×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो

एमाले महाधिवेशनको बन्दसत्र ३ बजेलाई सर्‍यो

काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनको बन्दसत्रको समय फेरि सारिएको छ । भक्तपुरको सल्लाघारीमा शनिबार उद्घाटन भएको महाधिवेशनको बन्दसत्र भृकुटीमण्डपमा हुँदैछ ।

यसअघि बिहानै सुरु गर्ने भनिएको बन्दसत्र सारेर ३ बजे पुर्‍याइएको हो । केन्द्रीय कमिटीको बैठकपछि प्रचार विभागका प्रमुख राजेन्द्र गौतमले बन्दसत्र ३ बजेका लागि सरेको जानकारी दिएका हुन् ।

बन्दसत्र सुरु हुनुअघि केन्द्रीय कमिटी बैठक बसेको थियो । बैठकले विधान महाधिवेशनको निर्णय उल्ट्याएको छ । केन्द्रीय सदस्यको संख्या बढाउने र स्थायी कमिटी रहने गरी संशोधन गरिएको छ ।

प्रतिकृया दिनुहोस्