मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना

कुनै एकदिन कुनै पुस्ताले सानुकान्छा श्रेष्ठको योगदानको इतिहास खोजी गर्नेछ ।


२०७९, जेठ १, आइतबार

News Title

समाजसेवी क.सानुकान्छा श्रेष्ठ 

✍️ अनुराग अरुण 

२०५२ सालमा लुभुमा खानेपानीको साह्रै समस्या थियो । बिहान टोल टोलमा रहेको सार्वजनिक धारामा एक दुई घण्टा पानी आउँथ्यो । टोलभरिका महिलाहरु गाग्री लाइनमा लश्करै राखेर आफ्नो पालो अनुसार पानी थाप्थे । कुनैबेला पानीको लागि टोल टोलमा महिलाहरु आपसमै झगडा गरिरहेको दृश्य यदाकदा देखिन पाईन्थ्यो । कुनै टोलमा टोकन अनुसार पालैपाला पानी थाप्थे । कुनै बेला चार पाँच दिन धाराबाट पानी आउँथेन । तब मान्छेहरु साइकल, गाडी र मोटरसाइकलमा पानी राख्ने ग्यालेन लिएर लामाटार ढुगिंनसम्म पानी लिन जान्थे ।

त्यतिबेला लुभुबासीहरु नुहाउन र लुगा धुन इनारको पानी र गोदावरी खोलाको पानी प्रयोग गर्थे । चैत्र बैसाखको गर्मीमा इनारमा पानी पनि उतिसारो हुन्थिएन । नुहाउन र लुगा धुने झन समस्या थियो । एक एक थोपा पानीको अति नै अमुल्य महत्व थियो ।

तर आज अधिकांश लुभुबासीहरुको घर घरमा खानेपानीको धारा जडान भएको छ । बिहान बेलुका धारामा पानी आइरहन्छ । अब पहिले जस्तो नुहाउन, लुगाधुन र पिउन पानीको कुनै समस्था छैन । पहिले जस्तो टोल टोलमा खानेपानीको लागि झगडा गरिरहनुपर्ने अब अवस्था छैन । 

जब म पानी पिउँछु । पिउने पानीको गिलासमा क.सानुकान्छा श्रेष्ठको पसिनाले लतपतिएको अनुहार झल्झल देख्छु । यिनैको भगिरथ त्याग, तपश्या र अथक प्रयासले आज लुभुभरिमा खानेपानीको सर्व सुलभता भएको छ । अहिले लुभु खानेपानीको सञ्चालक समितिमा सबै पार्टीका मान्छेहरु सञ्चालक हुनुहुन्छ । उहाँहरु सबैलाई यो कुरा विदितै छ, लुभुमा खानेपानीको लागि सानुकान्छा श्रेष्ठले के कति गरे ? सधैं दिन रात आफै खटेका छन् । यति मात्र होइन, खानेपानीलाई आफ्नो करौडौं मुल्यपर्ने जग्गा समेत दिएका छन् ।

दु:ख लाग्छ, हामी कुनै अमुक दलका कार्यकर्ता वा मतदाता त भयौं । तर हामीमा राजनीतिको उच्च सभ्य संस्कार भएन । चेतना आएन । मलाई लाग्छ, आज नभए भोलि कुनै न कुनै एकदिन कुनै पुस्ताले क.सानुकान्छा श्रेष्ठको यो योगदानको इतिहास खोजी गर्नेछ, र त्यसको निष्पक्ष मुल्याकंन अवस्य गर्नेछ ।

ताजा समाचार


युवा मुक्केबाजहरु विशेष प्रशिक्षणका लागि भारत प्रस्थान

ललितपुर । भारतीय बक्सिङ संघकाे आयाेजनामा यही २०२३ मार्च २५ देखि अप्रिल ६ तारिख सम्म भारतकाे राेतक शहर हरियानामा शुरुहुन गईरहेकाे बहुराष्ट्रिय बक्सिङ प्रशिक्षण शिबिरमा सहभागी हुन नेपाली युवा मुक्केबाजहरु भारत प्रस्थान गरेका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले युवा मुक्केबाजहरु वाङ्दि छिरिङ शेर्पा, रिजन गुरुङ, आयुस थापा, प्रवल उप्रेती, राेशन ठाकुरलाई खादामाला लगाई यात्रा सफलता सहित राम्राे प्रशिक्षण लिनका लागि शुभकामना दिनुभएका थियाे ।

