मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

आजदेखि चिकित्सकको परामर्श शुल्क बढ्यो


२०८०, जेठ १, सोमबार

News Title

काठमाडौं, १ जेठ । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए ।

सङ्घले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपिडी) मा वैज्ञानिक तथा सरोकारवाला निकायको परामर्शको आधारमा शुल्क तोक्ने सकिने अख्तियारीलाई मुख्य आधार बनाएर नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिले सिफारिस गरेको आधारमा शुल्क बढाइएको उनले बताए ।

महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क रू नौ सय ४० देखि रू चार सय २० सम्म तोकिएको बताए । नयाँ शुल्कअनुसार पाँच वर्षसम्म अनुभव भएका एमवीवीए तथा बीडीएस तहका चिकित्सकको शुल्क रू चार सय २० र पाँच वर्षभन्दामाथि अनुभव भएकाको रू पाँच सय १५ तोकिएको छ । यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको रू पाँच सय ९० र त्योभन्दा बढी छ भने रू ६ सय ७० तथा पाँच वर्षसम्मको अनुभव भएका एमडी, एमएस, एमडिएस तहका चिकित्सकको रू सात सय ५० र पाँच वर्ष बढी अनुभव भएको रू आठ सय शुल्क तोकिएको छ ।

यस्तै पाँच वर्षसम्मको अनुभव भएका डिएम÷एमसीएच तहका चिकित्सकको रू आठ सय ८० तथा पाँच वर्षभन्दामाथि अनुभव भएका एमडी÷एमसीएच तहका चिकित्सकको रू नौ ४० र दस वर्ष भन्दामाथिको अनुभव भएका एमडी÷एमएस÷एमडिएसका चिकित्सकको रू नौ सय ४० शुल्क निर्धारण गरिएको छ ।

ताजा समाचार


बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

असार ३१ गते , २०८१ 
सिन्धुपाल्चोक । याङ्ग्री तथा इन्द्रावती नदीमा गत राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्‍याएको छ ।

७.५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र पावर हाउसमा क्षति पुर्‍याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ । साथै खाल्डेखोलादेखि तिपेनीसम्म सडकसमेत अवरुद्ध भएको छ । यस क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनसमेत चल्न नपाउँदा बिरामीसमेत मारमा परेका उनले बताए ।

त्यस्तै चिन्डे जतन जोड्ने र झोलुङ्गे पुल र याङ्ग्री पुल पनि बाढीले बगाएको स्थानीय ग्याल्बो साम्देनले बताए । याङ्ग्री तथा इन्द्रावती नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ । चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रेबालुवा र खाल्डेखोलाजस्ता बस्ती बजार र अस्पताल पनि जोखिममा रहेको बताइएको छ ।

मेलम्ची, इन्द्रावती तथा पाँचपोखरी जोड्ने मेलम्चीमा गत वर्ष मात्रै बनेको ‘बेलिबृज’ पनि जोखिममा परेको छ । त्यस्तै मेलम्चीमा नवनिर्मित बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्डहल समेत बाढीको जोखिममा बताइएको छ । यसैगरी अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका ३ र ५ जोडिने खाग्दल खोलामा रहेको ‘बेलिबृज’ बाढीले बगाएको छ ।



पुरा हेर्नुहोस्

कोलम्बियालाई हराउँदै अर्जेन्टिना लगातार दोस्रोपल्ट कोपा अमेरिका च्याम्पियन

असार ३१, २०८१
काठमाडौँ । सब्स्टिच्युट लउटारो मार्टिनेजले अतिरिक्त समयमा गरेको गोलमा अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा कोलम्बियालाई १–० ले पराजित गर्दै सोमबार उपाधि जितेको छ । यससँगै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले उपाधिको रक्षा पनि गरेको छ ।

विश्व च्याम्पियन पनि रहेको अर्जेन्टिनाले कोपा अमेरिका जितेको यो लगातार दोस्रो पल्ट हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगेपछि प्रतिस्पर्धा अतिरिक्त समयमा गएको हो ।

यसको १ सय १२ औं मिनेटमा जियोभानी लो सेल्सोको सटिक पासमा इन्टर मिलानका फरवार्ड मार्टिनेजले गोल गरेका हुन् । यस जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको सबैभन्दा सफल टिम भएको छ ।

