×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नदी किनारका जनतालाई सुकुम्वासी नबनाऊ भन्दै पीडितसँगै सडकमा निस्किए दीपशिखा

नदी किनारका जनतालाई सुकुम्वासी नबनाऊ भन्दै पीडितसँगै सडकमा निस्किए दीपशिखा

काठमाडौं । उपत्यकाका खोला किनारको मापदण्डविरुद्ध माइतीघरमा प्रदर्शन भएको छ । काठमाडौं उपत्यकाका नदी तथा खोला किनारमा थप २० मिटर छाड्नुपर्ने सर्वोच्च अदालतको फैसला र काठमाडौं महानगरपालिकाको सूचनाविरुद्ध स्थानीय बासिन्दाले बिहीबार विरोध प्रदर्शन गरेका हुन्। पीडितको प्रदर्शनमा राजनीतिक दलका नेताहरूले समेत साथ दिएका छन् ।

फागुन २१ को चुनावका लागि भक्तपुर २ मा नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार सिफारिस भएका रामप्रसाद सापकोटा दीपशिखा पनि पीडितसँगै प्रदर्शनका लागि सडकमा निस्किएका हुन्। उनले लालपुर्जा भएको आफ्नै जग्गामा शरणार्थी बन्नु पर्ने अवस्था कहिलेसम्म ? भन्दै प्रश्न गरे।

उनले भने, ‘सर्वोच्चको २० मिटर थप मापदण्डले ५ लाख नागरिकको उठीबास लगाउँदै छ। यो निर्णयले धार्मिक सम्पदा र जनताको थातथलो दुवैलाई सङ्कटमा पारेको छ। ​अव्यवहारिक मापदण्ड खारेज गरी जनताको सम्पत्तिको अधिकार सुनिश्चित गरियोस्। निर्णय पुनरावलोकन होस्।’

सरोकार समितिले यो फैसला गर्ने न्यायाधीशद्वय आनन्द मोहन भट्टराई र विनोद शर्मालाई महाअभियोग लगाउन समेत माग गर्दै आएको थियो ।

सरोकारवालाहरुले समाजको मनोविज्ञान नबुझी धर्म, संस्कृति, सभ्यता र पहिचान माथि कठोर र निर्मम तरिकाबाट प्रहार भएको आरोप लगाउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्