×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एमाले महाधिवेशन: उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ

एमाले महाधिवेशन: उम्मेदवारहरूको नामावली फेरबदल गरी प्रचार गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भृकुटीमण्डपमा मतदान जारी छ । महाधिवेशन प्रतिनिधिहरू भोट हाल्न लाम्बद्ध छन् । नेता तथा समर्थकहरू भने आ-आफ्नो पक्षका नेताहरूलाई भोट माग्न लाइनमा बसेका प्रतिनिधिहरूसँग आग्रह गरिरहेका छन् ।

केपी शर्मा ओली र ईश्वर पोखरेल समूह प्यानलै बनाएर प्रतिस्पर्धामा छन् । आ–आफ्नो प्यानलका उम्मेदवारहरूको नामावली प्रतिनिधिहरूलाई बाँडेर भोट मागिरहेका छन् ।

यही क्रममा एक जना व्यक्ति मतदान केन्द्र परिसरबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा अछाम घर भएका शंकर सावद रहेको प्रहरीले जनाएको छ । सावदले प्यानलगत उम्मेदवाहरूको नामावली अदलबदल गरेको लिस्ट तयार गरी प्रचारप्रसार गरेको आरोप एमाले कार्यकर्ताहरूले  लगाएका छन् ।

सावदलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस्