×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

विश्व

रेल दुर्घटना हुँदा कम्तिमा १३ को मृत्यु, झण्डै सय जना घाइते

रेल दुर्घटना हुँदा कम्तिमा १३ को मृत्यु, झण्डै सय जना घाइते

काठमाडौं । मेक्सिकोको वहाका क्षेत्रमा रेल दुर्घटना हुँदा कम्तिमा १३ जनाको मृत्यु भएको छ । मेक्सिकन नौसेनाले रेल दुर्घटनाको पुष्टि गरेको छ ।

बीबीसीका अनुसार रेलमा २४१ यात्री र नौ जना चालक दलका सदस्यहरू सवार थिए । नौसेनाले दुर्घटनामा परी घाइते भएका ९८ जनामध्ये ३६ जनाको अस्पतालमा उपचार भइरहेको जनाएको छ ।

अधिकारीहरूका अनुसार रेल निजाना शहर नजिकै एक मोडमा लिकबाट बाहिरिएको बताएका छन् । मेक्सिकोका न्यायाधिवक्ताले दुर्घटनाको अनुसन्धान सुरू गरिएको जनाएका छन् । मेक्सिकोका राष्ट्रपति क्लाडिया शीनबामले घाइतेमध्ये पाँच जनाको अवस्था गम्भिर रहेको बताएका छन् ।

प्रतिकृया दिनुहोस्