×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

वाल्डो क्यासिनोका अध्यक्ष पक्राउ

वाल्डो क्यासिनोका अध्यक्ष पक्राउ

काठमाडौँ । काठमाडौँको ठमेलमा सञ्चालित क्यासिनो वाल्डो डाइनेष्टी इन्टरटेनमेन्ट प्रालिका अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । वाल्डो क्यासिनोका अध्यक्ष चिनियाँ नागरिक च्यान मिन चिङ्गलाई प्रहरीले पक्राउ गरेको हो।

उनलाई क्यासिनामा डमी खेलाडी तयार गरेर आँखामा लेन्स र तासमा चिप्स जडान गरेर हुने गरेको ठगीबारे अनुसन्धान गर्न पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । शुक्रबार पक्राउ परेका अध्यक्ष च्यान मिन चिङ्गमाथि अनुसन्धान भइरहेको उनको भनाइ छ । 

अलफ्ट होटल परिसरमा सञ्चालित सो क्यासिनामो ‘क्यासिनो इभेन्ट’को नाममा जुवा खेलाएर भारतीय समूहले ठगी धन्दा सञ्चालन गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ । ठगी धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले मङ्सिर २६ मा भारतको महाकाय समूहका ५७ वर्षीय सुरेश महाजन सहित ६ जनालाई पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्