उसले दक्षिण अमेरिकी फुटबलका सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो १६ पटक हो । यसअघि १५ पटक जितेर उरुग्वेसँग बराबरीमा रहेको थियो ।

अर्जेन्टिनाका लागि एन्जेल डी मारियाले अन्तिम पटक खेले र यससँगै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । सम्भवतः आफ्नो अन्तिम कोपा अमेरिका खेलिरहेका लियोनल मेसी भने पूरा समय मैदानमा रहेनन् । चोटका कारण खेलको ६५ औं मिनेटमा उनी मैदान छाड्न बाध्य रहे ।



पुरा हेर्नुहोस्

राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सम्पन्न

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले २० औं एसियाली खेलकुद र विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि मिसन २०२६ अन्तर्गत आ.व. २०८०/०८१ को राष्ट्रिय टिम तयारीको विशेष प्रशिक्षण सम्पन्न भएकाे छ । राखेपका सदस्य–सचिव टंकलाल घिसिङले आफ्नो पदभार ग्रहण गरेपछि खेलकुद बिमा र राष्ट्रिय टिम तयारीलाई विशेष प्राथमिकता दिएको बताउँदै दुबै मुख्य कार्य पूरा भएको बताएका छन् ।

उक्त अवसरमा, सदस्य घिसिङले आ.व. २०८१/०८२ को विशेष प्रशिक्षण पनि चाँडै सुरु हुने घोषणा गरेका छन् । नेपाली खेलकुदको इतिहासमा कुनैपनि एसियाली खेलकुद सम्पन्न भएको लगत्तै आगामी संस्करणका लागि यति लामो समयको तयारी सुरु गरिएको यो पहिलो पटक हो।

राखेपले २०८० साल माघ १५ देखि मिसन २०२६ अन्तर्गत पहिलो चरणमा कराते, तेक्वान्दो, उसु, जुडो, र बक्सिङलाई समावेश गरी विशेष प्रशिक्षण सुरु गरेको थियो । दोस्रो चरणमा, २०८१ साल जेठ ६ गतेदेखि महिला कबड्डी, महिला भलिबल, भारोत्तोलन, कुस्ती, र एथलेटिक्स थप्दै खेल संख्या १० पुर्‍याइएको थियो । जापानमा हुने २० औं एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित मिसन २०२६ को सुरुवात गरिएको हो ।

कार्यक्रममा राखेपका सदस्य पेमा डोल्मा लामा, प्रकाशकुमार कुसारी, विना श्रेष्ठ, अञ्जना श्रेष्ठ, विशेष प्रशिक्षणमा रहेका खेलका राष्ट्रिय संघका पदाधिकारी, खेलाडी, प्रशिक्षकको उपस्थिति रहेको थियो ।



पुरा हेर्नुहोस्


बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनामा क्षति

असार ३१ गते , २०८१ 
सिन्धुपाल्चोक । याङ्ग्री तथा इन्द्रावती नदीमा गत राति आएको बाढीले इन्द्रावती तेस्रो जलविद्युत् आयोजनालाई क्षति पुर्‍याएको छ ।

७.५ मेगावाट क्षमताको आयोजनाको पाँचपोखरीको तिपेनीमा रहेको ड्याम बालुवाले भरिएको, ‘सवस्टेसन’ र पावर हाउसमा क्षति पुर्‍याएको पाँचपोखरी थाङपाल गाउँपालिकाका अध्यक्ष टासी लामाले जानकारी दिए ।

जिल्लाको क्षेत्र नम्बर २ का अधिकांश भागमा विद्युत् सेवा अवरुद्ध भएको छ । साथै खाल्डेखोलादेखि तिपेनीसम्म सडकसमेत अवरुद्ध भएको छ । यस क्षेत्रमा जाने वैकल्पिक सडक नहुँदा अत्यावश्यक यातायातका साधनसमेत चल्न नपाउँदा बिरामीसमेत मारमा परेका उनले बताए ।

त्यस्तै चिन्डे जतन जोड्ने र झोलुङ्गे पुल र याङ्ग्री पुल पनि बाढीले बगाएको स्थानीय ग्याल्बो साम्देनले बताए । याङ्ग्री तथा इन्द्रावती नदी तटीय क्षेत्रको खेतीयोग्य जमिन बगाएको छ । चिनियाँपुल, माझीरुम्टी, तिपेनी, खस्रेबालुवा र खाल्डेखोलाजस्ता बस्ती बजार र अस्पताल पनि जोखिममा रहेको बताइएको छ ।

