×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

आलोचना गर्ने समय होइन, कमजोरी सच्याएर अघि बढ्ने हो : माधव नेपाल

आलोचना गर्ने समय होइन, कमजोरी सच्याएर अघि बढ्ने हो : माधव नेपाल

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले अहिले आफूहरूले गरेका कमजोरीलाई सच्याएर अघि बढिरहेको बताएका छन् । नेपालले अहिले अरू पार्टीहरूको आलोचना गर्ने समय नभएको बताउँदै आफू नै सच्चिएर अघि बढ्नुपर्ने बेला भएको बताए ।

सो पार्टीले शनिबार भृकुटीमण्डपमा आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले एकताको सन्देश लिएर गाउँ गाउँमा जान कार्यकर्ताहरूलाई आग्रह गरे । उनले आफ्नो विचारलाई जनताको बिचमा लिएर गइरहेको बताउँदै उनले नयाँ नेपाल निर्माण गर्ने आफूहरूको अभियान रहेको बताए ।

उनले अहिले ७७ वटै जिल्ला र स्थानीय तहमा कार्यक्रमहरू भइरहेको बताउँदै उनले नेता बन्ने जनताका नजाने प्रवृत्तिलाई छुट दिन नसकिने बताए ।

उनले भने, ‘हामी जनतासँग एकाकार बन्न चाहन्छौ, कुरा मात्रै ठुला गर्ने, नेताका वरिपरि पूजा गरेर बस्ने तर जिम्मेवारी पुरा नगर्नेलाई छुट दिन सकिँदैन । हामी नेता र कार्यकर्ता राम्रो बनाउन पनि लागिपरेका छौँ ।’

यो अभियान आफ्ना विचार जनताका बिचमा सम्प्रेषण गर्ने अभियान समेत रहेको बताए ।

प्रतिकृया दिनुहोस्