मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

कृष्णभिर भिडन्तकाे बृतान्त यमबहादुर अधिकारी ‘प्रतीक्षा’जनमुक्ति सेना, चौथो डिभिजन कमान्डर


२०७७, कार्तिक २, आइतबार

News Title

१० वर्ष लामो जनयुद्धको इतिहासमा कृष्णभीर भिडन्त एउटै घटना हो, जहाँ माओवादीले दिउँसैको आक्रमण-योजना बनाएर लडेका थिए । करिब चार वर्षअगाडिको सो भिडन्त’bout आक्रमणका कमान्डर भन्छन्, ‘त्यो क्षण अहिले सम्झिँदा चलचित्रजस्तो लाग्छ ।’
जम्मा पैंतालीस मिनेटसम्म चलेको सो भिडन्त माओवादी जनयुद्धको प्रत्याक्रमण चरणको पहिलो योजना र पहिलो कारबाही थियो । एउटा टेलिभिजनले प्रत्यक्ष प्रसारण नै गरेको उक्त भिडन्तका योजनाकार थिए, जनमुक्ति सेनाका वासु स्मृति ब्रिगेडका तत्कालीन ब्रिगेड कमान्डर यमबहादुर अधिकारी ‘प्रतीक्षा’ । नवलपरासी, झ्याल्टुङडाँडास्थित चौथो डिभिजनको मुख्यालयमा नयाँ पत्रिकासित कुरा गर्दै उनले उक्त आक्रमणको योजना र तयारी तीन दिन मात्र भएको बताए । राजमार्ग र कृष्णभीर क्षेत्रको भूगोल’bout पूर्ण जानकारी भएकाले छोटो अवधिमै तयारी पूरा भएको उनको कथन छ ।
मझिमटार बेसक्याम्पबाट कृष्णभीर झन्डै अढाई किलोमिटरको दूरीमा छ भने हवाई रेन्जमा सात सय मिटरजति मात्र । प्रतीक्षाका अनुसार भिडन्त हुनुभन्दा केही दिनअघि मात्र मझिमटारमा सुरक्षाफौज ल्याएर राखिएको थियो । ‘डर लागेन । ’cause भूगोल, सूचना, जनता सबै हिसाबले बलिया थियौं,’ कमान्डर प्रतीक्षाले कृष्णभीर भिडन्तको स्मरण गर्दै भने, ‘तर दिउँसैको योजना बनाएर लडिएकाले अलिकति नर्भस थियौं ।’
त्यस घटनामा आफ्नोतर्फ कम्पनी कमान्डर लखन मारिएको र पाँचजना घाइते भएको उनले बताए । सुरक्षाकर्मीतर्फ भने कति मारिए वा घाइते भए भन्ने अनुमान गर्न नसकिने उनको भनाइ छ । ‘पाँचजनालाई कब्जा गरेका थियौं, त्यही दिन नेपाल वानका पत्रकारको रोहवरमा छाड्यौं,’ उनले भने ।
कृष्णभीर भिडन्त हुनुभन्दा दुई दिनअघि मात्र गजुरी सैन्य क्याम्पबाट हतियार लिएर ६ जना माओवादी कार्यकर्ता भागेका थिए । उनीहरू भागेपछि सेना उनीहरूको खोजमा बाहिर निस्कने सम्भावना रहेकाले योजना बताउन सजिलो भएको प्रतीक्षाले बताए । ‘रेक्की गर्ने गु्रप हिँडेपछि पछिपछि साथीहरूलाई कोचिङ गरी मुभ गराएँ,’ उनले भने, ‘जम्मा ४५ मिनेटजति भिडन्त भयो होला । पछि सर्च गर्दा सवा घन्टाजति लाग्यो कि ?’
माओवादीले जनयुद्ध प्रत्याक्रमण चरणमा प्रवेश गरेको केही दिनमै कृष्णभीर कारबाही गरेको थियो । कृष्णभीर कारबाही जनयुद्धको प्रत्याक्रमण चरणको पहिलो योजना र पहिलो कारबाही थियो । माओवादीले जनयुद्धलाई रक्षात्मक, सन्तुलन र प्रत्याक्रमण नाम दिएको छ । प्रतीक्षाले कृष्णभीरलाई छनोट गर्नुका धेरै कारण बताए । विद्यार्थी राजनीति गर्दा जनयुद्धपूर्व नै त्यस क्षेत्रमा काम गरेकाले त्यस ’roundको भूगोलको उनले राम्ररी अध्ययन गरेका थिए । त्यस ’round थुप्रै एम्बुस थापेको उनीसँग अनुभव थियो । राजमार्ग कहाँ कस्तो अवस्थामा छ भन्ने कुरा आफूलाई जानकारी रहेको उनले दाबी गरे ।
‘त्यही कृष्णभीरकै छेउ भैंसेगौंडा, कृष्णभीरको पश्चिमपट्टिको जबाङखोलामा दुईचोटि एम्बुस, चितवनको सिमलटारका थुप्रै ठाउँमा कारबाही गरेको अनुभव थियो,’ प्रतीक्षाले भने, ‘अर्को कारण थियो, ‘दुश्मन’ आउँछ भन्ने ग्यारेन्टी, त्यस ’roundका जनता हाम्रा सहयोगी, त्यस ठाउँमा लड्नका लागि हामीसँग जनशक्ति, हतियार पुग्दो थियो ।’
