मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

सुनुवार समाजका अध्यक्ष माओवादी केन्द्रमा प्रवेश ।


२०७८, चैत २, बुधबार

News Title

ललितपुर । सुनुवार सेवा समाजको अध्यक्ष रणवीर सुनुवार माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनी लामो समयदेखि वल्लो किरात संघर्ष समितिमा क्रियाशील थिए ।

हाल संयुक्त किरात लिपिका संयोजक रहेका सुनुवारलाई खुमलटारमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरे । पूर्व प्रशासक रूपमा लामो समय काम गरेर उनी निवृत्त छन् ।
उनले मा‌ओवादी प्रवेश गर्दै बाँकी जीवन उत्पीडित र सीमान्तकृतको पक्षमा आवाज बुलन्द गर्ने बताएका छन् ।

ताजा समाचार


ई स्पोर्ट्सकाे अध्यक्षमा धमला निर्विरोध निर्वाचित

काठमाडौँ । ई स्पोर्ट्स संघ नेपाल (ईसान) को पहिलो साधारणसभाले राष्ट्रिय खेलकुद परिषद् का सदस्य समेत रहनु भएको अञ्जन धमलाको अध्यक्षतामा १६ सदस्यीय केन्द्रीय कार्यसमिति शुक्रबार निर्विरोध चयन गरेको छ।

संघमा हिमविक्रम केसी वरिष्ठ उपाध्यक्ष, कल्दीप राई र पुरन खड्का उपाध्यक्ष, पवन कार्की महासचिव तथा आशिष दाहाल र बालकुमार केसी सचिव चयन भए । त्यसै गरि घनश्याम ढुंगेल, सञ्जीव भट्टराई, सिजन भट्टराई, पुकार केसी, डा. घनश्याम पाण्डे, प्रज्ज्वल कडरिया, विपुल भट्टराई, मौसमी लामा र विजय खड्का सदस्यमा चयन भए।

राखेपका उपाध्यक्ष शिव कोइरालाले नवनिर्वाचित पदाधिकारीलाई बधाइ दिदै सफल कार्यकालका लागि शुभकामना दिए। साधारण सभाको राखेपका सदस्य–सचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए। संघ को पहिलो साधारण सभाको उद्घाटन गर्नु हुँदै सदस्य सचीव घिसिङ ले नेपालमा इस्पोर्ट को महत्व र आवश्यकता बारे चर्चा गर्नु भयो । आफ्नो कार्यकाल मा करिब २०० संघ हरुलाइ खेलकुद बिकास ऎन २०७७ र नियामावली २०७९ अनुसार मर्ज तथा खारेज गरि ६१ वटा मा सिमित गरेको र इस्पोर्ट को प्रचुर सम्भावना देखेर नै नयाँ दर्ता गरिएको बताउनु भयो ।

को हुन धमला ?

बि. स. २०३७ मा गोरखामा जन्मनु भएको धमला हाल राष्ट्रिय खेलकुद परिषद को बोर्ड सदस्य हुन । नेपालमा आइटिएफ तेक्वान्दो को लामो समय सफल नेतृत्व गरि सक्नु भएको धमला तेक्वान्दो को ६ डान तथा आइटिएफ तेक्वान्दो को दक्षिण एसिया को उपाध्यक्ष पनि हुन । लामो समय खेल जिबनमा बिताएका धमला सङ्ग नेपाली खेलकुदको थुप्रै अनुभव छ । हालै चिनमा सप्पन्न एसियायी खेलकुदमा नेपालको तर्फबाट डेपुटी सेफ द मिसन को जिम्मेवारी बहन गरिसकेका धमला नेपाल खेलकुद महासङ्घ का महासचिव पनि हुन ।



पुरा हेर्नुहोस्

६ घरेलु तरिका, जसले पेट सफा र हल्का बनाउँछ

डा. पुनेश्वर केशरीआयुर्वेदिक चिकित्सक

भनाई नै छ, पेट खराब त दिमाग खराब । पेट गडबड भयो भने त्यसको असर सर्वत्र शरीरमा पर्छ ।

