×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रास्वपाले गर्‍यो समानुपातिक सूची अध्यावधिक

रास्वपाले गर्‍यो समानुपातिक सूची अध्यावधिक

काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची अध्यावधिक गरेको छ । उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएसँगै आज आइतबार निर्वाचन आयोग पुगेर सूची अध्यावधिक गरिएको रास्वपाका प्रवक्ता मनीष झाले जानकारी दिए ।

दुई दलबीचको एकता शनिबार साँझ भंग भएको थियो । लगत्तै कुलमान घिसिङ उज्यालो नेपाल पार्टीको अध्यक्ष बनेका छन् । यसअघि सहमति भएसँगै दुई दलले समानुपातिकतर्फको साझा सूची बुझाएका थिए ।

रास्वपाकै तर्फबाट उज्यालो नेपालले पनि सूची बुझाएको थियो । दुई दलको एकता भंग भएसँगै फागुन २१ को निर्वाचनमा उज्यालो नेपालको समानुपातिकतर्फ उम्मेदवार नै नहुने भएका छन् ।

प्रतिकृया दिनुहोस्