×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

कुखुरा मासुको मूल्य बढ्यो

कुखुरा मासुको मूल्य बढ्यो

काठमाडौं । दुई साताभित्र दोस्रो पटक कुखुरा मासुको मूल्य बढेको छ । राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अनुसार आज सोमबारदेखि लागु हुने गरी मूल्य बढाइएको हो ।

संघ अध्यक्ष जंगबहादुर बीसीले कुखुरा मासुको मूल्य किलोमा १० रुपैयाँ बढेको जानकारी दिए । मूल्य बढेसँगै जिउँदो कुखुरा प्रतिकिलो २ सय ४० रुपैयाँ कायम भएको छ । यसअघि जिउँदो कुखुरा किलोको २ सय ३० रुपैयाँ थियो ।

यस्तै तयारी कुखुरा मासुको मूल्य पनि बढेको छ । तयारी मासुको मूल्य ३ सय ३० रुपैयाँ पुगेको अध्यक्ष बीसीले बताए । यसअघि तयारी मासु प्रतिकिलो मूल्य ३ सय २० रुपैयाँ थियो ।

अध्यक्ष बीसीका अनुसार जाडो बढ्दै गएपछि कुखुरा उत्पादन घट्ने भएकाले मूल्यवृद्धि भएको हो । ‘चिसोमा उत्पादन कम हुन्छ,’ उनले भने, ‘उत्पादन कम हुँदा बजारमा कुखुरा अभाव हुने र त्यसले मूल्य बढ्ने हुन्छ ।’

प्रतिकृया दिनुहोस्