बिबिसीमा प्रकासित एक रिपोर्टमा उल्लेख छ, पेटमा यत्रतत्र हुने नसाको सोझो सम्बन्ध मस्तिष्कसँग हुन्छ । यी दुबैबीच संकेत आदनप्रदान हुन्छ । यदि पेटमा कुनै खराबी भयो भने त्यो मस्तिकलाई थाहा हुन्छ ।’

त्यसो त पेट राम्रो हुनु र नहुनुले सम्पूर्ण शरीरलाई प्रभाव पार्छ । किनभने शरीरलाई जरुरी कुनैपनि पोषक तत्व पेटकै माध्यम हुँदै सबैतिर पुग्ने हो । हाम्रो शरीरलाई जे जति पोषक तत्व जरुरी हुन्छ, त्यसमध्ये अधिकांश खानेकुराबाट प्राप्त हुने हो ।

यसरी खाएको खानेकुरालाई पाचन क्रियामा सहभागी गराई त्यसबाट पोषक तत्व लिने काम पेटले गर्छ । त्यसो त पेटको काम अन्न पचाउने मात्र होइन, रोग प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउने पनि हो ।

बिबिसीको रिपोर्टमा भनिएको छ, ‘पेट शरीरको एक अत्यान्त महत्वपूर्ण प्रतिरक्षा तन्त्र पनि हो ।’

तर, हामी पेटलाई डस्बिन बनाइरहेका हुन्छौं । मनलाग्दी खान्छौं । खानुपर्ने, नखानुपर्ने सबै खान्छौं । यही कारण हामीमध्ये धेरैजसो पेटका रोगी छौं । पेटको रोगी हुनु भनेको सम्पूर्ण शरीर नै कमजोर र शिथिल हुनु हो ।

यस्तोमा प्रश्न उठ्छ, कसरी पेटलाई सफा, बलियो, हल्का बनाउने ?

यसका लागि केही घरेलु एवं प्राकृतिक विधि छन् ।

बिहान उठ्नसाथ मनतातो पानी

दिनको सुरुवात नै पेटको सफाइबाट गरौं । बिहान जब उठ्नुहुन्छ, मनतातो पानी पिउनुहोस् । एक वा दुई गिलास मनतातो पानी पिउनु पेटका लागि अत्यान्त लाभदायक छ ।

जिरा पानी

बिहान उठ्नसाथ खाली पेटमा जिरापानी पिउनु पनि पेटका लागि राम्रो हुन्छ । एक गिलास पानीमा एक चम्चा जति जीराको दाना मिसाएर उमाल्नु पर्छ । मनतातो भएपछि पिउन सकिन्छ । जिरामा एन्टिअक्सिडेन्ट, भिटामिन र मिनरल हुन्छ, जुन पाचन तन्त्रलाई स्वस्थ राख्न सहयोग गर्छ ।

ज्वानो पानी

ज्वानो निकै उपयोगी घरेलु औषधि हो । यसमा थाइमोल नामक रसायनिक तत्व पर्याप्त पाइन्छ, जसले पाचन रस निकाल्न सहयोग गर्छ । पेटमा पुगेको खानालाई पचाउने काममा यसले सहयोग गर्छ । यसैले पेट हल्का राख्न ज्वानो पानी पिउन सकिन्छ ।

कागती र मह

कागतीमा पाइने साइट्रिक एसिडले पेट सफा गर्छ । यसले कब्जियत हुन दिदैन । कागतीमा भिटामिन सि र फ्लेभोनोइड्स हुन्छ, जसले पेटमा भरिएको ग्यास निकालछ ।

कागतीमा मह मिसाएर खाँदा अरु लाभदायक हुन्छ । यसले आन्द्राको ब्याक्टेरियालाई सन्तुलन राख्न सहयोग गर्छ ।

