फागुन १५ देखि २० सम्म अलनेपाल नाेभिस बक्सिङ प्रतियोगिता हेटौंडामा आयाेजना हुने

हेटौंडा । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र मकवानपुर जिल्ला बक्सिङ संघकाे संयुक्त आयाेजनामा अल नेपाल नाेभिस (महिला तथा पुरुष) बक्सिङ प्रतियोगिता २०७९ फागुन १५ देखि २० गते सम्म आयोजना हुने भएकाे छ ।
अल नेपाल नाेभिस (महिला तथा पुरुष) बक्सिङ प्रतियोगितामा मिति २०५९/०१/०१ देखि २०६२/१२/३० गते सम्म जन्मिएका नेपाली नागरिकता लिएका महिला तथा पुरुष खेलाडीहरुले मात्र सहभागी हुन पाउनेछ । महिला ४८ केजी, ५० केजी, ५२ केजी, ५४ केजी, ५७ केजी, ६० केजी, ६३ केजी, ६६ केजी गरि ८ ताैल समूह र पुरुष ४८ केजी, ५१ केजी ५४ केजी, ५७ केजी, ६० केजी, ६३.५ केजी, ६७ केजी, ७१ केजी र ७५ केजी गरि ९ ताैल समुह गरि जम्मा १७ ताैल समुह समावेश गरिएकाे छ ।
प्रतियोगितामा प्रथम, दितिय र तृतीय हुने खेलाडीहरुले क्रमश: जनहि दस हजार, पाँच हजार र तीन-तिन हजार रुपैयाँ, मेडल र प्रमाणपत्र पाउनेछ । महिला र पुरुष टिम प्रथम हुनेले क्रमश पाँच हजार रुपैयाँ, ट्रफि, प्रमाण पत्र पाउने छ भने महिला र पुरुष उत्कृष्ट बक्सरले जनही पाँच हजार रुपैयाँ र एक जाेर ग्लाेब्स पाउने आयाेजकले जनाएकाे छ ।
मकवानपुर जिल्ला हेटौंडा उपमहानगर पालिका-४ पारिजातपथ स्थित हेटौंडा कभर्डहलमा आयाेजना हुने उक्त प्रतियोगितामा सहभागी खेलाडीहरुलाई सरकारी नियामानुसार यातायात खर्च, आवास तथा खाना बापत १५००/- मा १५% करकट्टी गरिहुन आउने रकम दैनिक भत्ताकाे व्यबस्था गर्ने समेत जनाएकाे छ । प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशले विनियोजन गरेकाे ३५ लाखकाे लागतमा नेपाल बक्सिङ संघकाे तत्वाधानमा आयाेजना हुन लागेकाे उक्त नाेभिस बक्सिङ प्रतियोगितामा देशैभरिबाट पहिलाे पटक रिङमा प्रवेश गर्ने खेलाडीहरुकाे सहभागीता रहने र खेल ईबाकाे नियम अनुसार खेलाईने छ भने ५ जना महिला तथा पुरुष खेलाडी सहभागी टिममा एक जना प्रशिक्षक मात्र र छ जना भन्दा बढी महिला तथा पुरुष खेलाडी सहभागी टिममा एक जना प्रशिक्षक र एकजना ब्यबस्थापक मात्र सहभागी हुन पाउने आयाेजकले जनाएकाे छ ।
हेटौंडा स्थित राेड हाउस रिसाेर्टमा मकवानपुर जिल्ला बक्सिङ संघकाे अध्यक्ष दिपेश जाेशीकाे संचालन तथा प्रदेश खेलकुद विकास परिषदका बाेर्ड सदस्य धनकुमार मैनालीकाे अध्यक्षतामा आयाेजित पत्रकार सम्मेलन मार्फत उक्त प्रतियोगिताकाे विषयमा पत्रकार सम्मेलन मार्फत जानकारी गराएकाे थियाे ।
