ललितपुर । संयुक्त अरब ईमिरेट्स युएईमा यहि सन् २०२५ डिसेम्बर ३ देखि १४ तारिखसम्म आयाजना हुन गईरहेको IBA Men's World Boxing Championship 2025 मा नेपालबाट ५ खेलाडी र तीन प्रशिक्षकहरुसहित ८ जनाको नेपाली बक्सिङ्ग टोली सहभागी हुने भएको छ ।
उक्त प्रतियोगितामा सहभागी खेलाडी सहित नेपाली टोलीलाई युवा तथा खेलकुद मन्त्री वब्लु गुप्ताले जितको अग्रिम शुभकामना सहित बिदाई गरेका थिए । मन्त्री गुप्ताले खेलाडीहरु राष्ट्रको झण्डा मुनी रहेर बिदेशी भुमीमा राष्ट्रको नामबाट प्रतिनिधित्व गर्नेहुदा ट्राभल यातायात, खानपान, बसोबास तथा आबश्यक कुनै पनि आबश्यक कुराहरुबाट बन्चित नहोस र सो को ब्यावस्था मिलाउन महासंघलाई निर्देशन दिएका थिए ।
नेपाली बक्सिगं टोली प्रतियोगिताका लागि वेलुका नै नेपाल एयरलाईन्सको विमानबाट त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल बक्सिङ्ग महासंघको आठौ पूर्ण कार्यसमितिको निर्णयानुसार २०८२ कार्तिक १२ देखि २४ तारिखसम्म सातदोबाटोस्थित कभर्डहलमा सम्पन्न ट्यालेन्ट हन्ट टुबाट छनौट भएका उत्कृष्ट खेलाडीहरुमध्ये र विगतमा उत्कृष्ठ खेल प्रदर्शन गर्ने खेलाडीहरूबाट छनौट समितिको शिफारिसमा ५ जना उत्कृष्ट खेलाडीहरु छनौट भएका हुन ।
सहभागी खेलाडीहरु
१. लाल प्रसाद उप्रेती ४८ किलो (एचटुओ)
२. काङ्गवाह फङ्गलाइ ५१ किलो (एचटुओ)
३. चन्द्र बहादुर थापा ५४ किलो (नेपाल प्रहरी)
४. खगेन्द्र रोका मगर ६० किलो (नेपाल आर्मी)
५. दिपक श्रेष्ठ ८० किलो (नेपाल आर्मी)
६. प्रकाश थापामगर मुख्य प्रशिक्षक (आइबिए टु स्टार)
७. दिपक महर्जन सहायक प्रशिक्षक (आइबिए थ्री स्टार)
८. सुजित पुनमगर सहायक प्रशिक्षक (आइबिए वान स्टार)
दुबईमा हुन गईरहेको उक्त प्रतियोगिताममा संसारभरीका १२० देशका ६०० खेलाडीहरुले आईवा अन्तर्गतका १३ वटा तौलसमुहमा प्रतिष्पर्धा गर्दैछन। यस पटक आईबीएले पुरुष्कार रकममा बढोत्तरी गरी पदक जित्ने खेलाडीहरुलाई नगद क्रमशः प्रथम हुनेलाई ३,००,००० अमेरीकी डलर, दोस्रो हुनेलाई १,७५,००० अमेरिक डलर, तेस्रो हुने दुई जना खेलाडीहरुलाई ७५,००० अमेरीकी डलर राशिको नगद पुरस्कार समेत आइबिएले घोषणा गरेको महासंघले जानकारी गराएको थियो ।
मुख्य प्रशिक्षक प्रकाश थापामगर,अन्तराष्ट्रिय थ्री स्टार कोच दिपक महर्जन र वान स्टार कोच सुजित पुन सहितको सहभागी नेपाली टोली सहित २० जना खेलाडीहरु नियमित रुपमा मिशन २०२६ को प्रशिक्षणमा संलग्न रहेका छन् ।
खेलाडी विदाई कार्यक्रममा आफ्नो अमुल्य समय दिई उपस्थित भई खेलाडीहरुको हौषला अभिवृद्धि गरिदिनु भएकोमा माननीय खेलकुद मन्त्री, उस्थित सम्पूर्ण पत्रकार तथा सम्पूर्ण खेलप्रेमी महानुभावहरुमा महासंघका अध्यक्ष अवालेले हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेका थिए ।