तुलसीको पात

तुलसीलाई आयुर्वेदमा महाऔषधि भनिन्छ । यो निकै उपयोगी वनस्पति हो । पेटलाई सफा राख्न र रोग प्रतिरोधी क्षमता बढाउन पनि तुलसीको पात उपयोगी हुन्छ । तुलसीको पातलाई तातो पानीमा मिसाएर सेवन गर्दा त्यसले पेटलाई हल्का बनाउँछ ।

फाइबर

पेट स्वस्थ राख्नका लागि सबैभन्दा जरुरी छ, फाइबरको सेवन । फाइबरयुक्त खानेकुराले पेटलाई हल्का र सफा राख्न सहयोग गर्छ । हरियो सागपात, रेसादार खानेकुरा, ताजा फलफूल फाइबरको राम्रो स्रोत हुन् ।

केही सर्त

खानेकुरा राम्ररी चपाएर खाने गरौं

हुन त यो कुरा धेरैका लागि सामान्य लाग्छ । तर, खानेकुरा चपाउनु पाचन र पोषणको हिसाबले अत्यान्तै महत्वपूर्ण छ । के भनिन्छ भने, कुनैपनि ठोस पदार्थलाई मुखमै हामीले तरल जस्तो बनाएर खानुपर्छ । यसो गर्दा खानेकुरामा भएको पोषक तत्व शरीरले राम्ररी ग्रहण गर्न सक्छ ।

खानाको तालिका मिलाऔं

निश्चित समयमा खाना खाने बानी बसालौं । समय तालिका अनुसार खाना खाने बानीले पाचनमा धेरै ठूलो सहयोग पुग्छ ।

खाना खानसाथ सुत्ने नगरौं

खासगरी रातको समयमा अबेर खाना खाने र सुत्ने बानी धेरैको हुन्छ । पेटलाई खराब बनाउने कारण यो पनि हो । खाना खाएको कम्तीमा दुई घण्टापछि मात्र सुतौं ।

राती हल्का खानेकुरा मात्र खाने गरौं

राती हामी भरपेट खाइदिन्छौं । यसले गर्दा पाचनमा समस्या हुन्छ । रातको खाना सकेसम्म हल्का र थोरै खाने गर्नु उचित हुन्छ ।

तनाव व्यवस्थापन गरौं

पेटलाई स्वस्थ राख्नमा तपाईंको मानसिक अवस्थाले पनि ठूलो भूमिका खेल्छ । जब तपार्इं तनावग्रस्त हुनुहुन्छ, पेट पनि खराब हुन्छ । त्यसैले तनाव व्यवस्थापन गरौं, पेटलाई हल्का राख्नका लागि ।

पेटलाई हल्का र सफा राख्नका लागि खानपानको सही व्यवस्थापनले मात्र पुग्दैन । शारीरिक रुपमा सक्रिय हुनुपर्छ । साथसाथै केही यस्ता योग एवं व्यायाम छन्, जसले पेटलाई वास्तवमै फाइदा गर्छ ।

१. बज्रासन

२. नौकासन

३. मण्डुकासन

४. पवनमुक्तासन

५. हलासन



पुरा हेर्नुहोस्

गायक विष्णु डुम्रे र गायिका अस्मिताको स्वरमा“फरर डोरी” सार्वजनिक

काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागी भएपनी यस गीतले नेपाली संगीतको सागरमा केही भएपनी योग्दान दिने उहाँले बताउनुभयो ।

गीतको भिडियोमा लोमस शर्मा र  अस्मिता रनपालको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको भिडियोलाई कुमार केशीद्वारा निर्देशित भिडियोलाई अजय रेग्मीको छायांकन तथा अमृत चापागाईँको सम्पादन रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/XBoLFDtqxEY?si=fCu5zXLmHFGY31yT" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" allowfullscreen></iframe>