पत्रकार सम्मेलनमा नेपाल बक्सिङ संघका महासचिव सविन भट्टचार्यकाे विशेष उपस्थिति रहेकाे थियाे । भने मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेष खड्गी, राखेप सहायक बक्सिङ प्रशिक्षक लाल बहादुर पाैडेल, हेटौंडा उमनपा-५ का वडा अध्यक्ष तथा जिल्ला बक्सिङ संघका उपाध्यक्ष सुशील घिमिरे, अन्तर्राष्ट्रिय वान स्टार रेफ्री/जज द्वय ईन्द्र बहादुर श्रेष्ठ, अनिल प्रसाद दाहाल लगाएत खेलाडी तथा खेलप्रेमी महानुभावहरुकाे उपस्थिति रहेकाे थियाे ।
मिति: २०७९/१०/२३
प्रेस विज्ञप्ति
बिषय : अल नेपाल नोभिस महिला तथा पुरुष बक्सिङ प्रतियोगिता-२०७९
उपर्युक्त सम्बन्धमा बक्सिङ खेलको विकास र बिस्तारको लागि पहिलो पटक रिङमा खेल खेल्न प्रोत्साहन गर्ने हेतुले बागमती प्रदेशको राजधानी मकवानपुर जिल्ला हेटौडा उ.म.न.पा वडा ४ स्थित हेटौडा कभर्डहलमा नेपाल बक्सिङ संघको तत्वाधान तथा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेश र मकवानपुर जिल्ला बक्सिङ संघको संयुक्त आयोजनामा मिति २०७९ फाल्गुण १५ गते देखि २० गते सम्म अल नेपाल नोभिस महिला तथा पुरुष बक्सिङ प्रतियोगिता-२०७९ संचालन हुने जानकारी गराउन चाहन्छौँ | यस प्रतियोगितामा योग्यता पुगेको नेपाली महिला तथा पुरुष खेलाडीहरु देशै भरी बाट सहभागिताका लागि हार्दिक निमन्त्रणा गर्दछौ ।
तपशिल:
१.प्रतियोगिताको नाम: अल नेपाल नोभिस महिला तथा पुरुष बक्सिङ प्रतियोगिता-२०७९(All Nepal Novice Man and Women's Boxing
Championship-2079)
२.प्रतियोगितको बजेट: ३५०००००/-(अक्षरुपि पैतिस लाख)
३.तौल समुह:
महिला: ४८ के.जी, ५० के.जी, ५२ के.जी, ५४ के.जी, ५७ के.जी, ६० के.जी, ६३ के.जी, ६६ के.जी
पुरुष: ४८ के.जी, ५१ के.जी, ५४ के.जी, ५७ के.जी, ६० के.जी, ६३.५ के.जी, ६७ के.जी, ७१ के.जी, ७५ के.जी
४.सहभागी खेलाडीकाे जन्म मिति : यस प्रतियोगितामा मिति २०५९/०१/०१ देखि २०६२/१२/३० सम्म जन्मेका खेलाडीहरुले मात्र सहभागिता जनाउन पाउनेछ |
५.प्रतियोगिता आयाजना मिति/स्थान: २०७९ फाल्गुण १५ गते देखि २० गते सम्म/ हेटौडा कभर्डहल, हेटौडा उ.म.न.पा वडा ४, पारिजातपथ ।
६.स्वास्थ्य परिक्षण तथा ताैल लिने मिति/समय: फाल्गुण १६ गते बिहान ७ देखि ९ बजे सम्म ।
७.पोशाक: रिङ पोशाक तथा अन्य आवश्यक समाग्री आफै व्यवस्था गर्नु पर्ने ।
८.नियमानुसार यातायात खर्च (गाडी भाडा मात्र) दिईनेछ ।
९.आवास तथा खानाको लागि रु १५०० मा १५% करकट्टी गरी दैनिक भत्ता दिईनेछ । जसमा प्रतियोगिताको अवधि बाहेक आएको दिन र गएको दिन गरी जम्मा १ दिनको मात्र अतिरिक्त भत्ता उपलब्ध गराइनेछ ।
१०.प्रतियोगिता सम्बन्धि नियम:
क. IBA को नियम अनुसार खेलाईनेछ ।
ख. ३/३ मिनेटको ३ राउण्ड र बिचमा १/१ मिनेट बिश्राम दिईनेछ ।
ग. प्रदेश प्रतियोगिता, राष्ट्रब्यापी/अन्तराष्ट्रिय बक्सिङ प्रतियोगिताहरुमा सहभागी जनाएका खेलाडीहरुले यस खेलमा सहभागी हुन पाउने छैन ।
