कमलामाई। कमलामाई नगरपालिकाद्वारा आयोजित मेयर कप २०८२ अन्तर्गतको दोस्रो नगरपालिका स्तरीय बक्सिङ प्रतियोगिता उत्साहपूर्ण वातावरणमा भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका छन्।
प्रतियोगिताअन्तर्गत पुरुष ५१ के.जी. तौल समूहमा खड्ग बि.क. ले रोशन बिष्टलाई ५:० अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारे। त्यसैगरी पुरुष ५७ के.जी. तौल समूहमा राजन खड्काले आरुस तामाङलाई ५:० अंकको स्पष्ट जित निकाल्दै स्वर्ण पदक जिते।

महिला ५१ के.जी. तौल समूहमा सृजना रानामगरले मिना गुरुङलाई आरएससी (RSC) को आधारमा पराजित गर्दै स्वर्ण पदक जितिन्। पुरुष ५४ के.जी. तौल समूहमा सुजन सोडारीले हस्त बहादुर थापालाई ५:० अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक हासिल गरे।
महिला ५७ के.जी. तौल समूहमा नौना गाहाले जमिला राईलाई आरएससीको आधारमा पराजित गर्दै स्वर्ण पदक आफ्नो नाममा गरिन्। पुरुष ६७ के.जी. तौल समूहमा नविन चौधरीले धर्मेन्द्र यादवलाई ५:० अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक जिते। त्यस्तै पुरुष ७० के.जी. तौल समूहमा निमेश स्याङ्तानले उमेश लामिछानेलाई आरएससीको आधारमा पराजित गर्दै स्वर्ण पदक हात पारे।

महिला ६० के.जी. तौल समूहमा विमला श्रेष्ठले भावना बस्नेतलाई ५:० अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक जितिन्। पुरुष ६३.५ के.जी. तौल समूहमा सुसान्त श्रेष्ठले रविन तामाङलाई आरएससीको आधारमा पराजित गर्दै स्वर्ण पदक हासिल गरे।
त्यसैगरी पुरुष ८० के.जी. तौल समूहमा सम्भव स्याङ्तानले प्रदिप चन्दलाई ५:० अंकको आधारमा पराजित गर्दै स्वर्ण पदक जित्न सफल भए। प्रतियोगिताको टेक्निकल डेलिगेट का रूपमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय थ्री–स्टार रेफ्री/जज धनकुमार मैनाली ले जिम्मेवारी निर्वाह गरेका थिए।
रेफ्री/जजको भूमिकामा बम बहादुर स्याङ्तान, भुपेन्द्र थापा, शान्ति चौधरी तथा टिकाराम कुमाल ले सक्रिय भूमिका निर्वाह गरेका थिए। प्रतियोगितामा विशेष अतिथि का रूपमा भवानी बक्सका मेजर शुनिल थापा, शिक्षा शाखा प्रमुख नबराज बराल, नेपाल बक्सिङ महासंघका सदस्य सुमन कुमार के.सी., बम बहादुर स्याङ्तान, कराते प्रशिक्षक गोपी लाल बम्जन लगायत विभिन्न खेलकुद क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
आयोजकका अनुसार प्रतियोगिताले स्थानीय स्तरमा बक्सिङ खेलको विकास, खेलाडीहरूको मनोबल अभिवृद्धि तथा खेलकुद संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्याएको छ।