×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राप्रपा र राप्रपा नेपालबीच एकता

राप्रपा र राप्रपा नेपालबीच एकता

काठमाडौं । राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वबीच एकता भएको छ । यसअघि लिङ्देन र थापाले गत ९ पुसमा एकता घोषणा गर्दै सहमतिपत्रमा हस्ताक्षर गरेका थिए । बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै एकता घोषणा भइरहेको छ ।

पार्टीको महाधिवेशनमा लिङ्देनसँग पराजित भएपछि पूर्वाध्यक्ष थापाले ०७८ माघ २५ गते राप्रपाबाट अलग भएको घोषणा गरेका थिए ।

०७८ को मंसिरमा भएको राप्रपाको महाधिवेशनमा थापाले पूर्वराजा र निर्मल निवासले हस्तक्षेप गरेर आफूलाई पराजित गराएको आरोप लगाएका थिए ।

थापाले ०७८ फागुन ७ गते राप्रपा नेपाल गठनको घोषणा गरेका थिए ।

प्रतिकृया दिनुहोस्