×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सिमरामा जारी तनाव हिंसात्मक हुन नदिन संयमता अपनाउँ : प्रचण्ड

सिमरामा जारी तनाव हिंसात्मक हुन नदिन संयमता अपनाउँ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले बाराको सिमरामा जारी तनावको स्थितिलाई हिंसात्मक हुन नदिन उच्च संयमता अपनाउन सबै पक्षलाई आग्रह गरेका छन् ।

लोकतन्त्रमा राजनीतिक तथा वैचारिक मतभिन्नता स्वाभाविक भएपनि त्यसलाई हिंसा वा उत्तेजनामा रूपान्तरण गर्नु लोकतान्त्रिक संस्कृति नहुने प्रचण्डको भनाइ छ ।

राजनीतिक तथा वाक स्वतन्त्रताको सम्मान गर्दै राजनीतिक दल र दलका नेतालाई निर्वाध हिँडडुल गर्ने, सभा–सम्मेलन गर्ने वातावरण बनाउन सरकारसँग उनले आग्रह गरेका छन् ।

घोषित निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्ष बनाउन नकारात्मक प्रभाव रोक्नुपर्ने उनको भनाइ छ ।

सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रचण्डले स्थानीय पार्टी पंक्तिलाई परिस्थितिलाई सामान्य बनाउन सहजीकरणको भूमिका निर्वाह गर्न निर्देशन दिएका छन् ।

बाराको सिमरामा बुधबार जेनजी युवाहरू र एमाले कार्यकर्ताबीच झडप भएको थियो ।

एमाले महासचिव शंकर पोखरेल, नेता महेश बस्नेत लगायतका नेता सिमरा आउने थाहा पाएपछि जेनजी युवाले रोक्न खोज्दा तनाव उत्पन्न भएको थियो । बिहीबार पनि सिमरा बजार तनावग्रस्त बनेको छ ।

प्रतिकृया दिनुहोस्