प्रतीक्षा जनयुद्ध अवधिभर सानाठूला गरी जम्मा ८१ वटा ‘कारबाही’मा सहभागी भए जसमध्ये २६ वटाको उनी आफैंले कमान्ड गरेका थिए । ‘सदस्यले आफ्नो जिम्माको क्षेत्रबाट कसरी लड्ने भन्ने मात्र हुन्छ भने कमान्डरलाई सबै कमान्डको चिन्ता हुन्छ,’ उनले अनुभव सुनाए ।
यमबहादुर अधिकारी ‘प्रतीक्षा’ जनमुक्ति सेना, चौथो डिभिजन कमान्डर
१ मंसिरको बिहान पातलो कुहिरो लागेको थियो । मौसम चिसो थियो । अन्तिम सेल्टरबाट अघिल्लो राति ११ बजेतिर नै कृष्णभीर पुग्यौं । कुहिरोमा बिहानसम्म तयारी गरिरहेका थियौं । बाटोमा हिँडिरहेका थियौं । शाही सेना सके बिहानै नभए बेलुकीसम्म त पक्कै आइपुग्छ भन्ने लागेको थियो । बिहानपख माइन राख्दै गर्दा अचानक विस्फोट भयो । विस्फोट भएपछि उनीहरूले थाहा नपाउने कुरै भएन । त्यो रिमोट माइन थियो । त्यस्ता माइन अलि सेन्सेटिभ पनि हुन्छन् । माइन पड्केपछि सेना आउने कुरामा झन् ढुक्क भइयो । हामी त भोलिसम्म सेना आए पनि लड्ने तयारीसाथ पुगेका थियौं ।
विभिन्न ठाउँमा १४ वटा माइन राख्यौं । माइन सडकमै राखेका थियौं । कारबाहीका योजना कार्यान्वयनमा जहिले पनि दुश्मनको ढोकामा नै गुप्तचर खटाएका हुन्छौं । त्यसमा जनताले सघाएका हुन्छन् । त्यस कारबाहीमा पनि दुश्मनको ढोकामै हामीले गुप्तचर खटाएका थियौं । मिनेट-मिनेटमा जानकारी आइरहेको थियो ।
समय त अहिले बिर्सें, मेरो सञ्चार सेट बज्यो, ‘गजुरीबाट दुश्मन निस्क्यो’ भनेर । त्यसपछि त सेट लगातार बज्न थाल्यो, ‘गजुरीबाट सेनाको गाडी निस्क्यो । …मलेखु आइपुग्यो । … विशालटार आइपुग्यो । चरौंदी पुलनेर आइपुग्यो ।’ त्यसपछि अन्तिम जानकारी आयो, ‘अब दस सेकेन्डमै आइपुग्छ । ल अब तयार हुनुस् ।’ त्यसपछि सबै कमान्डरलाई ‘अब आइपुग्यो तयार हुनुस्’ भनेर एलर्ट गराएँ ।
म पहिरोको पश्चिमपट्टकिो मोहडामा बसेको थिएँ । जहाँबाट टाढासम्म पनि शाही सेना आएको सजिलै देख्न सक्थें । अग्लो तर भिरालो ठाउँ थियो । त्यहाँबाट अन्य कमान्डरहरूलाई कमान्ड गर्न सजिलो हुन्थ्यो ।
कहाँ बसेर लड्ने ? कसरी कहाँबाट लडाइँ लडाउने भनेर पहिले नै मैले राम्ररी हेरिसकेको थिएँ । यी सारा कुरा मैले तीन दिनमै गरेको थिएँ । मेरा साथीहरूलाई यहाँबाट लडाउँछु, म यहाँ बसेर कमान्ड गर्छु भन्ने सबै कुरा पहिल्यै तय गरेको थिएँ । लडाइँ जसरी पनि जित्छौं भन्नेमा ढुक्क थिएँ । त्यसका लागि हामीले दुश्मनलाई बोलाउन धेरै कुर्नुपर्ने अवस्था पनि थिएन । अघिल्लो दिन मात्र मझिमटार, जहाँ अहिले सैन्य क्याम्प राखिएको छ, त्यहाँ सेना बसेका थिए । त्यसकारण त्यसको सपोर्टका लागि भए पनि सेना जरुर बाहिर आउँछ भन्ने थियो । फेरि कृष्णभीर ब्यारेकदेखि नजिक पनि थियो । त्यो ठाउँ अढाई किलोमिटर थियो । हवाई रेन्जबाट त सात सय मिटर जति होला ।
ठीक ८ बजेर १० मिनेट जाँदा गजुरीतिरबाट सेनाको ट्रक आयो । झन्डै पचास मिटरको दूरीमा पछिपछि बख्तरबन्द गाडी पनि आइरहेको थियो । ‘आउँदैछ’ भन्ने कुरा इन्टेलिजेन्सबाट थाहा पाइसकेको थिएँ । गाडीको आवाजले गर्दा उनीहरूले सुन्न सक्ने अवस्था थिएन । त्यसैले हाम्रा सबै कमान्डरले सुन्ने गरी ‘आक्रमणका लागि तयार होऊ’ भनें । उनीहरूले सुने । हाम्रो फोर्स त्रिशूली पारिपट्टि गोरखाको घ्याल्चोक साइडमा पनि तयारी पोजिसनमा बसेको थियो ।
