मुख्य पृष्ठ हटलाइन समाचार शिक्षा / स्वास्थ्य राजनिती खेलकुद समाज अपराध अर्थ / व्यापार अन्तराष्ट्रिय भिडियो लेख तथा रचना
समाचार हटलाइन        

सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने क्यानमा सहमति

२०८१, जेठ ३, बिहीबार

काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने विषयमा नेपाल क्रिकेट संघ (क्यान) मा सहमति भएको छ । संघका पदाधिकारीबिच लामिछानेलाई निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने विषयमा सहमति जुटेको हो ।

संघका एक केन्द्रीय सदस्यका अनुसार पदाधिकारीबिच आजै निलम्बन फुकुवा हुने र  प्राविधिक पाटोहरू मिलाएर सन्दीपलाई अमेरिका पठाउने सहमति भएकाे छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् ।

नवौँ विश्वकपका लागि टोली घोषणा गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मे १ तारिखसम्मको समय दिएको थियो । सोही अनुसार, नेपाल क्रिकेट संघ (क्यान) ले पनि १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

अदालतबाट सफाइ पाएसँगै सन्दीपले आगामी टी–२० विश्वकप खेल्न पाउने सम्भावना कायम छ । सहभागी टोलीहरूले विश्वकपका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसके पनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न सकिने अवस्था कायमै छ ।

आईसीसीले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर आफ्नो टोलीमा हेरफेर गर्न मे २४ तारिखसम्मको समय दिएको छ । त्यसैले त्यो समयभित्र हरेक राष्ट्रले आफ्नो टोलीमा नाम परिवर्तन गर्न सक्ने सम्भावना रहन्छ ।

गौशाला–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध जाहेरी दिएकी थिइन्। 

सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो ।  लामिछाने त्यस विरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् । 

पुरा हेर्नुहोस्



नेकपा (माओवादी केन्द्र) काे स्थायी कमिटी बैठकका निर्णयहरु २०७८/०७/०४

अरु हेर्नुहोस्



राजनीति


उपप्रधानमन्त्री उपेन्द्र यादवलाई राजीनामा दिन प्रधानमन्त्रीको सन्देश

२०८१, बैशाख ३०, आइतबार

आफूमाथि छानबिन गर्न माग गर्दै पूर्वमन्त्री किरातीले दिए मन्त्री तामाङलाई पत्र

२०८१, बैशाख ३०, आइतबार

अरु हेर्नुहोस्

खेलकुद


सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने क्यानमा सहमति

२०८१, जेठ ३, बिहीबार

टेबलटेनिसका स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनाेट

२०८१, जेठ ३, बिहीबार

अरु हेर्नुहोस्

ताजा समाचार


सन्दीपलाई विश्वकप खेल्न अमेरिका पठाउने क्यानमा सहमति

काठमाडौँ । बलात्कार मुद्दामा सफाइ पाएसँगै क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न अमेरिका पठाउने विषयमा नेपाल क्रिकेट संघ (क्यान) मा सहमति भएको छ । संघका पदाधिकारीबिच लामिछानेलाई निलम्बन फुकुवा गरी राष्ट्रिय क्रिकेट टोलीमा समावेश गर्ने विषयमा सहमति जुटेको हो ।

संघका एक केन्द्रीय सदस्यका अनुसार पदाधिकारीबिच आजै निलम्बन फुकुवा हुने र  प्राविधिक पाटोहरू मिलाएर सन्दीपलाई अमेरिका पठाउने सहमति भएकाे छ ।

आईसीसी टी–२० विश्वकप क्रिकेटको नवौँ संस्करण आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपमा २० टोलीले सहभागिता जनाउँदै छन् ।

नवौँ विश्वकपका लागि टोली घोषणा गर्न अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले मे १ तारिखसम्मको समय दिएको थियो । सोही अनुसार, नेपाल क्रिकेट संघ (क्यान) ले पनि १५ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।

घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, अनिलकुमार साह, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, करण केसी, गुलसन झा, सोमपाल कामी, प्रतिस जिसी, सन्दीप जोरा, अविनाष बोहरा, सागर ढकाल र कमलसिंह ऐरी छन् ।

अदालतबाट सफाइ पाएसँगै सन्दीपले आगामी टी–२० विश्वकप खेल्न पाउने सम्भावना कायम छ । सहभागी टोलीहरूले विश्वकपका लागि यसअघि नै आफ्नो टोलीको घोषणा गरिसके पनि उचित कारण देखाएर उक्त टोलीमा हेरफेर गर्न सकिने अवस्था कायमै छ ।

