×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

भक्तपुर–२ मा नेकपाको बलियो दाबी, रामप्रसाद सापकोटा अघि सारियो

भक्तपुर–२ मा नेकपाको बलियो दाबी, रामप्रसाद सापकोटा अघि सारियो

काठमाडौँ — नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै भक्तपुर–२ बाट केन्द्रीय सदस्य, वाईसीएल नेपालका पूर्वअध्यक्ष तथा फ्याक्शन इन्चार्ज रामप्रसाद सापकोटा (दीपशिखा) लाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरेको छ।

पार्टी संगठन सुदृढीकरण, युवा आन्दोलनको नेतृत्व र लामो राजनीतिक अनुभवका कारण सापकोटालाई भक्तपुर–२ मा नेकपाको निर्णायक उम्मेदवार का रूपमा अघि सारिएको पार्टी स्रोतले जनाएको छ। सोही क्षेत्रबाट श्यामकुमार बस्नेत को नाम पनि सिफारिस सूचीमा समावेश गरिएको छ।

२०७९ सालको निर्वाचनमा सो क्षेत्रबाट एमालेका महेश बस्नेतलाई पराजित गर्दै नेपाली कांग्रेसका दुर्लभ थापा निर्वाचित भएका थिए। आगामी निर्वाचनमा सत्ता समीकरण उल्ट्याउने लक्ष्यसहित नेकपाले भक्तपुर–२ लाई रणनीतिक केन्द्र बनाएर बलियो उम्मेदवार अघि सारेको बुझिएको छ।

प्रतिकृया दिनुहोस्