हाम्रो माइननेर आउनेबित्तिकै ट्रक र बख्तरबन्द दुवैलाई निशाना बनाएर माइन ड्याम्म पड्कियो । त्यस माइनको नाम थियो ‘गमला माइन’ । धूलोको कुहिरीमण्डली छुट्यो । कृष्णभीर धूलोले छोपियो । ट्रक पर्‍यो तर बख्तरबन्दचाहिँ फुत्किहाल्यो । उनीहरू चिच्याउन थाले । अन्धाधुन्द जिपिएमजी चलाउन थाले । उडेको धूलोमा रनभुल्ल परेका उनीहरू भएकै ठाउँमा हाम्रो समूह पुगिहाल्यो । माइन टिमपछि एलएमजी टिम तयार थियो ।
योजनाबमोजिम नै माइनको धूलोमा दुश्मनकहाँ पुगे, फस्ट एसल्टका साथीहरू । कम्पनी कमान्डर लखनको सुरुमै सहादत भइहाल्यो । घमासान लडाइँ चल्यो । ओहो, त्यसपछि त खेदाखेद सुरु भयो । ड्यामडुम गोलीको आवाजमा त्रिशूली नै थर्कियो । प्रत्यक्ष आँखाले देखेको, उनीहरू चारजना ठाउँमै ढले । घाइते कति भए कुन्नि ? अनुमान मात्र लाउन सकिन्छ । हाम्रोतर्फ चारजना घाइते भए । उनीहरू पाँचजना हाम्रो कब्जामा परे । एकजना पत्रकारको रोहवरमा छोडिदियौं । ती नेपाल वानका पत्रकार थिए । उनी कृष्णभीरछेउकै गाउँमा आफ्ना आफन्तकहाँ पुगेका रहेछन् । हामी लडाइँका लागि अन्तिम तयारी गर्दै थियौं । उनी पुगे । लडिरहेको पनि उनले भिजुअल गरे । हामी लडिरहेको सारा जनताले टिभीबाट हेरेछन् ।
मैले आफैं त गोली चलाइनँ । आफ्नो सुरक्षाका लागि मसँग सानो हतियार त थियो । साथीहरूलाई कमान्ड गर्न नै ठिक्क हुन्छ कमान्डरलाई । दुश्मनका हतियार कब्जा गर्‍यौं । टु इन्च मोर्टार एक थान, इन्सास आठ थान, एसएलआर एक थान, एसएमजी दुई थान, टु इन्च मोर्टारको सेल १४ थान, विभिन्न हतियारका गोली पाँच हजारजति कब्जा गर्‍यौं । एउटा एलएमजी पनि पायौं । त्यो एलएमजीको रोचक कथा छ । शाही सेना हतियारसहितका देख्यौं । तर, कब्जामा पर्दासम्म उनीहरूले ती हतियार कहाँ लुकाए कहाँ । एकछिनमै बगर र जंगलमा ती हतियार हराए । पत्तै भएन । एलएमजी बोकेका तिनीहरूलाई कब्जामा त लियौं तर हतियार भेटिएनन् । एक महिनापछि जनताले एउटा एलएमजी भेटेर हामीलाई बुझाए ।
फाइटकै हिसाबले त ४५ मिनेटजति लड्यौं होला । पछि सर्च गर्दा यस्तै सवा घन्टा भयो कि ? राजमार्गमै यसरी दिउँसो घमासान नै लडेको पहिलो भए पनि त्यस्तो डर त लागेन । ’cause भूगोल, हाम्रो इन्टेलिजेन्स सबै त्यत्तिकै अनुकूल थिए । दिउँसो लड्दा पहलकदमी गुम्छ कि भन्ने कताकता डर त लाग्नु स्वाभाविकै हो ।
लडाइँ सकिँदा घाम लागेको थियो । लडाइँपछि गोर्खा जाने घ्याल्चोक पुल तरेर उकालियौं । दुईवटा हेलिकोप्टरले हामीलाई पिछा गर्दै बमबारी गरिरहेका थिए । हेलिकोप्टरले माथिबाट बमबारी गरिरहे, हामी आफ्नो सेल्टर पुग्न उकालिइरह्यौं । उकालोका गाउँमा जनताले ‘यहाँ हेर्नुस् तपाईंहरू लडेको टिभीमा आइरहेको छ’ भन्दै बोलाए । हामीले त आफैं उकालिइरहेको टिभीमा देख्यौं । जनता घरी हामीलाई हेर्थे घरी टिभीमा । त्यसपछि हामीले पनि हेर्‍यौं आफैंले लडेको टिभीमा । देख्दा एकछिन त होइन कि जस्तो पनि लाग्यो । आफू लडेको, उकालिएको, आकाशमा हामीलाई पिछा गर्दै हेलिकोप्टर उडेको । फिल्मजस्तो पो छ त !
कृष्णभीर कारबाही हाम्रो जनयुद्धको प्रत्याक्रमण चरणको पहिलो योजना र पहिलो कारबाही थियो । केही दिनअघि मात्र माओवादीले जनयुद्धको प्रत्याक्रमणको चरणमा प्रवेश गरेको घोषणा गरेको थियो ।
म सहभागी भएका जम्मा ८१ कारबाहीमध्ये कृष्णभीर मेरो ६७औं थियो । मैले कमान्ड गरेका जम्मा २६ कारबाहीमध्ये त्यो २३औं थियो । त्यसबेला म ३० वर्षको थिएँ र वासु स्मृति चौथो बि्रगेडको भर्खरै कमान्डर भएको थिएँ । ०५३ को धादिङको कटुन्जे एम्बुस मेरो पहिलो एक्सन हो भने पछिल्लो कपिलवस्तुको सदरमुकाम तौलिहवा एक्सन ।