आईसीसीले विश्वकपमा सहभागी राष्ट्रहरूलाई उचित कारण देखाएर आफ्नो टोलीमा हेरफेर गर्न मे २४ तारिखसम्मको समय दिएको छ । त्यसैले त्यो समयभित्र हरेक राष्ट्रले आफ्नो टोलीमा नाम परिवर्तन गर्न सक्ने सम्भावना रहन्छ ।

गौशाला–२६ ले आफूमाथि काठमाडौँको एक होटेलको ३०५ नम्बर कोठामा लगेर पटक–पटक बलात्कार गरेको भन्दै गत २०७९ भदौ २१ गते प्रहरी वृत्त गौशालामा लामिछानेविरुद्ध जाहेरी दिएकी थिइन्। 

सो जाहेरीपछि जिल्ला सरकारी वकिल कार्यालयमार्फत काठमाडौँ जिल्ला अदालतमा दायर भएको मुद्दामा अदालतले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्ष जेल सजाय सुनाएको थियो ।  लामिछाने त्यस विरुद्ध उच्च अदालत पुगेकामा उनले सफाइ पाएका हुन् । 



पुरा हेर्नुहोस्

उच्च अदालतबाट सन्दीपले पाए सफाइ

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याएको छ। 

बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई निर्दोष ठहर गरेको उच्च अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता विमल पराजुलीले जानकारी दिए। 

‘जिल्ला अदालतको फैसला उल्टिएको छ, सन्दीप लामिछानेले सफाइ पाएका छन्,’ उनले भने।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो।

पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो।

तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।

उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो।

त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।

त्यसपछि उनले थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाएका थिए।

 



पुरा हेर्नुहोस्

टेबलटेनिसका स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनाेट

काठमाडौँ । टेबलटेनिसका नेपाली खेलाडी स्यान्टु श्रेष्ठ ओलम्पिकमा छनोट हुने तेस्रो नेपाली खेलाडी बनेका छन् । नेपाली टेबलटेनिस खेल इतिहासमा भने उनी पहिलो ओलम्पिएन भएका छन् । अब उनले फ्रान्सको पेरिसमा हुने ओलम्पिकका लागि नेपालको प्रतिनिधित्व गर्दै खेल्नेछन् । यसअघि यो उपलब्धि तेक्वान्दोबाट संगीना वैद्य र दीपक विष्टले मात्र हासिल गरेका थिए ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको दक्षिण एसियाली ओलम्पिक छनोटको फाइनलमा बुधबार स्यान्टुसँगै नेपालका संयोग कपाली भिडेका थिए । दुवै जनाले बुधबार नै सेमिफाइनल जित्दै देशका लागि तेस्रो ओलम्पियन बन्ने पक्का गरेका थिए । दक्षिण एसियामा बलियो मानिएको भारत यसअघि नै छनोट भइसकेकाले पनि यसपटक अरू देशको भाग्य चम्केको हो ।

फाइनल खेल निकै रोमाञ्चक रह्यो । यस क्रममा धेरै उतारचढाव आए । कहिले स्यान्टु बलियो देखिन्थे त कहिले संयोग । तर, बाजी मारे चारपल्टका नेपाल च्याम्पियन तथा नम्बर एक खेलाडी स्यान्टुले । खेल उनले ११–७, ८–११, ११–७, ११–६, ८–११, ८–११ र ११–९ को प्रतिस्पर्धात्मक ४–३ को सेटले जिते । जितलगत्तै स्यान्टु कोर्टमै ढले । उनका प्रतिद्वन्द्वी संयोगले भने ब्याट माथि फाले र आफ्नो हार स्विकारे ।

‘जितपछि मैले आफूलाई रोक्न सकिनँ । खुसीले रोएँ । यो त मेरा लागि सपना पूरा भएजस्तै हो । कोही पनि खेलाडीको उद्देश्य भनेकै ओलम्पिक खेल्ने हुन्छ, किनभने यो नै विश्व खेलकुदको सबैभन्दा ठूलो महोत्सव हो । अब म त्यही ओलम्पिक खेल्दै छु, त्यसैले म स्वाभाविक रूपमा निकै खुसी छु ।’

प्राविधिक रूपमा दुवै खेलाडी आफैंमा परिष्कृत रहे पनि स्यान्टु अपेक्षाकृत अनुभवी थिए । उनी त्यसको भरपुर फाइदा लिन सफल रहे । पहिलो सेटमा स्यान्टु सजिलै विजयी रहे । उनी ८–७ ले अगाडि रहेपछि त्यही स्थितिबाट लगातार तीन अंक जिते । दोस्रो सेटमा संयोग फर्के । त्यसमा उनी एक समय ७–८ ले पछाडि थिए । तर त्यसपछि लगातार चार अंक बटुले । स्यान्टुले तेस्रो सेट अपेक्षाकृत सजिलै जिते । त्यसमा उनी ७–४ ले अगाडि रहेपछि त्यसबाट फाइदा लिन सफल रहे । चौथो सेट स्यान्टुका लागि अझ सजिलो रह्यो । उनले ८–३ को अग्रता लिएपछि त्यसलाई आफ्नो पक्षमा पारे ।

