×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

पत्रकार दीपेन्द्र खनियाँ मृत फेला

काठमाडौँ । पत्रकार दीपेन्द्र खनियाँ मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–१० बानेश्वरस्थित थापागाउँमा बस्दै आएको घरमा उनी मृत भेटिएका हुन् । घरको बरण्डाको रेलिङमा झुन्डिएको अवस्थामा उनको शव भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।

खनियाँ रेडियो अडियोका सञ्चालक हुन् । उनकी एक श्रीमती र एक छोरी छन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । उनी रेडियो अडियोका सञ्चालक हुन् । सो घर उनले फागुनमा बेचेको परिवारका सदस्यहरूले बताएका छन् । 
 

प्रतिकृया दिनुहोस्