पुरा हेर्नुहोस्


२ पूर्वसचिवसहित १३१ दोषी ठहर, ३ पूर्वमन्त्री र १ पूर्वसचिवलाई सफाइ

काठमाडौँ । ललिता निवास परिसरको करिब २ सय ८४ रोपनी जग्गा कानुनसम्मत मुआब्जा दिएर २०२१ सालमा अधिग्रहण भएकामा त्यसको करिब ३० वर्षपछि योजनाबद्ध रूपमा व्यक्तिका नाममा फर्काइएको थियो । २०५० देखि हिनामिना गरिएको जग्गा ३० वर्षपछि फेरि सरकारका नाममा ल्याउने गरी विशेष अदालतले फैसला गरेकाेछ ।

ललिता निवास जग्गा प्रकरणमा १३१ जना दोषी ठहर हुनेगरी विशेष अदालतले गरेको फैसलाको मुख्य सन्देश के हो ?

९३ वर्षअघि विसं १९८७ मा तत्कालीन राजा त्रिभुवनसँग मागेर प्रधानमन्त्री भीमशमशेरले हालको बालुवाटार क्षेत्रको २ सय ९९ रोपनी जग्गा आफ्नो नाममा पाएका थिए । ‘देवाली’, ‘सानु’, ‘तलेजु’ र ‘इन्द्रजात्रा’ गुठीका नाममा रहेको र केही किसानले जोतभोग गर्दै आएको यो जग्गा भीमशमशेरले पाएपछि उनले पर्खाल लगाएर घेरेका थिए । पर्खालमा लेखाइएको थियो– ललितादेवी । ललितादेवी राणाहरूकी कुलदेवीका नाममा पुजिन्थिन् । कुलका नाममा आएको जग्गा भीमशमशेरबाट छोरा हिरण्यशमशेर र उनका पनि छोरा सुवर्णशमशेरका नाममा सरेको थियो । २०१६ पुस १ मा ‘बिर्ता उन्मूलन ऐन’ जारी भएसँगै जग्गा प्राप्ति ऐनअनुसार तत्कालीन भोगाधिकारी सुवर्णशमशेरको परिवारबाट १४ रोपनी ११ आना जफत गरिएको थियो भने दुई सय ८४ रोपनी जग्गा अधिग्रहण गरेको थियो । अधिग्रहण गर्दा सरकारले सुवर्ण परिवारलाई १६ लाख रुपैयाँभन्दा बढी मुआब्जा दिएको थियो । सरकारले प्राप्त गरेको जग्गा गृह मन्त्रालयअन्तर्गतको समरजंग कम्पनीका नाममा राखिएको थियो ।

पञ्यायतकालमा राजकाज मुद्दा लगाएर जफत गरिएका जग्गा फिर्ता गर्न भनेर ०४७ मा मन्त्रिपरिषद्ले गरेको निर्णयलाई अपव्याख्या गरेर मुआब्जा तिरेर अधिग्रहण गरिएका हदबन्दीभन्दा माथिका जग्गा पनि फिर्ता गर्ने योजना सफल पारिएको थियो ।

सरकारी अधिकारी र भूमाफियाको मिलेमतोमा हिनामिना गरिएको ललिता निवास परिसरको यो जग्गा अब भने सरकारका नाममा फिर्ता हुने भएको छ । यो प्रकरणमा अख्तियारले दायर गरेको मुद्दामा बिहीबार फैसला दिँदै विशेष अदालतले नेपाल सरकारका २ पूर्वसचिव र तत्कालीन भोगाधिकारी राणा परिवारका ५ सदस्यसहित १३१ जनालाई दोषी ठहर गरेको छ । सरकारका नाममा भएको जग्गा सुनियोजित रूपमा हडपिएकामा ती सबै प्रक्रिया खारेज गर्दै अदालतले दोषीलाई बिगो, कैद र जरिवाना तथा हिनामिना भएको जग्गा जफत गरेर सरकारकै नाममा ल्याउने गरी फैसला सुनाएको हो ।

