×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन पेसीमा चढ्यो

दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन पेसीमा चढ्यो

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन पेसीमा चढेको छ । सर्वोच्च अदालतका न्यायाधीश मेघराज पोखरेलको एकल इजलासमा प्रसाईंको बन्दी प्रत्यक्षीकरण निवेदन सुनुवाइका लागि पेसी तोकिएको छ ।

प्रसाईंमाथि सार्वजनिक शान्ति विरुद्धको कसुरमा अनुसन्धान भइरहेको छ । आन्दोलन घोषणा गरेर भड्काउपूर्ण अभिव्यक्ति दिएको र उनको हर्कतले हिंसा भड्किन सक्ने विश्लेषणपछि प्रहरीले गत मङ्सिर १ गते भक्तपुरको ठिमीस्थित निवासबाट पक्राउ गरेको थियो ।

उनले ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने र यातायातसहित सबै क्षेत्र ठप्प पार्ने दाबी गर्दै आएका थिए ।  साथै उनले देशको प्रतिष्ठासँगै जोडिएको एनपीएल समेत रोक्न उनले क्यानका अधिकारीहरूलाई चेतावनी दिएको सार्वजनिक भएको थियो ।

प्रतिकृया दिनुहोस्