×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

५.७० अंकले बढ्यो सेयर बजार

५.७० अंकले बढ्यो सेयर बजार

काठमाडौं । बुधबार सेयर बजार ५.७० अंक बढेको छ । सो वृद्धिपछि नेप्से २६२५ अंकमा कायम भएको छ । अघिल्लो दिन ३ अर्ब ४४ करोडको कारोबार भएकोमा आज ४ अर्ब ५ करोडको भयो ।

१४३ कम्पनीको मूल्य बढ्दा १०४ को घट्यो भने ११ को स्थिर रह्यो । यस दिन फाइनान्स समूह सबैभन्दा धेरै १.७५ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३१, विकास बैंक ०.७१, हाइड्रोपावर ०.१३, लगानी ०.०४, जीवन बीमा ०.६६, उत्पादन तथा प्रशोधन ०.४०, माइक्रोफाइनान्स ०.०७ तथा अन्य समूह ०.०४ प्रतिशत बढे ।

व्यापार ०.२७, निर्जीवन बीमा ०.३६, होटल तथा पर्यटन ०.३७ प्रतिशत घटे ।

दुई कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा स्वस्तिक लघुवित्त र एसवाई प्यानल छन् । नारायणी डेभलपमेन्ट बैंकको ८.७७, चिरख्वा हाइड्रोपावरको ५।३३ तथा माइखोला हाइड्रोपावरको ४।३३ प्रतिशत मूल्य बढ्यो ।

बाराही हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो । अपर स्याङ्गे हाइड्रोपावरको मूल्य ३.२१ प्रतिशत घट्यो ।

आज धेरै कारोबार भएका पाँच कम्पनीमा युनियन हाइड्रोपावर, मञ्जुश्री फाइनान्स, ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स र राधि विद्युत् छन् ।

प्रतिकृया दिनुहोस्