विशेष अदालतका न्यायाधीशहरू खुसीप्रसाद थारू, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले पूर्वभूमिसुधार सचिव छविराज पन्त र पूर्वभौतिक योजना सचिव दीपबहादुर बस्न्यात तथा ललिता निवासका तत्कालीन भोगाधिकारीहरू सुनीति राणा, शैलजा राणा, हेमनशमशेर, हाटकशमशेर र रुक्मशमशेरसहितलाई दोषी ठहर गर्दै बिगोबमोजिम जरिवाना र कैद सजाय हुने गरी फैसला सुनाएको हो । विशेष अदालतका प्रवक्ता एवं उपरजिस्ट्रार धनबहादुर कार्कीले विभिन्न निर्णय प्रक्रियामा सामेल २ पूर्वसचिवसहित तत्कालीन भोगाधिकारी, नक्कली मोही, जग्गा हिनामिनामा संलग्न कर्मचारी र मतियारका रूपमा काम गर्नेसहितलाई दोषी ठहर र हिनामिना भएको १ सय ३६ रोपनी जग्गा पनि जफत हुने फैसला भएको बताए ।

जग्गा किनबेचमा संलग्न भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ तथा भूमाफिया किटान गरिएका शोभाकान्त ढकाल र रामकुमार सुवेदीलाई जग्गा हिनामिना प्रकरणको मुख्य मतियारका रूपमा अदालतले दोषी ठहर गरेको छ । जग्गा हिनामिनासम्बन्धी मन्त्रालयबाट फाइल सदर गरेर मन्त्रिपरिषद्मा पेस गर्ने ३ जना तत्कालीन मन्त्री र १ सचिवसहित केही हाइप्रोफाइलले भने कसुरबाट सफाइ पाएका छन् । पूर्वउपप्रधान तथा भौतिक योजनामन्त्री विजयकुमार गच्छदार, पूर्वभूमिसुधारमन्त्रीद्वय चन्द्रदेव जोशी र डम्बरबहादुर श्रेष्ठ तथा पूर्वभूमिसुधार सचिव दिनेशहरि अधिकारीलाई विशेषले कसुरबाट सफाइ दिएको हो ।

विसं २०४९ देखि २०६९ को अवधिमा गुठी संस्थान, मालपोत, नापी, भूमिसुधार विभाग र मन्त्रालयबाट गैरकानुनी निर्णय गराएर ललिता निवास परिसरको १ सय ३६ रोपनीभन्दा बढी जग्गा हिनामिना गरेको कसुरमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७६ माघ २२ मा १ सय १० जनाविरुद्ध बिगो, कैद र जरिवाना तथा ६५ जनाविरुद्ध जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरेको थियो । पछिल्लो पटक लगातार २२ दिनसम्म मुद्दालाई नियमित सुनुवाइमा राखेर अदालतले बिहीबार किनारा लगाएको प्रवक्ता कार्कीले बताए ।

विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीले विशेषको फैसलाले राजनीतिक व्यक्तिलाई सफाइ दिए पनि यो फैसला समग्रमा साहसिक र ऐतिहासिक नै रहेको टिप्पणी गरे । ‘सरकारी जग्गा पद र शक्ति तथा प्रलोभनमा खाने/मास्ने काम जुनसुकै बेला भए पनि त्यस्तो अपराधमा संलग्नले एक दिन कानुनको कठघरामा आउनैपर्छ भन्ने सन्देश यसले दिएको छ,’ कार्कीले भने । हाल अख्तियार प्रमुख रहेका प्रेमकुमार राई गृह सचिव भएका बेला पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको थियो । समितिले दिएको प्रतिवेदनका अनुसन्धानका लागि सरकारले अख्तियार र प्रहरीमा पठाएको थियो । त्यसका लागि अधिवक्ता युवराज कोइरालाले थुप्रै तथ्य र प्रमाण सरकारलाई दिनुका साथै जग्गा हिनामिनामाथि अनुसन्धानका लागि डेढ दशकदेखि सक्रियता देखाएका थिए ।

