×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

होटेल एभरेष्ट र बसेरालाई तीन-तीन लाख जरिवाना

होटेल एभरेष्ट र बसेरालाई तीन-तीन लाख जरिवाना

काठमाडौं । होटेल एभरेष्ट र बुटिक होटेल बसेरालाई सरकारले तीन-तीन लाख रुपैयाँ जरिवाना तिराएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलका अनुसार नयाँ बानेश्वरस्थित एभरेष्ट होटेलको अनुगमनका क्रममा किचनमा मिति गुज्रेका  सामान फेला परेको छ । बबरमहलस्थित बसेरा होटेलको अनुगमन गर्दा अधिकतम् खुद्रामूल्य (एमआरपी) भन्दा बढी मूल्यमा पानी बिक्री गरिरहेको फेला परेको हो । दुबै होटेलले उपभोक्ता हित विपरीत व्यवसाय गरिरहेको भेटिएपछि नगद जरिवाना तिराइएको विभागको भनाइ छ ।

विभागले चाडबाड नजिकिएसँगै अनुगमन बढाएको छ । सोमबार मात्र कुल ३९ फर्ममा अनुगमन भएको विभागले जनाएको छ । केही दिनअगाडि होटेल संघ नेपाल (हान)ले विभागबाट होटेलमा अनुगमन नहुने सहमति सरकारसँग भएको व्यहोराको परिपत्र आफु मातहतका ३ सय भन्दा धेरै होटेलमा पठाएको थियो । सो परिपत्र सञ्चारमाध्यमबाट सार्वजनिक भएसँगै विभागले आक्रामक अनुगमन बढाएको हो ।

प्रतिकृया दिनुहोस्