ताजा समाचार


अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा वागमती पहिलो

मकवानपुर । प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा १ सय ४० पदकसहित वाग्मती प्रदेश पहिलो भएको छ । विभागीय टोली सहभागी नभएको यस प्रतियोगिताको समापन आइतबार भएको हो । वागमती पहिलो स्थानमा रहँदा सुदूरपश्चिम दोस्रो, कोशी तेस्रो, गण्डकी चौथो, लुम्बिनी पाँचौं, कर्णाली छैटौं र मधेश प्रदेश सातौं स्थानमा रहे । 

वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा चैत २५ बाट सञ्चालन भएको प्रतियोगितामा पुरुष फुटबलबाहेकको सबै खेल छिमेकी जिल्ला चितवनको भरतपुरमा सञ्चालन भएको थियो ।

हेटौंडा–६ स्थित गौरीटारमा भएको पुरुष फुटबलको फाइनलमा आइतबार कोशी प्रदेशले स्वर्ण पदक जित्न सफल भयो । कोशीले वागमतीलाई १–० गोलअन्तरले पराजित गर्‍यो । कोशीका लागि एक मात्र निर्णायक गोल निखिल तामाङले खेलको दोस्रो हाफमा फ्रिकिकमार्फत गरे ।

प्रतियोगितामा ६१ स्वर्णसहित ४२ रजत र ३६ कांस्य गरी १ सय ३९ पदक जित्दै प्रथम स्थान हाासिल गरेको वागमतीलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ट्रफी प्रदान गरेका थिए । उनले प्रतियोगितालाई आगामी संस्करणबाट थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउँदै लैजाने प्रतिबद्धतासमेत जनाए । वागमतीले महिला भलिबलसहित बक्सिङ र करातेमा ९/९, तेक्वान्दो र एथलेटिक्समा ७/७, पौडीमा २७ र ब्याडमिन्टनमा एउटा स्वर्ण पदक जितेको हो ।

सुदूरपश्चिम २१ स्वर्ण, २१ रजत र २९ कांस्य गरी कुल ७१ पदकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको कोशी प्रदेशले १६ स्वर्ण २३ रजत र ३६ कांस्य गरी ७५ पदक जितेको छ । गण्डकी प्रदेशले ११ स्वर्ण, १८ रजत र २० कांस्य गरी जम्मा ४९ पदक जितेको छ । लुम्बिनीले ११ स्वर्ण, १६ रजत र २८ कांस्य गरी ५५ पदक जित्यो भने कर्णाली प्रदेशले ११ स्वर्ण, १० रजत र २४ कांस्य गरी ४५ पदक जितेको हो । अंक तालिकाको पुछारमा रहेको मधेश प्रदेशले कुल ३ स्वर्ण, ३ रजत र १५ कांस्य गरी २१ पदक जितेको छ ।

प्रतियोगितामा विभिन्न खेलको लागि ७ वटा प्रदेशका १ हजार ७ सय ८५ जना खेलाडी, प्रशिक्षक, प्राविधिक टिम, निर्णायक र खेलाडी गरी २ हजार ७ सय ३० जनाले सहभागिता जनाएका थिए ।



पुरा हेर्नुहोस्

अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार देखि सुरुहुने

काठमाडौं । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ ।

प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।

प्रतियोगिताको उद्घाटन चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुनेछ । पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुनेछ । पुरुष फुटबल हेटौँडास्थित गौरीटार रंगशालामा हुनेछ ।

प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ। टिम च्याम्पियनलाई चाँदीको रनिङ शिल्ड प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १२ करोड खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको समापन बैशाख १ गते गौरीटार रंगशालामा हुनेछ ।



