मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

आल्हादित मृत्युको अनुभूति भएको मैनापोखरी मोर्चा: डम्बर थामी ‘अनुपम’


२०७७, चैत २१, शनिबार

News Title

हिजो कर्णाली र नाईल जस्तै लामो यात्रा तय गरेको । याङ त्से नदी जस्तै गडगडाएको । तर आज खहरे जस्तै बीचैमा सुकेर एकाएक निरस-निर्जन बगरमा परिणत भएको । त्यो अकलुषित-अदम्य  क्रान्तियात्राको अनुभूतिको दैलो उघार्दैछु । म त्यो अदम्य जनक्रान्तिको एक फकिर-मुसाफिर । क्रान्तिनायकको आदेश आउने बित्तिकै हूरी झैं हुत्तिने  एक संवेद्य बरकरार-छापामार । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनको पाठ घोकेको नूतन-नविनतम विद्यार्थी । द्वन्द्वात्मक भौतिकवादी दर्शनले लठ्याएको एक बहुलट्ठी । व्यक्तिगत स्वार्थको परिहार गरी सामूहिक स्वार्थको लागि पूरानो राज्यसत्ताको मुटुमै प्रहार गर्न हिंडेको एक लडाकु । कम्युनिस्ट आचरण र सिद्धान्त दिल दिमागमा  अटाएको एक जोदाहा योद्धा । नयाँ नेपाल निर्माण गर्न चाहने आन्दोलनको एक नामी-ज्यामी । मुटुमा देश र जनताको माया सजाएर हिंड्ने अथक क्रान्तियात्री । ती महासमरको दौरानमा दौडिएका असीमित आनन्दानुभूति । खोकिलामा मृत्युको गोटी बोकेर हिंड्ने पूर्खाको विरासत बोकेको एक महामूर्ख । टाउकोमा सहिदको रगतले लतपतिएको झन्डाको कफन बाँधेर हिंड्ने लाल दस्ताको एक सिपाही । सफरका अनगिन्ती यादहरू । यही शिलशिलामा एक आल्हादित मृत्युको अनुभूति भएको मोर्चाको बेलीबिस्तार लगाउन गईरहेको छु ।
सय थुम्काको पहिचान बोकेको शैलुङ्को काखमा अवस्थित । सुन्दर प्रकृतिको गादोमा लुकेको  घ्याङसुकाठोकरको कुने गाउँ । तामाङ समुदायको बाहुल्यता । अनि हाम्रो आधार ईलाका । ठूलो हृदय भएका जनताको बस्ती । क. परवानाको कमान्डमा भर्खर निर्माण भएको अस्थायी कम्पनीको फर्मेशन । (जुन कम्पनी पूर्वी कमान्डकै सबै जिल्लाहरूको स्क्वायडबाट साथीहरू छनौट गरी बनाईएको थियो । नियमित फर्मेशन चाहिँ छ जिल्लाको तीन प्लाटुन थियो ।) सो कम्पनीलाई क. कन्चनले दिएको भावोत्तेजक प्रशिक्षण । नयाँ फौजी योजनाको महत्त्व । भर्खरै पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनले विचार संश्लेषण गरेको अजनवी पथ ‘ प्रचण्डपथ ‘ । फौजी रणनीति ‘ दुश्मन जहाँ टेक्छ, त्यहीँ पड्कने ‘ यी मुख्य दुई रणनीतिक मक्सद । कार्यनीतिक ट्याक्टिस भूगोल, परिवेश र समयानुकूल । ” महान अग्रगामी छलाङ,  इतिहासको अपरिहार्य आवस्यकता ” शिर्षकको उथलपुथलकारी दस्तावेज । धक्का, क्रमभङ्ग, छलाङ्ग र महाविपत्तिबाट गुज्रिदै जाने मार्गतय । जताततै मार्क्सवाद-लेनिनवाद-माओवाद र प्रचण्डपथको ब्याख्या, विश्लेषण र महिमामण्डन । आकाश धर्तीमा खस्ला जस्तो । धर्ती आकाशमा उड्ला जस्तो । अब त छिट्टै जनवादी घाम उदाउला जस्तो स्थिति। प्रचण्डपथ बारे लेखिएका हाम्रा  नेताहरूका लेखहरू डायरीमा सारेर राख्दाको हैरानी आफ्नै ठाउँमा छ । तत्कालीन अबस्थामा सेक्सन कमान्डरको जिम्मेवारी । (त्यतिबेला सेक्सन कमान्डरको काम टार्गेटको रेक्की गर्ने र एसाल्ट कमान्ड गर्ने हुन्थ्यो ।
प्रायः सेक्सन सह-कमान्डरले सेक्सन चलाउँथ्यो । लडाइँमा एसाल्ट कमान्ड गर्ने हुन्थ्यो । लडाइँ जित्नु र हार्नु एसाल्ट कमान्डरहरूकै साहसमा भर पर्थ्यो ।) फौजी योजनाको पहिलो धक्का सफल पार्न दोलखा-सिन्धुपाल्चोकको थुप्रै चौकीहरूको रेक्की सक्ने काम गरियो । जिल्ला पार्टीसँग सहकार्य गरेर युद्ध सामाग्री र खाद्यान्नको जोहो पनि भईरहेको थियो । एक चरणको रेक्कीको काम सकेपछि क. परवानाको उपस्थितिमा रेक्की समीक्षा सकियो । र टार्गेटको छनौट भयो । टार्गेट दोलखा जिल्लाको मैनापोखरी स्थित ईलाका प्रहरी कार्यालय थियो । अत्यन्त बलियो फोर्टीफिकेशन । दंगा नियन्त्रण गणबाट ल्याईएको फोर्स । तत्कालीन शाही सेनाले तालिम दिएको फोर्स । र लडाइँको थप जटिलता के थियो भने चौकी वरिपरि माइन पनि विछ्याइएको थियो । तर रेक्कीको निष्कर्ष के थियो भने उसको फोर्टीफिकेशन एउटा सुन्दरीले झरिझुट्ट गहना लगाए जस्तो मात्र भएको । हाम्रो तागतले फोर्टीफिकेशन सजिलै तोड्न सकिन्छ भन्ने थियो ।
