×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रलोपा र उज्यालो नेपालबीच एकताको तयारी

प्रलोपा र उज्यालो नेपालबीच एकताको तयारी

काठमाडौँ । डा बाबुराम भट्टराई र जनार्दन शर्मा संरक्षक रहेको प्रगतिशील लोकतान्त्रिक पार्टी र ऊर्जामन्त्री कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीबीच एकताको तयारी गरिएको छ । दुवै पार्टीका वार्ता टोलीबीच पटक-पटक छलफल भएपछि आइतबार साँझ ६ बजे शीर्षतहका नेतासहितको छलफल हुने उज्यालो पार्टीका केन्द्रीय सदस्य जितराम तामाङले जानकारी दिए ।

यसअघि कुलमान नेतृत्व ऊज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीसँग पनि एकताको तयारीमा थियो । तर, रास्वपामा विलय हुने गरी नजाने निर्णय गरेको थियो ।

प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्‌का सदस्य सुदन किराँतीले पनि यसअघि पटकपटक छलफल भएको र आज पनि छलफल हुने जानकारी दिए ।

‘हामी निरन्तर संवादमै छौँ। हाम्रो गन्तव्य पार्टी एकतासम्मको हो,’ उनले भने ।

प्रतिकृया दिनुहोस्