पुरा हेर्नुहोस्

सुष्मा र दीपक सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवमा बुधबार सुष्मा र दीपकसहित १८ जना बुधबार सम्मानित भएका छन् ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । ५ खेलाडी (१ पारासहित), समान १–१ प्रायोजक, स्थानिय तह र राष्ट्रिय खेल संघ, २ खेल पत्रकार तथा ८ कर्मचारी (२ करारसहित) लाई सम्मान गरिएको‌ छ।

सिनियरको पुरुषमा एथलेटिक्सका दीपक र बक्सिङकी सुष्माले ट्रफीसहित समान १ लाख रुपैयाँ प्राप्त गरे ।
गत वर्ष नवौं राष्ट्रिय खेलकुदको १० हजार किलोमिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका दीपक नेपालमै भएको १६ औं एसियाली क्रसकन्ट्री एथलेटिक्सका दोहोरो स्वर्ण विजेता हुन् ।

दीपकले दोश्रो राइट टु प्रोटिन हाफ म्याराथन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण तथा कान्तिपुर हाफ म्याराथनमा रजत जितेका थिए

सुष्माले थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली महिला बक्सिङ च्याम्पियनसिपमा रजत जित्दै इतिहास रचेकी थिइन् । नेपाली बक्सिङ खेलाडीले कुनैपनि एसियाली स्तरको बक्सिङमा रजत जितेको अहिलेसम्मकै पहिलो हो । सुष्माले नवौं राष्ट्रिय खेलकुदको ४८ केजीमा पनि स्वर्ण जितेकी थिइन् ।

जुनियरको पुरुषमा क्रिकेटका अर्जुन कुमाल र महिलामा पौडीकी डुवाना लामाले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारे । दुवैलाई जनही ५० हजार रुपैयाँ र ट्रफी प्रदान गरियो ।

नेपाललाई आईसीसी यु–१९ विश्वकपमा छनोट गराउन भूमिका खेल्ने एक मुख्य खेलाडी अर्जुन यु–१९ मा दुई शतक प्रहार गर्ने खेलाडी हुन् । डुवानाले नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण र १ रजत जितेकी थिइन् ।

पारा एथलिट खेलाडीको अवार्ड पौडीका भीमबहादुर कुमालले जिते । गत वर्ष भएको सुरेन्द्र स्मृति पारा पौडी प्रतियोगिताको ५० मिटर फ्रि स्टायलमा भीमले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए ।

खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत नवलपरासीको मध्यविन्दु नगरपालिकालाई उत्कृष्ट स्थानिय तह तथा नेपाल भलिबल संघलाई उत्कृष्ट राष्ट्रिय खेल संघका रुपमा पुरस्कृत गरियो । मध्यविन्दुका मेयर भिमलाल अधिकारी तथा भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अवार्ड ग्रहण गरे ।

कर्मचारीको प्रशासनिकतर्फ नायब वरिष्ठ प्रशासकिय अधिकृत भोजानन्द राईले सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, नायब वरिष्ठ प्रशासकिय अधिकृत सुनिलकुमार दाहालले उत्कृष्ट परिषद् सेवा पुरस्कार र नायब वरिष्ठ प्रशासकिय अधिकृत शारदा दाहालले परिषद् सेवा पुरस्कार प्राप्त गरे । प्रशिक्षणतर्फ नायब वरिष्ठ कुस्ती प्रशिक्षक मुम्ताज अली इद्रिसी सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, क्रिकेट प्रशिक्षक मन्जुर आलम खान उत्कृष्ट परिषद् सेवा पुरस्कार र भलिबल प्रशिक्षक उमादेवी गुरुङ परिषद् सेवा पुरस्कारबाट पुरस्कृत भए । सर्वोत्कृष्ट, उत्कृष्ट र परिषद् सेवा पुरस्कारबाट पुरस्कृत हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित पुरस्कारसहित ट्रफी पाए ।

कर्मचारीतर्फ नै इन्जिनियर सविन महर्जन तथा सहायक बक्सिङ प्रशिक्षक राज श्रेष्ठले करार सेवा पुरस्कार प्राप्त गरे । दुवैलाई जनही १० हजार नगदसहित ट्रफी प्रदान गरियो । खेल पत्रकार सम्मानबाट नेपाल टेलिभिजनका दुर्गानाथ सुवेदी (देवेन्द्र) र कान्तिपुर टेलिभिजनकी सविना कार्की सम्मानित भए । दुवैले ट्रफीसहित जनही २० हजार रुपैयाँ पाए ।

उनीहरुलाई राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय योगजना आयोगका सदस्य डा. उमाशंकर प्रसाद, राखेपका उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यक्रमबीच पुरस्कृत गरे । कार्यक्रममा वरिष्ठ हांस्य कलाकार, लोकप्रिय गायक राजेशपायल राईलगायतले प्रस्तुती दिएका थिए ।



पुरा हेर्नुहोस्


२ पूर्वसचिवसहित १३१ दोषी ठहर, ३ पूर्वमन्त्री र १ पूर्वसचिवलाई सफाइ

काठमाडौँ । ललिता निवास परिसरको करिब २ सय ८४ रोपनी जग्गा कानुनसम्मत मुआब्जा दिएर २०२१ सालमा अधिग्रहण भएकामा त्यसको करिब ३० वर्षपछि योजनाबद्ध रूपमा व्यक्तिका नाममा फर्काइएको थियो । २०५० देखि हिनामिना गरिएको जग्गा ३० वर्षपछि फेरि सरकारका नाममा ल्याउने गरी विशेष अदालतले फैसला गरेकाेछ ।

ललिता निवास जग्गा प्रकरणमा १३१ जना दोषी ठहर हुनेगरी विशेष अदालतले गरेको फैसलाको मुख्य सन्देश के हो ?

