×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्यमा सुधार

भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्यमा सुधार

काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको स्वास्थ्यमा सुधार हुँदै आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

श्रीवास्तवलाई काठमाडौंको चम्पादेवी डाँडामा हाइकिङ गर्ने क्रममा छातीमा दुखाई अत्यधिक भएको थियो । स्वास्थ्य अवस्था बिग्रदै गएपछि उनलाई तत्काल नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरी ग्रान्डी इन्टरनेसनल अस्पतालमा पुर्‍याइएको थियो ।

चिकित्सकका अनुसार छातीको दुखाई दिउँसो साँढे एक बजेतिर देखिएको थियो । तर उनलाई उद्धार गरी ग्रान्डी ल्याउन ४ बजे बजेको थियो ।

प्रारम्भिक उपचारपछि थप जाँच गर्दा उनलाई हृदयघात भएको पुष्टि भएको थियो । मुटुको देब्रे नशामा ‘हर्टअट्याक’ भएको थियो ।


चिकित्सकका अनुसार श्रीवास्तवको तत्काल मुटुको एन्जियोग्राफी गरी अवरुद्ध नशामा स्टेन राखिएको छ ।

‘उहाँ होसमा अस्पतालमा आइपुग्नुभएको थियो । प्रारम्भिक स्वास्थ्य जाँचमा हृदयघात भएको देखियो र मुटुमा स्टेन राखेर ब्लेकज नसा खोलेका थियौं,’ ती चिकित्सकले अनलाइनखबरसँग भने ।

राजदूत श्रीवास्तव अस्पतालको आईसीयूमा उपचाररत छन् ।

उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको र केही दिन आईसीयूमा निगरानीमा राखिने चिकित्सकले बताएका छन् ।

मुटुमा अन्य केही नशामा पनि अवरोध देखिएको र ती अवरोधहरूलाई आवश्यकता अनुसार पछि उपचार गरिने जानकारी ती चिकित्सकले बताए ।

‘जुन नसा ब्लक हुँदा उहाँको हिजोको समस्या देखिएको थियो, त्यो नसा खोलेका छौं । अन्य नसा पनि ब्लक छ । त्यसलाई पनि खोल्नुपर्ने हुन्छ,’ ती चिकित्सकले भने ।

चिकित्सकका अनुसार उनको अवस्था सामान्य बन्दै गएको छ ।  स्वास्थ्य अवस्था थप सुधार भएपछि उनलाई सामान्य वार्डमा सारिने तयारी छ ।

 

प्रतिकृया दिनुहोस्