×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेस-एमाले नजिकिएपछि चुनाव सार्ने षडयन्त्रमा लागे : केपी ओली

कांग्रेस-एमाले नजिकिएपछि चुनाव सार्ने षडयन्त्रमा लागे : केपी ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र एमाले नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफै निर्वाचन सार्ने षडयन्त्रमा लागेको भन्दै पार्टी बैठकमा ब्रिफिङ गरेका छन् ।

एमालेको पार्टी कार्यालय च्यासलमा मंगलबार जारी सचिवालयको बैठकमा अध्यक्ष ओलीले यस्तो ब्रिफिङ गरेका हुन् ।

‘देशमा तत्काल निर्वाचन हुने वातावरण अझै बनिसकेको छैन। एमाले र कांग्रेस नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफैँ निर्वाचनलाई सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने षड्यन्त्र गरिरहेको छ’ ओलीको भनाइ उदृत गर्दै बैठक स्रोत भन्यो ।

त्यस्तै ओलीले बैठकमा सर्वोच्च अदालतका न्यायाधीशहरू माथि धम्की दिने, संसद् पुनर्स्थापना हुन नदिने कार्यमा दबाब दिने काम गरिरहेको आरोप पनि लगाए । त्यस्तै ओलीले नेपालको अस्तित्व र राष्ट्रिय अखण्डता जोगाउने कार्य चुनौतीपूर्ण बन्दै गएको बताए ।
 

प्रतिकृया दिनुहोस्