काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । आज छापावाला सुन तोलामा २ सय रुपैयाँ बढेर प्रतितोला दुई लाख ५१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १५० रुपैयाँ बढेर प्रतितोला तिन हजार ७ सय ५० रुपैयाँमा कारोबार भैरहेको छ ।