×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अभिनेत्री निशा अधिकारीले काठमाडौं ५ बाट गराइन् उम्मेदवारी दर्ता

अभिनेत्री निशा अधिकारीले काठमाडौं ५ बाट गराइन् उम्मेदवारी दर्ता

काठमाडौं । चर्चित अभिनेत्री तथा गतिशिल लोकतान्त्रिक पार्टीकी नेतृ निशा अधिकारीले काठमाडौं ५ बाट प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएकी छन् । उक्त दलकी केन्द्रीय सदस्य रहेकी निशाले अबको १० वर्ष देशप्रति समर्पित हुने बताएकी छिन् ।

उम्मेदवारी दर्तापछि निशाले पार्टीले अघि सारेको ‘वडा वडामा दिगो रोजगारी’ सहितका मुद्दालाई आफूले अघि बढाउने प्रतिक्रिया दिइन् ।

उद्यमशिलता, पर्यटन, कृषि, प्रविधि, मानसिक स्वास्थ्य लगायतका एजेन्डालाई विशेषज्ञसँग बसेर अघि बढाउने उनले बताइन् । ‘हामी हाउ पार्टी बन्न चाहन्छौं । समस्या समाधान कसरी गर्ने भन्ने समाधानसहितको हाउ पार्टी’ उनले भनिन् ।

क्षेत्र ५ कै मतदाता रहेकी निशाले आफ्नो अनुभव पनि सुनाइन् । ‘म क्षेत्र ५ कै भोटर हुँ । अहिलेसमम मैले राम्रो उम्मेदवारलाई भोट हाल्न पाएको छैन’ भनिन्, ‘अहिले पनि महिलाको सहभागिता राजनीतिमा निराशाजनक छ । महिला सशक्तीकरण महिलाको लागि मात्र होइन, घर पुरुष सबैको हुन आउँछ । भान्सादेखि सदनसम्म महिलाको कुरा आउनुपर्‍यो भन्ने मेरो इच्छा छ ।’

गतिशिल लोकतान्त्रिक पार्टीले फुल चार्ज ब्याट्रीलाई चुनाव चिन्ह बनाएको छ ।

प्रतिकृया दिनुहोस्