२०४६ पछि बनेको मन्त्रिपरिषद्ले पञ्चायतकालमा जफत जग्गा छानबिन गरी फिर्ता गर्ने निर्णय गरेको थियो । तर, यही निर्णयको गलत व्याख्या गरेर मुआब्जा दिएर अधिग्रहण गरिएका जग्गा पनि फिर्ता गराउने प्रपञ्च रचिएको थियो । सुवर्णशमशेरको परिवारबाट २ सय ८४ रोपनी १४ आना ३ पैसा जग्गा तत्कालीन सरकारले उचित मुआब्जा दिएर कानुनसम्मत अधिग्रहण गरेको ठहर पनि विशेष अदालतले गरेको छ ।

२०२१ मंसिर १५ मा ललिता निवासको जग्गा अधिग्रहण गर्ने निर्णय भएको र १७ मा यो विषय राजपत्रमा प्रकाशित भएकाले यसलाई अन्यथा भन्न नमिल्ने अदालतको टिप्पणी छ । ‘सुवर्णशमशेर र उनका छोरा कञ्चनशमशेरका नाममा रहेको १४ रोपनी ११ आना जग्गा मात्रै जफत भएको हो, २ सय ८४ रोपनी जग्गा कानुनसम्मत अधिग्रहण भएको ठहर्छ’ अदालतले भनेको छ । सरकारी निर्णयको अपव्याख्या गरेर अधिग्रहण भएको जग्गालाई पनि जफतकै सूचीमा राखेर हडपिएको फैसलामा उल्लेख छ ।

२०६६/६७ मा प्रधानमन्त्री कार्यालय विस्तारका नाममा नक्कली मोही र जग्गा धनीलाई ललिता निवासको जग्गा सट्टाभर्नाबापत दिने प्रस्ताव मन्त्रिपरिषद्मा लगेर अनुमोदन गराइएको थियो । मन्त्रीहरू गच्छदार, श्रेष्ठ, जोशीले लगेको प्रस्तावका आधारमा ललिता निवासको करिब ५ रोपनी जग्गा पशुपति टिकिन्छा गुठीका नाममा कायम गरेर नक्कली मोहीमा जाने गरी निर्णय भएका थिए ।

तलबाट आएका प्रस्तावलाई मन्त्रिपरिषद्सम्म पुर्‍याउने काम गरेको भन्दै सचिव अधिकारीलाई सफाइ दिइएको छ । मन्त्रिपरिषद्को निर्णय नीतिगत भएको र नीतिगत निर्णयमा अख्तियारको क्षेत्राधिकार नरहने भन्ने अभियोगपत्रमै उल्लेख भएका लगायत कारण देखाएर गच्छदार, श्रेष्ठ र जोशीलाई सफाइ दिइएको हो । २०४९ र २०६२ मा जग्गा राणा परिवारका नाममा लैजान भएको निर्णयमा डिल्लीबजार मालपोतका तत्कालीन प्रमुखद्वय कलाधर देउजा र टीकाराम घिमिरेसहित १८ लाई अदालतले दोषी ठहर गरेको छ । सरकारी जग्गामा गलत दावीसहित राणा परिवारका ५ जना सदस्यहरू सुनीति राणा, शैलजा राणा, हेमनशमशेर, हाटकशमशेर र रुक्मशमशेर राणा तथा मालपोत र भूमिसुधारका कर्मचारीहरू कलाधर देउजासहित ५ कर्मचारी तथा भूमाफिया रामकुमार सुवेदी र शोभाकान्त ढकाललाई दोषी ठहर गर्दै जनही ७५ लाख रुपैयाँ जरिवाना र २ वर्ष कैद सजाय सुनाइएको छ । मालपोतबाट छुट दर्ताका नाममा थप १२ आना ०६२ मा राणा परिवारका नाममा गएको थियो । यसमा प्रमुख मालपोत अधिकृत टीकाराम घिमिरेसहित ५ कर्मचारी र सुनीतिलाई ६ महिना कैद र जनही ७ लाख रुपैयाँ जरिवाना तोकिएको छ ।