सदस्य सचिव घिसिङले युवा खेलाडीहरु यसरी खेलकुदमा देखा पर्दा आफू पनि युवा नै रहेकाे र  आफुमा अझ बढि जाेसजाँगर पैदाहुने बताए । उहाँले  खेलाडीहरुले स्फुर्तरुपमा खेल खेल्न पाउने वातावरण बनाउन संघ, परिषद र सरकार कामदारकाे भुमिकामा रहेकाेले खेलाडीले आफ्नाे ध्यान आकर्ष गराई हामीलाई पछि-पछि दाैडिने वातावरण बनाउन युवा खेलाडीहरुलाई हाैसल प्रदान गर्नुभएका थियाे ।

नेपाल बक्सिङ संघका अध्यक्ष राम अवालेकाे अध्यक्षतामा आयाेजित खेलाडी बिदाई कार्यक्रममा सदस्य सचिव घिसिङले बक्सिङ खेलले एक पछि अर्काे सफलता हासिल गर्दै अगाडि बढेकाे र बक्सिङ प्रशिक्षणकाे लागि अतिआबश्यबक अन्तर्राष्ट्रिय स्तरकाे बक्सिङ कभर्डहल निर्माणमा आफ्नाे चासाे र चिन्ता भएकै कारण डिपिआर गर्न आबश्यक जनशक्ति परिचालन गरेकाे र आगामी वर्ष बजेट समेत बिनियाेजन गर्ने बताउनु भयाे । 

सन् २००४ र २००५ मा जन्म भएका उदयमान युवा खेलाडीहरुकाे लागि तयार पारिएकाे उक्त बिशेश बक्सिङ प्रशिक्षणमा नेपाल लगाएत अन्य थुप्रै राष्ट्रहरुकाे सहभागीता रहने छ । उक्त प्रशिक्षण शिबिरलाई  नेपाल बक्सिङ संघले एएसबिसी यूथ मेन एण्ड उमन्स बक्सिङ च्याम्पियनसिपकाे तयारीकाे रुपमा राखेकाे बताएकाे छ ।

 उक्त शिबिरमा एएसबिसी जुनियर बक्सिङ च्याम्पियनसिपमा काँस्य पदक विजेता तथा राष्ट्रिय खेलकुद परिषदद्वारा प्रदान गरिएकाे राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पदक विजेता खेलाडी पुरस्कार -२०७८ काे पुरस्कार (नगद एक लाख पचास हजार) विजेता वाङ्दि छिरिङ शेर्पा (टाेलि नेता) सहित प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेश र मकवानपुर जिल्ला बक्सिङ संघकाे आयाेजनामा भर्खरै सम्पन्न अल नेपाल नाेभिस बक्सिङ प्रतियोगिता -२०७९ मा स्वर्ण पदक विजेता खेलाडीहरु प्रबल उप्रेती र आयुस थापा सहित रिजन गुरुङ, राेशन ठाकुर र बरिस्ठ बक्सिङ प्रशिक्षक ओलम्पियन डम्बर दत्त भट्ट सहभागी रहेकाछन् ।

खेलाडी बिदाई कार्यक्रममा संघका उपाध्यक्ष किरण बहादुर श्रेष्ठ, सदस्यहरु मान बहादुर भण्डारी, श्यामकाजी अवाले, आईटिओ पुष्करराज पन्त, प्रदेश खेलकुद विकास परिषद, बागमती प्रदेशका बाेर्ड सदस्य तथा आईबा टु स्टार रेफ्री/जज धनकुमार मैनाली लगाएत खेलप्रेमी महानुभावहरुकाे उपस्थिति रहेकाे थियाे ।