मेलम्ची, इन्द्रावती तथा पाँचपोखरी जोड्ने मेलम्चीमा गत वर्ष मात्रै बनेको ‘बेलिबृज’ पनि जोखिममा परेको छ । त्यस्तै मेलम्चीमा नवनिर्मित बसपार्क, खेलमैदान र निर्माणाधीन कभर्डहल समेत बाढीको जोखिममा बताइएको छ । यसैगरी अरनिको राजमार्गअन्तर्गत बाह्रबिसे नगरपालिका ३ र ५ जोडिने खाग्दल खोलामा रहेको ‘बेलिबृज’ बाढीले बगाएको छ ।

पुरा हेर्नुहोस्


कोलम्बियालाई हराउँदै अर्जेन्टिना लगातार दोस्रोपल्ट कोपा अमेरिका च्याम्पियन

असार ३१, २०८१
काठमाडौँ । सब्स्टिच्युट लउटारो मार्टिनेजले अतिरिक्त समयमा गरेको गोलमा अर्जेन्टिनाले कोपा अमेरिकाको फाइनलमा कोलम्बियालाई १–० ले पराजित गर्दै सोमबार उपाधि जितेको छ । यससँगै डिफेन्डिङ च्याम्पियन अर्जेन्टिनाले उपाधिको रक्षा पनि गरेको छ ।

विश्व च्याम्पियन पनि रहेको अर्जेन्टिनाले कोपा अमेरिका जितेको यो लगातार दोस्रो पल्ट हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा टुंगेपछि प्रतिस्पर्धा अतिरिक्त समयमा गएको हो ।

यसको १ सय १२ औं मिनेटमा जियोभानी लो सेल्सोको सटिक पासमा इन्टर मिलानका फरवार्ड मार्टिनेजले गोल गरेका हुन् । यस जितसँगै अर्जेन्टिना कोपा अमेरिकाको सबैभन्दा सफल टिम भएको छ ।

उसले दक्षिण अमेरिकी फुटबलका सबैभन्दा ठूलो प्रतियोगिता जितेको यो १६ पटक हो । यसअघि १५ पटक जितेर उरुग्वेसँग बराबरीमा रहेको थियो ।

अर्जेन्टिनाका लागि एन्जेल डी मारियाले अन्तिम पटक खेले र यससँगै उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् । सम्भवतः आफ्नो अन्तिम कोपा अमेरिका खेलिरहेका लियोनल मेसी भने पूरा समय मैदानमा रहेनन् । चोटका कारण खेलको ६५ औं मिनेटमा उनी मैदान छाड्न बाध्य रहे ।

पुरा हेर्नुहोस्


गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक

असार २७ बिहिवार २०८१

काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा ’माया पिरतीको गाउँ ’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

’माया पिरतीको गाउँ ’ बोलको सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ ।

गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी भावनालाई एक आपसमा कदर गर्नुपर्ने कुरा गीतमा गरिएको छ ।

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


लेख तथा रचना


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ कोलम्बियालाई हराउँदै अर्जेन्टिना लगातार दोस्रोपल्ट कोपा अमेरिका च्याम्पियन
  • ⇒ अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प गोली प्रहारबाट घाइते, दुईको मृत्यु
  • ⇒ युक्रेनसँग शान्ति वार्ता सुरु गर्न पुटिनले राखे दुई शर्त
  • ⇒ २० वर्षपछि सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, लद्दाखदेखि फ्लोरिडासम्म रङ्गीन प्रकाश देखियो
  • ⇒ रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ कोलम्बियालाई हराउँदै अर्जेन्टिना लगातार दोस्रोपल्ट कोपा अमेरिका च्याम्पियन
  • ⇒ डा रुइतलाई श्रीपति समाजसेवा पुरस्कार
  • ⇒ मानव सेवा आश्रमलाई नबिल बैंकले दियो २ थान उद्धार वाहन
  • ⇒ वर्षायाम लागेसँगै नेपालमा नाइरोबी फ्लाइ किराको आतंक डा. बिकास पाैडेल
  • ⇒ गायिका नम्रता खरेलको स्वरमा’माया पिरतीको गाउँ ’ सार्वजनिक
  • अरु हेर्नुहोस्