×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सिन्धुपाल्चोक–१ बाट सापकोटा र २ मा दुलालको नाम सिफारिस

सिन्धुपाल्चोक–१ बाट सापकोटा र २ मा दुलालको नाम सिफारिस

काठमाडौं । फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिन्धुपाल्चोक क्षेत्र नम्बर १ बाट प्रत्यक्षमा नेपाली कम्युनिस्ट पार्टीले माधव सापकोटा (सुबोध)को नाम सिफारिस गरिएको छ । बिहीबार सम्पन्न क्षेत्रीय कमिटीको बैठकले सापकोटाको नाम सिफारिस गरेको हो ।

गत २०७९ को निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका सापकोटालाई आगामी निर्वाचनमा पनि सोही क्षेत्रबाट सिफारिस गरिएको हो । बैठकले प्रतिनिधिसभा निर्वाचन समानुपातिक तर्फ लालकान्छा तामाङ, अम्बिका नेपा, अनिता तामाङ, अनिल श्रेष्ठ, कुमार घतानेको नाम सिफारिसमा परेको जिल्ला पार्टी कमिटीले जनाएको छ । 

यता राष्ट्रिय सभाका लागि राजेन्द्र सापकोटा र शिव प्रसाद न्यौपानेको नाम सिफारिस गरिएको छ । सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कम्युनिस्ट पार्टीबाट युवराज दुलाल ‘शरद’ को नाम एकल सिफारिस भएको छ ।

पार्टी जिल्ला कमिटीले दुलालको नाम एकल सिफारिस गरेको हो । बिहीबार भएको २ नम्बर क्षेत्रीय समितिको बैठकले उनको नाम सिफारिस गरेको हो ।

दुलाल हाल बागमती प्रदेशसभा सदस्य छन् । यसअघि उनी पटकपटक बागमती प्रदेशको मन्त्री भएका व्यक्ति हुन् ।

प्रतिकृया दिनुहोस्