पाँचौं र छैटौं सेटमा संयोग समान स्कोरले विजयी रहे । पूरा खेलको सर्वाधिक सनसनीपूर्ण मोड अन्तिम सेटमै देखियो । निर्णायक सेटमा स्यान्टु केही बढी आक्रामक देखिए, सुरुमै ७–४ को अग्रता लिए । त्यही बेला संयोगले ‘टाइमआउट’ लिए र स्थितिलाई १०–८ सम्म पुर्‍याए । स्यान्टुले पनि त्यस मोडमा चलाखीपूर्ण ‘टाइमआउट’ लिए र प्रतिस्पर्धा उनकै पक्षमा मोडियो । ‘आफ्नै देशका खेलाडी फाइनलमा प्रतिद्वन्द्वी पाउँदा म सुरुमै केही आत्तिएको भने थिएँ,’ स्यान्टुले पछि सुनाए ।

‘नेपाली टेबलटेनिसका लागि यो निकै ठूलो उपलब्धि हो,’ प्रशिक्षक मोहन वासुकलाले प्रतिक्रिया दिए, ‘अब नेपाली खेलकुद इतिहासमै टेबलटेनिस र स्यान्टुको नाम कहिल्यै मेटिने छैन । अब यही उपलब्धिमा टिकेर नेपाली टेबलटेनिस अगाडि बढ्नुपर्छ र अझ राम्रो गर्नुपर्नेछ ।’ अब स्यान्टुले ओलम्पिकका लागि थप विशेष प्रशिक्षणबाट गुज्रिने छन् । उनी यही छनोट खेल्नका लागि अस्ट्रेलियाबाट नेपाल आएका थिए । अस्ट्रेलियामा अध्ययनरत स्यान्टुले त्यहीं रहेर तयारी गरिरहेका थिए ।

उनलाई नेपाली टेबलटेनिसले पाएको अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट खेलाडी मानिन्छ । उनले ओलम्पिकमा छनोट भएर त्यसलाई पुष्टि पनि गरेका छन् । ‘मलाई दक्षिण एसियाली स्तरसम्ममा राम्रो गर्ने विश्वास थियो । तर, ओलम्पिक नै खेल्ने विश्वास थिएन । जतिबेला दक्षिण एसियाली छनोट हुने भयो, मैले सपना बुन्न थालें,’ उनले भने, ‘अस्ट्रेलियामा रहेर पनि म नियमित अभ्यास गरिरहेको थिएँ, अहिले त्यसकै फल प्राप्त भएको छ ।’

सेमिफाइनलमा स्यान्टुले श्रीलंकाका चमिरा गिनिगेलाई ११–७, ११–९, ६–११, ८–११, ११–३, ११–८ ले पराजित गरेका थिए । संयोगले पनि श्रीलंकाकै जयसंका डी सिल्भालाई १३–११, ११–७, १२–१०, ११–७ ले हराएका थिए । महिलातर्फ भने फाइनलमा माल्दिभ्सकी फतिमाथ अलीले श्रीलंकाकी बिमन्दी बन्दरालाई ११–८, ८–११, १३–११, ११–७, ११–५ ले पराजित गरिन् । योसँगै फतिमाथ माल्दिभ्सको समग्र खेल इतिहासमै ओलम्पिकमा छनोट हुने पहिलो खेलाडी बनेकी छन् ।



पुरा हेर्नुहोस्


उच्च अदालतबाट सन्दीपले पाए सफाइ

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई जिल्ला अदालत काठमाडौ‌ंले बलात्कार गरेको कसुरमा दोषी ठहर गर्ने फैसला उल्ट्याएको छ। 

बुधबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको इजलासले जिल्ला अदालतको फैसला उल्ट्याएर सन्दीप लामिछानेलाई निर्दोष ठहर गरेको उच्च अदालतका उपरजिष्ट्रार एवं प्रवक्ता विमल पराजुलीले जानकारी दिए। 

‘जिल्ला अदालतको फैसला उल्टिएको छ, सन्दीप लामिछानेले सफाइ पाएका छन्,’ उनले भने।

गत पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो।

पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, तीन लाख रुपैयाँ जरिवाना र पीडितलाई दुई लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो।

तर जिल्ला अदालतले लामिछानेलाई सजाय कम दिएको भन्दै उच्च सरकारी वकिल कार्यालयले फागुन २९ गते मंगलबार उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।

