×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

काठमाडौंबाट ओखलढुङ्गाको पोकली जाँदै गरेको बसको ठक्करबाट एक जनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काठमाडौंबाट ओखलढुङ्गाको पोकली जाँदै गरेको बसको ठक्करबाट एक जनाको मृत्यु, बीपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक । काठमाडौंबाट ओखलढुङ्गाको पोकली जाँदै गरेको अरनिको सुपर एक्सप्रेस बसले काभ्रेमा ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बीपी राजमार्ग अन्तर्गत नमोबुद्ध–२ पातलेगाँउमा बागमती प्रदेश ०१–००६ ख ४८०८ नम्बरको बसले पैदल यात्रुलाई ठक्कर दिँदा स्थानीय ६८ वर्षीय पोतबहादुर कटुवालको घटनास्थलमै मृत्यु भएको जल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

त्यसको विरोधमा स्थानीयले राजमार्ग अवरुद्ध पारेका छन् । बीपी राजमार्गको काभ्रेभञ्ज्याङ(भकुण्डेबेसी खण्डमा गाडीहरु चलेका छैनन् ।

राजमार्ग अवरुद्ध भएपछि उक्त सडक भएर पूर्वतर्फ जाने सवारीसाधनहरुलाई धुलिखेलमै रोकिएको छ ।

प्रतिकृया दिनुहोस्