घ.५ जना सम्म (महिला/पुरुष) खेलाडी सहभागी भएको टिमबाट १ जना मात्र प्रशिक्षक आउन पाउने छ भने ६ वा ६ भन्दा बढी (महिला/पुरुष) खेलाडीहरु सहभागी टिमबाट १ जना प्रशिक्षक र १ जना व्यवस्थापक आउन पाउनेछ ।
ङ. २०७९ फाल्गुण १ गते भित्र खेलाडी र अफिसियलको नामावली सहित टिम दर्ता गराईसक्नु पर्नेछ ।
च.एक टिमबाट एक तौल समूहमा एक जना मात्र खेलाडी सहभागिता गराउन पाउनेछ ।
छ.प्रतियोगितामा कुनै विवाद आएमा आयोजकको निर्णय अन्तिम हुनेछ । बाउट रिभिउ तथा प्रोटेस्ट लाग्ने छैन ।
११.डकुमेन्ट:
क.नेपाली नागरिकताको सक्कल प्रति अनिवार्य ल्याउनु पर्नेछ ।
ख.IBA रेकर्ड बुक अनिवार्य ल्याउनु पर्नेछ । नभएमा रु ५००|- तिरी नयाँ बुक लिन पाउनेछ ।
१२.पुरस्कार रकम :
प्रथम : १००००, मेडल, प्रमाणपत्र
द्वितीय : ५०००, मेडल, प्रमाणपत्र
तृतीय (२ जना): ३०००, मेडल, प्रमाणपत्र
टिम च्याम्पियन: शिल्ड, प्रमाणपत्र
उत्कृष्ट बक्सर (महिला/पुरुष): बक्सिङ ग्लोब्स, ५०००
१३.अन्य कुनै जिज्ञासा वा सुझाब भएमा ९८५१००५९०९/९८४५१०४९५४/९८५११४७६२० मा सम्पर्क गर्नुहोला ।
नोट: यदि कसैले नन-बक्सरहरुलाई लिएर आई प्रतियोगितामा सहभागी गराउने कार्य गरेमा आयोजक कमिटिले त्यस्ता टिमको व्यवस्थापन खर्च व्यहोर्ने छैन ।
आयोजक:
प्रदेश खेलकुद विकास परिषद
बागमती प्रदेश, हेटौडा
तथा
मकवानपुर जिल्ला बक्सिङ संघ


ताजा समाचार
युवा मुक्केबाजहरु विशेष प्रशिक्षणका लागि भारत प्रस्थान

ललितपुर । भारतीय बक्सिङ संघकाे आयाेजनामा यही २०२३ मार्च २५ देखि अप्रिल ६ तारिख सम्म भारतकाे राेतक शहर हरियानामा शुरुहुन गईरहेकाे बहुराष्ट्रिय बक्सिङ प्रशिक्षण शिबिरमा सहभागी हुन नेपाली युवा मुक्केबाजहरु भारत प्रस्थान गरेका छन् ।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले युवा मुक्केबाजहरु वाङ्दि छिरिङ शेर्पा, रिजन गुरुङ, आयुस थापा, प्रवल उप्रेती, राेशन ठाकुरलाई खादामाला लगाई यात्रा सफलता सहित राम्राे प्रशिक्षण लिनका लागि शुभकामना दिनुभएका थियाे ।
सदस्य सचिव घिसिङले युवा खेलाडीहरु यसरी खेलकुदमा देखा पर्दा आफू पनि युवा नै रहेकाे र आफुमा अझ बढि जाेसजाँगर पैदाहुने बताए । उहाँले खेलाडीहरुले स्फुर्तरुपमा खेल खेल्न पाउने वातावरण बनाउन संघ, परिषद र सरकार कामदारकाे भुमिकामा रहेकाेले खेलाडीले आफ्नाे ध्यान आकर्ष गराई हामीलाई पछि-पछि दाैडिने वातावरण बनाउन युवा खेलाडीहरुलाई हाैसल प्रदान गर्नुभएका थियाे ।
नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेकाे अध्यक्षतामा आयाेजित खेलाडी बिदाई कार्यक्रममा सदस्य सचिव घिसिङले बक्सिङ खेलले एक पछि अर्काे सफलता हासिल गर्दै अगाडि बढेकाे र बक्सिङ प्रशिक्षणकाे लागि अतिआबश्यबक अन्तर्राष्ट्रिय स्तरकाे बक्सिङ कभर्डहल निर्माणमा आफ्नाे चासाे र चिन्ता भएकै कारण डिपिआर गर्न आबश्यक जनशक्ति परिचालन गरेकाे र आगामी वर्ष बजेट समेत बिनियाेजन गर्ने बताउनु भयाे ।