टार्गेट छनौट भएपछि विभिन्न चरणमा सबै एसाल्ट कमान्डरहरूले रेक्की गर्ने काम सम्पन्न गर्‍यौं । तीव्र गतिमा युद्ध सामग्रीहरू जुटायौं । र हाम्रो फोर्स घ्याङसुकाठोकर, शैलुङेश्वर, फस्कु, काटाकुटी हुँदै मागादेउराली आईपुग्यो । मागादेउरालीमा पनि केही युद्ध सामग्रीहरू निर्माण गरियो । त्यसपछि रातारात चरंगे खोला तरेर चरिकोट सदरमुकाम नजिकैबाट मकैबारी-सुस्पा देउराली हुँदै कालिन्चोकको काखमा लुट्पुटिंदै लापिलाङको गुजर्पा हुँदै जार्नापाले पुगियो । जार्नापाले पुगेपछि सुईरेको चौरमा म्याप बिफ्रीङ, एसाल्ट ग्रुपहरू निर्माण गरियो । र डमी क्याम्प बनाएर ब्याटल रिहर्सल पनि गरियो । आफू जन्मेको भूमिमा लालसेनाले परेड खेल्दा छुट्टै उमंग थपिएको थियो । जनवादी व्यवस्था आएपछि जनमुक्ति सेनाको एउटा ब्यारेक यहीँ बनाउनुपर्छ भन्ने पनि लागिरहेको थियो । एसाल्ट ग्रुप बनाउने क्रममा क. शिशिर र मेरो बीचमा हानाथाप पर्‍यो । मैले एक नं एसाल्टको जिम्मेवारी लिन खोज्दा क. शिशिरले एक नं एसाल्ट नपाएमा लडाइँ नै लड्दिन भनेर जिद्दी गरेपछि मैले दुई नं एसाल्टको जिम्मेवारी लिएँ । मर्नको लागि पनि तँछाडमछाड हुने के जादु थियो होला त्यतिबेला ? स्थानीयताको हिसाबले मुख्यत: हाम्रो प्लाटुनले नै मोर्चाको मुख्य पहलकदमी लिनुपर्ने थियो । अरु फोर्स त तराईबाट र सकेसम्म पूर्वी कमान्डका सबै जिल्लाहरूका स्क्वायडका साथीहरू पनि छनौट गरेर ल्याईएको थियो । सात वटा एसाल्ट ग्रुपहरू, स्टप ग्रुपहरू, माईनिङ ग्रुपहरू, भि. जि. पी. ग्रुपहरू, माइनको तार काट्ने ग्रुपहरू बनाईयो । र आर्कहरू पनि विभाजन गरियो । पर्याप्त मात्रामा डमी क्याम्प बनाएर रिहर्सल गरियो । हतियार विन्यास गरियो । यति गरेपछि हामीहरूमा छुट्टै खालको रक्तसञ्चार भईरहेको थियो ।
सबै एसाल्टहरू जुर्मुराईरहेका थिए । सही विचार र वस्तुवादी योजना भएपछि मान्छे मर्न पनि पछि नपर्दोरहेछ । त्यसपछि लामिडाँडाको बिसमूरे पुगेर सेल्टर लिईयो । त्यहाँ पनि केही टि.एन.टि. माइनहरू, माना पाथी माईनहरू, कचौरा माइनहरू, ईलेक्ट्रीक ग्रिनेडहरू बनाईयो । र थप म्याप ब्रीफिङ पनि गरियो । (त्यो  बेलामा दोलखा सिन्धुको पूरै जिल्ला पार्टी पनि जुटेको थियो । संयोगवश चर्चित नेता क. रित बहादुर खड्का पनि जिल्लामै थिए ।) त्यसपछि  २०५७ साल चैत्र १८ गते बेलैमा खाना खाएर साँझ पर्दा नपर्दै हाम्रो टोली मुभ भयो । तामाकोसीको झोलुङ्गे पूल तर्दै गर्दा मन एकतमासको भईरहेको थियो । हाम्रो लक्ष्य पनि पूलमुनी बगिरहेको नदीको पानीको जस्तै थियो । पूल तरेर जुँगुमा मा पुगेपछि अन्तिम सेल्टर लिईयो । र योजना बचाउनको लागि अति गोप्य तरीकाले बसियो । योजना खुल्छ कि भन्ने ठूलो चिन्ता थियो । किनकि रेक्की गर्दागर्दै एक जना प्लाटुन कमान्डर डराएर भागेका थिए । त्यसले गर्दा पनि सार्‍है चिन्ता थपिएको थियो । क्रान्तिमा विभिन्न खालका मान्छेहरू  भेटिंदारहेछन । (तिनै मान्छेहरू अहिले बहादुर र अब्बल क्रान्तिकारी देखिएकाछन । नवधनाढ्य भएकाछन ।) सम्झँदा हाँस उठ्छ कि रिस उठ्छ ! छुट्याउन पनि गार्‍हो । क्रान्तिको भोगाइ यस्तै हुने !
२०५७ साल चैत्र १९ गते । हाम्रो जिन्दगीमा छुट्टै खालको आनन्द आएको क्षण । माथि चेर्दुङ र हनुमन्ते डाँडा । हामीमा पनि हनुमानकै जस्तो बल भरिएको आभाष । साँझ पर्दा नपर्दै हाम्रो फोर्स जुगुबाट हिंड्छ । यबोमा पुगेपछि रोकिन्छ । र अन्तिम रेक्कीको लागि साथीहरू जान्छन् । तर आधा रात बितिसक्दा पनि अन्तिम रेक्कीको केही खबर आउँदैन । (खबर नआएको कारण चौकी सुनसान रहेछ । पुलिसहरू कतै अलआउट भए कि भन्ने शंका गर्दागर्दै समय बितेछ । आखिर उनीहरू जाँड खाएर सुतेका रहेछन् । पछि मात्र थाहा भयो ।) हामी जबर्जस्त ब्याटल फर्मेशनमा अगाडि बढ्छौं । बाटामा फेरी लगाउने जोगी भेटिन्छ । र हल्ला नगर भन्छौं । रातको एघार बजे फायर खोल्ने योजना थियो । तर हामी धेरै ढिला भईसकेका हुन्छौं । सबै एसाल्टहरूले चौकीलाई चारैतिरबाट घेरेपछि सवा तीन बजे क. शिशिरको एसाल्टले पहिलो फायर खोल्छ । र हाम्रो दुई नं एसाल्टले हावाको गतिमा गएर अगाडिको मुख्य बंकरमा माइन विस्फोट गर्छ । ( यो बंकरमा माइन बिस्फोट गर्ने हाम्रै गाउँको एउटा काजी पाण्डे भन्ने भाइ थियो । त्यो बंकर कस्तो थियो भने दुई ईन्च बाक्लो फलामको पाता राखेको । गाडीको टायर राखेको । र बाक्लो स्यान्डबोरीको मजबुत बंकर थियो । यसलाई एकै झड्कामा तोड्नु थियो ।) मुख्य अनि मजबुत बंकर तोडेपछि  दुश्मनहरू हायलकायल हुन्छन । चिच्याउँछन, कराउँछन । अन्धाधुन्ध फायर गर्छन् । हामीले पनि तीव्र रुपमा हमला गरिरहन्छौं । हाम्रो एसाल्टले चौकीको अगाडिको भागलाई छिट्टै नियन्त्रणमा लिन्छ । केही राईफलहरू टिपेपछि म एउटा हातमा टर्च र एउटा हातमा राईफल लिएर सर्च गर्दै अगाडि जान्छु । लडाइँ भीषण रुपमा चलिरहेकै छ । बाहिरपट्टिको किचन भित्रबाट छिचोलिएको टनेल हुँदै अगाडि बढ्दै जाँदा एउटा पुलिस ढलेको देख्छु र उसको राइफल टिप्न खोज्छु । त्यहाँ एउटा टि.