×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

आगामी निर्वाचनमा बढीभन्दा बढी युवा उम्मेदवार समेट्दैछौं : प्रचण्ड

आगामी निर्वाचनमा बढीभन्दा बढी युवा उम्मेदवार समेट्दैछौं : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा पार्टीले युवालाई उम्मेदवार बनाउने बताएका छन् ।

जेनजी रेडफोर्सले आयोजना गरेको आइतबार आयोजना गरेको जेन–जी जागरण तथा वृहत सांस्कृतिक कार्यक्रममा उहाँले युवाहरूलाई प्राथमिकतामा राखेर उम्मेदवार बनाउने बताएका हुन् ।

‘हामीले अहिले पार्टी निर्माणको क्रममा होस् या चुनावमा । समानुपातिक लिष्ट तयार पार्दा होस् या प्रत्यक्ष निर्वाचनमा पनि युवा र नवयुवा जो जेन–जी पुस्ताका युवाको रुपमा चिनिन्छन् । उनीहरूलाई उच्च प्राथमिकता दिने हामीले कोशिस गरेका छौं,’ उनले भने ।

समानुपातिकको बन्दसूचीमा पनि युवाहरूलाई प्राथमिकतामा राखेको र प्रत्यक्षतर्फ पनि युवा तथा जेनजी पुस्ताका नवयुवाहरूलाई उम्मेदवार बनाउने जानकारी दिए । पार्टीको केन्द्रिय समितिमा पनि युवाहरूको उपस्थिति बलियो बनाउने तयारी रहेको उनले बताए ।

‘हामीले जेनजी पुस्ताको मुस्कान खातुनलाई अगाडी सारेर हजारौँ लाखौँ युवाहरूलाई सम्बोधन गर्न खोजेका छौं । आउने दिनमा पनि प्रत्यक्ष वा समानुपातिकमा पनि बढि भन्दा बढी युवाहरूलाई र केन्द्रिय समितिमा पनि बढि भन्दा बढी युवाहरूलाई हामी समेट्दै छौं,’ उनले भने ।

संयोजक दाहालेले जेनजी रेड फोर्सलाई भ्रातृसंस्थाको मान्यता दिने पनि बताए ।

प्रतिकृया दिनुहोस्