९३ वर्षअघि विसं १९८७ मा तत्कालीन राजा त्रिभुवनसँग मागेर प्रधानमन्त्री भीमशमशेरले हालको बालुवाटार क्षेत्रको २ सय ९९ रोपनी जग्गा आफ्नो नाममा पाएका थिए । ‘देवाली’, ‘सानु’, ‘तलेजु’ र ‘इन्द्रजात्रा’ गुठीका नाममा रहेको र केही किसानले जोतभोग गर्दै आएको यो जग्गा भीमशमशेरले पाएपछि उनले पर्खाल लगाएर घेरेका थिए । पर्खालमा लेखाइएको थियो– ललितादेवी । ललितादेवी राणाहरूकी कुलदेवीका नाममा पुजिन्थिन् । कुलका नाममा आएको जग्गा भीमशमशेरबाट छोरा हिरण्यशमशेर र उनका पनि छोरा सुवर्णशमशेरका नाममा सरेको थियो । २०१६ पुस १ मा ‘बिर्ता उन्मूलन ऐन’ जारी भएसँगै जग्गा प्राप्ति ऐनअनुसार तत्कालीन भोगाधिकारी सुवर्णशमशेरको परिवारबाट १४ रोपनी ११ आना जफत गरिएको थियो भने दुई सय ८४ रोपनी जग्गा अधिग्रहण गरेको थियो । अधिग्रहण गर्दा सरकारले सुवर्ण परिवारलाई १६ लाख रुपैयाँभन्दा बढी मुआब्जा दिएको थियो । सरकारले प्राप्त गरेको जग्गा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका नाममा राखिएको थियो ।

पञ्यायतकालमा राजकाज मुद्दा लगाएर जफत गरिएका जग्गा फिर्ता गर्न भनेर ०४७ मा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई अपव्याख्या गरेर मुआब्जा तिरेर अधिग्रहण गरिएका हदबन्दीभन्दा माथिका जग्गा पनि फिर्ता गर्ने योजना सफल पारिएको थियो ।

सरकारी अधिकारी र भूमाफियाको मिलेमतोमा हिनामिना गरिएको ललिता निवास परिसरको यो जग्गा अब भने सरकारका नाममा फिर्ता हुने भएको छ । यो प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा बिहीबार फैसला दिँदै विशेष अदालतले नेपाल सरकारका २ पूर्वसचिव र तत्कालीन भोगाधिकारी राणा परिवारका ५ सदस्यसहित १३१ जनालाई दोषी ठहर गरेको छ । सरकारका नाममा भएको जग्गा सुनियोजित रूपमा हडपिएकामा ती सबै प्रक्रिया खारेज गर्दै अदालतले दोषीलाई बिगो, कैद र जरिवाना तथा हिनामिना भएको जग्गा जफत गरेर सरकारकै नाममा ल्याउने गरी फैसला सुनाएको हो ।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पूर्वभूमिसुधार सचिव छविराज पन्त र पूर्वभौतिक योजना सचिव दीपबहादुर बस्न्यात तथा ललिता निवासका तत्कालीन भोगाधिकारीहरू सुनीति राणा, शैलजा राणा, हेमनशमशेर, हाटकशमशेर र रुक्मशमशेरसहितलाई दोषी ठहर गर्दै बिगोबमोजिम जरिवाना र कैद सजाय हुने गरी फैसला सुनाएको हो । विशेष अदालतका प्रवक्ता एवं उपरजिस्ट्रार धनबहादुर कार्कीले विभिन्न निर्णय प्रक्रियामा सामेल २ पूर्वसचिवसहित तत्कालीन भोगाधिकारी, नक्कली मोही, जग्गा हिनामिनामा संलग्न कर्मचारी र मतियारका रूपमा काम गर्नेसहितलाई दोषी ठहर र हिनामिना भएको १ सय ३६ रोपनी जग्गा पनि जफत हुने फैसला भएको बताए ।

जग्गा किनबेचमा संलग्न भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ तथा भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई जग्गा हिनामिना प्रकरणको मुख्य मतियारका रूपमा अदालतले दोषी ठहर गरेको छ । जग्गा हिनामिनासम्बन्धी मन्त्रालयबाट फाइल सदर गरेर मन्त्रिपरिषद्मा पेस गर्ने ३ जना तत्कालीन मन्त्री र १ सचिवसहित केही हाइप्रोफाइलले भने कसुरबाट सफाइ पाएका छन् । पूर्वउपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधारमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ तथा पूर्वभूमिसुधार सचिव दिनेशहरि अधिकारीलाई विशेषले कसुरबाट सफाइ दिएको हो ।