एफ.जी. पनि बलिरहेको छ । जब राईफल हातले उठाउन खोज्छु तब ठूलो आवाजमा राइफल पड्किन्छ । र मलाई कमिलाले चिले जस्तो हुन्छ र एक्कासि रगतको धारा बग्न थाल्छ । रिंगटा लाग्छ । चारैतिर रातो, कालो, नीलो, पँहेलो देख्छु । खलखल पसिना आउँछ । के भयो ? के भयो ? जस्तो हुन्छ । उभिन सक्दिन र त्यही ढलेको पुलिसको लासमाथि पल्टिन पुग्छु । खप्टिन पुग्छु । यसो पछाडि छाम्दा देब्रे हिपमा आफ्नो हातै छिर्ने प्वाल भेट्टाउँछु । कम्ब्याट पाईन्ट पनि गोलीले ठूलो भ्वाङ पारेको हुन्छ । बल्ल पो मलाई गोली लागेछ भन्ने थाहा हुन्छ । पेटबाट गोलीले छिचोलेर देब्रे हिपबाट निस्केछ । त्यो चौकीको भित्ताको बंकरबाट हानेको गोली रहेछ । त्यो गोप्य भूमिगत बंकर रेक्कीमा आउन सकेको थिएन । दुश्मनले अझै पनि म ढलेको ठाउँमा एकोहोरो फायरिङ गरिरहेकै छ । आफ्नै एसाल्टको साथीलाई मलाई गोली लाग्यो भनेपछि कभर फायर दिएर बल्लतल्ल सुरक्षीत स्थानमा घिसार्दै ल्याउँछन । त्यसपछि पो म निस्लाम निदाउन पुगेछु । र आल्हादित मृत्युको डुंगामा सैर गरेछु । कहिले ब्युँझंदा रहेछु । कहिले मर्दो रहेछु ।यस्तै प्रक्रियालाई स्वर्गमा पुगेको भन्छन् होला सायद ! यस्तै क्रम-उपक्रम चलिरहँदो छ । अझै पनि गोलीहरू जोड-जोडले पड्किरहेका थिए । हाम्रो एसाल्टहरूले फायर गरिरहेकै थिए । उज्यालो हुनै लागेको थियो । समय प्रतिकूल हुँदै थियो । हृदयमा लडाइँ हारिन्छ कि भन्ने चिन्ता लागिरहेको थियो । उज्यालो हुन लागेपछि पुलिसहरू छतमा बसेर पशुपतिनाथको जय ! भनेर नारा लगाउन शुरु गरिसकेका थिए । किनकि उज्यालो हुन लागेपछि उनीहरूको मनोबल बढ्दै गईरहेको थियो । क. क्षीतिजको टोलीले सामान्य ब्याण्डेज गरेपछि साथीहरूले मलाई बोकेर हिंडाए । एकछिन पछाडि छ्याङ्गै उज्यालो भयो । घाम उदायो । आकाशमा चील उडे झैं हेलिकप्टरले फन्का मार्न थाल्यो ।
साथीहरू पनि रिट्रीट हुन लागे । लडाइँ पूरै फाइनल हुन सकेन । अर्को घरको छानामा चढेर बाँसको टाँगोबाट चौकीको छतमा पाथी माइन हान्ने क. लालबीर तामाङ (सज्जन) को अर्को घरभित्रै शहादत भयो। क. धर्मेन्द्र र एसाल्ट कमान्डर क. जितेन्द्रको पनि शहादत भयो । प्लाटुन सह कमान्डर क.पहल गम्भीर घाइते भए । त्यतिबेला हाम्रो प्लाटुन कमान्डर चाहिँ क. मुक्ति थिए । जिल्ला सचिवालय सदस्य क. दिनेश र क.विक्रम पनि घाइते भए । (यो मोर्चामा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने क. रित बहादुर खड्का र क. दिनेशको पनि शहादत भईसकेको छ ।) मोर्चामा आठ जना पुलिसको मृत्यु भयो । आठ थान ३०३ राइफल कब्जा भयो । दुश्मनलाई नियन्त्रण गर्न नसक्दा आत्मसमर्पण गरेको पुलिसले पनि भागेर माथि छतमा गएर ग्रिनेड हान्यो । लडाइँ नापे तौले जस्तो अवस्य नहुने रहेछ । मैले के संकल्प गरेको थिएँ भने कि सहिद हुन्छु ! कि कुशल कमान्डर बन्छु । तर त्यो दुई मध्य केही पनि हुन सकिँन । अधमरो मात्र भएँ । मेरो सपना अधूरै भयो । जिन्दगी मधुरै भयो । उज्यालो भएपछि यस्तै अधमरो जिन्दगीहरूलाई बोकेर हाम्रो टोली माथि डाँडामा उक्लेर क्षेत्रपाको ओरालो झर्दै जुगुतिर लाग्यो ….।
पछि एउटा रोचक पक्ष के सुनियो भने घाइते साथीहरूलाई उपचार गर्नको लागि गएको एक जना स्वास्थ्यकर्मीलाई उल्टै बोकेर ल्याउनु परेको । र पूर्वबाट लडाइँ लड्न आएकी एक जना महिला कमरेड फायर खुलेपछि बेहोस भएर ढलेको र घाम उदाएपछि मात्र ब्युँझेर घटनास्थलबाट हिंडेको । तर पछि तिनै कमरेड जनमुक्ति सेनाको अब्बल कमान्डर बनेको । लडाइँका यी रोचक पक्ष हुन । झट्ट सुन्दा चाहिँ हाँसो पनि उठ्छ । लडाइँका तीतो यथार्थ हुन यी ।
पुनश्च : अन्तिम रेक्की स्पष्ट र एकिन गर्न नसक्नु । ढिला आक्रमण हुनु । पूरै चौकी कब्जा गर्न नसक्नु । लडाईंको मुख्य कमजोरी रह्यो । तर बलियो फोर्टिफिकेशन तोडेर जनमुक्ति सेनाको मनोबल उच्च हुनु । फौजी श्रेष्ठता हाँसिल गर्नु । अरु ठूल्ठूला फौजी आक्रमणको ढोका खुल्नु । फौजी आक्रमणमा नयाँ साथीहरू सहभागी गराएर फौजी आक्रमणको अनुभव गर्नु । यही मोर्चापछि जनमुक्ति सेनाको स्थायी कम्पनीको संरचना बन्नु । मोर्चाको मुख्य र दूरगामी उपलब्धिहरू थिए । क्रमशः
 

