×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

शिवपुरीमा हराएका ३ जनाको उद्धार

शिवपुरीमा हराएका ३ जनाको उद्धार

काठमाडौं । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जमा हराएका तीन जनाको उद्धार गरिएको छ । निकुञ्जको पानीमुहान क्षेत्रमा हाइकिङका २ महिला र १ पुरुष गरी तीन जनाको उद्धार गरिएको नेपाली सेनाले बताएको छ ।

पानीमुहानबाट शिवपुरी हाइटतर्फ जाने क्रममा बाटो बिराए उनीहरू हराएको सेनाले जनाएको छ । नेपाली सेनाको चन्दननाथ गणसहित निकुञ्ज प्रशासन र नेपाल प्रहरीसहितको टोलीले उनीहरूको उद्दार गरेको हो ।

उनीहरूलाई मध्यराति शिवपुरी पिक इलाकामा फेला पारी प्रहरीलाई बुझाइएको सेनाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्