विसं २०४९ देखि २०६९ को अवधिमा गुठी संस्थान, मालपोत, नापी, भूमिसुधार विभाग र मन्त्रालयबाट गैरकानुनी निर्णय गराएर ललिता निवास परिसरको १ सय ३६ रोपनीभन्दा बढी जग्गा हिनामिना गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा १ सय १० जनाविरुद्ध बिगो, कैद र जरिवाना तथा ६५ जनाविरुद्ध जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पछिल्लो पटक लगातार २२ दिनसम्म मुद्दालाई नियमित सुनुवाइमा राखेर अदालतले बिहीबार किनारा लगाएको प्रवक्ता कार्कीले बताए ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले विशेषको फैसलाले राजनीतिक व्यक्तिलाई सफाइ दिए पनि यो फैसला समग्रमा साहसिक र ऐतिहासिक नै रहेको टिप्पणी गरे । ‘सरकारी जग्गा पद र शक्ति तथा प्रलोभनमा खाने/मास्ने काम जुनसुकै बेला भए पनि त्यस्तो अपराधमा संलग्नले एक दिन कानुनको कठघरामा आउनैपर्छ भन्ने सन्देश यसले दिएको छ,’ कार्कीले भने । हाल अख्तियार प्रमुख रहेका प्रेमकुमार राई गृह सचिव भएका बेला पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले दिएको प्रतिवेदनका अनुसन्धानका लागि सरकारले अख्तियार र प्रहरीमा पठाएको थियो । त्यसका लागि अधिवक्ता युवराज कोइरालाले थुप्रै तथ्य र प्रमाण सरकारलाई दिनुका साथै जग्गा हिनामिनामाथि अनुसन्धानका लागि डेढ दशकदेखि सक्रियता देखाएका थिए ।

२०४६ पछि बनेको मन्त्रिपरिषद्ले पञ्चायतकालमा जफत जग्गा छानबिन गरी फिर्ता गर्ने निर्णय गरेको थियो । तर, यही निर्णयको गलत व्याख्या गरेर मुआब्जा दिएर अधिग्रहण गरिएका जग्गा पनि फिर्ता गराउने प्रपञ्च रचिएको थियो । सुवर्णशमशेरको परिवारबाट २ सय ८४ रोपनी १४ आना ३ पैसा जग्गा तत्कालीन सरकारले उचित मुआब्जा दिएर कानुनसम्मत अधिग्रहण गरेको ठहर पनि विशेष अदालतले गरेको छ ।

२०२१ मंसिर १५ मा ललिता निवासको जग्गा अधिग्रहण गर्ने निर्णय भएको र १७ मा यो विषय राजपत्रमा प्रकाशित भएकाले यसलाई अन्यथा भन्न नमिल्ने अदालतको टिप्पणी छ । ‘सुवर्णशमशेर र उनका छोरा कञ्चनशमशेरका नाममा रहेको १४ रोपनी ११ आना जग्गा मात्रै जफत भएको हो, २ सय ८४ रोपनी जग्गा कानुनसम्मत अधिग्रहण भएको ठहर्छ’ अदालतले भनेको छ । सरकारी निर्णयको अपव्याख्या गरेर अधिग्रहण भएको जग्गालाई पनि जफतकै सूचीमा राखेर हडपिएको फैसलामा उल्लेख छ ।

२०६६/६७ मा प्रधानमन्त्री कार्यालय विस्तारका नाममा नक्कली मोही र जग्गा धनीलाई ललिता निवासको जग्गा सट्टाभर्नाबापत दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगेर अनुमोदन गराइएको थियो । मन्त्रीहरू गच्छदार, श्रेष्ठ, जोशीले लगेको प्रस्तावका आधारमा ललिता निवासको करिब ५ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा कायम गरेर नक्कली मोहीमा जाने गरी निर्णय भएका थिए ।

तलबाट आएका प्रस्तावलाई मन्त्रिपरिषद्सम्म पुर्‍याउने काम गरेको भन्दै सचिव अधिकारीलाई सफाइ दिइएको छ । मन्त्रिपरिषद्को निर्णय नीतिगत भएको र नीतिगत निर्णयमा अख्तियारको क्षेत्राधिकार नरहने भन्ने अभियोगपत्रमै उल्लेख भएका लगायत कारण देखाएर गच्छदार, श्रेष्ठ र जोशीलाई सफाइ दिइएको हो । २०४९ र २०६२ मा जग्गा राणा परिवारका नाममा लैजान भएको निर्णयमा डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखद्वय कलाधर देउजा र टीकाराम घिमिरेसहित १८ लाई अदालतले दोषी ठहर गरेको छ । सरकारी जग्गामा गलत दावीसहित राणा परिवारका ५ जना सदस्यहरू सुनीति राणा, शैलजा राणा, हेमनशमशेर, हाटकशमशेर र रुक्मशमशेर राणा तथा मालपोत र भूमिसुधारका कर्मचारीहरू कलाधर देउजासहित ५ कर्मचारी तथा भूमाफिया रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई दोषी ठहर गर्दै जनही ७५ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय सुनाइएको छ । मालपोतबाट छुट दर्ताका नाममा थप १२ आना ०६२ मा राणा परिवारका नाममा गएको थियो । यसमा प्रमुख मालपोत अधिकृत टीकाराम घिमिरेसहित ५ कर्मचारी र सुनीतिलाई ६ महिना कैद र जनही ७ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

