×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेसका नेता कार्यकर्ताको नाराबाजी र प्रदर्शनले कान्तिपथ क्षेत्र अस्तव्यस्त

कांग्रेसका नेता कार्यकर्ताको नाराबाजी र प्रदर्शनले कान्तिपथ क्षेत्र अस्तव्यस्त

काठमाडौँ । नेपाली कांग्रेसका नेता कार्यकर्ताको नाराबाजी र प्रदर्शनले काठमाडौँको कान्तिपथ क्षेत्र अस्तव्यस्त बनेको छ । वैधानिकताको माग गर्दै कांग्रेसको शेरबहादुर देउवा पक्ष र गगन थापा पक्षका नेता कार्यकर्ता निर्वाचन आयोगको केन्द्रीय कार्यालय परिसरमा नाराबाजी र प्रदर्शन गर्न थालेपछि उक्त क्षेत्रको सवारी आवागमन समेत प्रभावित बनेको छ । 

देउवा नेतृत्वको कांग्रेसको तर्फबाट तरुण दल अध्यक्ष विद्वान गुरुङसहित युवाहरू निर्वाचन कार्यालयअगाडि धर्ना दिँदै नाराबाजी गरिरहेका छन् ।

थापा नेतृत्वको कांग्रेस हालै सम्पन्न विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई आधिकारिता दिन माग गर्दै आयोग पुगेको छ भने देउवा नेतृत्वको कांग्रेस पार्टीको कुनै विशेष महाधिवेशन नभएको भन्दै आफूहरू नै आधिकारिक कांग्रेस भएको बताउँदै पुगेको छ ।

दुवैले विवरण अध्यावधिक गर्न आयोगसमक्ष निवेदन पनि दिएका छन् । आजैमात्र दुवै समूहले आयोगका पदाधिकारीसँग छलफल पनि गरेका थिए ।

दुवै पक्षका कांग्रेसी कार्यकर्ताको भीड बढेपछि आयोग परिसरको सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस्