×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

भारतमा नेपालीको मृत्यु : राहतका लागि कूटनीतिक पहल गर्न सरकारसँग प्रचण्डको आग्रह

भारतमा नेपालीको मृत्यु : राहतका लागि कूटनीतिक पहल गर्न सरकारसँग प्रचण्डको आग्रह

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारतको गोवा र उत्तरप्रदेशमा भएका आगलागीका घटनामा सातजना नेपालीको मृत्यु भएको खबरले स्तब्ध बनेको बताएका छन् ।

मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनले मृतकका परिवारलाई राहत दिन सरकारसँग माग गरेका हुन् ।

‘मृतकहरूका शव व्यवस्थापन तथा आवश्यक राहत प्रदानका लागि सरकारले छिटो कुटनीतिक कदम चालोस् भन्ने आग्रह गर्दछु’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘साथै, पार्टीका सम्बन्धित प्रवास समितिहरूलाई समन्वय र सहजीकरणका लागि निर्देशन गर्दछु।’

प्रतिकृया दिनुहोस्