×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

महेश बस्नेतले भक्तपुर–२ बाट गरे उम्मेदवारी दर्ता

महेश बस्नेतले भक्तपुर–२ बाट गरे उम्मेदवारी दर्ता

काठमाडौँ । नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गरेका छन् । बस्नेत मंगलबार बिहान एमाले नेता कार्यकर्तासहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गरेका हुन् । 

बस्नेतका प्रस्तावक नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउवा र समर्थक राष्ट्र शमशेर थापा रहेका छन् । भक्तपुर २ मा स्वतन्त्र उम्मेदवार श्यामकृष्ण धुख्वा र मधु प्रकाश साहुखलले पनि यसअघि नै उम्मेदवारी दर्ता गराइसकेका छन् । 

यो क्षेत्रमा रास्वपाका राजीव खत्री र नेपाली कांग्रेसका कबिर राणा लगायतले पनि उम्मेदवारी दर्ता गराउँदै छन् ।

प्रतिकृया दिनुहोस्