×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

शेयर बजार

सेयर बजारमा दोहोरो अंकको सुधार

सेयर बजारमा दोहोरो अंकको सुधार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा दोहोरो अंकको सुधार आएको छ । राजनीतिक वातावरण निर्वाचन उन्मुख भएपछि सेयर लगानीकर्ताको मनोबल सकारात्मक हुँदा नेप्से बढेको हो ।

नयाँ राजनीतिक शक्तिका रूपमा रवि लामिछाने, बालेन्द्र (बालेन) साह र कुलमान घिसिङ एक भएसँगै आइतबार ४७ अंकले बढेको नेप्से सोमबार १० अंकले करेक्सन भएको थियो ।

नेप्से सूचक निरन्तर बढ्दा भन्दा पनि घट्ने बढ्ने गरेर आएको सुधार दिगो हुन्छ भनिन्छ । यो साता बुधबार आइतबारको सुधार पछ्याउदै एकदिनको करेक्सन पछि बजार सूचक पुन सकारात्मक भएको छ ।

बुधबार नेप्से परिसूचक कारोबार सुरु हुँदादेखि सकारात्मक रह्यो । कारोबार मध्य समयमा करिब २० अंकसम्मले बढेको नेप्से बन्द हुँदा १०.८७ अंकको सुधारपछि २६३३.७६ अंकमा पुगेको छ । बुधबार नेप्से कारोबार रकमले पनि बजार सूचकको वृद्धि समर्थन गरेको देखिन्छ ।

बुधबार नेप्सेमा ३ सय ४२ कम्पनीको सेयर खरिद–बिक्री भएको छ । त्यसमध्ये १ सय ६३ कम्पनीको सेयर मूल्य बढेको छ भने ८९ को घटेको नेप्सेले जनाएको छ । साथै, ८ कम्पनीको सेयर मूल्यमा कुनै पनि परिवर्तन आएन ।

बुधबार नेप्सेमा एसवाई प्यानल र न्यादी हाइड्रो पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतसम्मले बढेपछि सकारात्मक सर्किट लागेको छ । बुधबार नेप्सेमा कारोबार भएका सबै समूहगत परिसूचक सकारात्मक छन् ।

नेप्सेमा बैंकिङ ३.४६, विकास बैंक २४.५७, वित्त १.५५, होटल ३.७६, जलविद्युत् ७.७८, लगानी ०.२१, जीवन बीमा ६९.२३, उत्पादनमूलक १३६.३६, माइक्रोफाइनान्स १५.९, सामूहिक लगानी कोष ०.०९, निर्जीवन बीमा ४१.२९, अन्य ८.१७ र व्यापार समूह १२.७७ अंकले बढेका छन् ।

बुधबार नेप्सेमा २ सय ३४ कम्पनीको ६३ हजार कारोबारबाट ५ अर्ब १३ करोड रुपैयाँ बराबरको १ करोड १९ लाख ४६ हजार कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ ।

यो कारोबार रकम सोमबारको तुलनामा धेरै हो । यसै साता सोमबार नेप्सेमा ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

प्रतिकृया दिनुहोस्