,७५०) पाउने पक्का छ नै। उनलाई स्वदेशमै करोडौं पुरस्कार दिने घोषणा भइरहेको छ।

पन्जाबका मुख्यमन्त्री मारियम नवाजले पाकिस्तानी रुपी १० करोड (नेपाली रुपियाँ ४,८२,१४,२१८/०५) स्वतन्त्रता दिवस (१४ अगस्ट) को अवसरमा प्रदान गर्ने घोषणा गरिन्। त्यस्तै, कराँचीमा मेयर बारिस्टर मुर्ताजा वाहबले नदिमलाई सिन्ध सरकारको तर्फबाट पाकिस्तानी रुपी ५ करोड (नेपाली रुपैयाँ २,४१,०७,१०९/०३) दिने सामाजिक सञ्जाल एक्समार्फत् जनाएका छन्। उनले नदिमलाई व्यक्तिगत रूपमा १० लाख पाकिस्तानी रुपी दिने पनि बताएका छन्।

सिन्धका गभर्नर कामरन खान तेसोरीले २० लाख, गायक अली जाफरले १० लाख दिने एक्सले लेखेका छन्। सुक्कुरमा मेयर बारिस्टर अर्सलन इस्लाम शैखले नदिमलाई सुनको मुकुटबाट सम्मान गर्दै उनकै नाममा सुक्कुरमा नयाँ रंगशालामा निर्माण गर्ने घोषणा गरे। कराँचीमा आर्शद नदिम एथलेटिक्स एकेडेमी स्थापना गर्ने घोषणा पनि भइसकेको छ।

गत वर्षको विश्व च्याम्पियनसिपमा रजत पदक हात पारेका नदिमले पेरिसमा ९२.९७ मिटर फाल्दै ज्याभलिन थ्रोमा स्वर्ण जितेका हुन्। पाकिस्तानले ओलम्पिकमा जितेको चौथो स्वर्ण हो यो। ४० वर्षयता ओलम्पिकमा पाकिस्तानको पहिलो स्वर्ण हो भने व्यक्तिगत स्पर्धाको पहिलो स्वर्ण पनि नदिमले नै दिलाएका हुन्।

उनले भारतका डिफेन्डिङ च्याम्पियन नीरज चोपरालाई रजतमा खुम्च्याउँदै ऐतिहासिक सफलता हात पारेका हुन्। नीरजले ८९.४५ मिटर फालेका थिए। निरजले ३ वर्षअघि टोकियोमा स्वर्ण जित्दा नदिम पाँचौं भएका थिए। नदिमले दशरथ रंगशालामा १३औं दक्षिण एसियाली खेलकुद (साग २०१९) अन्तर्गत ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेका थिए।

एकपछि अर्को सफलता चुमिरहेका नदिमको ओलम्पिक स्वर्णलाई पाकिस्तानमा देशको स्वतन्त्रता दिवस नजिकिँदा उत्कृष्ट उपहारको रूपमा लिइएको छ। त्यसैले पनि उनी करोडौं पुरस्कारको हकदार हुने नै भए।

पुरा हेर्नुहोस्


गीतकार गिता गिरीको ‘मै हुँ शिवको शिवानी ’ सार्वजनिक

काठमाण्डौं । ‘मै हुँ शिवको शिवानी ’ बोलको तीज गीत सार्वजनिक भएको छ । नजिकिँदै गरेको तीजलाई लक्षित गरेर निर्माण गरिएको गीतमा गायिका शान्ति श्री परियार को स्वर रहेको छ । भगवान शिवले गरेको योगदान र उनको प्रसंसा गर्दै गीत निमार्ण गरिएको छ ।

कृष्ण देव रुपाखेतीले निर्देशन गरेको भिडियोमा स्मारिका ढकाललाई फिचरिङ गरिएको छ । मौलिक लोक लयमा आधारित गीतको भिडियो उत्सव दाहालले खिचेका हुन् भने भिडियोको सम्पादन मिन रावल रहेको छ । गीतमा अभि वाग्लेले कोरियोग्राफी गरेका छन । यस गीतको शब्द गीतकार गिता गिरी तथा संगीत भद्र वली रहेको छ ।

ग्रेट एविजी को ब्यानरबाट युट्युबमार्फत् सार्वजनिक भएको गीतको निर्माण राम बहादुर गिरी र भगवती गिरीले निमार्ण गरेकी हुन ।

‘मै हुँ शिवको शिवानी ’ गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

https://www.youtube.com/watch?v=RKOM9wvVZb0
 

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ गरिबीबाट उठ्दै ओलम्पिक स्वर्ण जितेका नदिमलाई १५ करोड बढी पुरस्कार घोषण
  • ⇒ ब्राजिलमा विमान दुर्घटना, ६२ को मृत्यु
  • ⇒ बिहीबारसम्म पेरिस ओलम्पिकमा ३० स्वर्णसहित अमेरिक शीर्ष स्थानमा
  • ⇒ बंगलादेशमा १७ सदस्यीय अन्तरिम सरकार : २६ वर्षका विद्यार्थीदेखि पूर्व जर्नेलसम्म मन्त्री
  • ⇒ फ्रान्सबाट बंगलादेश फर्किए युनुस, साँझ साढे ८ बजे शपथ
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ भलिबल खेलाडी कविताले जितिन् पिपल्स च्वाइस अवार्ड
  • ⇒ पल्सर स्पाेर्ट्स अवाड २०८० मा पलेशालाई‌ पारा एथलिट अवार्ड
  • ⇒ IBA ले बुड्वा युवा विश्व बक्सिङ च्याम्पियनसिपमा सबै बक्सरहरूको आवास खर्च प्रदान गर्ने
  • ⇒ आईबा युथ वल्ड बक्सिङ प्रतियोगिता बुड्भा मोन्टेग्रोका लागि खेलाडी छनौट सम्पन्न
  • ⇒ वर्ल्ड सेपाकताक्रो च्याम्पियनसिपमा नेपालकाे ऐतिहासिक जित
  • अरु हेर्नुहोस्