काठमाडौँ . जेन्जी रेड फोर्स नेपालले जनचेतना अभिवृद्धि तथा भ्रष्टाचारविरुद्धको अभियानलाई सशक्त बनाउने उद्देश्यसहित ‘जेन्जी जागरण तथा बृहत् सांस्कृतिक कार्यक्रम’ आयोजना गर्ने भएको छ।
कार्यक्रम २०८२ पुष २७ गते (आइतबार) काठमाडौँको पेरिस डाँडा मा आयोजना हुने आयोजकले जनाएको छ। कार्यक्रममार्फत युवाहरूलाई सचेत, संगठित र परिवर्तनको अग्रपङ्क्तिमा उभ्याउने लक्ष्य लिइएको छ।
जेन्जी रेड फोर्स नेपालका अनुसार उक्त कार्यक्रममा जनजागरणमूलक सन्देश, सांस्कृतिक प्रस्तुति तथा भ्रष्टाचारविरुद्धको सामूहिक आह्वान गरिनेछ। कार्यक्रममा विभिन्न क्षेत्रका अभियन्ता, युवा नेता तथा नागरिकहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजक संस्थाले सबै सचेत नागरिकलाई कार्यक्रममा उपस्थित भई अभियानलाई सफल बनाउन आग्रह गरेको छ।