 

ताजा समाचार


अन्तर प्रदेश राष्ट्रिय खेलकुदमा वागमती पहिलो

मकवानपुर । प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद प्रतियोगितामा १ सय ४० पदकसहित वाग्मती प्रदेश पहिलो भएको छ । विभागीय टोली सहभागी नभएको यस प्रतियोगिताको समापन आइतबार भएको हो । वागमती पहिलो स्थानमा रहँदा सुदूरपश्चिम दोस्रो, कोशी तेस्रो, गण्डकी चौथो, लुम्बिनी पाँचौं, कर्णाली छैटौं र मधेश प्रदेश सातौं स्थानमा रहे । 

वागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा चैत २५ बाट सञ्चालन भएको प्रतियोगितामा पुरुष फुटबलबाहेकको सबै खेल छिमेकी जिल्ला चितवनको भरतपुरमा सञ्चालन भएको थियो ।

हेटौंडा–६ स्थित गौरीटारमा भएको पुरुष फुटबलको फाइनलमा आइतबार कोशी प्रदेशले स्वर्ण पदक जित्न सफल भयो । कोशीले वागमतीलाई १–० गोलअन्तरले पराजित गर्‍यो । कोशीका लागि एक मात्र निर्णायक गोल निखिल तामाङले खेलको दोस्रो हाफमा फ्रिकिकमार्फत गरे ।

प्रतियोगितामा ६१ स्वर्णसहित ४२ रजत र ३६ कांस्य गरी १ सय ३९ पदक जित्दै प्रथम स्थान हाासिल गरेको वागमतीलाई मुख्यमन्त्री शालिकराम जम्कट्टेलले ट्रफी प्रदान गरेका थिए । उनले प्रतियोगितालाई आगामी संस्करणबाट थप व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउँदै लैजाने प्रतिबद्धतासमेत जनाए । वागमतीले महिला भलिबलसहित बक्सिङ र करातेमा ९/९, तेक्वान्दो र एथलेटिक्समा ७/७, पौडीमा २७ र ब्याडमिन्टनमा एउटा स्वर्ण पदक जितेको हो ।

सुदूरपश्चिम २१ स्वर्ण, २१ रजत र २९ कांस्य गरी कुल ७१ पदकसहित दोस्रो स्थानमा रहँदा तेस्रो स्थानको कोशी प्रदेशले १६ स्वर्ण २३ रजत र ३६ कांस्य गरी ७५ पदक जितेको छ । गण्डकी प्रदेशले ११ स्वर्ण, १८ रजत र २० कांस्य गरी जम्मा ४९ पदक जितेको छ । लुम्बिनीले ११ स्वर्ण, १६ रजत र २८ कांस्य गरी ५५ पदक जित्यो भने कर्णाली प्रदेशले ११ स्वर्ण, १० रजत र २४ कांस्य गरी ४५ पदक जितेको हो । अंक तालिकाको पुछारमा रहेको मधेश प्रदेशले कुल ३ स्वर्ण, ३ रजत र १५ कांस्य गरी २१ पदक जितेको छ ।

