×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमालेको नेतृत्व चयनमा आज उम्मेदवारी मनोनयन, भोलि मतदान

एमालेको नेतृत्व चयनमा आज उम्मेदवारी मनोनयन, भोलि मतदान

काठमाडौँ ।  नेकपा एमालेको जारी ११औँ महाधिवेशन अन्तर्गतको बन्दसत्र आज बिहान ८ बजेबाट भृकुटीमण्डपमा सुरु हुँदैछ । पार्टीको  निर्वाचन आयोगले हिजोसाँझ प्रकाशन गरेको मतदाताको अन्तिम नामावलीमा अहिले बिहान ९ बजेसम्म दाबी बिरोधको समय राखिएको छ । 

 आयोगका प्रमुख बिजय सुब्बाका अनुसार आजै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेर भोलि मतदान गर्ने तयारी छ । आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार मतदाता नामावलीमा परेको दाबी बिरोधको छानबिन बिहान १० बजेसम्ममा सकिने छ । १०ः१५ मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । 

 आयोगले बिहान ९ बजे देखि १२ बजेसम्म नै उम्मेदवारीको फारम वितरण गर्दैछ । ‘मतदाता नामावलीको दाबी विरोधमा छानबिन हुँदै गर्छ । उम्मेदवारीको फारम पनि वितरण गर्दैगर्छौं’ सुब्बाले भने, ‘उम्मेदवारी दर्ता बिहान १०ः३० देखि दिउसो १ः३० बजेसम्ममा सकिनेछ । ’ उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन दिउसो २ः३० बजे हुनेछ । उम्मेदवारका विरुद्ध उजुरी दिने समय २ः३० देखि  आधा घण्टालाई राखिएको छ । उम्मेदवार विरुद्धको छानबिन १० मिनेटमै सक्ने आयोगले जनाएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन साँझ ६ बजे गरिने आयोगले जारी गरेको निर्वाचन कार्यतालिकामा उल्लेख छ । 

शनिबारदेखि सुरु भएको महाधिवेशनमा २२६३ जना प्रतिनिधि छन् । एमालेको नेतृत्वमा वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको दाबी छ । 

प्रतिकृया दिनुहोस्