पुरा हेर्नुहोस्

बागमती प्रदेशबाट प्राे बक्सिङमा सहभागी हुने

काठमाडौं ।  नेपाल प्राेफेशनल बक्सिङ संघकाे तत्वावधानमा यूनाईटेड प्राेफेशनल बक्सिङले लुम्बिनी टाईगर प्यालेस रिसाेर्टमा आयाेजना गरेकाे यूनाईटेड प्राेफेशनल बक्सिङ फाईट क्लब नेपाल एडिशनमा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशबाट खेलाडी सहभागी हुनेभएका छन् ।

नियमित रुपमा बक्समाण्डु बक्सिङ क्लबमा प्रशिक्षण गरिरहेका बागमती प्रदेशका बक्सिङ खेलाडीहरु लक्ष्मण राई, शुलभ मालाकार र मनाेज तामाङ सहित प्रशिक्षकहरु सन्दिप श्रेष्ठ, उमेश कटुवाल र चन्द्र तामाङलाई आज बक्समाण्डु बक्सिङ क्लबकाे हलमा प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका बाेर्ड सदस्य धनकुमार मैनालीले विदाई गरेका थिए । 

प्राे बक्सिङका लागि बागमती प्रदेशबाट सहभागी खेलाडीहरु लक्ष्मण राई (५० केजी), शुलभ मालाकार (५७ केजी) र मनाेज तामाङ (७६ केजी) ताैल समुहमा ईन्डियाका खेलाडीहरु क्रकश: शुभम चाैहान, विनय बर्मा र कुल्दिप सिंहसंग प्रतिस्पर्धा गर्नेछन् । २०२३ मार्च २५ तारिखमा आयाेजना हुने प्राे बक्सिङमा विजेताले १५ हजार र उपविजेताले १० हजार नगत सहित मेडल र प्रमाणपत्र पाउनेछन् ।

 



पुरा हेर्नुहोस्

उसु महासंघको अध्यक्षमा जनक बर्तौला निर्विरोध

काठमाडौं । नेपाल उसु महासंघको अध्यक्षमा पूर्व खेलाडी जनकप्रसाद बर्तौला निर्विरोध निर्वाचित भएका छन् । शनिबार समपन्न महासंघको साधारण सभाले बर्तौलाको अध्यक्षतामा २० सदस्यीय केन्द्रीय कार्यसमिति समेत निर्वारोध चयन गरेको हो ।

वरिष्ठ उपाध्यक्षमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) का पूर्व कोषाध्यक्ष शैलेश कर्माचार्य, उपाध्यक्षमा अभिषेकविक्रम शाह र दीपक लामा, महासचिवमा नवराज ढुंगाना, उप–महासचिवमा राजीव महर्जन, सचिवमा नविन बस्नेत तथा कोषाध्यक्षमा शंकर भुजेल निर्निरोध चुनिए ।

शुभराम मुनङ्गकर्मी, लव ढुंगाना, नविन महर्जन, राजेन्द्रकुमार राई, डम्बर यादव, शर्मिला कारिन्जत, अन्जली थापा, तिलकबहादुर चौधरी, जनकराज उपाध्याय, अजय बुढाथोकी, गजराज खड्का र रामबहादुर राना भुषाल सदस्यमा चयन भए ।

राखेपले गत पुस ५ गते तीन महिनाभित्र विधान स्वीकृत गराई निर्वाचन सम्पन्न गर्ने गरी बर्तौलाकै अध्यक्षतामा नेपाल उसु महासंघ, तदर्थ समिति गठन गरेको थियो ।

नव निर्वाचित पदाधिकारीहरुलाई राखेपअन्तर्गत खेलकुद विकास विभागका प्रमुख एवं प्रमुख निर्वाचन अधिकृत प्रेमबहादुर मल्लले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रमाण पत्र प्रदान गरेका थिए । नेपाल कराते महासंघका महासचिव हरिशरण केसीले पदाधिकारीहरुलाई खादा लगाइ बधाई दिएका थिए । त्यसअघि साधारण सभाको राखेपका उपाध्यक्ष शिव कोइरालाले लाटिम्पाटमा आयोजित एक कार्यक्रमबीच उद्घाटन गरेका थिए ।
साधारण सभामा केन्द्र, ४ प्रदेश र विभिन्न ३० जिल्लाका ६९ प्रतिनिधिको उपस्थिति रहेको निर्वाचन समितिको कार्यालयले जनाएको छ ।