सन् २००४ र २००५ मा जन्म भएका उदयमान युवा खेलाडीहरुकाे लागि तयार पारिएकाे उक्त बिशेश बक्सिङ प्रशिक्षणमा नेपाल लगाएत अन्य थुप्रै राष्ट्रहरुकाे सहभागीता रहने छ । उक्त प्रशिक्षण शिबिरलाई नेपाल बक्सिङ संघले एएसबिसी यूथ मेन एण्ड उमन्स बक्सिङ च्याम्पियनसिपकाे तयारीकाे रुपमा राखेकाे बताएकाे छ ।
उक्त शिबिरमा एएसबिसी जुनियर बक्सिङ च्याम्पियनसिपमा काँस्य पदक विजेता तथा राष्ट्रिय खेलकुद परिषदद्वारा प्रदान गरिएकाे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कार -२०७८ काे पुरस्कार (नगद एक लाख पचास हजार) विजेता वाङ्दि छिरिङ शेर्पा (टाेलि नेता) सहित प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेश र मकवानपुर जिल्ला बक्सिङ संघकाे आयाेजनामा भर्खरै सम्पन्न अल नेपाल नाेभिस बक्सिङ प्रतियोगिता -२०७९ मा स्वर्ण पदक विजेता खेलाडीहरु प्रबल उप्रेती र आयुस थापा सहित रिजन गुरुङ, राेशन ठाकुर र बरिस्ठ बक्सिङ प्रशिक्षक ओलम्पियन डम्बर दत्त भट्ट सहभागी रहेकाछन् ।
खेलाडी बिदाई कार्यक्रममा संघका उपाध्यक्ष किरण बहादुर श्रेष्ठ, सदस्यहरु मान बहादुर भण्डारी, श्यामकाजी अवाले, आईटिओ पुष्करराज पन्त, प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशका बाेर्ड सदस्य तथा आईबा टु स्टार रेफ्री/जज धनकुमार मैनाली लगाएत खेलप्रेमी महानुभावहरुकाे उपस्थिति रहेकाे थियाे ।
बागमती प्रदेशबाट प्राे बक्सिङमा सहभागी हुने

काठमाडौं । नेपाल प्राेफेशनल बक्सिङ संघकाे तत्वावधानमा यूनाईटेड प्राेफेशनल बक्सिङले लुम्बिनी टाईगर प्यालेस रिसाेर्टमा आयाेजना गरेकाे यूनाईटेड प्राेफेशनल बक्सिङ फाईट क्लब नेपाल एडिशनमा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशबाट खेलाडी सहभागी हुनेभएका छन् ।
नियमित रुपमा बक्समाण्डु बक्सिङ क्लबमा प्रशिक्षण गरिरहेका बागमती प्रदेशका बक्सिङ खेलाडीहरु लक्ष्मण राई, शुलभ मालाकार र मनाेज तामाङ सहित प्रशिक्षकहरु सन्दिप श्रेष्ठ, उमेश कटुवाल र चन्द्र तामाङलाई आज बक्समाण्डु बक्सिङ क्लबकाे हलमा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका बाेर्ड सदस्य धनकुमार मैनालीले विदाई गरेका थिए ।
प्राे बक्सिङका लागि बागमती प्रदेशबाट सहभागी खेलाडीहरु लक्ष्मण राई (५० केजी), शुलभ मालाकार (५७ केजी) र मनाेज तामाङ (७६ केजी) ताैल समुहमा ईन्डियाका खेलाडीहरु क्रकश: शुभम चाैहान, विनय बर्मा र कुल्दिप सिंहसंग प्रतिस्पर्धा गर्नेछन् । २०२३ मार्च २५ तारिखमा आयाेजना हुने प्राे बक्सिङमा विजेताले १५ हजार र उपविजेताले १० हजार नगत सहित मेडल र प्रमाणपत्र पाउनेछन् ।