प्रतियोगितामा विभिन्न खेलको लागि ७ वटा प्रदेशका १ हजार ७ सय ८५ जना खेलाडी, प्रशिक्षक, प्राविधिक टिम, निर्णायक र खेलाडी गरी २ हजार ७ सय ३० जनाले सहभागिता जनाएका थिए ।



पुरा हेर्नुहोस्

अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार देखि सुरुहुने

काठमाडौं । बागमती प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय र प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशको संयुक्त आयोजनामा प्रथम अन्तरप्रदेश राष्ट्रिय खेलकुद आइतबारदेखि हुने भएको छ ।

प्रदेश खेलकुद विकास परिषद्, बागमतीका सदस्य–सचिव सूर्यलाल भण्डारीले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए ।

प्रतियोगिताको उद्घाटन चितवनको भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आइतबार हुनेछ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितामा एथलेटिक्स, भलिबल, फुटबल, कराते, तेक्वान्दो, बक्सिङ, पौडी, ब्याडमिन्टन र क्रिकेट गरी ९ खेलको प्रतिस्पर्धा हुनेछ । पुरुष फुटबल बाहेक सबै खेल चितवनमा हुनेछ । पुरुष फुटबल हेटौँडास्थित गौरीटार रंगशालामा हुनेछ ।

प्रतियोगितामा १ सय ३६ स्वर्ण, १ सय ३६ रजत र १ सय ८४ कांस्यका लागि प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा सातै प्रदेशका १ हजार ५ सय ४७ खेलाडी सहभागी हुने बताइएको छ ।

शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५ हजार, ४ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । हरेक खेलका उत्कृष्ट खेलाडीलाई १० हजार नगदबाट पुरस्कृत गरिने छ। टिम च्याम्पियनलाई चाँदीको रनिङ शिल्ड प्रदान गरिने छ ।

प्रतियोगिता सञ्चालन गर्न करिब १२ करोड खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिताको समापन बैशाख १ गते गौरीटार रंगशालामा हुनेछ ।



पुरा हेर्नुहोस्

सुष्मा र दीपक सर्वोत्कृष्ट खेलाडी

काठमाडौं । नेपाली खेलकुदको कार्यकारी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) को ६० औं वार्षिकोत्सवमा बुधबार सुष्मा र दीपकसहित १८ जना बुधबार सम्मानित भएका छन् ।

भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा भएको कार्यक्रममा राखेपले विभिन्न ६ विधामा १८ जनालाई सम्मान गरेको हो । ५ खेलाडी (१ पारासहित), समान १–१ प्रायोजक, स्थानिय तह र राष्ट्रिय खेल संघ, २ खेल पत्रकार तथा ८ कर्मचारी (२ करारसहित) लाई सम्मान गरिएको‌ छ।

सिनियरको पुरुषमा एथलेटिक्सका दीपक र बक्सिङकी सुष्माले ट्रफीसहित समान १ लाख रुपैयाँ प्राप्त गरे ।
गत वर्ष नवौं राष्ट्रिय खेलकुदको १० हजार किलोमिटर दौडमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका दीपक नेपालमै भएको १६ औं एसियाली क्रसकन्ट्री एथलेटिक्सका दोहोरो स्वर्ण विजेता हुन् ।

दीपकले दोश्रो राइट टु प्रोटिन हाफ म्याराथन, प्रधानसेनापति कप र लुम्बिनी हाफ म्याराथनमा स्वर्ण तथा कान्तिपुर हाफ म्याराथनमा रजत जितेका थिए

सुष्माले थाइल्यान्डको बैंककमा भएको एएसबीसी यु–२२ एसियाली महिला बक्सिङ च्याम्पियनसिपमा रजत जित्दै इतिहास रचेकी थिइन् । नेपाली बक्सिङ खेलाडीले कुनैपनि एसियाली स्तरको बक्सिङमा रजत जितेको अहिलेसम्मकै पहिलो हो । सुष्माले नवौं राष्ट्रिय खेलकुदको ४८ केजीमा पनि स्वर्ण जितेकी थिइन् ।

जुनियरको पुरुषमा क्रिकेटका अर्जुन कुमाल र महिलामा पौडीकी डुवाना लामाले सर्वोत्कृष्ट खेलाडीको अवार्ड हात पारे । दुवैलाई जनही ५० हजार रुपैयाँ र ट्रफी प्रदान गरियो ।

नेपाललाई आईसीसी यु–१९ विश्वकपमा छनोट गराउन भूमिका खेल्ने एक मुख्य खेलाडी अर्जुन यु–१९ मा दुई शतक प्रहार गर्ने खेलाडी हुन् । डुवानाले नवौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गर्दै ९ स्वर्ण र १ रजत जितेकी थिइन् ।

पारा एथलिट खेलाडीको अवार्ड पौडीका भीमबहादुर कुमालले जिते । गत वर्ष भएको सुरेन्द्र स्मृति पारा पौडी प्रतियोगिताको ५० मिटर फ्रि स्टायलमा भीमले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितेका थिए ।

खेल क्षेत्रमा उत्कृष्ट कार्य गरेवापत नवलपरासीको मध्यविन्दु नगरपालिकालाई उत्कृष्ट स्थानिय तह तथा नेपाल भलिबल संघलाई उत्कृष्ट राष्ट्रिय खेल संघका रुपमा पुरस्कृत गरियो । मध्यविन्दुका मेयर भिमलाल अधिकारी तथा भलिबल संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले अवार्ड ग्रहण गरे ।

