×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध

पाँचखालमा बसको ठक्करबाट एक जनाको मृत्यु, अरनिको राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका-४ मा यात्रुबहाक बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । बसको ठक्करबाट घाइते सोही ठाउँका ६५ वर्षीय तीनधारे माइला भनिने दिलबहादुर श्रेष्ठको उपचारको क्रममा मृत्यु भएको पाँचखाल नगरप्रमुख महेश खरेलले जानकारी दिए ।

ठक्करबाट गम्भीर घाइते भएका श्रेष्ठलाई धुलिखेल अस्पताल लगिएको थियो । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको हो । दुई वटा बस यात्रु चढाउनका तँछाडमछाड गर्दै आईरहेको समयमा बा २ ख ६५७९ नम्बरको बस अन्यन्त्रित भई श्रेष्ठलाई ठकर दिएको थियो ।

उपचारको क्रममा श्रेष्ठको मृत्यु भएपछि स्थानीयले अरनिको राजमार्ग अवरुद्ध गरेका छन् । स्थानीयले मृतकको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका छन । प्रहरी चौकी पाँचखालका प्रमुख प्रशान्त तामाङले अरनिको राजमार्ग अवरुद्ध भएको जानकारी दिए । सडक अवरुद्ध भएपछि सो क्षेत्रको आवागमन प्रभावित भएको छ ।

पाँचखाल नगरप्रमुख खरेलले पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउने र राजमार्ग खुलाउने विषयमा प्रयास भइरहेको जानकारी दिए । स्थानीयसँगको समन्वयमा राजमार्ग सुचारु गराउन पहल भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्