उसु महासंघको अध्यक्षमा जनक बर्तौला निर्विरोध

काठमाडौं । नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । शनिबार समपन्न महासंघको साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्वारोध चयन गरेको हो ।
वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेकविक्रम शाह र दीपक लामा, महासचिवमा नवराज ढुंगाना, उप–महासचिवमा राजीव महर्जन, सचिवमा नविन बस्नेत तथा कोषाध्यक्षमा शंकर भुजेल निर्निरोध चुनिए ।
शुभराम मुनङ्गकर्मी, लव ढुंगाना, नविन महर्जन, राजेन्द्रकुमार राई, डम्बर यादव, शर्मिला कारिन्जत, अन्जली थापा, तिलकबहादुर चौधरी, जनकराज उपाध्याय, अजय बुढाथोकी, गजराज खड्का र रामबहादुर राना भुषाल सदस्यमा चयन भए ।
राखेपले गत पुस ५ गते तीन महिनाभित्र विधान स्वीकृत गराई निर्वाचन सम्पन्न गर्ने गरी बर्तौलाकै अध्यक्षतामा नेपाल उसु महासंघ, तदर्थ समिति गठन गरेको थियो ।
नव निर्वाचित पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गरेका थिए । नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले पदाधिकारीहरुलाई खादा लगाइ बधाई दिएका थिए । त्यसअघि साधारण सभाको राखेपका उपाध्यक्ष शिव कोइरालाले लाटिम्पाटमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।
साधारण सभामा केन्द्र, ४ प्रदेश र विभिन्न ३० जिल्लाका ६९ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।

काठमाडौं, २७ फागुन । बाराको कोल्हवी नगरपालिका-५ का वडाध्यक्ष पक्राउ परेका छन् । वडाध्यक्ष नन्दकिशोर चौधरीलाई प्रहरीले आज पक्राउ गरेको हो ।
वन डिभिजन कार्यालय बाराका वन अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ परेका हुन् । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए ।
घटनाको अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन
काठमाडौं । सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।
ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । योसँगै उनले माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो बनाएका छन् ।
सीविरुद्धमा कोही प्रतिस्पर्धी थिएनन् । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् । झाओ लेजी संसदका नयाँ सभामुख र हान झेंग उपाध्यक्षमा निर्वाचित भएका छन् ।
सुनचाँदीको मुल्य स्थिर, प्रतितोला कति ?

काठमाडौं, १६ फागुन । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन प्रतितोला एक लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख १ हजार तिन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार दुई सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।