कर्मचारीको प्रशासनिकतर्फ नायब वरिष्ठ प्रशासकिय अधिकृत भोजानन्द राईले सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, नायब वरिष्ठ प्रशासकिय अधिकृत सुनिलकुमार दाहालले उत्कृष्ट परिषद् सेवा पुरस्कार र नायब वरिष्ठ प्रशासकिय अधिकृत शारदा दाहालले परिषद् सेवा पुरस्कार प्राप्त गरे । प्रशिक्षणतर्फ नायब वरिष्ठ कुस्ती प्रशिक्षक मुम्ताज अली इद्रिसी सर्वोत्कृष्ट परिषद् सेवा पुरस्कार, क्रिकेट प्रशिक्षक मन्जुर आलम खान उत्कृष्ट परिषद् सेवा पुरस्कार र भलिबल प्रशिक्षक उमादेवी गुरुङ परिषद् सेवा पुरस्कारबाट पुरस्कृत भए । सर्वोत्कृष्ट, उत्कृष्ट र परिषद् सेवा पुरस्कारबाट पुरस्कृत हुनेले क्रमशः २५ हजार, १५ हजार र १० हजार नगदसहित पुरस्कारसहित ट्रफी पाए ।

कर्मचारीतर्फ नै इन्जिनियर सविन महर्जन तथा सहायक बक्सिङ प्रशिक्षक राज श्रेष्ठले करार सेवा पुरस्कार प्राप्त गरे । दुवैलाई जनही १० हजार नगदसहित ट्रफी प्रदान गरियो । खेल पत्रकार सम्मानबाट नेपाल टेलिभिजनका दुर्गानाथ सुवेदी (देवेन्द्र) र कान्तिपुर टेलिभिजनकी सविना कार्की सम्मानित भए । दुवैले ट्रफीसहित जनही २० हजार रुपैयाँ पाए ।

उनीहरुलाई राखेपका संरक्षक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठ, राष्ट्रिय योगजना आयोगका सदस्य डा. उमाशंकर प्रसाद, राखेपका उपाध्यक्ष शिव कोइराला र राखेपका सदस्य–सचिव टंकलाल घिसिङले कार्यक्रमबीच पुरस्कृत गरे । कार्यक्रममा वरिष्ठ हांस्य कलाकार, लोकप्रिय गायक राजेशपायल राईलगायतले प्रस्तुती दिएका थिए ।



पुरा हेर्नुहोस्


२ पूर्वसचिवसहित १३१ दोषी ठहर, ३ पूर्वमन्त्री र १ पूर्वसचिवलाई सफाइ

काठमाडौँ । ललिता निवास परिसरको करिब २ सय ८४ रोपनी जग्गा कानुनसम्मत मुआब्जा दिएर २०२१ सालमा अधिग्रहण भएकामा त्यसको करिब ३० वर्षपछि योजनाबद्ध रूपमा व्यक्तिका नाममा फर्काइएको थियो । २०५० देखि हिनामिना गरिएको जग्गा ३० वर्षपछि फेरि सरकारका नाममा ल्याउने गरी विशेष अदालतले फैसला गरेकाेछ ।

ललिता निवास जग्गा प्रकरणमा १३१ जना दोषी ठहर हुनेगरी विशेष अदालतले गरेको फैसलाको मुख्य सन्देश के हो ?

९३ वर्षअघि विसं १९८७ मा तत्कालीन राजा त्रिभुवनसँग मागेर प्रधानमन्त्री भीमशमशेरले हालको बालुवाटार क्षेत्रको २ सय ९९ रोपनी जग्गा आफ्नो नाममा पाएका थिए । ‘देवाली’, ‘सानु’, ‘तलेजु’ र ‘इन्द्रजात्रा’ गुठीका नाममा रहेको र केही किसानले जोतभोग गर्दै आएको यो जग्गा भीमशमशेरले पाएपछि उनले पर्खाल लगाएर घेरेका थिए । पर्खालमा लेखाइएको थियो– ललितादेवी । ललितादेवी राणाहरूकी कुलदेवीका नाममा पुजिन्थिन् । कुलका नाममा आएको जग्गा भीमशमशेरबाट छोरा हिरण्यशमशेर र उनका पनि छोरा सुवर्णशमशेरका नाममा सरेको थियो । २०१६ पुस १ मा ‘बिर्ता उन्मूलन ऐन’ जारी भएसँगै जग्गा प्राप्ति ऐनअनुसार तत्कालीन भोगाधिकारी सुवर्णशमशेरको परिवारबाट १४ रोपनी ११ आना जफत गरिएको थियो भने दुई सय ८४ रोपनी जग्गा अधिग्रहण गरेको थियो । अधिग्रहण गर्दा सरकारले सुवर्ण परिवारलाई १६ लाख रुपैयाँभन्दा बढी मुआब्जा दिएको थियो । सरकारले प्राप्त गरेको जग्गा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका नाममा राखिएको थियो ।

पञ्यायतकालमा राजकाज मुद्दा लगाएर जफत गरिएका जग्गा फिर्ता गर्न भनेर ०४७ मा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई अपव्याख्या गरेर मुआब्जा तिरेर अधिग्रहण गरिएका हदबन्दीभन्दा माथिका जग्गा पनि फिर्ता गर्ने योजना सफल पारिएको थियो ।