नक्कली जग्गाधनी र नक्कली मोहीलाई सट्टाभर्ना दिने गरी गैरकानुनी रूपमा मन्त्रालय र मालपोतबाट भएका निर्णय प्रक्रियामा सामेल तत्कालीन सचिवद्वय बस्न्यात र पन्तसहित १२ जना दोषी ठहर भएका छन् । दुई सचिवसहित १२ कर्मचारी र व्यापारी मीनबहादुर गुरुङलाई जनही ८० लाख ४८ हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद, जग्गा जफतको फैसला सुनाइएको छ । सट्टाभर्नामा नक्कली मोही दाबी गर्ने श्रीकृष्ण महर्जनसहित १२ जनालाई पनि दोषी ठहर गरी २ वर्ष कैद र बिगोबमोजिम जरिवानाको फैसला भएको छ ।

५७ जनालाई नक्कली मोही बनी जग्गामा हकदाबी गरेकाले कसुरदार ठहर गरिएको छ । उनीहरूलाई जनही २ वर्ष कैद र जरिवानाको फैसला भएको छ । घूसबापत जग्गा बकस लिएका १५ जनालाई पनि २ वर्ष कैद र जरिवानाको फैसला भएको छ ।

टिकिन्छा गुठीमा लगेर नक्कली मोही कायम गर्ने तत्कालीन गुठी प्रशासक बलिरामप्रसाद साह तेलीसहित १७ जनाविरुद्ध १ वर्ष कैद र जनही ४१ लाख ६७ हजार ५ सय २९ जरिवानाको फैसला भएको छ । गुठीमा जग्गा लगेर भूमाफियाका नाममा कायम गराएको अभियोगमा तेलीसहित हरिबोल आचार्य, रामेश्वर बिडारी, सेवन्तराज चापागाईं, हेमराज सुवेदी, तेजराज पाण्डे, तुल्सी पोखरेल, हरिप्रसाद जोशी, दिलीपकुमार भट्ट, नवराज पौडेल, जयप्रसाद रेग्मी, शैलेन्द्र पौडेल, फणीन्द्रप्रसाद दाहाल, मणिकुमार राना, बद्रीबहादुर कार्की, लक्ष्मीनारायण उप्रेती र दिनेशप्रसाद शर्मा दोषी ठहर भएका हुन् । त्यसैगरी प्रधानमन्त्री निवास विस्तारका नाममा भएका निर्णयमा पनि कर्मचारीहरू दोषी ठहर भएका छन् । यसमा मालपोत कार्यालयबाट निर्णय गर्दा नै जग्गा सट्टाभर्नास्वरूप जग्गा धनी र मोहीको नाम नामसारी दाखिला खारेज प्रक्रिया सम्पन्न गरेर मन्त्रालयमा पेस गरिएको र मन्त्रालयबाट यसमा थप नाम हेरफेर गर्ने काम सचिवले गरेको भन्दै निर्णय प्रक्रियामा कर्मचारीका कारण जग्गा व्यक्तिका नाममा पुगेको फैसलामा उल्लेख छ ।

पुरा हेर्नुहोस्


रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।

पुरा हेर्नुहोस्


गायक विष्णु डुम्रे र गायिका अस्मिताको स्वरमा“फरर डोरी” सार्वजनिक

काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागी भएपनी यस गीतले नेपाली संगीतको सागरमा केही भएपनी योग्दान दिने उहाँले बताउनुभयो ।

गीतको भिडियोमा लोमस शर्मा र  अस्मिता रनपालको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको भिडियोलाई कुमार केशीद्वारा निर्देशित भिडियोलाई अजय रेग्मीको छायांकन तथा अमृत चापागाईँको सम्पादन रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/XBoLFDtqxEY?si=fCu5zXLmHFGY31yT" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" allowfullscreen></iframe>

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


लेख तथा रचना


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण
  • ⇒ विषाक्त ग्याँस लिक हुँदा १६ जनाको मृत्यु
  • ⇒ अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु
  • ⇒ महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु
  • ⇒ ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार देखि सुरुहुने
  • ⇒ सुष्मा र दीपक सर्वोत्कृष्ट खेलाडी
  • ⇒ ई स्पोर्ट्सकाे अध्यक्षमा धमला निर्विरोध निर्वाचित
  • ⇒ ६ घरेलु तरिका, जसले पेट सफा र हल्का बनाउँछ
  • ⇒ गायक विष्णु डुम्रे र गायिका अस्मिताको स्वरमा“फरर डोरी” सार्वजनिक
  • अरु हेर्नुहोस्