×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

‘जेनजी’ सँग विप्लवको संवाद

‘जेनजी’ सँग विप्लवको संवाद

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव ले आज काठमाडौँमा नयाँ युवा पुस्ता अर्थात् ‘जेनजी’ सँग विशेष अन्तर्संवाद गरेका छन्। अखिल (समाजवादी) केन्द्रीय समितिले आयोजना गरेको यस कार्यक्रममा विप्लवले वर्तमान राजनीति, युवाका चासो र देशको भविष्यका विषयमा युवाहरूसँग प्रत्यक्ष कुराकानी गरेका हुन्। 

बदलिँदो समयसँगै युवा पुस्ताको सोचलाई बुझ्न र उनीहरूका प्रश्नको सामना गर्न विप्लव आफैँ मैदानमा उत्रिएका छन्। आयोजकका अनुसार परम्परागत राजनीतिक भाषणभन्दा फरक शैलीमा युवाहरूसँग अन्तरक्रिया गर्ने उद्देश्यले यो कार्यक्रम तय गरिएको हो। विप्लवले पनि युवाहरूका तिखा र सीधा प्रश्नहरूको जवाफ दिँदै आफ्नो पार्टीको दृष्टिकोण प्रस्ट पारेका छन्।

प्रतिकृया दिनुहोस्