सरकारी अधिकारी र भूमाफियाको मिलेमतोमा हिनामिना गरिएको ललिता निवास परिसरको यो जग्गा अब भने सरकारका नाममा फिर्ता हुने भएको छ । यो प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा बिहीबार फैसला दिँदै विशेष अदालतले नेपाल सरकारका २ पूर्वसचिव र तत्कालीन भोगाधिकारी राणा परिवारका ५ सदस्यसहित १३१ जनालाई दोषी ठहर गरेको छ । सरकारका नाममा भएको जग्गा सुनियोजित रूपमा हडपिएकामा ती सबै प्रक्रिया खारेज गर्दै अदालतले दोषीलाई बिगो, कैद र जरिवाना तथा हिनामिना भएको जग्गा जफत गरेर सरकारकै नाममा ल्याउने गरी फैसला सुनाएको हो ।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पूर्वभूमिसुधार सचिव छविराज पन्त र पूर्वभौतिक योजना सचिव दीपबहादुर बस्न्यात तथा ललिता निवासका तत्कालीन भोगाधिकारीहरू सुनीति राणा, शैलजा राणा, हेमनशमशेर, हाटकशमशेर र रुक्मशमशेरसहितलाई दोषी ठहर गर्दै बिगोबमोजिम जरिवाना र कैद सजाय हुने गरी फैसला सुनाएको हो । विशेष अदालतका प्रवक्ता एवं उपरजिस्ट्रार धनबहादुर कार्कीले विभिन्न निर्णय प्रक्रियामा सामेल २ पूर्वसचिवसहित तत्कालीन भोगाधिकारी, नक्कली मोही, जग्गा हिनामिनामा संलग्न कर्मचारी र मतियारका रूपमा काम गर्नेसहितलाई दोषी ठहर र हिनामिना भएको १ सय ३६ रोपनी जग्गा पनि जफत हुने फैसला भएको बताए ।

जग्गा किनबेचमा संलग्न भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ तथा भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई जग्गा हिनामिना प्रकरणको मुख्य मतियारका रूपमा अदालतले दोषी ठहर गरेको छ । जग्गा हिनामिनासम्बन्धी मन्त्रालयबाट फाइल सदर गरेर मन्त्रिपरिषद्मा पेस गर्ने ३ जना तत्कालीन मन्त्री र १ सचिवसहित केही हाइप्रोफाइलले भने कसुरबाट सफाइ पाएका छन् । पूर्वउपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधारमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ तथा पूर्वभूमिसुधार सचिव दिनेशहरि अधिकारीलाई विशेषले कसुरबाट सफाइ दिएको हो ।

विसं २०४९ देखि २०६९ को अवधिमा गुठी संस्थान, मालपोत, नापी, भूमिसुधार विभाग र मन्त्रालयबाट गैरकानुनी निर्णय गराएर ललिता निवास परिसरको १ सय ३६ रोपनीभन्दा बढी जग्गा हिनामिना गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा १ सय १० जनाविरुद्ध बिगो, कैद र जरिवाना तथा ६५ जनाविरुद्ध जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पछिल्लो पटक लगातार २२ दिनसम्म मुद्दालाई नियमित सुनुवाइमा राखेर अदालतले बिहीबार किनारा लगाएको प्रवक्ता कार्कीले बताए ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले विशेषको फैसलाले राजनीतिक व्यक्तिलाई सफाइ दिए पनि यो फैसला समग्रमा साहसिक र ऐतिहासिक नै रहेको टिप्पणी गरे । ‘सरकारी जग्गा पद र शक्ति तथा प्रलोभनमा खाने/मास्ने काम जुनसुकै बेला भए पनि त्यस्तो अपराधमा संलग्नले एक दिन कानुनको कठघरामा आउनैपर्छ भन्ने सन्देश यसले दिएको छ,’ कार्कीले भने । हाल अख्तियार प्रमुख रहेका प्रेमकुमार राई गृह सचिव भएका बेला पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले दिएको प्रतिवेदनका अनुसन्धानका लागि सरकारले अख्तियार र प्रहरीमा पठाएको थियो । त्यसका लागि अधिवक्ता युवराज कोइरालाले थुप्रै तथ्य र प्रमाण सरकारलाई दिनुका साथै जग्गा हिनामिनामाथि अनुसन्धानका लागि डेढ दशकदेखि सक्रियता देखाएका थिए ।

२०४६ पछि बनेको मन्त्रिपरिषद्ले पञ्चायतकालमा जफत जग्गा छानबिन गरी फिर्ता गर्ने निर्णय गरेको थियो । तर, यही निर्णयको गलत व्याख्या गरेर मुआब्जा दिएर अधिग्रहण गरिएका जग्गा पनि फिर्ता गराउने प्रपञ्च रचिएको थियो । सुवर्णशमशेरको परिवारबाट २ सय ८४ रोपनी १४ आना ३ पैसा जग्गा तत्कालीन सरकारले उचित मुआब्जा दिएर कानुनसम्मत अधिग्रहण गरेको ठहर पनि विशेष अदालतले गरेको छ ।

२०२१ मंसिर १५ मा ललिता निवासको जग्गा अधिग्रहण गर्ने निर्णय भएको र १७ मा यो विषय राजपत्रमा प्रकाशित भएकाले यसलाई अन्यथा भन्न नमिल्ने अदालतको टिप्पणी छ । ‘सुवर्णशमशेर र उनका छोरा कञ्चनशमशेरका नाममा रहेको १४ रोपनी ११ आना जग्गा मात्रै जफत भएको हो, २ सय ८४ रोपनी जग्गा कानुनसम्मत अधिग्रहण भएको ठहर्छ’ अदालतले भनेको छ । सरकारी निर्णयको अपव्याख्या गरेर अधिग्रहण भएको जग्गालाई पनि जफतकै सूचीमा राखेर हडपिएको फैसलामा उल्लेख छ ।

२०६६/६७ मा प्रधानमन्त्री कार्यालय विस्तारका नाममा नक्कली मोही र जग्गा धनीलाई ललिता निवासको जग्गा सट्टाभर्नाबापत दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगेर अनुमोदन गराइएको थियो । मन्त्रीहरू गच्छदार, श्रेष्ठ, जोशीले लगेको प्रस्तावका आधारमा ललिता निवासको करिब ५ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा कायम गरेर नक्कली मोहीमा जाने गरी निर्णय भएका थिए ।

