×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने

मुख्यमन्त्री यादवले २४ मंसिरमा विश्वासको मत लिने

जनकपुरधाम । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २४ गते विश्वासको मत लिने भएका छन् ।

आज बसेको सत्तापक्षीय सातदलीय गठबन्धनको बैठकले आगामी मंसिर २४ गते विश्वासको मत लिने निर्णय गरेको जसपाका प्रमुख सचेतक राम असिस यादवले जानकारी दिए ।

यही मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादव आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दैछन् ।

उनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारीमा छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद्लाई पूर्णता दिने उनी निकट स्रोतले बतायो ।
 

प्रतिकृया दिनुहोस्