×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

दुर्गा प्रसाईंको समूहसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता

दुर्गा प्रसाईंको समूहसँग प्रधानमन्त्री कार्कीको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंसहितको टोलीसँग भेटवार्ता गरेकी छिन् । उनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उक्त अभियानको टोलीसँग भेटवार्ता गरेको सचिवालयले जनाएको छ ।

भेटवार्तामा गृहमन्त्री ओमप्रकाश अर्याल, सञ्चारमन्त्री जगदीश खरेल पनि सहभागी छन् । प्रसाईं समूहले राखेका मागबारे छप छलफल गर्नका लागि आज वार्तामा बसेको हो ।

यसअघि पनि भेटमा प्रसाईंले आफ्नो समूहले गत मंसिर ६ देखि नै राख्दै आएका मागहरूको पूर्ण कार्यान्वयनका लागि ध्यानाकर्षण गराएका थिए ।

यसअघि पनि सो समूहसँग सरकारले पटकपटक वार्ता गरेको थियो ।

प्रतिकृया दिनुहोस्