तलबाट आएका प्रस्तावलाई मन्त्रिपरिषद्सम्म पुर्‍याउने काम गरेको भन्दै सचिव अधिकारीलाई सफाइ दिइएको छ । मन्त्रिपरिषद्को निर्णय नीतिगत भएको र नीतिगत निर्णयमा अख्तियारको क्षेत्राधिकार नरहने भन्ने अभियोगपत्रमै उल्लेख भएका लगायत कारण देखाएर गच्छदार, श्रेष्ठ र जोशीलाई सफाइ दिइएको हो । २०४९ र २०६२ मा जग्गा राणा परिवारका नाममा लैजान भएको निर्णयमा डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखद्वय कलाधर देउजा र टीकाराम घिमिरेसहित १८ लाई अदालतले दोषी ठहर गरेको छ । सरकारी जग्गामा गलत दावीसहित राणा परिवारका ५ जना सदस्यहरू सुनीति राणा, शैलजा राणा, हेमनशमशेर, हाटकशमशेर र रुक्मशमशेर राणा तथा मालपोत र भूमिसुधारका कर्मचारीहरू कलाधर देउजासहित ५ कर्मचारी तथा भूमाफिया रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई दोषी ठहर गर्दै जनही ७५ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय सुनाइएको छ । मालपोतबाट छुट दर्ताका नाममा थप १२ आना ०६२ मा राणा परिवारका नाममा गएको थियो । यसमा प्रमुख मालपोत अधिकृत टीकाराम घिमिरेसहित ५ कर्मचारी र सुनीतिलाई ६ महिना कैद र जनही ७ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

नक्कली जग्गाधनी र नक्कली मोहीलाई सट्टाभर्ना दिने गरी गैरकानुनी रूपमा मन्त्रालय र मालपोतबाट भएका निर्णय प्रक्रियामा सामेल तत्कालीन सचिवद्वय बस्न्यात र पन्तसहित १२ जना दोषी ठहर भएका छन् । दुई सचिवसहित १२ कर्मचारी र व्यापारी मीनबहादुर गुरुङलाई जनही ८० लाख ४८ हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद, जग्गा जफतको फैसला सुनाइएको छ । सट्टाभर्नामा नक्कली मोही दाबी गर्ने श्रीकृष्ण महर्जनसहित १२ जनालाई पनि दोषी ठहर गरी २ वर्ष कैद र बिगोबमोजिम जरिवानाको फैसला भएको छ ।

५७ जनालाई नक्कली मोही बनी जग्गामा हकदाबी गरेकाले कसुरदार ठहर गरिएको छ । उनीहरूलाई जनही २ वर्ष कैद र जरिवानाको फैसला भएको छ । घूसबापत जग्गा बकस लिएका १५ जनालाई पनि २ वर्ष कैद र जरिवानाको फैसला भएको छ ।

टिकिन्छा गुठीमा लगेर नक्कली मोही कायम गर्ने तत्कालीन गुठी प्रशासक बलिरामप्रसाद साह तेलीसहित १७ जनाविरुद्ध १ वर्ष कैद र जनही ४१ लाख ६७ हजार ५ सय २९ जरिवानाको फैसला भएको छ । गुठीमा जग्गा लगेर भूमाफियाका नाममा कायम गराएको अभियोगमा तेलीसहित हरिबोल आचार्य, रामेश्वर बिडारी, सेवन्तराज चापागाईं, हेमराज सुवेदी, तेजराज पाण्डे, तुल्सी पोखरेल, हरिप्रसाद जोशी, दिलीपकुमार भट्ट, नवराज पौडेल, जयप्रसाद रेग्मी, शैलेन्द्र पौडेल, फणीन्द्रप्रसाद दाहाल, मणिकुमार राना, बद्रीबहादुर कार्की, लक्ष्मीनारायण उप्रेती र दिनेशप्रसाद शर्मा दोषी ठहर भएका हुन् । त्यसैगरी प्रधानमन्त्री निवास विस्तारका नाममा भएका निर्णयमा पनि कर्मचारीहरू दोषी ठहर भएका छन् । यसमा मालपोत कार्यालयबाट निर्णय गर्दा नै जग्गा सट्टाभर्नास्वरूप जग्गा धनी र मोहीको नाम नामसारी दाखिला खारेज प्रक्रिया सम्पन्न गरेर मन्त्रालयमा पेस गरिएको र मन्त्रालयबाट यसमा थप नाम हेरफेर गर्ने काम सचिवले गरेको भन्दै निर्णय प्रक्रियामा कर्मचारीका कारण जग्गा व्यक्तिका नाममा पुगेको फैसलामा उल्लेख छ ।

पुरा हेर्नुहोस्


रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।

पुरा हेर्नुहोस्


गायक विष्णु डुम्रे र गायिका अस्मिताको स्वरमा“फरर डोरी” सार्वजनिक

काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागी भएपनी यस गीतले नेपाली संगीतको सागरमा केही भएपनी योग्दान दिने उहाँले बताउनुभयो ।

गीतको भिडियोमा लोमस शर्मा र  अस्मिता रनपालको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको भिडियोलाई कुमार केशीद्वारा निर्देशित भिडियोलाई अजय रेग्मीको छायांकन तथा अमृत चापागाईँको सम्पादन रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/XBoLFDtqxEY?si=fCu5zXLmHFGY31yT" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" allowfullscreen></iframe>

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


लेख तथा रचना


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण
  • ⇒ विषाक्त ग्याँस लिक हुँदा १६ जनाको मृत्यु
  • ⇒ अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु
  • ⇒ महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु
  • ⇒ ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ अन्तर प्रदेश राष्ट्रिय खेलकुद आइतबार देखि सुरुहुने
  • ⇒ सुष्मा र दीपक सर्वोत्कृष्ट खेलाडी
  • ⇒ ई स्पोर्ट्सकाे अध्यक्षमा धमला निर्विरोध निर्वाचित
  • ⇒ ६ घरेलु तरिका, जसले पेट सफा र हल्का बनाउँछ
  • ⇒ गायक विष्णु डुम्रे र गायिका अस्मिताको स्वरमा“फरर डोरी” सार्वजनिक
  • अरु हेर्नुहोस्