पुरा हेर्नुहोस्


कोल्हवी-५ का वडाध्यक्ष पक्राउ

काठमाडौं, २७ फागुन । बाराको कोल्हवी नगरपालिका-५ का वडाध्यक्ष पक्राउ परेका छन् । वडाध्यक्ष नन्दकिशोर चौधरीलाई प्रहरीले आज पक्राउ गरेको हो ।

वन डिभिजन कार्यालय बाराका वन अधिकृतलाई दुर्व्यवहार गरेको आरोपमा चौधरी पक्राउ परेका हुन् । वन डिभिजन कार्यालयले अतिक्रमण हटाएर वृक्षारोपण गरेको जमीनको विषयमा छलफल गर्ने क्रममा वडाध्यक्ष चौधरीले अपशब्द प्रयोग गरेका थिए ।

घटनाको अनुसन्धानका लागि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

पुरा हेर्नुहोस्


सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन

काठमाडौं । सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति बनेका छन् । उनी १४औं राष्ट्रिय जनकंग्रेसको जारी अधिवेशनबाट शुक्रबार सर्वसम्मतिले राष्ट्रपतिमा निर्वाचित भएका हुन् ।

ग्रेट हल अफ द पिपलमा उपस्थित नेशनल पिपुल्स कंग्रेस (एनपीसी) का झण्डै तीन हजार सदस्यहरूले ६९ वर्षीय सीलाई सर्वसम्मत रूपमा राष्ट्रपतिमा चयन गरेको समाचार एजेन्सी सिन्ह्वाले जनाएको छ । योसँगै उनले माओत्सेतुङपछिको सबैभन्दा शक्तिशाली नेताका रूपमा आफ्नो पकड बलियो बनाएका छन् ।

सीविरुद्धमा कोही प्रतिस्पर्धी थिएनन् । उनी देशको केन्द्रीय सैन्य आयोगको अध्यक्षमा पनि तेस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएका छन् । झाओ लेजी संसदका नयाँ सभामुख र हान झेंग उपाध्यक्षमा निर्वाचित भएका छन् ।

पुरा हेर्नुहोस्


सुनचाँदीको मुल्य स्थिर, प्रतितोला कति ?

काठमाडौं, १६ फागुन । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन प्रतितोला एक लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला एक लाख १ हजार तिन सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी प्रतितोला एक हजार दुई सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।

पुरा हेर्नुहोस्



शिक्षा / स्वास्थ्य


अरु हेर्नुहोस्


लेख तथा रचना


अरु हेर्नुहोस्


अन्तराष्ट्रिय


  • ⇒ सी जिनपिङ तेस्रो कार्यकालका लागि चीनको राष्ट्रपति चयन
  • ⇒ ह्याम्बर्गमा गोली चल्दा ६ जनाको मृत्यु
  • ⇒ स्थानीय निर्वाचनको नयाँ मिति तोकियो
  • ⇒ अक्सिजन प्लान्टमा विस्फोट हुँदा ६ जनाको मृत्यु
  • ⇒ तेल भण्डारमा आगलागी, १७ जनाको मृत्यु
  • अरु हेर्नुहोस्


    अन्य


  • ⇒ युवा मुक्केबाजहरु विशेष प्रशिक्षणका लागि भारत प्रस्थान
  • ⇒ बागमती प्रदेशबाट प्राे बक्सिङमा सहभागी हुने
  • ⇒ उसु महासंघको अध्यक्षमा जनक बर्तौला निर्विरोध
  • ⇒ अन्जनीको विजयी सुरुआत
  • ⇒ अल नेपाल नाेभिस बक्सिङ प्रतियोगिता सुरु
  • अरु हेर्नुहोस्