नक्कली जग्गाधनी र नक्कली मोहीलाई सट्टाभर्ना दिने गरी गैरकानुनी रूपमा मन्त्रालय र मालपोतबाट भएका निर्णय प्रक्रियामा सामेल तत्कालीन सचिवद्वय बस्न्यात र पन्तसहित १२ जना दोषी ठहर भएका छन् । दुई सचिवसहित १२ कर्मचारी र व्यापारी मीनबहादुर गुरुङलाई जनही ८० लाख ४८ हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद, जग्गा जफतको फैसला सुनाइएको छ । सट्टाभर्नामा नक्कली मोही दाबी गर्ने श्रीकृष्ण महर्जनसहित १२ जनालाई पनि दोषी ठहर गरी २ वर्ष कैद र बिगोबमोजिम जरिवानाको फैसला भएको छ ।

५७ जनालाई नक्कली मोही बनी जग्गामा हकदाबी गरेकाले कसुरदार ठहर गरिएको छ । उनीहरूलाई जनही २ वर्ष कैद र जरिवानाको फैसला भएको छ । घूसबापत जग्गा बकस लिएका १५ जनालाई पनि २ वर्ष कैद र जरिवानाको फैसला भएको छ ।

टिकिन्छा गुठीमा लगेर नक्कली मोही कायम गर्ने तत्कालीन गुठी प्रशासक बलिरामप्रसाद साह तेलीसहित १७ जनाविरुद्ध १ वर्ष कैद र जनही ४१ लाख ६७ हजार ५ सय २९ जरिवानाको फैसला भएको छ । गुठीमा जग्गा लगेर भूमाफियाका नाममा कायम गराएको अभियोगमा तेलीसहित हरिबोल आचार्य, रामेश्वर बिडारी, सेवन्तराज चापागाईं, हेमराज सुवेदी, तेजराज पाण्डे, तुल्सी पोखरेल, हरिप्रसाद जोशी, दिलीपकुमार भट्ट, नवराज पौडेल, जयप्रसाद रेग्मी, शैलेन्द्र पौडेल, फणीन्द्रप्रसाद दाहाल, मणिकुमार राना, बद्रीबहादुर कार्की, लक्ष्मीनारायण उप्रेती र दिनेशप्रसाद शर्मा दोषी ठहर भएका हुन् । त्यसैगरी प्रधानमन्त्री निवास विस्तारका नाममा भएका निर्णयमा पनि कर्मचारीहरू दोषी ठहर भएका छन् । यसमा मालपोत कार्यालयबाट निर्णय गर्दा नै जग्गा सट्टाभर्नास्वरूप जग्गा धनी र मोहीको नाम नामसारी दाखिला खारेज प्रक्रिया सम्पन्न गरेर मन्त्रालयमा पेस गरिएको र मन्त्रालयबाट यसमा थप नाम हेरफेर गर्ने काम सचिवले गरेको भन्दै निर्णय प्रक्रियामा कर्मचारीका कारण जग्गा व्यक्तिका नाममा पुगेको फैसलामा उल्लेख छ ।

पुरा हेर्नुहोस्


रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण

१५ कात्तिक, काठमाडौं । रामेछाप निवासी युवा पर्वतारोही प्रकाशराज पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारो सफल आरोहण गरेका छन्। यही अक्टुबर ३१ तारिखका दिन बिहान ६स्ः४० बजे उनले तान्जेनियाको किलिमाञ्जारो हिमाल आरोहण‍ गरेका हुन्। पाण्डेले किलिमञ्जारोमा नेपालको राष्ट्रिय झण्डासमेत फहराएका छन् । उक्त हिमाल पाँच हजार ८ सय ९५ मिटर अग्लो छ। पर्वतारोही पाण्डेले आधार शिविरबाट तीन दिनमा आरोहण पूरा गरेको रामेछाप न्युजलाइ बताए ।

