काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २ हजार रुपैयाँ घटेर प्रतितोला दुई लाख ५८ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ७५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ५ रुपैयाँमा कारोबार भैरहेको छ ।