उक्त पुनरावेदन उच्च अदालतले फागुन ३० दर्ता गरेको थियो।

त्यसअघि सन्दीप लामिछानेले पनि जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको विपरीत उच्च अदालत पाटनमा पुनरावेदन दिएका थिए।

त्यसपछि उनले थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाएका थिए।

 

पुरा हेर्नुहोस्


२० वर्षपछि सौर्य आँधी पृथ्वीसँग ठोक्कियो, लद्दाखदेखि फ्लोरिडासम्म रङ्गीन प्रकाश देखियो

शक्तिशाली सौर्य आँधी २० वर्षपछि शुक्रबार मे १० मा पृथ्वीमा आइपुगेको छ । आँधीका कारण तस्मानियादेखि बेलायतसम्मको आकाशमा कडा चट्याङ परेको थियो । धेरै स्याटेलाइट र पावर ग्रिडमा पनि क्षति पुगेको छ । सौर्य आँधीका कारण विश्वका धेरै ठाउँमा अरोरा(ध्रुवीय प्रकाश) पनि देखियो । सो समयमा सौर्य आँधीका कारण आकाशमा विभिन्न रङ देखिन थालेको थियो ।

अमेरिकी वैज्ञानिक संस्था ‘नेसनल ओशिनिक एन्ड एटमोस्फेरिक एडमिनिस्ट्रेशन’ (एनओएए)का अनुसार यो सौर्य आँधीको प्रभाव हप्ताको अन्त्यसम्म रहनेछ। यो मुख्यतया विश्वको उत्तरी र दक्षिणी भागहरूमा देख्न सकिन्छ। तर यदि यो तीव्र रहेछ भने यो अन्य धेरै ठाउँहरूमा देख्न सकिन्छ। यसका कारण विश्वभरका स्याटेलाइट अपरेटरहरू, एयरलाइन्स र पावर ग्रिड अपरेटरहरू अलर्टमा छन्।
 
सौर्य आँधी आउने कारण सूर्यबाट निस्कने कोरोनल मास इजेक्शन हो। वास्तवमा, कोरोनल मास इजेक्शनको समयमा, सूर्यबाट आउने कणहरू पृथ्वीको चुम्बकीय क्षेत्रमा प्रवेश गर्छन्। कणहरू पृथ्वीमा प्रवेश गरेपछि एक प्रतिक्रिया हुन्छ, जसको कारण कणहरू उज्यालो रंगीन बत्तीको रूपमा देखा पर्दछ। सरल शब्दमा कोरोनल मास इजेक्शन भनेको सूर्यको सतहबाट प्लाज्मा र चुम्बकीय शक्ति निस्कनु हो।

सौर्य आँधीले पृथ्वीको चुम्बकीय क्षेत्रलाई असर गर्छ। त्यस्ता हावाहुरीका कारण पावर ग्रिड पनि बिग्रन्छ । साथै, विमानहरूमा टर्ब्युलेन्सको समस्या पनि आउँछ। यसका कारण नासाले पनि आफ्ना अन्तरिक्ष यात्रीहरूलाई आँधीबेहरीको समयमा अन्तरिक्ष स्टेशन भित्रै बस्न सल्लाह दिन्छ।

यसअघि अक्टोबर २००३ को 'हेलोवीन स्टर्म'नामक सौर्य आँधी आएको थियो। हेलोवीन आँधीले स्वीडेनमा ब्ल्याकआउट निम्त्याएको थियो। आँधीका कारण दक्षिण अफ्रिकामा ग्रिडहरू अवरुद्ध भएका थिए।  

वैज्ञानिकहरूले पनि यस सौर्य आँधीको बारेमा जानकारी दिंदै आगामी दिनमा धेरै सीएमई कणहरू पृथ्वीमा प्रवेश गर्न सक्ने बताएका छन्।

संसारको सबैभन्दा शक्तिशाली सौर्य आँधी १८५९ मा पृथ्वीमा ठोक्किएको थियो। यसको नाम क्यारिंटोन इभेन्ट राखिएको थियो। यस आँधीका कारण टेलिग्राफ लाइनहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका थिए। धेरै टेलिग्राफ लाइनमा पनि आगो पनि लागेको  थियो। 

पुरा हेर्नुहोस्


गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ सार्वजनिक

काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन ।

सरोज प्याकुरेलको संगीत , फडिन्द्र  राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ ।  प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले पाएको कुरा लाई गीतमा ब्यक्त गरिएको छ ।सुरेन्द्र श्रेष्ठको छायाँकन तथा सम्पादनमा भिडियो निमार्ण गरिएको छ ।  

भिडियो लिङ्क्

https://www.youtube.com/watch?v=51L1Cdiy9w8

पुरा हेर्नुहोस्