×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

सिमलताल नजिकै बालुवामा पुरिएको अवस्थामा बस फेला

सिमलताल नजिकै बालुवामा पुरिएको अवस्थामा बस फेला

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलताल नजिकै बसको टुक्रा भेटिएको ठाउँमा खन्दा बस फेला परेको छ । सिमलताल नजिकै तनहुँ तर्फको बगरमा निलो रंगको टुक्रा भेटिएपछि सशस्त्र र नेपाल प्रहरीको टोलीले खनेर हेर्दा बस भेटिएको हो ।

बस उत्खनन कार्य भइरहेको छ । आँबुखैरेनी गाउँपालिका–५ स्थित त्रिशूली नदी किनारामा फेला परेको बसको अवशेष २०८१ असार २८ मा त्रिशूलीमा बेपत्ता दुई वटा डिलक्स बसमध्ये एउटा भएको आकलन गरिएको छ । बालुवामा गडेको बस निकालेर यकिन गरिने तनहुँका एसपी टेकबहादुर कार्कीले बताए ।

उनले भने, ‘बस निकालेपछि कहिले दुर्घटनामा परेको थियो भन्ने यकिन हुन्छ, अहिले हामी निकाल्ने काम गरिरहेका छौँ ।’ 

प्रतिकृया दिनुहोस्