पाण्डेले सातै महादेशका उच्च हिमाल आरोहण गरी सेभेन समिट पूरा गर्ने लक्ष्यका साथ गत जुन २९ तारिखका दिन बिहान ९ बजे युरोपको सर्वोच्च शिखर रुसमा रहेको माउन्ट एलब्रस हिमाल पनि आरोहण गरेका थिए। उनले यस अगाडि सगरमाथा, मनास्लु, आमादब्लमलगायत नेपालका ६ वटा हिमालको सफल आरोहण गरिसकेका छन् । सात वटा महादेशका अग्ला हिमाल चढ्ने तयारी गरिरहेका पाण्डेले सबैभन्दा पहिला युरोपकै अग्लो हिमाल रुसको माउन्ट एल्ब्रसबाट आफूले अभियान सुरु गरेकोगरेको बताए । 

हाल पाण्डेले अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको पनि सफल आरोहण गरेका छन् । उनी गत अक्टुबर २३ मा आरोहरणका लागि नेपालबाट त्यसतर्फ प्रस्थान गरेका थिए।रामेछाप लिखु तामाकोसी गाउँपालिका निवासी पाण्डेले सात वटै प्रदेशका उच्च हिमाल आरोहण गरेर विश्व रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।

पुरा हेर्नुहोस्


गायक विष्णु डुम्रे र गायिका अस्मिताको स्वरमा“फरर डोरी” सार्वजनिक

काठमाण्डौ । नेपाली मौलिक लोक गीत संगीतमा सक्रिय गायक विष्णु डुम्रे र गायिका कल्पना काफलेको स्वरमा  “फरर डोरी” बोलको गीत सार्वजनिक गरेका छन् । मायाको डोरी आफनी मायालुलाई गास्नको लागी गीत मार्फत आग्रह गरिएको छ । जिवन भण्डारीको शब्द तथा विष्णु डुम्रे लय सिर्जना भने विष्णु डुम्रेले गरेका छन । मौलिक सिर्जनाको विकास एवम विस्तारका लागी भएपनी यस गीतले नेपाली संगीतको सागरमा केही भएपनी योग्दान दिने उहाँले बताउनुभयो ।

गीतको भिडियोमा लोमस शर्मा र  अस्मिता रनपालको आकर्षक अभिनय देख्न सकिन्छ । मौलिक स्वादमा तयार भएको गीतको भिडियोलाई कुमार केशीद्वारा निर्देशित भिडियोलाई अजय रेग्मीको छायांकन तथा अमृत चापागाईँको सम्पादन रहेको छ ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला

<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/XBoLFDtqxEY?si=fCu5zXLmHFGY31yT" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" allowfullscreen></iframe>

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


लेख तथा रचना


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ रामेछापका पाण्डेद्वारा अफ्रिकाको सर्वोच्च शिखर किलिमञ्जारोको सफल आरोहण
  • ⇒ विषाक्त ग्याँस लिक हुँदा १६ जनाको मृत्यु
  • ⇒ अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु
  • ⇒ महाराष्ट्रमा बसमा आगलागी हुँदा २५ जनाको मृत्यु
  • ⇒ ओडिसामा बस दुर्घटना हुँदा ११ जनाको मृत्यु
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ ई स्पोर्ट्सकाे अध्यक्षमा धमला निर्विरोध निर्वाचित
  • ⇒ ६ घरेलु तरिका, जसले पेट सफा र हल्का बनाउँछ
  • ⇒ गायक विष्णु डुम्रे र गायिका अस्मिताको स्वरमा“फरर डोरी” सार्वजनिक
  • ⇒ पारा तेक्वान्दो खेलाडी पलेशा पारा ओलम्पिकमा छनोट
  • ⇒ ओलम्पिक क्वालीफाइङ बक्सिङमा चन्द्रको विजयी सुरुवात
  • अरु हेर्नुहोस्